Monday, July 31, 2017

यी हुन् अक्षयले प्रेम चक्कर चलाएका सात बलिउड सुन्दरी

-कुनै समय मार्सल आर्ट खेलाडी, कुक लगायत पेशामा समेत पारंगत मानिएका अभिनेता अक्षय कुमारले अभिनयका फरक फरक आयाममा समेत बलिउडमा पक्का खेलाडीको परिचय बनाए । सन् १९६७ मा जन्मिएका उनी त्यति ठूला विवादमा नपरेपनि कुनै समय उनका प्रेमप्रसंगले भने व्यापक चर्चा पाएको थियो । बलिउड संघर्षको सुरुवातमा तत्कालिन समयका चर्चित अभिनेता राजेश खन्नासँग काम माग्न गएका उनी कालान्तरमा खन्नाकै ज्वाईं बने । खन्नाकी छोरी ट्विंकल खन्नासँग प्रेमविवाह हुनुअघि नै उनका कैयौं प्रेमप्रसंग चर्चामा थिए । प्रेम मात्र होइन उनले कतिपयसँग त बिहे गर्ने वचन दिएर इन्गेजमेन्ट समेत गर्न भ्याएका थिए ।को–को हुन् त उनका प्रेमिका र त्यतिबेला कस्तो प्रसंगले चर्चा पाएको थियो ?

शिल्पा सेट्ठी:

सन् १९९० को दशकमा अक्षय र शिल्पाको जोडीलाई कामुक जोडी मानिन्थ्यो । शिल्पाले बताएअनुसार अक्षयले उनीसँग बिहे गर्ने वाचासँगै इन्गेजमेन्ट पनि गरेका थिए । त्यतिबेला यी दुईबीच पक्का बिहे हुन्छ भन्ने आँकलनसमेत भएको थियो। तर, बिस्तारै मनमुटाव बढ्दै जाँदा उनले अक्षयले आफूलाई प्रयोग गरेको आरोप लगाइन् । त्यसपछि यी दुईबीचको सम्बन्धमा चिसो पस्यो र उनीहरु छुट्टिए । हाल उनीहरुबीच सामान्य खाले सम्बन्ध रहेको छ ।

रविना टण्डन :

कैयौं फिल्ममा रविनासँग अभिनय गरेका अक्षय र उनको प्रेम तीन वर्ष चल्यो । त्यतिबेलाकी ग्ल्यामरस मानिने रविनासँग चाहीँ अक्षयले पक्का बिहे गर्छन् भन्ने आँकलन गरिन्थ्यो ।

रेखा गणेशन :

कुनै बेला अभिताभ बच्चनलाई आफ्नो प्रेमी मानेर उनको नामकै सिन्दुर लगाएको बताउने रेखासँग समेत अक्षयको प्रेमसम्बन्ध रहेको चर्चा गरिएको थियो । रोचक कुरा यस्तो छ कि रेखाले सन् १९६६ मा ‘रंगुला रत्नम’ नामको तेलेगु फिल्म खेल्दा अक्षय जन्मेका पनि थिएनन् । १३ वर्ष जेठी रहेकी रेखासँग उनी ‘खिलाडियों का खिलाडी’ फिल्मबाट नजिकिएका थिए ।

पुजा वत्रा:

अक्षय र पुजाको सम्बन्ध उनी फिल्म क्षेत्रमा आउनुभन्दा अघिदेखिकै थियोे । फिल्ममा आउन संघर्ष गरिरहँदा मोडलिङ गरिरहेकी पुजाको साथमा उनी ठूलाठूला पार्टीमा जान्थे । अक्षयसँगको सम्बन्धलाई लिएर पुजा गम्भिर थिइन् तर, पछि यसो भनियो–अक्षयले पुजालाई बलिउडमा आउनका लागि मात्र प्रयोग गरेका थिए । बिभिन्न चर्चा परिचर्चा चल्न थालेपछि उनीहरु अलग भए।

आयशा जुल्का:

‘खेलाडी’ फिल्मले अक्षयलाई बलिउडमा स्थापित गरायो । सँगै सोही फिल्मकी अभिनेत्री आशा जुल्कासँगको सम्बन्धको चर्चाले उनको करियरमा मसाला थप्यो । त्यतिबेला उनीहरुका प्रेम र रोमान्सका किस्साले बलिउड गर्माएको थियो । खेलाडीपछि केही फिल्ममा उनीहरु सँगै त देखिए तर, सम्बन्ध भने यत्तिकै सेलाएर गयो ।

ट्विंकल खन्ना:

अक्षयको बलिउड संघर्षदेखि चल्तिको अभिनेता बन्दासम्म सात जनासँगको प्रेमसम्बन्ध पछि आठौं प्रेमिका ट्ंिवकलसँगको प्रेमले भने बिहेको सार्थकता पायो । बताइएअनुसार अक्षयले ट्विंकलसँग पनि बिहे गर्ने मनसाय बनाएका थिएनन् । ट्विंकलकी आमा डिम्पल कपाडीयाको दवाबले मात्र उनले झुकेर बिहे गर्न बाध्य हुनुप¥यो । हाल उनीहरुका दुई सन्तान छन् ।

प्रियंका चोपडा:

प्रियंकासँग अक्षयको सम्बन्धले भने विवादकै रुप लिएको थियो । ट्ंवीकलसँग बिहे गरिसकेपछि ‘अन्दाज’ फिल्ममा प्रियंकासँग अभिनय गर्दा उनीहरुको सम्बन्धको हल्ला श्रीमतीसम्म पुग्यो र विवादको रुप लियो । पछि अक्षयले नै प्रियंकासँग दुरी बढाए र हल्लालाई साम्य पारे ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2f1kSrK
via IFTTT

कालीगण्डकी नदीमा हामफालेकी एक महिलालाई बचाए युवाहरूले

आत्महत्याका लागि म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा हामफालेकी एक महिलाको युवाहरूले सकुशल उद्धार गरेका छन्। आत्महत्याका लागि दाउरा खोजेजस्तै गरेर नदीमा प्रवेश गरेकी अन्दाजी ४० वर्षकी ती महिलाले युवाहरूले उद्धार गर्न खोज्दा प्रतिकारको निकै प्रयास गरेको भए पनि उनलाई सकुशल नै नदीबाट बाहिर निकालिएको उद्धारमा सहभागी युवा पृथ्वी बानियाँले जानकारी दिए।

उनको बारेमा खोजतलासी गरिरहेको भए पनि कुनै पनि परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन्। मानसिक रोगी जस्तै देखिने ती महिलाले पटक–पटक आफ्नो नाम र ठेगाना परिवर्तन गर्ने गरेको र धेरैजसो पटक आफ्नो घर धरान बताउने गरेको पनि प्रहरीले जनाएको छ। एभर ग्रिन युवा क्लवमा आवद्ध युवाहरूको प्रयासमा ती महिलाको उद्धार भएको हो।

मंगलबारदेखि सदरमुकाम बेनीमा हुन लागेको ‘सेभेन ए साइड’ कप फुटबलको तयारीका क्रममा क्लबमा आवद्ध युवाहरू खेलमैदानका लागि आवश्यक बालुवा लिनका लागि कालीगण्डकी नदीमा पुगेका थिए। जिल्ला प्रहरी कार्यालय म्याग्दीले ज्यान जानबाट बचाएको भन्दै उद्धारमा संलग्न युवाहरू किसान कार्की, पुरन शाही, पृथ्वी बानियाँ, भरत श्रीपाइली, भुवन घर्तीमगरलगायतलाई विशेष धन्यवाद दिएको छ।
source:thahakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uOeBFw
via IFTTT

तौल घटाउँन चाहनुहुन्छ? बिहानको ८ बज्नअघि गरिसक्नुस् यी ७ काम

यदि तपाई आफ्नो तौल घटाउँन चाहनुहुन्छ भने तपाईको शरीरमा मेटाबोलिक रेट राम्रो हुन आवश्यक हुन्छ । त्यस्तै, यदि तपाई विहानको समयमा केही क्रियाकलाप तथा खान–पानमा ध्यान पुर्याउँनु भयो भने तौललाई आफ्नो नियंन्त्रणमा राख्न सक्नुहुन्छ ।

१. मनतातो पानी पिउने – बिहान उठेपछि खाली पेटमा एक गिलास मनतातो पानी पिउँनुहोस । यसले शरीरको टोक्सिन्स बाहिर निस्कन्छ र शरीरमा वोसो घटाउँन मद्दत गर्छ ।

२. बिहानीको घाम – प्रत्येक विहान १५ देखि २० मिनेट घाममा बस्नुहोस्, यसो गर्नाले शरीरमा मेटाबोलिज्म बढाउँन मद्दत गर्छ, जसले तौल नियन्त्रण गर्छ ।

३. ग्रीन टी – बिहान दुधचिया भन्दा ग्रीन टी वा हर्बल–टी पिउँनुहोस् । यसमा रहेको एन्टीओक्सिडेन्ट्सले बोसो घटाउने काम गर्छ ।

४. ३० मिनेट हिड्नुहोस् – बिहानको समयमा ३० मिनेट हिड्ने वा व्यायाम गर्ने गर्नुहोस् । यसले फ्याट बर्न हुने र शरीर ताजा रहन्छ ।

५. कागती पानी पिउने – व्यायामपछि एक गिलास कागती–पानी पिउँनुहोस् । यसले पाचनक्रिया राम्रो र शरीरमा बोसो जम्मा हुने हुँदैन ।

६. १० मिनेट ध्यान – प्रत्येक बिहान १० मिनेटसम्म मेडिटेसन गर्नुहोस् । यसले तनाव कम हुन्छ र तौल नियन्त्रण गर्न मद्दत गर्छ ।

७. खाजामा प्रोटिन खाने – बिहानको खाजामा अन्डा, दुध, ओट्स, सिमीजस्ता प्रोटिनले भरिएका खानेकुरा खानुहोस् । तौल नियन्त्रण गर्न मद्दत गर्छ । source:nepaliheadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vYPbn2
via IFTTT

यी हुन् नेपालको सैन्य इतिहासमा पहिलो गुल्मपति बन्ने भाग्यमानी महिला

१२ बर्षअघि नेपाली सेनामा प्रवेश गरेकी श्रृष्टी खड्का गुल्मपति भएकी छिन् । नेपालको सैन्य इतिहासमा उनी पहिलो महिला गुल्मपति बनेकी हुन् । १७ माघ २०६२ मा नेपाली सेनाको अधिकृत क्याडरमा छिरेकी खड्काले १ साउनदेखि गोरखकाली गुल्मको जिम्मेवारी समालेकी छिन् ।

उपत्यका पृतनाभित्र सेनाले महिला सैनिकका लागि छुट्टै गोरखकाली गुल्म खडा गरेको छ । गुल्मको प्रमुख पनि महिलालाई नै बनाएको छ । गुल्मपति हुन स्टाफ कलेज पास गर्नुपर्ने कानुनी ब्यवस्था छ । तर महिलाको हकमा लागु नहुने सैन्य प्रवक्ता झंकरबहादुर कडायतले बताए ।

खड्का नेपाली सेनाभित्र उत्कृष्ट अधिकृत मानिन्छिन् । उनले सेनाको मनौबैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वाटर, राष्ट्रिय सेवा दलमा बसेर काम गरिसकेकी छिन् भने शान्ति स्थापर्ना सुडानमा खट्टिने टोलीको नेतृत्व समेत गरिसकेकी छिन् । उनी मेजर हुन् । source:arthasarokar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uNySuE
via IFTTT

हिन्दू धर्मका अाश्चर्यजनक २९ वटा रहस्यहरू

हिन्दू धर्ममा भनाैँ वा सनातन संस्कृतिमा प्रचलित र धार्मिक ग्रन्थहरूमा उल्लिखित हाम्राे धर्ममा २९ वटा यस्ता रहस्यहरू छन्, जुन अझ सम्म पनि सुल्झिएका छैनन् र संभवत: तिनीहरूमध्ये केहीकाे रहस्य मानव जातिले कहिल्यै जान्ने छैन।

प्राचीन सभ्यताहरू, धर्म, समाज र संस्कृतिहरूकाे महान भूमि भारतवर्ष अाफैँमा रहस्य र रोमाञ्चका लागि चिनिन्छ। एकातिर जहाँ यस पवित्र भूमिमा दुनियाँकाे प्रथम भाषा संस्कृतकाे जन्म भयाे भने अर्कातिर यसै भूमिमा संसारकाे प्रथम ग्रन्थ ऋग्वेदकाे रचना भयाे। फेरि यहाँ नै एकातिर दुनियाँकाे प्रथम लिपि ब्राह्मी लिपिकाे अाविर्भाव भयाे भने अर्कातिर यहाँ नै दुनियाँकाे प्रथम विश्वविद्यालय नालन्दा र तक्षशिलाकाे स्थापना भयाे।

प्राचीन भारतवर्षमा एकातिर जहाँ अगस्त्य मुनिले बिजुलीकाे आविष्कार गरेका थिए भने हजाराैँ वर्ष पूर्व ऋषि भारद्वाजले यहाँ नै विमानशास्त्र जस्ताे शास्त्र लेखेर मानव मात्रलार्इ के सन्देश दिएका थिए भने कसरी विमान बनाउन सकिन्छ।पृथ्वीकाे गुरुत्वाकर्षणकाे सिद्धान्त भास्कराचार्यले प्रतिपादन गरेका थिए भने फेरि यहाँ नै कणाद ऋषिलार्इ परमाणु सिद्धान्तका जनक मानिएकाे छ। एकातिर जहां सर्प-भर्याङकाे खेल भारतवर्षमा नै जन्म्याे भने अर्कातिर शतरञ्ज वा चेसकाे आविष्कार पनि यहीँ नै भयाे। आचार्य चरक र सुश्रुतलार्इ प्लास्टिक सर्जरी चिकित्सा पद्धतिकाे खाेजीकाे श्रेय जान्छ। पाणिणीले दुनियाँकाे पहिलाे व्याकरण लघु काैमुदी रचना गरेका थिए। ज्यामिति, पाइकाे मान,सापेक्षतावाद वा रिलेटिविटी सिद्धान्तजस्ता कयाैँ सिद्धान्त र आविष्कारहरू यसै पवित्र भूमिबाट सुषुप्त अवस्थाबाट बाहिरिएका हुन्। तर अाज हामी उल्लिखित सबै विषयहरूबाट परका केही त्यस्ता २९ वटा रहस्यहरू उल्लेख गर्न गइरहेका छाैँ जुन अहिलेसम्म रहस्यकै रूपमा रहेका छन्।

ऋषि कश्यप र उनका पत्नीहरूका पुत्रहरूकाे रहस्य :

के भनिन्छ भने सिंगाे पृथ्वी प्रारम्भिक कालमा एक द्वीप थियाे पछि याे दुर्य द्वीपमा विभाजन भयाे र कालान्तरमा सात द्वीपहरूमा परिणत भयाे। धार्मिक ग्रन्थहरूका अनुसार प्रारम्भिक कालमा सृष्टिकर्ता ब्रह्माले समुद्र र पृथ्वीमा विभिन्न किसिमका जीवहरकाे उत्पत्ति गरे। उत्पत्ति वा सृष्टिकाे यस कालखण्डमा उनले अाफ्ना कतिपय मानस पुत्रहरूलार्इ पनि जन्म दिए। तिनीहरूमध्ये एक थिए मरीची। ऋषि कश्यप ब्रह्माजीका मानस पुत्र मरीचीका विद्वान पुत्र हुन्।

मान्यताका अनुसार उनलार्इ अनिष्टनेमीकाे नामबाट पनि चिनिन्छ। उनकी माता ‘कला’ कर्दम ऋषिकी पुत्री र कपिलदेवकी बहिनी थिइन्। यहाँ रहस्यकाे कुरा के छ भने के कुनै मानव सर्प, पक्षी, पशु आदि गरिएका जातिहरूलार्इ जन्म दिन सकछ त? यद्यपि जीव विकासवादीहरूलार्इ यसमाथि शोधकाे विषय हुन सक्ला। के मनुष्य र पशुहरूकाे संयोगबाट कुनै एक नयाँ प्रजातिकाे जन्म हुन सक्छ ? भगवान विष्णु सदा एक गरूडमा सवार हुने गर्थे। यी गरूडजी कश्यपकी पत्नी विनीताबाट जन्मेका थिए।

त्यसाे त कश्यप ऋषिका कयाैँ पत्निहरू थिए तर तिनीहरूमध्ये प्रमुख रूपले 17 वटीकाे नाम हामी उल्लेख गर्न चाहन्छाैँ हम उल्लेख – १. अदिति, २. दिति, ३. दनु, ४. काष्ठा, ५. अरिष्टा, ६. सुरसा, ७. इला, ८. मुनि, ९. क्रोधवशा, १०. ताम्रा, ११. सुरभि, १२. सुरसा, १३. तिमि, १४. विनीता, १५. कद्रू, १६. पतांगी र १७. यामिनी आदि।

१. अदितिबाट १२ आदित्यहरूकाे जन्म भयाे- विवस्वान्, अर्यमा, पूषा, त्वष्टा, सविता, भग, धाता, विधाता, वरुण, मित्र, इन्द्र र त्रिविक्रम (भगवान वामन)। यी सबै देवता कहलाए र यिनीहरूकाे स्थान हिमालयकाे उत्तरमा थियाे।

२. दितिबाट कयाैँ पुत्रहरूकाे जन्म भयाे- कश्यप ऋषिले दितिका गर्भबाट हिरण्यकश्यप र हिरण्याक्ष नामक २ पुत्र एवं सिंहिका नामक एक पुत्रीलार्इ जन्म दिए। यी दैत्य कहलाए र यिनकाे स्थान हिमालयकाे ‍दक्षिणमा थियाे। श्रीमद्भागवत महापुराणका अनुसार यी ३ सन्तानका अलावा दितिका गर्भबाट कश्यपका ४० अन्य पुत्रहरूकाे पनि जन्म भयाे, जो मरुन्दण कहलाए। कश्यपका यी पुत्रहर नि:सन्तान भए तर हिरण्यकश्यपका ४ पुत्र थिए- अनुहल्लाद, हल्लाद, भक्त प्रह्लाद र संहल्लाद।

३. दनु : ऋषि कश्यपलार्इ उनकी पत्नी दनुका गर्भबाट द्विमुर्धा, शम्बर, अरिष्ट, हयग्रीव, विभावसु, अरुण, अनुतापन, धूम्रकेश, विरुपाक्ष, दुर्जय, अयोमुख, शंकुशिरा, कपिल, शंकर, एकचक्र, महाबाहु, तारक, महाबल, स्वर्भानु, वृषपर्वा, महाबली पुलोम र विप्रचिति आदि ६१ जना महान पुत्रहरू प्राप्त भयाे। यी सबै दानव कहलाए।

४. अन्य पत्नीहरू : रानी काष्ठाबाट घोडा आदि एक खुर भएका पशु उत्पन्न भए। पत्नी अरिष्टाकाे गर्भबाट गन्धर्व पैदा भए। सुरसा नामक रानीबाट यातुधान (राक्षस) उत्पन्न भए। इलाबाट वृक्ष, लता आदि पृथ्वीमा उत्पन्न हुन वनस्पतिहरूकाे जन्म भयाे भने मुनिकाे गर्भबाट अप्सराहरू जन्मे। कश्यपकी क्रोधवशा नामक रानीले सर्प, बिच्छी आदि विषालु जन्तु पैदा गरिन्।

ताम्राबाट बाज, ताम्राले गिद्ध आदि शिकारी पक्षीहरूलार्इ अाफ्ना सन्तानका रूपमा जन्म दिइन्। सुरभिले भैंसी, गार्इ तथा दुर्इ खुर भएका पशुहरू उत्पत्ति गरिन्। रानी सरसाले बाघ आदि हिंसक जीवहरू पैदा गरिन्। तिमिले जलचर जन्तुहरूलार्इ अाफ्ना सन्तानका रूपमा उत्पन्न गरिन्।

रानी विनीताका गर्भबाट गरूड (विष्णुका वाहन) र वरुण (सूर्यका सारथि) पैदा भए। कद्रूकाे कोखबाट नागहरूकाेउत्पत्ति भयाे जसमा प्रमुख ८ नाग थिए- अनन्त (शेष), वासुकि, तक्षक, कर्कोटक, पद्म, महापद्म, शंख र कुलिक।

रानी पतंगीबाट पक्षीहरू वा चराचुरूङ्गीकाे जन्म भयाे। यामिनीकाे गर्भबाट शलभ (पतंग वा सलह) काे जन्म भयाे। ब्रह्माजीकाे आज्ञाले प्रजापति कश्यपले वैश्वानरका २ पुत्रीहरू पुलोमा र कालकासँग पनि विवाह गरे। उनीहरूबाट पौलोम र कालकेय नामका ६० हजार रणवीर दानवहरूकाे जन्म भयाे, जो कालान्तरमा गएर निवात कवचकाे नामबाट विख्यात भए।

१० फणा, उड्ने , मणिधर र इच्छाधारी सर्प हुन्छन् त ? सबै जीव-जन्तुहरूमा गार्इपछि सर्प मात्रै एक त्यस्ताे जीव हाे जसकाे हिन्दू धर्ममा उच्च स्थान छ। सर्प एक रहस्यमय प्राणी हाे। देशभरिका गाउँहरूमा आज पनि मानिसहरूका शरीरमा नाग चढ्रने गर्छ।

शिवका प्रमुख गणहरूमा सर्प पनि छ। भारतमा नाग जातिहरूकाे लामाे इतिहास रहेकाे छ। के भनिन्छ भने कश्यपकी क्रोधवशा नामक रानीले सर्प, बिच्छी आदि विषालु जन्तु पैदा गरिन्। अनन्त (शेष), वासुकि, तक्षक, कर्कोटक र पिंगला- उक्त ५ नागहरूकाे कुलका मानिसहरूकाे नै भारतमा वर्चस्व थियाे। यी सबै कश्यप वंशी थिए, यिनीहबाट नै नागवंश चल्याे। शेषनागलार्इ १० फणा भएकाे नाग मानिन्छ। भगवान विष्णु शेषनागमा सुतेकाे देखाइएकाे पाइन्छ।

उड़्ने र इच्छाधारी नाग :

के मान्यता रहेकाे छ भने १०० वर्षभन्दा लामाे अायु हुँदाहुँदै पनि सर्पमा उड्ने शक्ति हुने गर्छ। सर्प कयाैँ प्रकारका हुन्छन्- मणिधारी, इच्‍छाधारी, उड्ने, एकफणा भएका देखि लिएर दसफणासम्म भएका सर्प, जसलार्इ शेषनाग भनिन्छ। नीलमणिधारी सर्पलार्इ सबभन्दा उत्तम मानिएकाे छ। इच्छाधारी नागका बारेमा के भनिन्छ भने त्याे नाग अाफ्नाे इच्छा अनुसार मानव, पशु वा अन्य कुनै पनि जीवकाे समान रूप धारण गर्न सक्छ।

यद्यपि वैज्ञानिक अब अाफ्ना शोधका आधारमा के भन्न थालेका छन् भने वास्तवमा सर्प विश्वकाे सबभन्दा रहस्यमय प्राणी हाे र दक्षिण एसियाका वर्षा वनहरूमा उड्ने जातिका सर्पहरू पाइन्छ। उड्नमा सक्षम यी सर्पहरूलार्इ क्रोसोपेलिया जातिसँग सम्बन्धित मानिएकाे छ। वैज्ञानिकहरूले २ र ५ फणा भएका सर्पहरू हुन्छन् भन्ने पुष्‍टि गरेका छन् तर १० फणा भएकाे सर्प अझै पनि रहस्यकाे गर्भमा नै छ।

के पारसमणि हुन्छ त ?

मणि एक प्रकारकाे चम्किने पत्थर हो। मणिलार्इ हीराकाे श्रेणीमा राख्न सकिन्छ। मणि हुन्थ्याे याे पनि अाफैँमा एक रहस्यकाे रूपमा छ। जाेसँग मणि हुन्थ्याे त्यसले जे पनि गर्न सक्थ्याे। ज्ञातव्य छ, अश्वत्थामासँग मणि थियाे जसकाे प्रभावले उ शक्तिशाली र अमर भएकाे थियाे। रावणले कुबेरसँग चन्द्रकान्त नामकाे मणि खाेसेकाे थियाे।

मान्यता के रहेकाे छ भने मणिहरू कयाैँ प्रकारका हुन्छन्। नीलमणि, चन्द्रकान्त मणि, शेष मणि, कौस्तुभ मणि, पारसमणि, लाल मणि आदि। पारसमणिमाि फलामका कुनै पनि चीजलार्इ छुवाउनाले उक्त फलामकाे वस्तु सुन हुन जान्थ्याे। भनिन्छ कागहरूलार्इ यसकाे ज्ञान हुन्छ । त्यसैले तिनीहरू हिमालयका अासपास नै पाइन्छन्।

मणिहरूकाे महत्वकाे कारणले नै त भारतकाे एक राज्यकाे नाम मणिपुर भएकाे हुनुपर्छ। शरीरमा अवस्थित ७ चक्रहरूमध्ये एक मणिपुर चक्र पनि हुन्छ। मणिसँग सम्बन्धित कतिपय कहानी र कथाहरू समाजमा प्रचलित छन्। यसका अलावा पौराणिक ग्रन्थहरूमा पनि भी ‍मणिका कथाहरू धेरै पाइन्छ। तर पारसमणि अझै पनि रहस्यकाे गर्भमा नै रहेकाे छ ।

सञ्जीवनी बूटीकाे रहस्य अझै पनि यथावत : शुक्राचार्यलार्इ मृत सञ्जीवनी विद्या थाहा थियाे जसकाे कारणले उनी युद्धमा मारिएका दैत्यहरूलार्इ पुनः जीवित गरिदिन सक्थे। यस विद्या सिक्नलार्इ गुरु बृहस्पतिले अाफ्नाे एक शिष्यलार्इ शुक्राचार्यकाे शिष्य बन्नका लागि पठाइदिए । उसले याे विद्या सिक्न त सिक्याे तर शुक्राचार्य र दैत्यहरूलार्इ यसकाे बारेमा थाहा हुने बित्तिकै उनीहरूले उसकाे वध गरिदिए।

रामायणमा के उल्लेख गरिएकाे छ भने जब राम-रावण युद्धमा मेघनाद आदिकाे भयंकर अस्त्र प्रयोगबाट समसत राम सेना मरणासन्न हुन पुगेका थिए , तब हनुमानजीले जामवंतकाे परामर्शमा वैद्यराज सुषेणलार्इ बाेलाए र सुषेणकाे भनाइका अाधारमा द्रोणगिरि पर्वतमा गएर ४ वनस्पतिहरू ल्याए : मृत संजीवनी (मरेका मानिसलार्इ बचाउने), विशाल्यकरणी (तीर वा बाण निकाल्ने ), संधानकरणी (त्वचालार्इ स्वस्थ गर्ने ) तथा सवर्ण्यकरणी (त्वचाकाे रंग कायम राख्ने)। हनुमानले अनगिन्ती वनस्पतिहरूमध्ये बाट यिनीहरूलार्इ पहिचान गर्न असमर्थ भए, त पूरा पर्वत नै उठाएर ल्याए। यस प्रकार लक्ष्मणलार्इ मृत्युकाे मुखबाट बचाएर जीवनदान दिइयाे । यी ४ वनस्पतिहरूमध्ये मृत संजीवनी (वा केवल संजीवनी भन्नुहाेस्) सबभन्दा महत्वपूर्ण छ, किनभने यसकाे बारेमा के भनिन्छ भने यसले व्यक्तिलार्इ मृत्युशैयाबाट पुनः स्वस्थ बनाउन सक्छ। सवाल के हाे भने याे चमत्कारिक बिरूवा कुन हाे त! यस बारेमा कृषि विज्ञान विश्वविद्यालय, बेंगलुरु र वानिकी महाविद्यालय, सिरसीका डा. के. एन. गणेशैया, डा. आर. वासुदेव तथा डा. आर. उमाशंकरले अत्यन्त व्यवस्थित ढंगबाट यसमा शोध गरी २ बिरूवालार्इ चिह्नित गरेका छन्।

उनीहरूले सबभन्दा पहिले त भारतभरिका विभिन्न भाषाहरू र बोलीहरूमा उपलब्ध रामायणका सारा संस्करणहरू अध्ययन गरेर के हेरे भने यी सबै ग्रन्थहरूमा संजीवनी नामकाे कुनै बिरूवाकाे उल्लेख गरिएकाे छ कि वा याेसँग मिल्दाेजुल्दाे अरू कुनै बिरूवा पाे छ कि ? उनीहरूले भारतीय जैव अनुसन्धान डेटाबेस लाइब्रेरीमा राखिएका ८० भाषाहरू वा बोलीहरूमा उपलब्ध अधिकांश सनातन ग्रन्थहरूमा संजीवनीकाे बोलीचालीकाे नामहरूकाे खोज गरे। त्यसै गरी उनीहरूले ‘संजीवनी’ वा यसका पर्यायवाची शब्दहरू र मिल्दा-जुल्दा शब्दहरूकाे गहन खोज गरे। परिणाम के भयाे त? खोजीका क्रममा १७ प्रजातिका वनष्पतिहरूकाे नाम उनीहरूकाे सामुन्ने आयाे। जब विभिन्न भाषाहरूमा यी शब्दहरूकाे उपयोगकाे तुलना गरियाे, तीमध्ये मात्र ६ प्रजातिहरू शेष रहन गए।

यिनै ६ प्रजातिमध्ये पनि ३ प्रजातिहरू यस्ता थिए, जुन चाहिँ ‘संजीवनी’ वा याेसँग मिल्दाे-जुल्दाे शब्दसँग सर्वाधिक र सबभन्दा धेरै एकरूपतासँग मेल खान्थ्याे । ती यसप्रकार थियाे : क्रेसा क्रेटिका, सिलेजिनेला ब्रायोप्टेरिस र डेस्मोट्रायकम फिम्ब्रिएटम। यिनीहरूकाे सामान्य नाम क्रमशः रुदन्ती, संजीवनी बूटी र जीवका हाे। यिनीहरूमध्ये एउटा छान्नु थियाे। अर्काे सवाल के थियाे भने यिनीहरूमध्ये कुन चाहिँ पर्वतीय भेगमा पाइन्छ, जहाँ हनुमानले यसलार्इ खाजे हाेलान्। क्रेसा क्रेटिका हुनै सक्दैन, किनभने याे वनष्पति दक्षिणकाे पठार वा भावर प्रदेशमा पाइन्छ।

अब बाँकी रहे २ वनस्पतिहरू। अब शोधकर्ताहरूले के साेचे हाेलान् भने कुन चाहिँ मापदण्डका अाधारमा यसकाे उपयोग रामायण कालका चिकित्सक औषधीय तत्वका रूपमा गर्थे हाेलान्। प्राचीन भारतीय पारम्परिक चिकित्सक कुन सिद्धान्तका अाधारमा चल्थे भने जुन विरूवाकाे बनावट प्रभावित अंग वा शरीरकाे समान छ, त्यस वनस्पतिले त्यसकाे उपचार गर्न सक्छ।

सिलेजिनेला ब्रायोप्टेरिस नामक वनस्पति कयाैँ महिनासम्म एकदम सुक्खा वा ‘मृत’ भइरहन्छ र एकपटक वर्षा अाउने बित्तिकै ‘पुनर्जीवित’ भइरहन्छ। डा. एनके शाह, डा. शर्मिष्ठा बनर्जी र सैयद हुसैनले यसमा केही प्रयोग पनि गरेका छन् र त्यसबाट के थाहा भयाे भने यसमा केही यस्ता अणु पाइन्छ, जुन अक्सिकारक क्षति तथा पराबैजनी क्षतिबाट मुसाहरू र कीटहरूकाे कोशिकाहरूकाे रक्षा गर्नुका साथै उनीहरूकाे मर्मत मद्दत गर्दछ। त्यसाे भए के सिलेजिनेला ब्रायोप्टेरिस नै रामायण कालकाे संजीवनी बूटी हाे ?

उल्लिखित वैज्ञानिकहरू जस्तै गणेशैया र उनका साथी हतारमा कुनै निष्कर्षमा पुग्न चाहन्नन्। उनकाे भनाइ के छ भने अर्काे बिरूवा डेस्मोट्रायकम फिम्ब्रिएटमकाे दावा पनि लर्तराे छैन। अब यी दुर्इ प्रजातिहरूकाे बीचमा फैसला गर्नका लागि अर्काे एक शोधकाे जरूरत छ। त्यसपछि मात्र रामायणकालीन संजीवनी बूटीकाे खाेजी सम्पन्न हुनेछ ।

एक अन्य खोज :

भारतीय वैज्ञानिकहरूले हिमालयकाे उपल्लाे इलाकामा एक अनोठाै बिरूवा खोजी गरेका छन्। वैज्ञानिकहरूकाे दाबी के छ भने याे बिरूवा एक यस्ताे औषधिकाे रूपमा काम अाउँछ, जसले हाम्राे इम्यून सिस्टमलार्इ रेग्युलेट गर्दछ। यसले हाम्राे शरीरलार्इ पर्वतीय परिस्थिति अनुरूप ढाल्नमा मद्दत गर्दछ र हामीलार्इ रेडियो एक्टिभिटीबाट पनि बचाउँछ।

यस खोजले हामीलार्इ सोच्न बाध्य बनाउँछ । कसरी भने रामायणकाे कथामा लक्ष्मणकाे प्राण बचाउने जुन संजीवनी बूटीकाे उल्लेख गरिएकाे छ, के त्याे हामीले पायाैँ त ? रोडिओला नामकाे याे बूटी चिसाे र उच्च हिमाली वातावरणमा पाइन्छ। लद्दाखमा स्थानीय मानिसहरू यसलार्इ सोलोकाे नामबाट चिन्दछन्।

अहिलेसम्म रोडिओलाकाे उपयोगहरूका बारेमा धेरै जानकारी बाहिर अाएकाे छैन। स्थानीय मानिसहरू यसका पातहरूकाे उपयोग तरकारीकाे रूपमा गर्दै अाइरहेका छन्। लेह स्थित डिफेन्स इन्स्टिट्यूट अफ हाइ एल्टिट्यूड यस बिरूवाकाे चिकित्सकीय उपयोगितकाे खोजी गरिरहेकाे छ। याे सियाचिन जस्ता कठिन परिस्थितिहरूमा तैनाथ सैनिकहरूका लागि अत्यन्त उपयोगी हुन सक्छ। (एजेन्सीहरू)

के कल्पवृक्ष अहिले पनि पाइन्छ त ? :

वेद र पुराणहरूमा कल्पवृक्षकाे उल्लेख गरिएकाे छ। कल्पवृक्ष स्वर्गकाे एक विशेष वृक्ष हाे। पौराणिक धर्मग्रन्थहरू र हिन्दू मान्यताहरूका अनुसार के मानिन्छ भने यस वृक्षकाे मुनि बसेर व्यक्ति जे पनि इच्छा गर्दछ, त्याे इचछा पूर्ण हुन जान्छ । किनभने यस वृक्षमा अपार सकारात्मक ऊर्जाकाे भण्डार हुन्छ। याे वृक्ष समुद्र मन्थनबाट निस्केकाे हाे। समुद्र मन्थनबाट प्राप्त भएकाे याे वृक्ष देवराज इन्द्रलार्इ दिइएकाे थियाे र इन्द्रले यसकाे स्थापना ‘सुरकानन वन’ (हिमालयकाे उत्तरमा) मा गरेका थिए।
यो पनि पढ्नुहोस् – मृत्युको मुखमा पुग्दा स्टिभ जब्सका प्रेरणादायी अन्तिम शब्दहरु

एक कल्पकाे आयु :

कल्पवृक्षकाे अर्थ हुन्छ, जुन एक कल्पसम्म जीवित हाेस्। तर अब सवाल के उठ्छ भने के साँच्चै यस्ताे कुनै वृक्ष थियाे वा छ त ? यदि थियाे भने आज पनि त्याे हुनुपर्ने किनभने त्याे त एक कल्पसम्म जीवित रहने वृक्ष हाे। यदि यस्ता कुनै वृक्ष छ भने त्याे कस्ताे हुन्छ ? र यसका के फाइदाहरू छन् ? यद्यपि केही मानिसहरू के मान्छन् भने अपरिजातकाे वृक्षलार्इ नै कल्पवृक्ष मानिन्छ, तर अधिकतर याे तथ्यसँग सहमत छैनन्।

के कामधेनु गार्इ हुन्छ त ? :

कामधेनु गार्इकाे उत्पत्ति पनि समुद्र मन्थनबाटै भएकाे थियाे । याे एक चमत्कारी गार्इ हुने गर्थ्याे जसकाे दर्शन मात्रैले पनि सबै प्रकारका दु:ख-दर्द दूर हुन जान्थ्याे। दैवीय शक्तिहरूबाट सम्पन्न याे गार्इ जसकाे साथमा हुन्थ्याे उसलार्इ चमत्कारिक लाभ मिल्दथ्याे। यस गार्इकाे दूध अमृत समान मानिन्थ्याे।

गार्इ हिन्दु्हरूका लागि सबभन्दा पवित्र पशु हाे। यस संसारमा पहिले गार्इका केही मात्रै प्रजातिहरू पाइन्थ्याे। त्यसभन्दा पनि प्रारम्भिक कालमा एकै प्रजाति थियाे। आजभन्दा लगभग ९,५०० वर्ष पूर्व गुरु वशिष्ठले गार्इका कुलकाे विस्तार गरे र उनले गार्इका नयाँ प्रजातिहरू पनि बनाए, त्यसपछि गार्इका ८ वा १० प्रजातिहरू भए र तिनकाे नाम यसप्रकार थियाेः कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि। कामधेनुका लागि गुरु वशिष्ठसँग विश्वामित्र सहित कतिपय अन्य राजाहरूले कयाैँ पटक युद्ध गरे, तर उनले कामधेनु गार्इ कसैलार्इ पनि दिएनन्। गार्इकाे यस झगडामा गुरु वशिष्ठका सय पुत्र मारिएका थिए ।

३३ कोटि देवता :

हिन्दू धर्मअनुसार गार्इमा ३३ कोटि देवी-देवता निवास गर्छन्। कोटिकाे अर्थ ‘करोड’ हाेइन, ‘प्रकार’ हो। यसकाे तात्पर्य गार्इमा ३३ प्रकारका देवता निवास गर्दछन्। यी देवता यस प्रकार छन्- १२ आदित्य, ८ वसु, ११ रुद्र र २ अश्‍विन कुमार। यी सबै मिलाएर कुल ३३ हुन्छन्।

गार्इकाे सूर्यकेतु नाडी :

गार्इकाे पीठमा करङकाे हाडमा अवस्थित सूर्यकेतु स्नायु हानिकारक विकिरणलार्इ रोकेर वातावरणलार्इ स्वच्छ बनाउँछ। याे पर्यावरणका लागि लाभदायक छ। अर्कातिर, सूर्यकेतु नाडी सूर्यकाे सम्पर्कमा आउँदा यह स्वर्णकाे उत्पादन गर्दछ। गार्इकाे शरीरबाट उत्पन्न याे सुन गार्इकाे दूध, मूत्र तथा गोबरमा पाइन्छ। याे स्वर्ण दूध वा मूत्र खानाले शरीरमा पुग्दछ र गोबरका माध्यमबाट खेतहरूमा पनि पुग्छ। कतिपय रोगीहरूलार्इ स्वर्ण भस्म दिइन्छ।

पञ्चगव्य :

पञ्चगव्य कतिपय रोगहरूमा लाभदायक हुन्छ। पञ्चगव्यकाे निर्माण गार्इकाे दूध, दही, घिउ, मूत्र, गोबरबाट गरिन्छ। पञ्चगव्यकाे सेवनले शरीरकाे रोग निरोधक क्षमतालार्इ बढाएर रोगहरूलार्इ दूर गरिन्छ। यस्ताे कुनै रोग छैन जसकाे उपचार पंचगव्यबाट गर्न नसकियाेस्।

कैलाश पर्वत र देव आत्मस्थान : उत्तराखण्डमा एउटा यस्ताे रहस्यमय स्थान छ जसलार्इ देवस्थान भनिन्छ। मुण्डकोपनिषदका अनुसार सूक्ष्म-शरीरधारी आत्माहरूकाे एक संघ छ। यिनीहरूकाे केन्द्र हिमालयकाे वादीहरू उत्तराखण्डमा अवस्थित छ। यसलार्इ देवात्मा हिमालय भनिन्छ। यिनै दुर्गम क्षेत्रहरूमा स्थूल-शरीरधारी व्यक्ति सामान्यतया जान सक्दैनन्।

अाफ्नाे श्रेष्ठ कर्महरूका अनुसार सूक्ष्म-शरीरधारी आत्माहरू यहाँ प्रवेश गर्दछन्। जब जब पृथ्वीमा संकट आउँदछ, इमानदार र श्रेष्ठ व्यक्तिहरूकाे सहायता गर्नका लागि तिनीहरू पृथ्वीमा पनि अाउँछन्। देवताहरू, यक्षहरू, गन्धर्वहरू, सिद्ध पुरुषहरूकाे निवास यसै क्षेत्रमा हुने गरेकाे पाइन्छ।

देवस्थान :

प्राचीनकालमा हिमालयमा नै देवता बस्दथे। यहीं ब्रह्मा, विष्णु र शिवकाे स्थान थियाे र यहाँ नै नंदनकानन वनमा इन्द्रकाे राज्य थियाे। इन्द्रकाे राज्यसँगै गन्धर्वहरू र यक्षहरूकाे पनि राज्य थियाे। स्वर्गकाे स्थिति २ स्थानमा बताइएकाे- पहिलाे हिमालयमा अर्काे कैलाश पर्वतकाे कयाैँ योजन माथि। यहाँ नै मानसरोवर छ र यसै हिमालयमा अमरनाथकाे गुफा छ।

अन्य रहस्यमय कुराहरू :

हिमालयमा नै यति जस्ता कतिपय रहस्यमय प्राणी बस्छन्। यसका अलावा यहाँ चमत्कारिक र दुर्लभ जडिबुटिहरू पनि पाइन्छ। भारत र चीनका सेनाले हिमालय क्षेत्रमा नै एलियन र युएफओ देखेकाे दाबी गरेका छन्। हिमालयमा नै एक रूपकुण्ड खाेला छ। यसकाे तटमा मानव कंकाल पाइएकाे छ। पछिल्ला कयाैँ वर्षदेखि भारतीय र युरोपेली वैज्ञानिकहरूका विभिन्न समूहहरूले यस रहस्यलार्इ सुल्झाउन धेरै प्रयास गरे, तर असफल भए ।

सोमरस आखिर के थियाे ? सोमरसकाे बारेमा प्रायः पढ्न र सुन्न पाइन्छ। आखिर याे सोमरस के थियाे त ? के याे रक्सी जस्ताे कुनै पदार्थ थियाे वा कि याे व्यक्तिलार्इ युवा बनार्इ राख्ने कुनै रस थियाे?

ऋग्वेदमा रक्सीकाे घोर निन्दा गर्दै भनिएकाे छ –

।।हृत्सु पीतासो युध्यन्ते दुर्मदासो न सुरायाम्।।

अर्थात : सुरापान गर्ने वा नशालु पदार्थहरू सेवन गर्नेहरू प्रायः युद्ध, मार-पिट वा उत्पात मच्चाउँछन्।

त्यसैले वेदमा रक्सीलार्इ खराबीकाे जड भनिएकाे छ भने तिनीहरू देवताहरूलार्इ कसरी रक्सी चढाउन सक्छन्। सुरापान र सोमरसमा फरक थियाे।

अमृत कलश :

समुद्र मन्थनका क्रममा के कुनै यस्ताे रस निस्केकाे थियाे जसलार्इ पिएर देवताहरूले अमरत्व प्राप्त गरेका थिए ? यदि समुद्रबाट यस्ताे कुनै रस त्यतिबेला निस्केकाे थियाे भने त्याे अाज चाहिँ किन निस्कदैँन ? जरूरी छ र समुद्रबाट नै निक्लेकाे हाेस् ? अमृत कलशका लागि देव र दैत्यहरूका बीच भयंकर युद्ध भएकाे थियाे। वास्तवमा अमृत निस्कनु एक रहस्य नै हाे। यद्यपि वैज्ञानिक यस्ताे अाैषधि बनाउन काेशिश गरिरहेका छन् जसकाे सेवनले मानिस लामाे समयसम्म तरूण बन्न सकाेस् ।

अमर हुने रहस्य :

अमर काे हुन चाहन्न र ? समुद्र मन्थनमा अमृत निस्क्याे। यसलार्इ प्राप्त गर्नका लागि देवताहरूले दानवहरूसँग साथ छल गरे। देवता अमर भए। यसकाे तात्पर्य के हाे भने के समुद्रमा यस्ताे केही चीज छ जसबाट अमृत निस्काेस् ? त के आज पनि निस्किन्छ त ? अहिले अधिकतम १०० वर्षकाे जीवनमा त अनेकानेक रोग, कष्ट, संताप र झंझट छन् भने अमरता प्राप्त गर्दा के हाेला ? १०० वर्षपछि वैराग्य प्राप्त गरी व्यक्ति हिमालय जाने जाला। त्यहाँ गएर उसले के गर्ला ? बोर भयाे भने फेरि संसारमा आएर बस्ला। हाे, यही सिलसिला चलिरहला।

महाभारतमा ७ चिरञ्जीवीहरूकाे उल्लेख गरिएकाे पाइन्छ। चिरञ्जीवीकाे अर्थ अमर व्यक्ति। अमरकाे अर्थ, कहिल्यै नमर्ने। यी ७ जना चिरञ्जीवीहरू हुन्- राजा बलि, परशुराम, विभीषण, हनुमानजी, वेदव्यास, अश्वत्थामा र कृपाचार्य। यद्यपि केही विद्वानहरूका अनुसार मार्कंडेय ऋषि पनि चिरञ्जीवी हुन्।

धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार यी सातै जना पछिल्ला कयाैँ हजार वर्षदेखि यस पृथ्वीमा बसिरहेका छन्, तर के के धरतीमा बसेर यति लामाे समय हजाराैँ वर्षसम्म जीवित रहन संभव छ ? यद्यपि कतिपय यस्ता ऋषि-मुनि थिए, जो धरतीभन्दा बाहिर गएर फेरि फर्केर अाउँथे र यस प्रकार उनीहरू अाफ्नाे उमेर फ्रिज गर्न सक्थे। यद्यपि हिमालयमा बस्लाले पनि अायु बढ्ने संभावना बढ्दछ। हिन्दू धर्मशास्त्रहरूमा पनि यस्ता कतिपय कथाहरू छन् जसमा के लेखिएका छन् भने अमरता प्राप्त गर्नका लागि फलानाे-फलानाे दैत्य वा साधुले घोर तप गरी शिवजीलार्इ प्रसन्न बनाए। कालान्तरमा त्यसकाे बध गर्नका लागि भगवानकाे पनि पसिना अायाे। अमर हुनका लागि कतिपय यस्ता मन्त्र छन् जुन जप्नाले शरीर हमेशा युवा बनिरहन्छ। ‘महामृत्युञ्जय’ मन्त्रकाे बारेमा के भनिएकाे छ भने यसकाे माध्यमबाट अमरता पाइन सक्छ।

वेद, उपनिषद, गीता, महाभारत, पुराण, योग र आयुर्वेदमा अमरत्व प्राप्त गर्ने अनेक साधन बताइएका छन्। आयुर्वेदमा कायाकल्पकाे विधि त्यसकै एक हिस्सा हाे। तर अहिले उठ्छ भने विज्ञान यस दिशामा के गरिरहेकाे छ ? विज्ञान पनि यस दिशामा काम गरिरहेकाे छ । कसरी हुन्छ व्यक्ति अमर हुन जाअाेस्, कहिल्यै नमराेस् ।

सावित्री-सत्यवानकाे कथा त सबैले सुनेकाे हुनुपर्छ। सावित्रीले यमराजसँग खाेसेर अाफ्ना पति सत्यवानकाे प्राण फिर्ता लिएकी थिइन्। सावित्री र यमराजका बीचमा लामाे कुराकानी भयाे। यसका बावजूद पनि के कुरा थाहा हुन सकेकाे छैन भने सावित्रीले के यस्ताे गरिन् र उनका पति सत्यवान पुनः जीवित भएर फर्के। यस जीवित गरिदिने वा हुन जाने प्रक्रियाकाे बारेमा महाभारत पनि मौन छ। तर अवश्य पनि सावित्रीसँग यस बारेमा कुनै प्रक्रिया थियाे हाेला। जुन दिन याे प्रक्रिया वैज्ञानिक ढंगले ज्ञात हुन जाला, हामी अमरत्व प्राप्त गृन सक्छाैँ।

तपार्इंले अमरबेलकाे नाम सुन्नु भएका्े होला। विज्ञान के चाहन्छ भने मनुष्य पनि यसै अमरबेल जस्तै बनाेस्, कायापलट भइरहाेस् र जीवित बनिरहाेस् । वैज्ञानिकहरूकाे एक समूह चरणबद्ध ढंगले मानवलार्इ अमर बनाउन दत्तचित्त भएर लागेकाे छ। समुद्रमा जेलीफिश (टयूल्रीटोप्सिस न्यूट्रीकुला) नामक माछा पाइन्छ। याे प्राविधिक वा तकनीकी दृष्टिबाट कहिल्यै मर्दैन। तर एउटा कुरा, यदि कसैले यसकाे हत्या गर्याे भने वा कुनै अन्य जीव जेलीफिशकाे भक्षण गरिदियाे भने त फेरि उसलार्इ नमरी सुखै छैन। यस कारण यसलार्इ इम्मोर्टल जेलीफिश पनि भनिन्छ। जेलीफिश बुढेसकालबाट बाल्यकालतिर फर्कने क्षमता राख्दछ। साँच्चै भन्ने हाे भने वैज्ञानिकहरूले जेलीफिशकाे अमरताकाे रहस्याेद्घाटन गर्न सक्छन् मानव स्वतः अमर हुनेछ।

के गरिरहेका छन् वैज्ञानिक ? :

वैज्ञानिक अमरताका रहस्यहरूबाट पर्दा हटाउने दिशामा तीव्र गतिमा अगाडि बढिरहेका छन् । बढ्दाे उमेरकाे प्रभावलार्इ रोक्नका लागि धेरै प्रकारका अाैषधिहरू र सर्जरीकाे विकास भइरहेकाे छ। अहिले यसमा योग र आयुर्वेदलार्इ पनि उत्तिकै महत्व दिन थालिएकाे छ। ढल्कँदाे उमेरकाे प्रभाव रोक्न विषयमा आयोजित एक व्यापक सर्भेमा के पत्ता लाग्याे भने उमेर वाघटाउनेली ‘गोली’ बनाउन संभव छ। रूसकाे साइबेरियाका जंगलहरूमा एक औषधि पाइन्छ जसलार्इ जिंगसिंग भनिन्छ। चीनका मानिसहरू यसलार्इ धेरै प्रयाेग गरी लामाे समयसम्म युवा बनिरहन्छन्।

‘जर्नल नेचर’ मा प्रकाशित ‘पजल, प्रमिस एण्ड क्योर अफ एजिङ’ नामक रिभ्युमा के भनिएकाे छ भने आउँदा दशकहरूमा मानवकाे जीवनकाल बढाउन सकिने प्रशस्त सम्भावनाहरू बढेर गएका छन्। अखबार ‘डेली टेलिग्राफ’ का अनुसार एज रिसर्चका बारेमा बक इन्स्टीट्यूट, क्यालिफाेर्नियाका डक्टर जुडिथ क्यान्पिसीले के भनेका छन् भने सिम्पल अर्गनिज्मकाे बारेमा मौजुदा नतिजाहरूलार्इ हेर्ने हाे भने मानिसकाे जीवनकाललार्इ बढाउन घटाउन सकिन्छ, यसमा कुनै शंका छैन। पहिले पनि कतिपय स्टडिजमा के पाइसकिएकाे छ भने यदि बढ्दाे उमेरकाे असरलार्इ उजागर गर्ने जिनेटिक प्रोसेसलार्इ बन्द गरिदिने हाे भने मानव सधैंभरि तरूण बन्न सक्छ। जर्नल सेलकाे जुलाइकाे अंकमा प्रकाशित एक रिसर्च रिपोर्टमा के भनिएकाे छ भने बढ्दाे उमेरकाे प्रभाव जिनेटिक प्लानकाे हिस्सा हुन सक्छ, शारीरिक गतिविधिहरूकाे नतिजा हाेइन। खोज र रिसर्च जारी छ…। (एजेन्सी)

महान योद्धा बर्बरीक र घटोत्कच :

बर्बरीक महान पाण्डव भीमका पुत्र घटोत्कच र नागकन्या अहिलवतीका छाेरा थिए। कतै-कतै मुर दैत्यकी पुत्री ‘कामकण्टकटा’ का उदरबाट पनि यिनकाे जन्म भएकाे कुरा उल्लेख गरिएकाे छ। बर्बरीक र घटोत्कचका सम्बन्धमा के भनिन्छ भने यी दुबै नै विशालकाय मानव थिए। घटोत्कचले कौरव सेनामा हाहाकार मच्चाएका थिए। अन्ततः कर्णले अर्जुनका लागि साँचिराखेकाे अस्त्र प्रयाेग गरी घटाेत्कचलार्इ मारेका थिए।

महाभारतकाे युद्ध जतिखेर हुने निधाे हुँदै थियाे बर्बरीक पनि युद्धमा सहभागी हुने विचार गर्दै अामालार्इ युद्धमा हार्ने पक्षलार्इ साथ दिने वचन दिए। बर्बरीक अाफ्नाे नीलाे रंगकाे घोडामा सवार भएर ३ बाण र धनुष लिएर कुरुक्षेत्रकाे रणभूमितिर प्रस्थान गर्न अग्रसर भए।

बर्बरीकका लागि ३ बाण नै पर्याप्त थिए । जसकाे बलमा उनी कौरव र पाण्डवहरूकाे पूरा सेनालार्इ समाप्त गर्न सक्थे। याे सबै कुराबाट परिचित भगवान कृष्णले ब्राह्मणकाे वेशमा उनकाे सामुन्ने उपस्थित भएर उनीसँग दानका रूपमा छलपूर्वक उनकाे शिर मागे।

त्यसपछि बर्बरीकले भगवान कृष्णसँग के प्रार्थना गरे भने उनी अन्तिमसम्म युद्ध हेर्न चाहन्छन्, त्याे कुरा सुनेर कृष्णले उनकाे इच्छा सहर्ष स्वीकार गरे। फाल्गुन मासकाे द्वादशीका दिन उनले अाफ्नाे शिर भगवान कृष्णलार्इ दान दिए। भगवानले त्याे शिरलार्इ अमृतबाट सिंचित गरी कुरूक्षेत्रकाे मेदानकाे सबभन्दा अग्लाे स्थानमा राखिदिए जसले गर्दा बर्बरीककाे महाभारत युद्ध हेर्ने इच्छा पूर्ण हाेस। याे पनि अाफैँमा एक रहस्यका रूपमा रहेकाे छ ।

द्वारिका नगर :

मथुराबाट निस्केर भगवान कृष्णले द्वारिका क्षेत्रमा नै पहिलेदेखि स्थापित खण्डहर भरइसकेकाे नगर क्षेत्रमा एक नयाँ नगरकाे स्थापना गरेका थिए। यहाँनेर हामीले के बझ्नुपर्छ भने भगवान कृष्णले अाफ्ना पूर्वजहरूकाे भूमिलार्इ पुनः बस्न लायक बनाएका थिए। प्राचीन इतिहासकाे खोजी गृने इतिहासकारहरूका अनुसार द्वारिका विश्‍वकाे सबभन्दा रहस्यमय सहर हाे। यस सहरमा अझै पनि शोधकार्य जारी छ।

कयाैँ द्वारहरूकाे सहर भएकाे कारणले यसकाे नाम ‘द्वारिका’ भएकाे हाे। यस सहरका चारेतिर धेरै लामाे पर्खाल थियाे र त्यही पर्खालमा नै अनगिन्ती द्वार थिए। त्याे पर्खाल आज पनि समुद्रकाे गहिराइमा अवस्थित छ। भारतकाे सबभन्दा प्राचीन नगरहरूमध्ये एक हाे द्वारिका। यी ७ नगरहरू- द्वारिका, मथुरा, काशी, हरिद्वार, अवन्तिका, कांची र अयोध्या। द्वारिकालार्इ द्वारावती, कुशस्थली, आनर्तक, ओखा-मण्डल, गोमती द्वारिका, चक्रतीर्थ, अन्तरद्वीप, वारिदुर्ग, उदधिमध्य स्थान पनि भनिन्छ।

भारतकाे गुजरात राज्यकाे पश्चिमी भागमा समुद्रकाे किनारामा अवस्थित ४ धामहरूमध्ये १ धाम र ७ पवित्र पुरीहरूमध्ये एक पुरी हाे द्वारिका। द्वारिका २ वटा छन्- गोमती द्वारिका, बेट द्वारिका। गोमती द्वारिका धाम हाे भने बेट द्वारिका पुरी हाे। बेट द्वारिका जानका लागि समुद्र मार्गबाट जानुपर्छ।

एक समय थियाे, जब मानिसहरू के भन्थे भने द्वारिका नगरी एक काल्‍पनिक नगर हाे, तर यस कल्‍पनालार्इ साकार बनार्इ सत्य साबित गरेर देखाइदिए अार्कियोलॉजिस्‍ट प्रो. एसआर रावले। प्रो. रावले मैसुर विश्‍वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेपछि बडाैदामा राज्‍य पुरातत्‍व विभाग ज्‍वाइन गरेका थिए। त्यसपछि उनले भारतीय पुरातत्‍व विभागमा काम गरे। प्रो. राव र उनकाे टिमले सन् १९७९-८० मा समुद्रमा ५६० मिटर लामाे द्वारिकाकाे पर्खालकाे खोजी गरे। साथै उनले त्यहाँ त्यसबेलाका भाँडाकुँडा पनि फेला पारे, जुन चाहिँ १५२८ इसा पूर्वदेखि ३००० इसा पूर्वका हुन्। यसका अलावा सिन्धु उपत्यकाकाे सभ्‍यताका पनि कतिपय अवशेष उनले खोजे। त्यस स्थानमा पनि उनले उत्खननमा कयाैँ रहस्‍यहरू उजागर गरे, जुन स्थानमा कुरुक्षेत्रकाे युद्ध भएकाे थिय

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ucQ5du
via IFTTT

करोड क्लबमा पुग्दै पल शाह र धुर्मुस सुन्तली “हेर्नुहोस भिडियो “

पल शाह र धुर्मूस सुन्तलीले अभिनय गरेको “तिमीलाई देखेपछि आई लभ यु” बोलको गीत करोड क्लब नजिक पुगेको छ। यस गीतलाई हालसम्म ९९ लाख भन्दा धेरै पटक हेरिएको छ। । गीतमा सरोज ओली र इन्दिरा जोशीले आवाज दिएका छन् भने संगित बसन्त सापकोटाको छ। गीतको शब्द भने दिनेश थपलियाले लेखेका हुन्। र म्युजिक भिडियोको निर्देशन कविराज गहतराजले गरेका छन् भने क्यामेरा संजय लामाले खिचेका छन्। हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hhi1LY
via IFTTT

उग्र बन्दै गोर्खाल्याण्ड आन्दोलन

भारतको पश्चिम बंगालस्थित पहाडी क्षेत्र दार्जीलिङबाट सुरु भएको गोर्खाल्याण्ड आन्दोलनले क्रमशः समथर भूभागतिर पनि उग्र रुप लिन थालेको छ । आन्दोलनका कारण ठूलो जातिगत झडप हुनसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दा त्रसित छन् ।

बंगाली समुदायको एक समूहले आइतबार पश्चिम बंगालको नक्सलबारीस्थित बुद्ध रेष्टुरेन्टमा क्षति पु¥याएको छ । रेष्टुरेन्ट सञ्चालक नेपाली रहेको थाहा पाएर उनीहरुले रेष्टुरेन्ट तोडफोड गरेका हुन् । स्थानीय गोर्खा जनमुक्ति मोर्चाका नेता रमेश प्रधानले भने,‘गोर्खाल्याण्ड विरोधीहरुले गोर्खालीलाई नक्शलबारीबाट धपाउने कोसिस गर्दैछन् । हामी गोर्खालीलाई यो ठाउँ छोड्न दबाब आइरहेको छ ।’

आन्दोलनरत् पक्षले आइतबार नक्शलबारीमा टायर बालेर गोर्खाल्याण्डका पक्षमा नाराबाजी गरेको थियो । आन्दोलनरत् समूहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा कुनै हस्तक्षेप नगर्न समेत चेतावनी दिएको छ । आइतबार नक्शलबारीमा ग्लोबल गोर्खाल्याण्ड युनिटी मार्च नाम दिइएको ¥याली निकालिएको थियो ।

बंगाली समुदायका नागरिकले भने गोर्खाल्याण्डको मागमा नाराबाजी नगर्न चेतावनी दिएका थिए । भारतीय प्रहरीले पनि नेपालबाट भारत प्रवेश गर्नेहरुलाई डर देखाएर फर्काउने कोसिस गरेको थियो । आन्दोलनका कारण आइतबार दिनभर नक्सलबारी बजार बन्द भएको थियो । भारतको सीमावर्ती बजार पानीटंयाक्कीबाट नक्सलबारीतर्फ जाने सवारीसाधनलाई प्रहरीले अवरोध पु¥याएको थियो । आन्दोलन दबाउन नक्सलबारीमा प्रहरीको ठूलो समूह परिचालन गरिएको थियो । उता, पश्चिम बंगालकै बागडोगरामा पनि ¥याली निकाल्ने सूचना पाएको प्रहरीले थप जनशक्ति बढाएको छ ।

जयगाउँको गोपीमोहन रोडमा निकालिएको ¥यालीमा प्रहरीले रबरको गोली चलाएको थियो । गोली लागेर प्रदर्शनकारी चञ्चल शेर्मा घाइते भएका छन् । उनलाई छातीमा रबरको गोली लागेको छ । उनलाई सिलिगुढी अस्पताल लगिएको छ ।

यसैबीच, गोर्खा जनमुक्ति मोर्चाले आइतबारदेखि पश्चिम बंगालको पहाडी क्षेत्रमा मुष्ठीदान संग्रह सुरु गरेको छ । संग्रहित मुष्ठीदान सोमबारदखि जिल्लापाल, महकुमा अधिकारी र खण्ड विकास अधिकारीको कार्यालयमा प्रदान गरिने भएको छ । राज्य सरकारको निर्देशनमा सिलिगुढीबाट दार्जीलिङ जाने रासन, औषधि तथा अन्य सामग्रीहरुमा रोक लगाइएपछि त्यसको विरोधमा गोर्खा जनमुक्ति मोर्चाले यस्तो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम अगस्ट ३ सम्म जारी राख्ने जनाइएको छ । गोर्खा जनमुक्ति मोर्चाका सहसचिव ज्योतिकुमार राईले भने,‘गोर्खाल्याण्डको माग गर्दा हाम्रो रासन पानी खोस्यो यहाँको सरकारले । अब हामी भोको जनताले राज्य सरकारलाई रासन पानी उठाएर दिनेछौँ ।’ संविधानको आधारमै आफूहरुले अलग राज्य गोर्खाल्याण्डको माग गर्दा पनि तृणमुल कांग्रेस सरकारले भने बन्दुकका भरमा आन्दोलन दबाउन खोजिरहेको उनले बताए । शान्तिपूर्ण रुपमा निकालिएको जुलुसमा अश्रुगग्यास छोड्ने, गोर्खाल्याण्ड समर्थकहरुमाथि लाठी प्रहार गर्ने, रासन रोक्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाएका छन् । नयाँ पत्रिकाबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vfVuEM
via IFTTT

‘बाहुबली’का निर्देशक एस.एस राजमौलीले प्रभासलाई लिएर नयाँ फिल्म बनाउने गरे घोषणा

एजेन्सी, वर्षकै सर्वाधिक सफल बलिउड फिल्म ‘बाहुबली’का निर्देशक एस.एस राजमौलीले प्रभासलाई लिएर नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । बलिउड न्युजका अनुसार निर्देशक राजमौली नयाँ फिल्म बनाउने अन्तिम तयारीमा लागेका छन् ।

राजमौली र प्रभासको उक्त नयाँ फिल्म पनि बाहुबलीको सुटिङ सेटमै सुटिङ गरिने भएको हो । फिल्मको काममा निकै स्क्रिप्टमा ब्यस्त रहेका राजमौलीले भने यो फिल्म ‘बाहुबली’ भन्दा निकै फरक र पौराणिक कथा जस्तो हुनेछैन्।

http://ift.tt/2uNHamB

from SHYANE http://ift.tt/2ucjkNJ
via IFTTT

‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतका कारण चर्चित बनेको ‘२ रुपैयाँ’ को ट्रिजर १ नम्बर ट्रेन्डिङमा

काठमाडौं। ‘कुटुमा कुट सुपारी दान’ बोलको गीतका कारण चर्चित बनेको ‘२ रुपैयाँ’ को ट्रिजर १ नम्बर ट्रेन्डिङमा पर्न सफल भएको छ ।

यो समाचार तयार पार्दासम्म ‘२ रुपैयाँ’ को ट्रिजरले करिब ८ भ्युअर्स पाएको छ आसिफ शाह निर्देशित ‘२ रुपैयाँ’ चलचित्रमा निश्चल बस्नेत, आसिफ साह, बुद्धि तामाङ, रवीन्द्र झा, राजन इशान, मेनुका प्रधानलगायतको अभिनय रहेको छ ।

‘२ रुपैयाँ’ मा समावेश ‘कुटुमा कुट सुपारी दाना‘’ बोलको गीत भने एक करोड ३१ लाख पटक हेरिसकिएको छ । यो चलचित्र आगामी भदौ २३ गते रिलिज हुँदैछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hgEj0H
via IFTTT

कतार संकट ले लियो भयानक रुप कतारले ‘युद्ध घोषणा’ गर्यो अब के होला ??

काठमाडौं, साउन १६-
साउदी अरेवियाका विदेश मन्त्री अदिल अल जुवेयरले मक्का मदिनाको व्यवस्थापनलाई अन्तराष्ट्रियकरण गर्न गरेको आव्हान ‘युद्धको घोषणा’ भएको बताएका छन् । उनको भनाई उधृत गर्दै अल अरेवियाले कतारको पछिल्लो अनुरोध साउदी अरव विरुद्धको युद्ध घोषणा भएको समाचार छापेको छ ।

साउदी अरवले कुनै पनि पवित्र स्थललाई अन्तराष्ट्रियकरण गर्ने नगर्ने अधिकार आफैंसँग सुरक्षित राख्छ अल जुवेयरको भनाई उधृत गर्दै समाचारमा भनिएको छ । साउदीको मक्कामदिनामा हजका लागि जान चाहने कतारी नागरिकलाई साउदी अरवका हज अधिकारीहरुले निश्चित विमानस्थलमा उत्रन र दोहाबाट मात्र उडान भर्न आदेश दिएको भन्दै कतारको मानव अधिकार आयोगले यो अन्तराष्ट्रिय कानून विपरित भएको भन्दै त्यसको विरोध गरेको थियो ।

समाचारमा गतबर्ष ईरानले आफ्ना हज गर्न जान चाहने नागरिकलाई अवरोध गरिएको भन्दै सिधै मक्का मदिनाको व्यवस्थापन अन्तराष्ट्रिय निकायले गर्नुपर्ने भन्ने खालको अपिल कतारले नगरेपनि त्यस्तै आशय सहितको अपिल गरेको जनाइएको छ । तर कतारी सञ्चार माध्यम लगायतको प्रयत्न अस्वीकार्य खालको रहेको साउदी अरवका सञ्चार माध्यमले लेखेका छन् ।

साभार देशपरदेश

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2f1lMEK
via IFTTT

वक्षस्थलका बारेमा केही रोचक तथ्य

भनिन्छ महिलाको वक्षस्थल पुरुषका लागि आकर्षणको केन्द्र हो । यसले महिलाको सुन्दरतामा समेत भारी वृद्धि गरेको हुन्छ । त्यहीँ कारण वक्षस्थललाई सकेसम्म बढि कामूक, कसिला तथा ठूला बनाउन महिलाहरुले विभिन्न प्रयास गर्छन् र पछिल्ला दिनमा यसका लागि विकशित देशमा स्तन प्रत्यारोपण लगायतका पद्धति समेत निकै चल्तीमा छन् ।

हामीले यहाँ वक्षस्थल सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ, जसका बारेमा स्वयं आम वक्षस्थल धनीहरु बेखबर हुन सक्छन् :

विश्वमा सबैभन्दा ठूला स्तन भएकी महिला ब्राजिलकी शेला हर्षे हुन् । उनले सन् २००९ मा स्तनको सर्जरी गराएर केही ग्यालेन सिलिकनको झोल स्तनभित्र खाँदेपछि उनको वक्षस्थल निकै विशाल बनेको छ । उनको वक्षस्थलको आकार ३८केकेके छ । तर विश्वमा सबैभन्दा ठूला प्राकृतिक वक्षस्थल भएकी महिलाको नाम भने नोर्मास्टिट्ज हुन् ।अमेरिकामा गो टपलेस डट ओराजी नामको महिलावादी एन जि ओ छ ।यसले केही कुराको विरोध प्रदर्शनका लागि स्तन प्रदर्शनलाई मुख्य अस्त्र बनाउँछ । योएन जि ओ का महिलाहरुले टपलेस भएर विरोध प्रदर्शनमा सहभागी हुन्छन् ।रोचक कुरा के छ भने महिलाका दुइवटा स्तन समान आकारका हुँदैनन् । बायाँ स्तनको आकार दायाँ स्तन भन्दा केही ठूलो हुन्छ । तर आकारको अन्तरलाई स्वयं महिलाले पनि पत्ता लगाउन कठीन हुन्छ ।यसमा लाज मान्नुपर्ने कुनै कारण छैन की पुरुषको पहिलो नजर महिलाहरुको वक्षस्थलमै पर्छ । महिलाहरुलेे आफुप्रति तन्नेरीहरुको आँखा कति पार्न सक्छन् भन्ने कुरा उनीहरुको वक्षस्थलको सुन्दरतामा भर पर्छ ।

अझ रोचक कुरा त के भने एक दिनमा कम्तिमा एक मिनेट महिलाको वक्षस्थलमा आँखा लगाउने पुरुषको आयुमा समेत वृद्धि हुन्छ । यसको कारण पुरुषको मनोविज्ञानमा आउने सकारात्मकता हो ।ब्रा बनाउने कम्पनी थ्रम्पको एक सर्भेक्षणका अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् । युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uc7HWU
via IFTTT

जीवनमा ठूला घटना घट्नु अघि हुन्छन् यस्ता संकेत

काठमाडौँ । ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अगाडी नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ । भविष्यमा ठूला घटना हुँदा देखिने संकेत यस्ता छन् ।

१ दुध

विहानकै दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ । तर दुध उम्लेर पोखिनु चाँहि नराम्रो मानिन्छ । विहानै दुध उम्लेर पोखिएको देखियो भने दुर्घटना हुन सक्ने संकेत मानिने ज्योतिष शास्त्रीको भनाइ छ । दुधलाई भाँडोमा राखेर हल्लाउनु पनि अशुभ मानिन्छ यसले घरमा झगडा हुन सक्छ ।

२ ऐना

घरमा ऐनाको ठूलो महत्व छ । ऐना हातबाट खसेर फुट्यो भने अशुभ मानिन्छ । फुटेको ऐनामा अनुहार हेर्नु अझै नराम्रो मानिन्छ । खासमा ऐना फुट्नु अशुभ घटनाको संकेत हो ।

३ चक्कु

यदि तपाइँको हातबाट चक्कु खस्यो भने बुझ्नुस् केही अशुभ घटना हुँदैछ । तर नवजात शिशुको शिरानी नजिकै चक्कु राख्नु भने शुभ मानिन्छ । यस्तो गर्दा बच्चा निद्रामा रुँदैनन् भन्ने ज्योतिषशास्त्रीको दावी छ ।

४ कुचो

घरमा कुचोलाई लक्ष्मी मानिन्छ । किन भने यसले दरिद्रतालाई घरबाट बाहिर निकाल्छ भन्ने विश्वास छ । नयाँ घरमा प्रवेश गर्नु अघी पनि कुचो लगाउनु शुभ मानिन्छ । तर सूर्यास्तपछि कुचो लगाउनु भनेको अशुभ हो । यसले नराम्रो घटना हुन सक्ने विश्वास छ ।

५ कालो पोषाक

कुनै पनि ब्यक्ति कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यो अशुभ मानिन्छ । यसले दुर्घटना वा अप्रिय घटनाको संकेत गर्छ । यदि कतै टाढा जान लाग्नु भएको छ र कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यात्रा स्थगित गर्नुस् ।

६ चाँवी

चाँवीलाई सम्पूर्णताको प्रतिक मानिन्छ । यदी तपाइँको चावी सफा गर्दा पनि पटक पटक फोहोर नै भएको पाउनु हुन्छ भने यो शुभ मानिन्छ । चावीलाई बच्चाको शिरानीको तल राख्दा शुभ हुने मानिन्छ । नेपाल समाचारपत्रबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tWFHeC
via IFTTT

दातको दुखाई कम गर्ने र दातमा भएको किरा बाहिर निकाल्ने घरेलु उपाय

आज हामी तपाईहरुलाई यो बताउने छौं कि कसरी दातमा भएको दुखाईलाई १ मिनेटमा कम गर्न सक्छौं र दातमा भएका किटाणु किराहरुलाई घरेलु उपाय अपनाएर बाहिर निकाल्न सक्छौं ।

दातमा भएको किटाणु (किरा) बाहिर निकाल्ने उपाय
यदि तपाईको दात किराले खाएको छ भने आज हामी तपाईहरुलाई केहि घरेलु उपाय बताउन गैरहेका छौं जसको प्रयोगले तपाई आफनो दातमा भएको किटाणुलाई बाहिर निकाल्न सक्नुहुन्छ । त्यसको लागि तल दिएको सामाग्रीहरु आवश्यक पर्छ ।

लौकाको तेल 10 मिली लीटर

फिटकरी पाउडर 20 ग्राम

लौकाको तेल र फिटकिरीलाई राम्ररी मिश्रण गरेर एउटा पेस्ट तयार पार्नु होस । तयार भएको पेस्टलाई किराले खाएको दातमा १० मिनेट लगाएर छोड्नुहोस । १० मिनेट पछि सफा पानीले कुल्ला गर्नुहोस ,पानीको साथमा तपाईको दातमा भएको किरा बाहिर आउनेछ ।

दातको दुखाईबाट १ मिनेटमा राहत

यदि तपाईको दातको दुखाई एकदमै धेरै छ भने लौकाको तेललाई दुखेको ठाउमा लगाएर राम्ररी १ मिनेटसम्म मालिश गर्नुहोस ,एक मिनेट पछि दुखेको ठाउमा राहत पाउनु हुनेछ । यदि एक पटकमा तपाईको दुखाई कम भएन भने यस प्रक्रियालाई तिन चार पटक पनि अपनाउन सक्नुहुनेछ । हामीलाई आशा छ एक पटक मै तपाईको दुखाई कम हुनेछ तर भएन भने तीन चार पटकमा पक्का दुखाई कम हुनेछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tWE5l4
via IFTTT

टेलीसिरियलकी यी चर्चित अभिनेत्रीले गरिन् आत्महत्या, सबै चकित

बलिउड अभिनेता इन्द्रकुमारको निधनपछि यी अभिनेताकी पत्नीले गरिन् आत्महत्या
एजेन्सी । बलिउडको लागि यो वर्ष निकै नै दुखद रहेको छ । जहाँ भर्खरै अभिनेता इन्द्रकुमारको मृत्यु भएको छ । उनको मृत्युलगत्तै फेरि अर्को मृत्युको खबरले सवैजनालाई हैरान बनाएको छ ।

बलिउड अभिनेता मनोज गोयलकी पत्नी निलिमाले झुण्डिएर आत्महत्या गरेकी हुन् । यो खबरले ठूलो पर्दाका अभिनेता तथा अभिनेत्रीलाई पनि दुखि त बताएकै छ त्यसमा पनि सानोे पर्दामा समेत यो खवरले दुखी बनाएको छ ।

चलचित्र मनोज गोयलले फिल्म ‘बन्टी और बब्ली’मा काम गरिसकेका छन् भने उनले टीबी सिरियल ‘मे भी नजर आए है’ मा समेत काम गरिसकेका छन् ।

भर्खरै पत्निको मृत्युको खवरले उनलाई मर्माहत बनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता मनोज गोयल आफ्नी श्रीमती निलिमा र छोरीसँग लोखंडवालाको कांदिवालमा बस्दथे । यहि घरमा निलिमाले घाटीमा पासो लगाएर आत्महत्या गरेकी हुन् ।

उनकी पत्नीले फाँसी लगाउनुभन्दा पहिले एक सुसाइड नोट लेखेकी भेटिएको छ तर सुसाइड नोटमा के लेखिएको छ कसैलाई बताइएको छैन

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uc6sXN
via IFTTT

युएसएकेएफ राष्ट्रिय कराँते प्रतियोगितामा उज्ज्वल ठकुरीलाई रजत पदक

http://ift.tt/2tR47lG ३१ जुलार्इ, अमेरिका । गत शनिबार अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराँते प्रतियोगितामा उज्ज्वल ठकुरीले रजत पदक प्राप्त गरेका छन् । डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न प्रतियोगितामा ३५ देखि ४४ वर्ष समूहको अग्रिम (एडभान्स)

from ARENA http://ift.tt/2tWpp5A
via IFTTT

कल छलीको आरोप लागेका रोनाल्डो अदालतमा उपस्थित

http://ift.tt/2o15Wxz १६ साउन, काठमाडौं । कर छलीको आरोप लागेका फुटबलर स्पेनिस अदालतमा उपस्थित भएका छन् । विश्वकै धनी फुटबलर रोनाल्डोमाथि १४.७ मिलियन युरो कल छली गरेको आरोप लागेको छ । उनले सन्

from ARENA http://ift.tt/2vXCOaS
via IFTTT

आफ्ना कान्छा छोरालाई बचाउन काखमा च्यापेर शाहरुख खान यसरी दौडिएपछि…

मुम्बइ । जब ह्यारी मेट विथ सेजल’को प्रमोशनको क्रममा रहेका बलिउड बादशाह शाहरुख खान अबुधाबी एयरपोर्टमा आफ्ना कान्छा छोरा अबरामलाई च्यापेर दौडिए त्यसपछि यो तस्विर सामाजिक संजालमा भाइरल छ ।

एयरपोर्टमा जहाजबाट बाहिर निस्किँदा कान्छा छोरा अबरामलाई काखमा लिएर निस्किएका शाहरुख मिडियालाई देअ‍ेर झस्किए । उनले छोरालाई क्यामेराबाट बचाउन काखमा बोकेर दौडिएका हुन् ।

शाहरुखको काखमा अबराम निदाइरहेका बेला मिडियाले घेरा हालेपछि शाहरुख भागेका हुन् । त्यतिबेला अनुष्का शर्मा पनि सँगै थिइन् । उक्त समयमा शाहरुख पत्नि , जया बच्चन, लगायतका ब्यक्तित्वहरु पनि एकसाथ देखिएका थिए ।

.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v9OSII
via IFTTT

हङकङमा नेपाली बालिकाको दर्दनाक दुर्घटना

मृत्यु जीवनको धुव्रसत्य हो । तर कुनैकुनै मृत्यु यस्तो बनिदिन्छ जुन सहजै हृदयले स्विकार्दैन । जुलाई ७ तारिकका दिन तीन बर्षिय बालीका ईक्सामा लिम्बुको ईहलिला समाप्त भयो । जीवनरुपी फुल फक्रन नपाउँदै साधैका लागि चुडियो ।

साँझको समय बेलुकी ७ बजेतिर बाबा कृष्ण सेनेहाङ र सानो भाईसँग खेल्नका लागि निस्किएकी थिईन ईक्सामा । बाबाको हात समातेर हङकङका गगनचुम्बी भवन नियाल्दै हिडिरहेकी उनी एकैछीनमा हराईन् । सानो भाई लडेकाले बाबाले ईक्सामाको हात छोडेर भाई उठाउँन तर्फ लागे, ठिक त्यहि समयमा ईक्सामा पार्क तर्फ दगुरेकी थिईन् । हङकङको ब्यस्त सडक अनि तिव्ररुपमा गुडिरहेको गाडीले सानी ईक्सामालाई देखेन । अन्तत ठक्कर मात्र दिएन करिब २०० मिटर घिसारेर लग्यो । सडकभरि रगत र कपाल छरिएको अनि गाडी मुनी आफ्नी सानी छोरी देख्दा कृष्ण मुर्छित भए ।

कानुनी प्रक्रियाको लागि लगभग एक महिनापछि लिम्बु परम्पराअनुसार ईक्सामाको आइतवार अन्त्येष्टि गरियो । अन्त्येष्टिको क्रममा सहभागी हजारौं नेपालीहरुको आँशु थामिएन । बिदेशी भुमिमा आफ्नो सपना अनि आफन्तको मायाबाट टाढिएर बाँच्नुको पिडा त छदैछ आफु भन्दा बढि प्रिय मानेको सन्तानलाई गुमाउनु पर्दा आमा ज्योती र हजुरआमालाई सम्हालिन गाह्रो परिरहेको थियो ।

हङकङ स्थित ईन्टरनेशनल फ्युनरल पार्लरमा श्रृदाञ्जली अर्पण र मौनधारण पश्चात ताईवाई फुशान सम्सान घाटमा अन्त्येष्टिको लागि अन्तिम बिद्युतीय स्विचमा हात राख्दा बाबा कृष्ण र आमा ज्योतीको आँखाबाट बलिन्द्र आँशु धारा बगिरहेको थियो । सायद प्यारी छोरीको अन्तिम बिदाई नै त्यहि हो । kantipur

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uQ6PcH
via IFTTT

बिदेशमा झांगिएको प्रेमले नेपालमा लियो करुणा (कमला) को ज्यान : काठमाडौं होटलमा संगै रहेका प्रेमीलाई प्रहरीले गर्यो गिरफ्तार (भिडियोसहित)

श्रृजना आचार्य, काठमाण्डौ, १६ साउन । पारीवारीक विछोडमा परदेशी भुमिका रहेकी झापा आमचोक ७ की २९ वर्षीया करुणाले एउटा मन मिल्ने साथी भेटाइन्, तेज गुरुगं घरमा मायाले उनलाई करुणा भनेर बोलाइने गरेको भए पनि उनको वास्तविक नाम भने कमला हो ।

नागरीकतामा उनको नाम कमला भनेर उल्लेख छ । तनहुंका तेजसंग उनको चिनाजानी कुवेतमै छंदा घनिष्टतामा बदलियो । दुई जनाको बिचमा दुख सुखका कुरा हुन्थे । एक अर्कालाई परेको बेलामा सहयोग गर्थे । त्यही घनिष्टताका आधारमा उनले तेजलाई दुईलाख रुपैया सापट पनि दिइन् ।

एक सन्तानकी आमा करुणा आफ्नो पतिसंग थिइनन् । सन्तानलाई पनि माइती घरमा छोडेर कुवेत गएकी थिइन । त्यसैले पनि उनलाई एउटा असल साथीको आवश्यकता थियो । त्यही आवश्यकताले उनलाई तेजसंग नजिक बनाएको हुनसक्छ ।

सात महिना अघि नेपाल आएकी कमला कुवेतमा रहेका तेजसंग टेलिफोन सम्पर्कमा रहिरहीन् । साउन १२ गते तेज पनि काठमाण्डौ आउने खबर पाएकी कमला तेजलाई भेट्न झापावाट काठमाण्डौ आइपुगीन् । आमालाई कुवेत छंदै दिएको ऋण उठाउनु छ भनेर काठमाण्डौ आएकी कमला यतै अस्ताइन् ।


source:osnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vaqVks
via IFTTT

चेल्सीका मिडफिल्डर म्याटिक युनाइटेड जाँदै

http://ift.tt/2va68gK १६ साउन, काठमाडौं । इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडले चेल्सीका सर्वियन मिडफिल्डर नेमाञ्जा म्याटिकलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । २८ वर्षीय म्याटिक जारी सिजनमा युनाइटेडका लागि तेस्रो

from ARENA http://ift.tt/2tPXgJm
via IFTTT

Sunday, July 30, 2017

नेपाल आयडलबाट बाहिरिएकि मेनुकाको ‘सजाको छु मुटु भित्र’ सार्वजनिक(भिडियोसहित )

। नेपाल आयडलकी कन्टस्टेन्ट मेनुका पौडेलको प्रतिभाको सम्मान स्वरूप एनएमभी प्रोडक्शनको प्रस्तुति ‘सजाको छु’ पहिलो कोसेलीको रुपमा सार्वजनिक गरिएको छ ।हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tPOKKi
via IFTTT

‘प्रेम गीत–२’ हिट नै भयो अब छिट्टै नै दिपेन्द्र सरकारको निर्माण तर्फ लाग्छु :निर्माता सेन

काठमाडौं । निर्माता सन्तोष सेनले निर्माण गरेको तेस्रो चलचित्र तथा ‘प्रेमगीत’को सिक्वेल ‘प्रेम गीत(२’को चर्चा चरम चुलीमा पुगेको छ । ‘प्रेम गीतको सफलतापछि निर्माता सेनले निर्माण ‘प्रेम गीत(२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ ।

शुक्रबार रिलिज भएको फिल्मले ४ दिनमा ३ करोड भन्दा बढीको कारोबार गरेको दाबी गरे । यि बितेका दिनमा राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए । चलचित्र ‘छक्का पन्जा’ र ‘लुट–२’ भन्दा प्रेमगीत–२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् ।

शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन भइसकेको छ । एक अन्तरवार्तामा निर्माता सन्तोस सेनले ‘प्रेम गीत’ हिट थिएन तर दर्शकले माया गरेका थिए तर ‘प्रेम गीत–२’ चाहिं हिट नै भयो, कथाबस्तु दर्शकले धेरै रुचाइदिएकाले म थप हौसिएको छु अब छिट्टै नै दिपेन्द्र सरकारको निर्माण तर्फ लाग्छु । जसको घोषणा गरिसकिएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vdBzpW
via IFTTT

क्यान्सरलाई जितेकी मनिषा कोइराला फिस्टुलाबारे जनचेतना जगाउँदै

काठमाडौं, १६ साउन । नायिका मनिषा कोइराला केही समययता सामाजिक सेवामा क्रियाशील हुँदै आएकी छन् । विभिन्न सामाजिक र व्यावसायिक संघ–संस्थाकी ब्रान्ड एम्बेसडरसमेत रहेकी मनिषा राष्ट्रसंघीय जनसंख्या कोषकी ‘सद्भावना दूत’ पनि हुन् ।

क्यान्सर जस्तो कडा रोगलाई जितेकी मनिषा यतिखेर बलिउडमा फिल्म खेल्न छाडेर नेपाल आई सामाजिक क्रियाकलापमा सहभागी हुँदै आएकी छन् । नेपाल सरकारले उनलाई सरसफाई दूत नियुक्त गरेको छ भने एनआईसी बैंकको उनी ब्रान्ड एम्बेसडर पनि हुन् ।

मनिषा अहिले ‘फिस्टुला’ रोगबारे जनचेतना जगाउने अभियानमा सहभागी भएकी छन् । राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा उनी आइतबार (साउन १५ गते) धरानस्थित बीपी कोइराला चिकित्सा अध्ययन संस्थानमा फिस्टुला रोगबारे त्यहाँ चिकित्सक, नर्स, विरामीसँग अन्तरक्रिया गरेकी थिइन् ।

पछिल्लो समय नेपालमा फिस्टुला, पायल्स, फिसर जस्ता रोगले धेरै नेपालीलाई संक्रमण गरेपछि राष्ट्रसंघीय जनसंख्या कोषले यसको न्यूनीकरण गर्न जनचेतना अभियान थालेको हो । कोषले लामो समयदेखि नेपालमा बसेर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।

मनिषाले फिस्टुलाको अप्रेसनपछि नयाँ जीवन पाएका विरामीसँग भेटेर यसबारे कुराकानी गरेको उल्लेख गर्दै फिस्टुलालाई समयमै उपचार गर्न सके यसबाट बच्न सकिने बताएकी छन् । फिस्टुला रोगको उपचार गर्न ढिलाइ भए यसबाट क्यान्सर लाग्ने चिकित्सकहरूको भनाइ छ ।medianp

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uLQSFS
via IFTTT

राजधानीमा नै बालक अपहरण : चार दिनपछि यसरी फेला परे

काठमाडौँ १६ साउन । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

ती बालकलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले आज बिहान काँडाघारीबाट उद्धार गरेको हो । महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिनुभयो ।

उहाँले उद्धारस्थलबाट टोली आइसकेपछि विस्तृत विवरण सार्वजनिक गरिने बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धानका क्रममा एकजनालाई नियन्त्रणमा लिएको छ ।

यही साउन १२ गते सो विद्यालयबाट घर फर्कने समयमा ती विद्यार्थी अपहरणमा परेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vXaNQX
via IFTTT

पहिला कस्ती थिएँ, अहिले कस्ती भएँ,’

श्रावण १६, २०७४- कसैको जिन्दगी कति रहस्यमय छ भन्ने थाहा पाउन लक्ष्मी राना मगरलाई हेरे पुग्छ। उनी नियतिको विचित्र लीला भोगिरहेकी छन्। ऐना हेर्दा झस्किन्छिन्। आफूले आफैंलाई नचिने झैं लाग्छ। ‘पहिला कस्ती थिएँ, अहिले कस्ती भएँ,’ उनी भन्छिन्, ‘हुन त अब बानी परिसक्यो। यो रूप, यो एक्लो संसार सबै पचिसक्यो।’

लक्ष्मी एक समयकी व्यस्त नृत्यांगना हुन्। स्टेज सोका लागि देश/विदेश डुल्थिन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा काम पनि गरिन्। नेपाली सांस्कृतिक नृत्य उनको विशेषता थियो। मारुनी, टप्पा, झ्याउरे, स्याब्रु, मैथली सबै प्रकारका लोक नाचमा अब्बल थिइन्। ‘ताण्डव, चर्या (वज्रयोगिनी) र झ्याउरे नाच्दा बढी खुसी हुन्थेँ,’ उनी भन्छिन्, ‘नाच्ने दिन फेरि कहिले आउला?’

लक्ष्मीका दुवै मृगौला खराब छन्। यस्तो भएको बाह्र वर्ष पुगिसक्यो। हप्ताको दुईचोटि डाइलासिस गराउँछिन्। शरीर सुकेनास भएको छ। अनुहारको रङ गाढा हुँदै गएको छ। कुराहरू बिर्सिन थालेकी छन्। तर, आत्मबल भने अझै डगमगाउन दिएकी छैनन्। उनलाई हेर्ने/सुन्ने जोकोही मान्छे नै उत्प्रेरित भई फर्किन्छन्।

‘यस्तो अवस्थामा पनि उहाँ कन्फिडेन्ट हुनुहुन्छ,’ लक्ष्मीलाई सहयोग गरौं भनेर चितवनदेखि काठमाडौं आएकी विन्दु सिंजाली मगरले भनिन्, ‘उहाँबाट धेरै कुरा सिकेँ।’ विन्दुले लक्ष्मीलाई उपचारका लागि दुई लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेकी छन्। त्यसो त यति बेला ‘लक्ष्मी राना बचाऊ अभियान’ नै चलाइएको पनि छ।

टीकाथली, ललितपुरकी बासिन्दा हुन् लक्ष्मी। हुन् होइन, थिइन्। त्यहाँको जायजेथा सबै उपचारका लागि बेचिसकिन्। राजधानीका मुख्य–मुख्य चार ठाउँमा जग्गा जोडेकी थिइन्। तीसहित निर्माणाधीन घर र वीरगन्जको सम्पत्ति सबै बेच्नुपर्‍यो। आफू रित्तिएपछि हात फैलाउन पनि बाध्य भइन्। ‘म जस्तो मान्छे माग्ने भएकी छु,’ आँखा टिलपिलाउँदै उनी बोल्छिन्, ‘आफ्नो खुट्टामा आफैं उभिएकी, स्वाभिमानी मान्छे थिएँ।’

नृत्यबाटै धेरैको मन जितेकी थिइन् उनले। तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको सिफारिसमा आफू पहिलो पटक फ्रान्समा कार्यक्रम गर्न गएको सम्झन्छिन्। ‘उहाँहरूले मेरो नाम लिनुभएको थियो रे,’ लक्ष्मी भन्छिन्, ‘त्यहाँ ठूलो कार्निभल थियो। सयभन्दा बढी देशका नाच देखाइए। मैले नेपाली लोक नाच प्रस्तुत गरेँ।’ उनलाई साल्सा, ज्याज जस्ता मोर्डन डान्स पनि आउँथे, गर्थिन्।
कार्यक्रम सकिएपछि मान्छेहरू उनलाई भन्थे रे, ‘तिम्रो नाचले गुजबम्प्स निकाल्यो। कम्प्युटरजस्तै खुट्टा चाल्दिरहेछौ, कति छिटोछरितो नाच्न जानेकी।’ ती दिन, त्यस्ता प्रतिक्रिया अहिले सपना झैं भएका छन् उनका लागि। अब त उनी उकालो हिँड्न पनि सक्दिनन्। पुराना कुरा सम्झिएर घोरियो भने श्वास बढ्छ, मन अत्तालिन्छ। ‘चिन्ता लिनै हुन्न,’ उनले भनिन्, ‘हाइपरटेन्सन भएर जिउ पूरै सुन्निन्छ।’

लक्ष्मीका बाबा–आमा उनी सानै छँदा बिते। भाइ पाल्ने अभिभारा १२/१३ वर्षकी लक्ष्मीमाथि आइपर्‍यो। नाच्न सिपालु थिइन्। यसैलाई व्यवसाय बनाउने सोचिन्। प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षार्थी हुँदै जागिर पाएपछि उनका सुखका दिन ब्युँतिए। भाइको बिहे गरिदिइन्। सम्पत्ति जोड्न थालिन्।

‘सोह्र/सत्र वर्षकी हुँदादेखि मलाई पनि बिहेको अफर आउन थाले,’ उनी सम्झन्छिन्, ‘तर, त्यो बेला मेरा लागि गोल्डेन एज थियो। काम राम्रो भइरहेकाले घरजम गर्नपट्टि लागिनँ।’ तीस नाघेपछि बिहे गर्ने सोच रहेछ उनको। तर, तीस पुग्न नपाउँदै रोगले समात्यो।

लक्ष्मीको जीवनमा अनेक पीडा आइपरे। अभिभावक गुमाएपछि उनको एउटै सहारा भाइ थिए। छ वर्षअघि भाइ पनि परलोक भए। बुहारी र भदाभदै छन्, वीरगन्जमा। फुपूहरू काठमाडौंमै छन्। तर, उनलाई आफन्तले छोडिदिएका छन्। बालाजुमा एक कोठा भाडामा लिएकी छन्, एक्लै बस्छिन्।

नृत्य क्षेत्रमा लागेकाहरू महादेवलाई गुरु मान्छन्। नृत्यका राजा, नटराजको दर्शन गर्ने इच्छा रहेछ लक्ष्मीलाई। चितवनबाट आएकी विन्दुलाई उनले पशुपति लगिदिन आग्रह गरेकी रहिछन्। शनिबार दिउँसो पशुपतिनाथलाई ढोगेर आएकी लक्ष्मी खुसी देखिन्थिन्। ‘मृगौला प्रत्यारोपण गर्न खोज्दै छु,’ ४१ वर्षे लक्ष्मीले भनिन्, ‘मरिन्छ कि बाँचिन्छ, थाहा छैन। महादेवसँग शक्ति मागेकी छु। विन्दु बहिनीजस्ता मान्छे थपिए भने अवश्य बाँच्छु।’

source:kantipur.ekantipur

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uPaZBC
via IFTTT

मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरे.

साउन १६ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले नेइमार भावुक हुँदै बिदाई गरेको खबर आएको छ । आइतबार बिहान अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको मैत्रीपूर्ण एल क्लासिकोमा रियल मड्रिडलाई ३–२ ले हराएपछि मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका एक्सप्रेसडेलीले जनाएको छ ।

बार्सिलोनाका ब्राजिलियन स्टार नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । उनलाई पिएसजीले विश्व कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको र अनुबन्धको सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरिएको छ । सन् २०१३ मा बार्सिलोना आएका नेइमार र मेस्सीबिच अहिले गहिरो मित्रता छ । मेस्सीले नेइमारको नयाँ यात्राका लागि शुभकामना दिँदै बिदाई गरेको खबरमा उल्लेख गरिएको छ । आइतबार बिहान भएको एल क्लासिकोमा बार्सिलोनालाई जिताउने क्रममा नेइमारले दुई गोलका लागि सहयोग गरेका थिए ।

http://ift.tt/eA8V8J

from ARENA http://ift.tt/2tVJk4t
via IFTTT

विश्वको एक मात्र ‘नर्क मन्दिर’ जहाँ पापीहरुलाई सजायँ दिइन्छ

मन्दिर शब्द सुन्नेवित्तिकै सबैको मनमा देविदेवता, मुर्ती र पुजाआजा लगायत कुराहरु खेल्न थाल्छन् । तर एसियाको दक्षिण पूर्वीे देश थाइल्याण्डमा भने अनौठो मन्दिर रहेको छ, जहाँ स्वर्ग नभएर नर्क दर्शनको लागी मानिसहरु पुग्ने गर्दछन् । त्यहाँ पुग्ने मानिसहरु कुनै देवताको पूजा गर्ने नभई मृत्यु पश्चात भोगिने पापको सजायँ हेर्न जान्छन् । थाइल्याण्डको चियाग शहरमा रहेको यो मन्दिरमा मृत्युपश्चात दिने पीडादायी सजायहरु मुर्तीमा कुँदिएका छन्।

यो मन्दिर सनातन हिन्दु तथा बौद्ध धर्मबाट प्रेरित छ । थाइल्याण्डको राजधानी बैंककदेखि ७०० किलोमिटर टाढा रहेको चियाग शहरमा करिब ३०० हिन्दु मन्दिर रहेका छन् । तीनै मन्दिरहरुको भीडमा रहेको यो मन्दिर विश्वको एउटा मात्र ‘नर्क मन्दिर’ हो ।

बौद्ध भिक्षु प्रा क्रु विशानजोलकानले प्राचीनकालमा यो मन्दिर बनाएका थिए ।

उनी सबैलाई बचाउन चाहन्थे, सबैलाई स्वर्ग देखाउन चाहन्थे। पाप गर्दा व्यक्तिले पीडादायी अवस्था भोग्नुपर्ने उनी बुझाउन चाहन्थे। त्यसैले उनले मृत्युपश्चात व्यक्तिको आत्माले भोग्ने दुख देख्न सकिने गरि ‘नर्क मन्दिर’ निर्माण गरेका थिए । यहाँ देविदेवताको मुर्ति बनाइएको नभई मृत्युपश्चात नर्कमा दिइने यातना झल्किने मुर्तिहरु स्थापित छन्।

यो मन्दिरमा भक्तजनहरु आफ्नो पापको प्रायश्चित गर्न पुग्छन्। मन्दिरको भयावह मुर्तिहरु देखेपश्चात काम, क्रोध, लोभ अनि दुर्व्यसनी जस्ता पापहरु गर्ननहुने त्यहाँ पुग्नेहरुले मनमा जाग्ने विश्वास गरिन्छ।

source:nepaliheadlines

http://ift.tt/2vkewKX

from SHYANE http://ift.tt/2wcvVBN
via IFTTT

१० कक्षा पढेका साउथका यी स्टार, जो ६४ करोडका मालिक हुन्

काठमाडौं, १४ असार । अभिनेता रजनिकान्तका ज्वाईँ धुनषले मात्रै १० कक्षा पढेका छन् । तर, उनी साउथ फिल्मका सुपरस्टार हुन् । उनीसँग करिब ६४ करोड सम्पत्ती छ । उनको आगमी फिलम ‘भिआईपी–२’ जसमा काजोलसँग स्क्रिनमा देखिदैछन् । हेर्नुहोस् दैनिक भाष्करले उनको लाइफस्टाइलका बारेमा बनाएको रिपोर्टको अनुदीत अंश ।

धनुषसँग जस्ता लग्जरी कार छन् । यसका साथै उनको पम्मल, चेन्नईमा आलिशन महल समेत छ । यो महलको मूल्य १८ करोड रुपैंया छ । यो घर उनले सन् २०१३ मा खरिद गरेका हुन् ।

यस्तै उनीसँग एक गेस्ट हाउस समेत छ । धनुषले एक फिल्ममा काम गरेको ७ देखि १० करोड रुपैंया पारिश्रमिक छ । यसका साथै अन्य श्रोतबाट समेत उनको आम्दानी हुन्छ । उनी १९ बर्ष हुँदा २००२ मा आएको फिल्म ‘थुल्लुवधो ल्लामई’बाट डेब्यू गरेका थिए । यो फिल्मका निर्देशक धनुषका पिता कस्तुरी राजा हुन् ।

यो फिल्म हिट भएको थियो । त्यसपछि उनले ‘काढल कोन्देन’मा काम गरे जुन फिल्म सुपरहिट भयो । अहिलेसम्म उनले २५ भन्दा बढी फिल्ममा काम गरेका छन् । उनले ‘तिरुडा तिरुडी’, ‘देवाथायई कन्देन’, ‘पोल्लाधवन’, ‘मरयां’, ‘नैयान्दी’ लगायका फिल्ममा काम गरेका छन् । यस्तै २०१३ मा आएको बलिउड फिल्म ‘रांझणा’ र ‘षमिताभ’मा काम गरेका छन् ।

धनुषको जन्म २८ जुलाई १९८३ मा भएको हो । पढाईमा उनको चासो थिएन । त्यही कारण उनले अभिनय करिअर बनाउने सोचे । उनले रजनीकान्तकी छोरी ऐश्वर्यासँग विवाह गरेका छन् । उनीहरुका दुई छोरा छन् ।

धनुषले २०१० मा फिल्म ‘पाण्डेम कोल्लु’बाट नेशनल फिल्म अवार्ड जितेका छन् । उनले अहिलेसम्म ३ नेश्नल अवार्ड र ७ फिल्म फेयर अवार्ड जितिसकेका छन् ।

२०११ मा उनले गाएको गीत ‘ओय दिस कोलाबेरी’ सुपरहिट भएको थियो । यो भारतको यस्तो भिडियो गीत थियो जुन यूट्युबमा १०० मिलियन भ्यूज भएको थियो । उनको असली नाम वेंकेटेश प्रभु कस्तुरी राजा हो । फिल्मका लागि उनले आफ्नो नाम बदलेर धनुष राखे । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uMlx68
via IFTTT

मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरे.

साउन १६ – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले नेइमार भावुक हुँदै बिदाई गरेको खबर आएको छ । आइतबार बिहान अमेरिकाको मायामीमा रहेको हार्ड रक रंगशालमा भएको मैत्रीपूर्ण एल क्लासिकोमा रियल मड्रिडलाई ३–२ ले हराएपछि मेस्सीले नेइमारलाई भावुक हुँदै बिदाई गरेको स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै बेलायती पत्रिका एक्सप्रेसडेलीले जनाएको छ ।

बार्सिलोनाका ब्राजिलियन स्टार नेइमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । उनलाई पिएसजीले विश्व कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको र अनुबन्धको सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरिएको छ । सन् २०१३ मा बार्सिलोना आएका नेइमार र मेस्सीबिच अहिले गहिरो मित्रता छ । मेस्सीले नेइमारको नयाँ यात्राका लागि शुभकामना दिँदै बिदाई गरेको खबरमा उल्लेख गरिएको छ । आइतबार बिहान भएको एल क्लासिकोमा बार्सिलोनालाई जिताउने क्रममा नेइमारले दुई गोलका लागि सहयोग गरेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vXcnlx
via IFTTT

छोरा साउदीको जेलमा : ७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर पुरा गर्न सरकार सङ्ग गुहार …

काठमाण्डाै । सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उनले सरकारसँग गुहार मागेका छन्। स्याङ्जा जिल्लाको फेदिखोला–३ का उहाँले गत २०७३ मा एसईई परीक्षा दिएका थिए। उनले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आएका थिए।

कालभैरव उच्च माध्यमिक विद्यालय स्याङ्जामा अध्ययन गरी उनले सिद्धार्थ स्याङ्जा परीक्षा केन्द्रबाट उक्त परीक्षा दिएका थिए। उनले १.२ जीपीए ल्याएर एसईई उत्तीर्ण गरे। बुढेसकालमा पनि हिम्मत जुटाएर अध्ययन थालेका दुर्गेको इच्छा थप अध्ययन गरी शिक्षक बन्ने रहेको छ। शिक्षाबिनाको मानिस साँच्चै नै अन्धो हुने बताउने उनले आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन अनुरोध गरे।

उनले परराष्ट्रमन्त्रीसँग भने, “मलाई ११/१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग गरिदिन आग्रह गर्दछु। ” उनले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो सुनाए। जवाफमा परराष्ट्रमन्त्री महराले उनको शिक्षाप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्ने आश्वासन दिँदै अध्ययनका लागि आवश्यक पर्ने वातावरण मिलाउन पहल गर्ने बताए। उनले एसइई परीक्षा उत्तीर्ण गरेकोमा बधाई दिँदै अध्ययनमा निरन्तर लाग्न प्रेरणा दिए।

महराले ट्विटरमा लेखेका छन्, “स्याङ्जाका ७० वर्षीय दुर्गे कामीको इच्छाशक्ति सुन्दा खुशी लाग्यो, उहाँको उच्च शिक्षा अध्ययन गर्ने इच्छा पूरा होस्, शुभकामना !” दुर्गे कामी चार छोरा र दुई छोरीका पिता तथा नौ जना नातिनातिनाका हजुरबुवा हुन्। उनकी श्रीमतीको भने १५ वर्षअघि निधन भइसकेको छ। उनका एक जना छोरा नरेन्द्र सुनार विक भने वैदेशिक रोजगारीको सिलसिलामा साउदीको जेलमा छन्। अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

परराष्ट्रमन्त्रीसँगको भेटमा कामीले आफ्नो छोरो साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गरे। उनले वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका छोरा तीन वर्षदेखि जेलमा रहेको बताए। उनले के कारण आफ्नो छोरो जेलमा परेको थाहा नभएको बताए। परराष्ट्रमन्त्री महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2f08hVL
via IFTTT

भदौ १ देखि घर बदल्दै सूर्य, यी राशिवालालाई छ खतरा !

आगामी भदौ १ गतेदेखि सूर्यले आफ्नो राशि परिवर्तन गर्दै छ । सबै गृहभन्दा शक्तिशाली सूर्य १ भदौदेखि कर्कट राशिमा प्रवेश गर्ने छ । यसभन्दा अगाडि २७ साउन (शुक्रबार)देखि मंगल गृह पनि कर्कट राशिमा गएर बसेको छ ।
ज्योतिष गणनाका अनुसार यी दुईटै गृह एउटै राशिमा आएर बस्दा अन्य राशिका व्यक्तिलाई शुभ–अशुभको प्रभाव रहनेछ ।

मेष राशि
मेष राशि भएका व्यक्तिको हकमा सूर्य तपाईको चौथो भावमा गएर बस्ने छ । कर्कट राशिमा सूर्यको प्रवेशले जीवनसाथीलाई पनि कार्यक्षेत्रमा लाभ प्राप्त हुन संभावना हुन्छ । यद्यपि सूर्यको अधिक प्रभाव हुने भएकाले तपाईलाई कार्यक्षेत्रमा मानसिक तनाव भने हुने छ ।

वृष राशि
वृष राशि भएका व्यक्तिको हकमा सूर्य तपाईको राशिको तेस्रो भावमा प्रवेश गर्ने छ । सूर्यको आगमनले तपाईलाई नयाँ ऊर्जा दिने छ । साथै तपाईको कार्यक्षेत्रमा बदलाव आउन सक्छ । सायद तपाई नयाँ नोकरी खोज्न सफल हुन सक्नु हुन्छ ।

मिथुन राशि
मिथुन राशिका व्यक्तिको हकमा सूर्य तपाईको राशिको दोस्रो भावमा प्रवेश हुने छ । जसकारण तपाईको स्वभावमा केही परिवर्तन आउने छ । तपाईमा आक्रोश बढ्न सक्छ, त्यसैले सधैं सतर्क रहनु होला ।

कर्कट राशि
सूर्य यही राशिमा प्रवेश गर्दै छ । जसकारण कर्कट राशि भएका व्यक्तिको स्वभावमा अहंकार बढ्न सक्छ । स्वभावमा आउने परिवर्तनले केही व्यक्तिसँगको सम्बन्ध विग्रिनसक्ने संभावना पनि हुन्छ । त्यसैले यो राशि भएका व्यक्तिले स्वयंमाथि नियन्त्रण गर्नु राम्रो हुनेछ । (स्रोत : लोकान्तर)

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tViGJ3
via IFTTT

थाइ बिमान नुवाकोटमा दुर्घटना १ सय १३ को मृत्यु

थाइल्यण्डको थाइ एयरवेज विमान सन् १९९२ जुलाई ३१ अर्थात आजकै दिन नुवाकोटका लाङटाङ क्षेत्रमा दुर्घटना हुंदा १ सय १३ जना यात्रुको निधन भएको थियो । जसमध्ये २३ जना नेपाली नागरिक, ३५ जना थाइ नागरिक १७ जापानिज सहित अन्य विभिन्न देशका नागरिक रहेका थिए ।

थाइल्याण्डबाट उडेको थाइ एयरबस ३११ नेपालको विमानस्थलमा आइपुग्न लागेको बेलामा नुवाकोटमा दुर्घटना ग्रस्त भई ९९ यात्रु सहित १३ चालकदलका सदस्यको निधन भएको थियो ।nepalaaja

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tVSsGx
via IFTTT

भेडा चराउने बालिका शक्तिशाली राष्ट्रकी शिक्षामन्त्री

कडा परिश्रम गरे सफलता अवश्य हात पर्छ भन्ने उदाहरण हुन फ्रान्सको अहिलेकी शिक्षाममन्त्री नजात भलौद बेल्कासेम। भेडा चराई रहेकि एक जना बालिकाको फोटो इन्टरनेटमा निकै सेयर भएको थियो।

कारण एउटै थियो कुनै बेलाकि भेडा गोठाल्नी फ्रान्सको शिक्षामन्त्रीमा नियूक्त भएकि थिएन्। हो, अहिले फ्रान्सको शिक्षाममन्त्री नजात भलौद बेल्कासेम ५ बर्षको उमेर सम्म आफु जन्मेको देश मोरक्कोमा भेडा चराएर बसेकि थिइन्। उनले गरेको संघर्ष निकै प्रेरणादायी मानिन्छ।

नजात ३९ बर्ष अघि अफ्रिकाको मोरक्कोको एक गाउँमा जन्मेकी हुन्। उनले ४ बर्षको कलिलो उमेर देखि नै संघर्ष र कडा परिश्रमको सामना गर्नु परेको थियो। दिनहूँ जंगलमा भेडा चराउन जानु र टाढा रहेको कुवाबाट पानी लिएर आउनु उनको दिनचर्या थियो। उनका बाबु फ्रान्समा निर्माण कम्पनिमा काम गर्थे तर उनकी आमा साना बच्चाहरु सहित मोरक्कोको गाउँमा बस्थिन्।

सन् १९८२ मा उनको परिवार फ्रान्समा बसाईं सर्यो। त्यसबेला उनी जम्मा ५ बर्षकी थिइन्। फ्रान्समा बसाईं सरेपछि उनी फरक देश, चलन, भाषा र परिवेशको सिकार भइन्। मोरक्कोमा भन्दा अझ धेरै दुख, बाधा र अड्चनले घेरिन पुगिन। त्यति मध्ये सबै भन्दा कठिन सामना त भाषाको थियो। उनि अरबी भाषा बोल्थिन अब उनले फ्रेन्च सिक्नु पर्ने भयो, जुन निकै कठिन थियो उनकालागि।

फ्रान्समा सुरुका दिनहरु निकै कठिन भए उनकालागि। उनकै शब्दमा ‘आफ्नो देश, परिवार अनि पुर्खा छोडेर जाँदा निकै पिडा हुन्छ। मेरो बुवा पहिले देखि फ्रान्समा काम गर्नुहुन्थ्यो, त्यसैले वहाँलाई त्यति गाह्रो भएन तर आमा र हामि भाइबहिनीहरुलाइ निकै गाह्रो भयो।’

तर उनले हिम्मत हारिनन्। लगातार कडा परिश्रम गर्दै गइन् र कलेजको पहिलो बर्षको अन्तिम सम्म पुग्दा त उनि फ्रेन्च भाषामा पारंगत भइसकेकि थिइन्। उनका बावुको कडा अनुशासनले पनि अध्ययनमा बढि केन्द्रित हुनुपरेको उनको बुझाइ छ।

उनि उच्च शिक्षाकालागि फ्रान्सकै प्रतिष्ठित इन्टिट्यूट अफ पोलिटिकल साइन्समा अध्ययन गर्न पुगिन् र त्यहिबाट उनको राजनितिक यात्राको सुरुवात भयो। सन् २००० मा अध्ययन पुरा गरेर उनि फ्रान्सको सोसलिष्ट पार्टीमा आबद्ध भइ नागरिक अधिकार, सर्बसुलभ बास अनि बिभेद बिरुद्द निरन्तर आवाज उठाउने काम गरेकि थिइन्।

राजनितिका साथ साथै परिवारको आर्थिक बोझलाई कम गर्न काम पनि गर्न थालिन। सोसलिष्ट पार्टीको सदस्यका हैसियतले उनले ल्योन मेयरलाई सहयोग गर्न थालिन र तत्कालिन फ्रेन्च सरकारको कमि कमजोरिका बारेमा खुलेर बिरोध गर्न थालिन्। सन् २००८ मा आल्पिसको काउन्सिलर पदकालागि चुनाव लडिन र जितिन पनि। त्यस यता उनले राजनितिमा पछाडि फर्केर हेर्नु परेको छैन्।

सन् २०१२ मा फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँले उनलाई महिला अधिकार मामिला मन्त्री र सरकारको प्रवक्तामा नियुक्त गरे। अन्तत् सन् २०१४ मा फ्रान्सको मन्त्रिमण्डल हेरफेरमा धेरैले मन्त्रि पद गुमाइरहँदा उनि भने शिक्षामन्त्रिमा बडुवा भइन्।उनले फ्रान्सको इतिहाँसमा पहिलो महिला शिक्षामन्त्रि बन्ने रेकर्ड बनाइन्।

उनका बिरोधिहरुले उनि जन्मेको देश, धर्म र उनको भेडा गोठालोको पृष्ठभूमीलाई लिएर कडा टिप्पणी गर्ने गर्छन्। कहिले त उनले लगाएको लुगाको बारेमा पनि बहस हुन्छ। तर उनि निरन्तर अगाडि बढिरहेकि छन र युवाहरुलाई परिश्रम गर्न र राजनितिमा आउन प्रेरणा दिइरहेकि छन्।

युवाहरुलाई राजनितिमा आउन सुझाव दिदै उनि भन्छिन ‘म जहिले पनि युवाहरुलाई राजनितिमा संलग्न हुन सल्लाह दिन्छु। भविष्यमा खुसि र सुखि हुनलाई राजनितिमा सत्रिय हुनु सबै भन्दा उत्तम उपाय हो। भाग्यमा आश्रित भई मूक दर्शक भयौ भने हामिले खालि निराशाको महसुस गर्न बाध्य हुनेछौ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uKQojf
via IFTTT

उपचारका लागि सहयाेगका अपिल

मादी, १५ साउन / संखुवासभा जिल्ला मादी नगरपालिका ६ निवासी गणेश बहादुर भुजेल तथा उनका परिवारले उपचारका लागि सहयाेगकाे अपिल गरेकाे छ । भुजेल काे अाेठमा सानाे टीका जस्ताे बाट ३ महिना अघि सुरु भएकाे घाउ क्यान्सरकाे अासङ्का गरि भरतपुर क्यान्सर अस्पताल यही मिति २०७४ साल साउन ३२ गते काे अप्रेसनकाे डेट दिएता पनि अार्थिक अभावका कारण संकटमा परेकाे उनका परिवारजनले जानकारी दिएका छन् ।

अफु अत्यन्तै बिपन्न भएका कारण उनकाे जीवनसंकटमा परेकाे हुनाले सक्दाे अार्थिक सहयाेग साथै जानकारी काे लागि सेयर गरि पिडितकाे जीवन वचाउकाे लागि सहयाेगकाे समेत अपिल गरेका छन् । सहयाेग लागि ९८५२०५७६५४ , ९८०५३६८४५३ सम्पर्क गर्न सक्नुहुनेछ । source:पूर्वेली न्यूज

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vj64vA
via IFTTT

गायक स्वरुपराज आचार्यको स्वरमा रहेको म मरे भने बोलको गीतको भिडियो सार्बजनिक

झापा । गायक स्वरुपराज आचार्यको स्वरमा रहेको म मरे भने बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । म मरे भने मेरो लाशमा बोलको गीतमा एउटा युवाले आफ्नो श्रीमती,बाबु,आमा तथा छोरीको खुसि पुरा गर्न नपाउदै उसको निधन हुन्छ । यो गीतको सब्द पदम सापकोटाको रहेको छ भने संगीत टंक बुढाथोकिको रहेको छ ।

राजन गुरागाईं र करुणा नेपालको मुख्य अभिनय रहेको यो गीतमा किरण र बाल कलाकारमा आरोहीले साथ दिएका छन् ।सुमन योञ्जनको छायांकनमा रहेको गीतमा सम्पादन तथा सह-निर्देशन शिशिर बुढाथोकिको छ भने यो गीतको निर्देशन हरेन्द्र खत्रीको रहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vjnXuq
via IFTTT

‘कतारी कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द’

काठमाडौ, १५ असार । चार खाडी मुलुकले दुई महिनायता कतारमाथि गरेको चर्को नाकाबन्दीको प्रत्यक्ष असर नेपाली कामदारमा पनि देखिन थालेको छ । कतारका केही कम्पनीले नेपालीलगायत विदेशी कामदारको ‘डिमान्ड’ गर्न छाडेका छन् । केहीले पहिले स्वीकृत भइसकेको कामदार लिन बन्द गरेका छन् । नेपालीको समस्याबारे दोहास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराएको छ ।

‘केही कतारी कम्पनीले विदेशी कामदारको डिमान्ड नगरेको सत्य हो । केही कम्पनीले नेपालबाट कामदार लिने प्रक्रिया रद्द गरेका छन्’, कतारस्थित नेपाली राजदूत रमेश कोइरालाले भने ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hdQD1x
via IFTTT

पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो

काठमाण्डौ । केहि दिन यता दाहसंस्कारका लागि काठमाण्डौ पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिबितै भएको भिडियो भाइरल बन्यो ।

पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्य चकित परेका थिए तर यो सत्य नभई झुटो साबित भएको छ ।

नुवाकोट घर भएका मृतक ठाकुर प्रसाद पाण्डेका माइला छोरा भूबन राज पाण्डेले रबि लामिछाने संग गरेको यो कराकानी सुन्नुस –
source: News24 Nepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uO4wXw
via IFTTT

खै त मेकअप गरेको! गीत मात्र गाएर हुन्छ?

सुकृत नेपालको रिपाेर्ट

‘तिम्रो दाँत अलि नमिलेको रहेछ’

‘स्वरमा खासै दम छैन, तर डिम्पल मेरोभन्दा राम्रो छ’

‘स्वर राम्रै हो तर बेसुरा भयो’

‘खै त मेकअप गरेको! गीत मात्र गाएर हुन्छ ?

यी प्रतिक्रिया र टिप्पणी ‘एपी वान’ टेलिभिजन च्यानलबाट प्रशारण भइरहेको सांगीतिक कार्यक्रम ‘नेपाल आइडल’ का निर्णायकहरूको हो। निर्णायकका यिनै बोली र सम्बोधनका कारण अहिले यो कार्यक्रम विवादमा तानिएको छ।

पछिल्लो समय नेपाल आइडलको चर्चा बजारमा निकै छ। चर्चा सकारात्मकभन्दा बढी नकारात्मक हुन थालेको छ। निकै ठूलो लगानीमा सुरु गरिएको यो कार्यक्रम यसरी विवादमा तानिनुले सांगीतिक क्षेत्रमा देखिएको एउटा राम्रो कार्यक्रम, जसबाट राम्रो संभावना बोकेका कलाकार उत्पादन हुनेछन् भन्ने अपेक्षा थियो, त्यो निराशामा परिणत हुने खतरा बढेको छ।

प्रतिभाशाली कलाकारहरूको सहभागिता देखेर हौसिएका दर्शक निर्णायकहरूको प्रतिक्रिया र प्रतियोगी कलाकारप्रतिको हेपाहा प्रवृत्तिका कारण खिन्न बनेका छन्। हल्का र सहभागीलाई हतोत्साहित बनाउने खालका टिप्पणी गरेका निर्णायकहरू विवादमा आएका छन्। उनीहरूको मूल्यांकन प्रक्रिया र विधि निष्पक्ष नभएको टिप्पणी पनि हुन थालेको छ।

विराटनगर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज र काठमाडौँलगायत ७ वटा शहरहरूमा लिइएको अडिसन पनि विवादमा परेको थियो। निकै तामझामसहित सुरु भएको ‘नेपाल आइडल’ प्रशारण हुन थालेपछि विवादमा तानिएको हो।

 

निर्णायकका रूपमा नेपालका चर्चित संगीतकार एवं गायक न्ह्यू बज्राचार्य, गायिका इन्दिरा जोशी र गीतकार एवं संगीतकार कालीप्रसाद बाँस्कोटा छन्। उनीहरूको निर्णय र अडिसनमा प्रस्तुत हुने शैली दर्शकले मनपराएका छैनन्। विवादको क्रममा कसैले जातीयताका आधारमा भेदभावपूर्ण व्यवहार गरियो भनेका छन्। कतिपयले बोल्ने शैली भएन, राम्रो गला र कला भएकालाई अवसर नदिएर आफ्ना इष्टमित्र र नजिककालाई मात्र प्राथमिकता दिइयो भन्ने आरोप पनि लगाएका छन्।

सामाजिक सञ्जालहरूमा निर्णायकहरूका यस्ता व्यवहारको विरोध भएको छ। असन्तुष्ट दर्शकहरूले निर्णायकहरू परिवर्तन गर्नुपर्नेसम्मको आवाज उठाएका छन्। विवाद र नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण गराउँदा निर्णायकमध्येका एक कालीप्रसाद बाँस्कोटा आफू यसबारे केही पनि नबोल्ने भनेर पन्छिन खोजे।

अर्की निर्णायक इन्दिरा जोशीले पनि यो विषयमा केही नबोल्नूु भनिएको बताइन्। नेपाल आइडलका बारेमा धेरै कुरा गर्न नमिल्ने सम्झौता भएको बताउने इन्दिराले नेपाल आइडल बन्न राम्रो गायकी भएर मात्रै नहुने तर्क गरिन्। ‘नेपाल आइडल पहिलो पटक नेपालमा भएको छ, यो नै हाम्रो लागि गर्व गर्ने कुरा हो, उनी भन्छिन्,हामी एउटा आइडलको खोजीमा छौँ। नेपाल आइडल हुनका लागि भर्सटाइल हुन जरुरी छ।’

आइडलको पहिलो अडिसन राउण्डको भिडियो यु–ट्युबबाट बाहिर आएपछि केही राम्रो संभावना बोकेका गायकहरूलाई निर्णायकहरूले अवसर नदिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा आरोप लाग्न थालेका थिए। संगीतसम्बन्धी ज्ञान नै नहुने सर्वसाधारणले पनि भेदभाव गरिएको भन्दै प्रतिक्रिया दिइरहेका छन्।

संगीतमा तीन दशक बिताइसकेका संगीतकार न्ह्यू बज्राचार्य यो आफ्नो व्यक्तिगत निर्णयमा कुरा काट्ने काम भएको बताउँछन्। ‘मैले प्रतिस्पर्धीहरूलाई ‘तपाईं’ नभनी ‘तिमी’ भनेँ भनेर आरोप ममाथि लागेको छ। मलाई नेपाली भाषा बोल्न आउँदैन भन्ने आरोप पनि छु, उनी भन्छन्, तर मलाई के लाग्छ भने नेपालमा विभिन्न भाषाभाषी छन् र सबैलाई उत्कृष्ट शैलीमा नेपाली भाषा बोल्न आउँछ भन्ने छैन।’

 

भाषाप्रति संकुचित सोच राखिनु नहुने भन्दै सांगीतिक क्षेत्रमा यसै पनि तपाई भन्दा तिमी शब्दकै प्रयोग बढी हुने गरेको उनले सुनाए। ‘गीतहरूमा तपाईं भन्दा तिमी शब्द नै प्रयोग हुन्छ’, उनले भने, ‘त्यसबाहेक मलाई तिमी भनेर सम्बोधन गर्दा अझ बढी आत्मीयता झल्कन्छ जस्तो लाग्छ।’
नेपाल आइडलका प्रोजेक्ट प्रमुख सुरेश पौडेलले भने यी सबै आरोपहरू खासै ठूलो कुरा नभएको प्रतिक्रिया दिएका छन्। ‘प्रतियोगितामा आफू नछानिएपछि निर्णायक नराम्रो लाग्छ, आफू राम्रो गाउन नसक्दा निर्णायकलाई आरोप लगाउने काम हुन्छ’, उनले भने। तर दर्शकहरू भने निर्णायकका व्यवहार र कार्यक्रमको विश्वसनीयताप्रति ढुक्क बन्न सकेका छैनन्।सरल पत्रिका

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2he0ynW
via IFTTT

चर्चित गायिका देबि घर्तिकी बहिनिको स्वर पनि दिदी भन्दा कम मानिएन….

नेपाली लोक संगीत मा एउटा चर्चित नाम हो देवी घर्ती मगर सायद कमै मात्र छौ होला उनको गित नसुन्ने मानिस। उनका धेरै गित बजार मा आइसकेका छन र सबै गित स्रोताले मन पनि परायका छन।

अहिले पछिल्लो समय उनकी बहिनी सुस्मिता घर्तीले पनि बिस्तारै स्रोताहरुको मन जितदै छिन। सुस्मिता को स्वर पनि दिदि देवी घर्ती मगरको भन्दा कम नभएको उनको गित सुन्ने स्रोताले प्रतिक्रिया दिएका छन।

अहिले भर्खरै सभ्यता क्रियसन प्रा लि बाट बजार मा आएको नयाँ गित कस्तो माया बोल्को गितमा पनि सुस्मिताले स्वर दिएकी छिन जस्मा पुरुष स्वर भने खुमन अधिकारीको रहेको छ दिपक पराजुलीले लेखेका शब्द मा बिजय सुनामले लय भरेका हुन। हेर्नुहोस भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tUCqfP
via IFTTT

दुख्द खबर :बस दुर्घटनामा दुई जनाको मृत्यु : २१ जना घाइते, चालक फरार

महोत्तरी, साउन १५ । महोत्तरीमा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएका धनुषा ढल्केवरका २७ वर्षीय मोहन पासवानको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार जिल्लाको बलवामा बस दुर्घटनामा परी घाइते भएका पासवानको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यसअघि सोही दुर्घटनामा घाइतेभई जनकपुर अञ्चल अस्पतालमा उपचाररत महोत्तरी गाउँपालिकाकी ८० वर्षीया सीतादेवी झाको मृत्यु भएको थियो ।

बलवाबाट जनकपुरतर्फ जाँदै गरेको ना२ख १५० नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र चालक अहिलेसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vVsnVg
via IFTTT

नेपाल टेलिकमले इन्टरनेटको शुल्क घटायो

काठमाडौं : नेपाल टेलिकमले ग्राहकलाई प्रदान गर्दै आएको इन्टरनेट सेवाको मूल्य घटाएको छ। कम्पनीले जीएसएम-सीडीएमए तथा एडीएसएल-एफटीटीएच सेवाका ग्राहकलाई लक्षित गर्दै सोमबारबाट लागु हुने गरी विभिन्न प्रमोसनल अफर सार्वजनिक गरेको छ। यो अफर ९० दिनसम्म उपलब्ध हुनेछ। उक्त अफर अन्तर्गत ग्राहकले एक एमबीपीएस गतिको एडीएसएल इन्टरनेट करसहित मासिक एक हजारमा पाउने छन्। यस अघि मासिक एक हजार १७ रुपैयाँमा दुई ५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध हुँदै आएको थियो।

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ। पहिले २१ जीबी डाटाको लागि १९ सय ८० रुपैयाँ शुल्क लिदै आएको टेलिकमले अब १५ जीबी डाटा तीन सयमा उपलब्ध गराउने भएको छ।

सँगै २५ जीबी डाटाको पाँच सय र ४० जीबीको डाटाको मूल्य सात सय तोकिएको छ। यी डाटाको गति वान एमबीपीएस हुनेछ। त्यसैगरी टेलिकमले दर्ता शुल्क पनि घटाइएको छ। पहिले दर्ता शुल्क कर बाहेक पाँच सय लिदै आएको टेलिकमले भोल्युम बेस्ड डाटाको लागि कर बाहेक दुई सय र अनलिमिटेड डाटाको लागि तीन सय रुपैयाँ तोकेको छ।

अब ग्राहकले पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा समेत प्राप्त गर्न सक्ने भएका छन्। नयाँ योजना अनुसार १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत तीन महिनाका लागि दुई सय ४० जीबी, ६ महिनाका लागि पाँच सय जीबी र १२ महिनाका लागि १२ सय जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।

त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२ सय जीबी डाटा प्रयोग गर्न सकिने भएको छ। यसका साथै ग्राहकले विदेशबाट आएको कल उठाउदा अब बोनस प्राप्त गर्ने भएका छन्।

जीएसएम÷सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा सात मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र सात मिनेट भ्वाइस कल गर्न र सात वटा एसएमएस निःशुल्क पठाउन सक्ने भएका छन्। कम्पनीले सम्पुर्ण अफर पुराना ग्राहकलाई समेत उपलब्ध हुने जानकारी गराएको छ।annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u9L05G
via IFTTT

एकै गाउँमा साढे दुई करोडको गोलभेँडा उत्पादन

पाँचथर, १५ साउन । जिल्लाको हिलिहाङ गाउँपालिकाको एकै गाउँमा रु साढे दुई करोडको गोलभेँडा उत्पादन भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम सञ्चालन भएको हिलिहाङ– १ अमरपुरमा आर्थिक वर्ष २०७३÷०७४ मा रु दुई करोड ७८ लाख ९८ हजार मूल्य बराबरको गोलभेँडा उत्पादन भएको हो ।

यहाँ उत्पादित गोलभेँडाको प्रतिकिलो सरदर मूल्य रु १३ कामय गर्दा झण्डै रु तीन करोड बराबरको गोलभेँडा अमरपुरमा मात्रै उत्पादन भएको हो । अमरपुरमा ५८० किसानले व्यावसायिकरुपमा गोलभेँडा खेती गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिनुभयो ।

त्यहाँका ५८० किसानले जम्मा १० लाख ७३ हजार बोट गोलभेँडा लगाएका थिए । उक्त गोलभेँडाका बिरुवाबाट प्रतिबोट कम्तिमा दुई किलो फल उत्पादन भएको अनुमान गरिएको छ ।
प्रतिबोट दुई किलो गोलभेँडा उत्पादन हुँदा २१ लाख ४६ हजार किलो गोलभेँडा उत्पादन भएको देखिन्छ । तर एउटै बोटमा छ किलोसम्म गोलभेँडा फलेको त्यहाँका किसान बताउँछन् । “एउटै बोटमा छ केजीसम्म गोलभेँडा उत्पादन भएको छ”– गोलभेँडा किसान तुलसी ढकालले भन्नुभयो, “सबै बोटमा एकैनासको फल लाग्दैन । कुनै बोटमा धेरै फल्छ, कुनै बोटमा थोरै तर दुई किलोभन्दा कम कुनै बोटमा पनि फल्दैन ।” न्यूनतम उत्पादनलाई मापन गर्दा एउटै गाउँमा करोडौँको गोलभेँडा उत्पादन भएको देखिन्छ ।

पकेट कार्यक्रमअन्तर्गत कृषि कार्यालयले कृषकलाई गोलभेँडा खेतीका लागि १०० प्रतिशत, ८५ प्रतिशत र ५० प्रतिशतका दरले अनुदानमा कृषि औजार उपलब्ध गराएको थियो । साना सिँचाइका लागि पाइप, प्लाष्टिक क्रेट, स्पेयर, मल, बीउ, विषादी, सुष्म खाद्यतत्वसमेत कार्यालयले किसानलाई अनुदानमा उपलब्ध गराएको थियो ।

मेहनत गर्दा आफूले सोचेभन्दा राम्रै गोलभेँडा उत्पादन भएको किसान बताउँछन् । त्यहाँ उत्पादित गोलभेँडा झापाको बिर्तामोडसम्म निर्यात हुने गरेको छ ।

बाली बीमाको भुक्तानी नपाउँदा

बाली बीमाबापतको रकम भुक्तानी प्राप्त गर्न नसक्दा जिल्लाका कृषक मर्कामा परेका छन् । असिना र हावाहुरीले तरकारी बाली नष्ट गर्दा पीडित भएका जिल्लाका तरकारी उत्पादक कृषक बीमा कम्पनीले बीमाबापतको रकम भुक्तानी नदिँदा थप पीडित भएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयको समन्वयमा नेको इन्स्योरेन्स नामक निर्जिवन बीमा कम्पनीमार्फत लाखौँ मूल्य बराबरको बाली बीमा गराए पनि बीमा दाबी भुक्तानी नपाएको कृषकको गुनासो छ । सो कार्यालयको तथ्यांकअनुसार गत वर्ष यहाँका २८ किसानले रु ४३ लाख ७९ हजार बराबरको बाली बीमा गराएका थिए ।

जसमध्ये अधिकांश किसानले लगाएको बालीमा असिना र हावाहुरीले क्षति पु¥याएपछि बीमाबापतको रकम माग गरेको एक वर्ष बितिसक्दासम्म भुक्तानी नपाएको उनीहरुको गुनासो छ । स्थानीय याङवरक– ६ का प्रेम सिग्देल, रुद्र न्यौपाने, फिदिम– १० की शान्ती जबेगु, फिदिम– ३ का डम्बरकुमार लिम्बू, फिदिम– २ का पूर्णबहादुर मगर र फिदिम– ९ का लीलाराम आङ्देम्बले बाली बीमा गराएका थिए । बीमा गराएको बाली नष्ट भएपछि प्राविधिकले स्थलगत अध्ययन गरेर क्षतिको विवरणसहित आवश्यक कागजात पूरा गरी नेको इन्स्योरेन्समा भुक्तानी दाबी गरेको पीडितमध्येका कृषक प्रेम सिग्देलको गुनासो छ ।

गत वर्ष वैशाखमै आवश्यक कागजात पूरा गरी भुक्तानी माग गर्दा कम्पनीका कर्मचारी सम्पर्कमा आउनै नचाहेको उहाँको दाबी छ । लामो समयसम्म बीमा दाबी भुक्तानी नपाएपछि जिल्ला कृषि विकास कार्यालयमार्फत बीमा कम्पनीमा तागेता गर्दा पनि कम्पनीले सुनुवाइ नगरेको उनीहरुको आरोप छ ।
कृषकको बीमा दाबी भुक्तानी नभएपछि आफूले इलामस्थित नेको इन्स्योरेन्स कम्पनीको कार्यालयमा गएर तागेता गर्दा त्यहाँ पुगेका फाइल भुक्तानी प्रक्रिया अगाडि नबढाइ थन्क्याएर राखेको भेटिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारी बताउनुहुन्छ । बीमा दाबी भुक्तानी माग गरेको १५ महिना बित्न लाग्दासम्म कम्पनीले प्रक्रिया अगाडि नबढाएपछि कृषकको बीमाप्रतिको आकर्षण नै घट्न थालेको उहाँको भनाइ छ ।

यता नेको इन्स्युरेन्सको इलामस्थित शाखा प्रमुख प्रतिमा घिमिरे किसानबाट प्राप्त बीमा दाबी भुक्तानीका फाइल केन्द्रीय कार्यालयमा पठाउन ढिलाइ भएको स्वीकार्दै अब बढीमा एक हप्ताभित्रमा कृषकले रकम प्राप्त गर्ने जानकारी दिनुहुन्छ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u9PRUv
via IFTTT

महाभारतकालको विमान भेटीयो !

हिन्दु पौराणिक कथामा विमान भएको जिकिर गरेको पाइन्छ । ती विमान थिए या थिएनन् यो विषयमा विवाद भइरहेको छ । तर महाभारतकालको विमान अफगानिस्तानमा भेटीयो । एक गुफा भित्र यो विमान भएको दावी गरिएको छ । यो विमानलाई लिएर संसारभर चासो व्यक्त गरिएको छ ।

प्राप्त जानकारी अनुसार ५ हजार बर्ष पुरानो विमान पत्ता लागेको छ । यो विमान अफगानिस्तानको पहाडमा भासिएको अवस्थामा भेटीएको छ ।
यो विमानलाई विषेश किसिमले सुरक्षीत राखिएको थियो । जसका कारण यसको नजिक कोही जना पाइरहेको छैन । अमेरिकी आर्मी जब गुफाको भित्र गए तब विमानको आवजका कारण बाहिर आउन पाएनन् ।

यो आवजलाई टाइम वेल भनिन्छ । यो टाइम वेल विमानलाई सुरक्षीत राख्ने शील्ड हो । यो विमानका बारेमा सबैभन्दा पहिले वैज्ञानिक आइन्स्टाइनले बोलेका थिए । यो विमानका बारेमा रामयण र महाभारतमा उल्लेख गरिएको छ ।

यो विमान आगो ओकल्ने मिसाइलले बनाइएको थियो । यसका साथै यसमा केही खतरनाक हतियार भएको बताइएको छ । विमानको डायमिटर करिब ५.५ मिटरको थियो । यसले सहि निशाना लगाएर हमला गर्ने गरेको बताइएको छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wbb8hZ
via IFTTT

फेसबुकमा शेरे नामले चर्चित यी व्यक्तिको को हुन वास्तबिक नाम र ठेगाना सहित

सामाजिक संजालमा श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै चर्चित छन् । नेपालमा यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ । तर, यी को हुन् भन्ने विषयमा भने हामीलाई जानकारी नहुन पनि सक्छ ।

स्केच देखिने यि व्यक्ति चिनियाँ खेलाडी हुन् । उनी चीनका चर्चित बास्केटबल खेलाडी याओ मिङ हुन् । २००२ मा चिनको राष्ट्रिय टीमबाट बास्केटबल खेल्न सुरु गरेका उनी ७ फिट ६ इन्च अग्ला मिङ यहि स्केचबाट विश्वभर चर्चित छन् ।

१८ वर्षको उमेमा बास्केटबलबाट खेल जीवन सुरु गरेका उनले यो स्केचको अवधारणा उनको एक पत्रकार सम्मेलनबाट निस्केको हो ।

पत्रकार सम्मेलनमा प्रश्न हाँसेर उत्तर दिँदै गर्दा उनले यस्तो मुहार बनाएका थिए, जुन सन् २००९ मे महिनामा भएको खेलपछिको पत्रकार सम्मेलनको कुरा हो ।

पहिलोपटक उनको स्केच बनाएर एकजना चित्रकारले व्यङ्ग्यमा प्रयोग गरेका थिए, त्यसपछि उनको तस्बिर व्यङ्ग्यमा सर्वत्र देखिन थाल्यो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vbCgQL
via IFTTT

प्रदिपले तोडे अनमोलका सबै रेकर्ड,अबको सुपरस्टार को ?(भिडियो)

यतिबेला देशैभरि प्रदिप खड्का स्टारर फिल्म प्रेम गित २ प्रर्दशन भईरहेको छ । आज तेस्रो दिनमै ३ करोड बढिको व्यापार गरिसकेको प्रेम गित २ ले धेरै रकर्ड हरु पनि तोडिरहेको छ । यसैबिच प्रदिपको यो फिल्मले सफलता पाएसंगै नेपाली सिनेबजारमा अबको सुपरस्टार प्रदिप कि अनमोल भनेर चर्चा समेत सुरु भईसकेको छ । हेर्नुहोस पुरा भिडियो:::

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vVa0jg
via IFTTT

स्कुल गएका ६ वर्षीय बालक बेपत्ता, अपहरणको आशंका

काठमाडौं – राजधानीका ६ वर्षीय बालक स्कुलबाटै बेपत्ता भएका छन् । क्षेत्रपाटी, पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा पढ्ने ६ वर्षीय विशाल चौधरी बिहीबारदेखि बेपत्ता भएका हुन् । बिहीबार दिउँसो साढे ३ बजे स्कुल छुट्टी भएपछि निस्किएका उनी बेपत्ता भएका हुन् । चौधरी युकेजीमा अध्ययनरत थिए ।

अपहरणको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनका बुबा असनमा व्यापार गर्छन् । सिसिटिभी फुटेजका आधारमा प्रहरीले बच्चाको खोजी सुरु गरेको छ । स्कुलको सिसिक्यामरामा एक अपरिचित व्यक्ति बच्चालाई लिन आएको देखिएको छ । तर, दुई दिन बित्दा पनि बालक नभेटिएपछि परिवार चिन्तित बनेका छन् । शनिबारसम्म परिवारलाई कसैले फोनसमेत गरेको छैन ।नयाँ पत्रिकामा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wbkWc1
via IFTTT

बोल्न नजान्दा विवादमा आएका अभिनेत्री करिष्मा मानन्धर देखी रेखा थापा सम्म

अभिनेत्री शुष्मिता बोम्जन केसी पछिल्लो समय लगातार चर्चा र विवादमा परेकी छिन् । कहिले पूर्व पति भुवनका केसीका बारेमा फेसबुकमा लेखेका स्ट्याटस त कहिले सिनेकर्मीका बारेमा गरेका टिकाटिप्पणी । उनलाई लगातार चर्चा र विवादमा ल्याएका छन् । केही दिन अघि मात्रै उनले अभिनेत्री पूजा शर्मालाई सामाजिक सञ्जालमार्फत अस्ति भर्खर जन्मेका चल्ला भनेपछि उनी विवादमा तानिईन् । त्यसपछि फेरि उनी रंगपत्रकार उत्सव रसाईलीलाई जात सोध्दै बाउको बिहे देखाइदिने जस्ता धम्किका कारण विवादमा आईन् । उनले उत्सवलाई रसाईली भन्ने जात के हो ? भनेर प्रश्न गरेपछि उनी समस्यामा परेकी थिईन् । साथ साथै शुष्मिताले उत्सवलाई भाई भनौँ या बहीनी भनेर उत्सवको लिंगमाथि उठाएको यो सवालले समेत उनको चर्को आलोचना भयो । उत्सवले यसरी अर्काको जात र लिंगमाथि प्रश्न उठाउने अधिकार कसैलाई पनि नभएको भन्दै सामाजिक सञ्जालमार्फत शुष्मितासँग गरेको फेसबुक च्याट नै सार्वजनिक गरिदिए । उनले शुष्मिताले आफूसँग माफी माग्नु पर्ने भन्दै तीन दिनको अल्टिमेटम दिएका थिए । शुष्मिताले पनि आफ्नो चौतर्फी विरोध भएपछि तीन दिन भित्रै माफी मागिन् । उनले आगामी दिनहरुमा आफूले यस्ता क्रियाकलापहरु नगर्ने, कसैको बारेमा पनि यस्ता प्रतिकृयाहरु नदिने भन्दै माफी मागेकी हुन् । यसरी बोलीको ठेगान नहुँदा विवादमा अन्य केही अभिनेत्रीहरु पनि आएका छन् । जसमध्ये कसैले माफी मागेका छन् भने कोही आलोचित मात्रै भएका छन् ।

करिष्मा मानन्धर

अभिनेत्री करिष्मा मानन्धरले नयाँ शक्ति नेपालको घोषणा कार्यक्रम गत वर्षको जेठ ३० मा सञ्चालिका भएर कार्यक्रम चलाउने क्रममा शुरु देखि नै गलत बोलेकी थिईन् । उनले बीचबीचमा घुसाएको अंग्रेजी नै नमिलेको धेरैको तर्क थियो । तर पछि गएर वक्ताहरुको नाम र थर नै गलत बोलेपछि उनको चर्को आलोचना भयो । उनले कार्यक्रममा शुभकामना दिन बोलाउने क्रममा नेपाली कंग्रेशका नेता प्रदीप गिरीलाई डाक्टर प्रदिप भट्टराई भनरे सम्बोधन गरिन् । उनले यसो भनेपछि त्यहाँ उपस्थित दर्शकदिर्घाबीच हाँसो फैलियो । सञ्चालिकाले आफ्नो नामलाई गलत उच्चारण गरेपछि मन्तव्य दिन आएका प्रदीपले, सुन्दरी करिष्मा जी न त म डाक्टर हो न त भट्टराई त्यस कारण वक्ताहरुको नाम राम्रोसँग पढ्नुहोस् र नहडबडाईकन उद्घोषण गर्नुहोस् भनेर सुझाव दिएका थिए ।
आफूले गलत बोल्दा मिडिया र सामाजिक सञ्जालमा चर्को अलोचना भएपछि करिष्माले आफूबाट भएको गल्तीका लागि माफी पनि मागेकी थिईन् ।

रेखा थापा

रेखा थापा आफ्ना नारीवादी अभिव्यक्तिका कारण धेरैपटक आलोचित बनेकी छिन् । तर उनी पूर्णरुपमा अलोचित त्यस समय भईन् जब उनले राजेश हमाललाई महानायक भन्न ईन्कार गरिन् । एक कार्यक्रममा उनले महानायकको ट्याग पाएका राजेश हमाललाई महानायक नभनेर अर्का अभिनेता भुवन केसीलाई महानायक भनिनु पर्ने धारणा राखिन् । यस क्रममा उनले भुवन केसीले नेपाली सिनेमामा सतकौँ देखि सक्रिय रहको खुलाईन् । उनले सतकौँ भनेपछि उनको अलोचना शुरु भयो । कारण, उनले भन्नुपर्ने दशकौँ थियो तर उनले भनिन् सतकौँ ।
प्रियंका कार्की

अभिनेत्री प्रियंका कार्कीको बोल्ने शैलीको तारिफ जताततै सुन्न पाईन्छ । उनले दिएका अन्र्तवर्ता र सार्वजनिक कार्यक्रमहरुमा उनको बोल्ने शैली देख्दा उनले कहाँ के बोल्नु पर्छ भन्नेबारे पनि अध्ययन गरेकी हुन् की ! जस्तो पनि लाग्छ । तर बोलीकै तारिफ हुने गरेकी प्रियंका पनि एक पटक टङ स्लिप भएर आलोचित हुन पुगिन् । उनले गत वर्ष मात्रै युट्युब च्यानल मज्जाको टिभिलाई दिएको अन्र्तवार्तामा भनिन्, म अमेरिका धेरैपटक आएकी छु तर यु यस भने पहिलो पटक हो । उनले यसो बोलेपछि उनको चर्को अलोचना भएका थियो । पछि प्रियंकाले यस बारेमा सामाजिक सञ्जालमार्फत आफ्नो टङ स्लिप भएका कारण गल्ती भएको अभिव्यक्ति दिएकी थिईन् । पछिल्लो पटक उनले दर्शकलाई भेडा भने पछि त चर्कै आलोचना खेपिन ।
सुमीना घिमिरे

नायिका सुमिना घिमिरे ‘पाँचौ नेफ्टा अवार्ड कार्यक्रम २०६८’ मा अंग्रेजी बोल्दा आलोचित बनिन् । उनले अंग्रेजी नराम्रो बोलेको र अवार्डमै बोल्नको लागि केही लाईनहरु कण्ठ पारेको भन्दै उनको चर्को आलोचना भयो । उनले उक्त अवार्ड कार्यक्रममा दुलही फिल्मबाट बेस्ट फिमेल अवार्ड हात पारेकी थिईन् । उक्त अवार्ड पाएपछि सुमिनाले सबैलाई अंग्रेजी भाषामा धन्यवाद दिएकी थिईन् । उनको अंग्रेजी राम्रो नभएको भन्दै उनी आलोचित बन्न पुगिन् ।
रजनी केसी

सिनेमा ‘लोफर’बाट ब्रेक लिएकी अभिनेत्री रजनी केसी आफ्नो पहिलो सिनेमा ‘लोफर’कै प्रेस मिटमा बोलेको एक शब्दले आलोचित भईन् । उनले त्यहाँ कुराकानी गर्ने क्रममा आफू अभिनेता आर्यन सिग्देलको बच्चैदेखि फ्यान भएको खुलाईन् । जब उनले आर्यनको बच्चैदेखिको फ्यान भएको बताईन् त्यहाँ उपस्थित सबै हाँस्न थाले र आर्यन सिनेमामा आएको दिन गन्न थाले । किनकी ‘किस्मत’बाट सिनेमामा ब्रेक लिएका आर्यन रजनीका बाल्यकालका मनपर्ने स्टार हुन असम्भव थियो । अझ भन्नुपर्दा रजनीको बाल्यकालमा आर्यन सिनेमामा आएकै थिएनन् ।
अभिनेत्रीहरुले बोल्दा ढंग नपुराउदा आलोचना मात्र खेपेका छैनन । आफैलाई समस्यामा पार्ने गरेका छन । त्यसैले पब्लिक फिगरले म के बोल्दै छु मेरो बोलीले सिंगो क्षेत्रमा र ब्यक्तिगत रुपमा के असर पर्न सक्छ भन्ने एक पटक सोचेर मात्र बोल्दा उपयुक्त हुन्छ । उखानै छ बन्दुकबाट निश्केको गोली मुख बाट फुत्केको बोली फिर्ता ल्याउन सकिदैन । source:gufgaf

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2viLH1G
via IFTTT

इपिएलको दोस्रो संस्करण डिसेम्बरमा, बिजेताले २१ लाख पाउने

http://ift.tt/2vbwsXh १५ साउन, काठमाडौं । एभरेष्ट प्रिमियर लिगको दोस्रो संस्करण आगामी डिसेम्बरमा हुने भएको छ । साथै प्रतियोगिता नेपालकै सर्बाधिक पुरस्कार राशीको समेत हुनेछ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जोहरा स्पोर्टस

from ARENA http://ift.tt/2vbd5xK
via IFTTT

‘प्रेमगीत’ र ‘प्रेमगीत २’ मा प्रदीपको पारिश्रमिक कति ?

नायक प्रदीप खड्का युवापुस्ताका लोकप्रिय नायक हुन् । वर्ष २०७२ मा रिलिज भएको सुपरहिट लभस्टोरी फिल्म ‘प्रेमगीत’बाट नसोचेको सफलता हात पारेका प्रदीपको डेब्यू फिल्म भने ‘इस्केप’ हो । तर, प्रदीपका लागि यो फिल्मले करिअरमाथी उठाउन कुनै मद्दत गरेन । ‘इस्केप’ असफल भएपछि प्रदीपलाई निकै ठूलो डर थियो अब सायद आफ्नो फिल्मी यात्रामा पूर्णविराम लाग्यो । तर, भाग्यमानी प्रदीपको हातमा पर्‍यो फिल्म ‘प्रेमगीत’ ।

.
भूकम्प नआएको भए प्रदीपलाई फिल्म ‘प्रेमगीत’मा देख्न पाइँदैन्थ्यो । किनकी उनी अष्ट्रेलिया जाने लगभग अन्तिम तयारीमा थिए । भूकम्पले उनको भिषा प्रक्रिया ढिला भयो । त्यसैबेला उनको हात परेको हो फिल्म ‘प्रेमगीत’। पहिलो फिल्म ‘इस्केप’ले नै नराम्रो धक्का दिएपछि सायद प्रदीपले आफ्नो सुरक्षित भविष्य फिल्म क्षेत्रमा देखेनन् अनि सपनाको भारी बोकेर उनी अष्ट्रेलिया पलायन हुने सोचमा थिए ।

.

तर, उनीमाथि आँखा गाडियो निर्माता सन्तोष सेनको । निर्माता सन्तोष सेन पनि आफ्नो पहिलो फिल्म ‘चंखे शंखे पंखे’ फ्लप भएपछि एउटा हिट फिल्मको खोजीमा थिए । नभन्दै प्रदीप र सन्तोष दुवैलाई फाइदा भयो । ‘प्रेमगीत’ हिट भयो । अनि पूरा भयो प्रदीपको हिट हिरो बन्ने सपना भने सन्तोषको पनि हिट निर्माता बन्ने ।

.

त्यसपछि अनमोल केसीमाथी आँखा गडेका धेरै निर्माताहरुको रोजाईमा पर्न थाले प्रदीप । ‘प्रेमगीत’ हिट भएपछि उनलाई लाखौं पारिश्रमिकसहित दर्जनौं फिल्मबाट अफरको लर्को लाग्यो तर उनले सबै अस्वीकार गरे ।

.

अनमोल केसीले एक फिल्मका लागि २० लाख पारिश्रमिक लिएको खबरले सिनेवृतमा तातिरहेको अवस्थामा नायक प्रदीप खड्काको पारिश्रमिक चाँही कति होला ? सायद यो तपाईहरु पनि जान्न इच्छुक हुनुहुन्छ । ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै भने, ‘प्रेमगीतमा मैले प्रदीपलाई २ लाख दिएको थिएँ । यस्तै ‘प्रेमगीत २’ मा प्रदीपलाई ८ लाखमा साइन गरेको हुँ । नयाँ फिल्म ‘दीपेन्द्र सरकार’का लागि भने अहिले नै पारिश्रमिको टुंगो लागेको छैन । ‘प्रेमगीत २’ रिलिज भएपछि प्रदीपसँग पारिश्रमिकको विषयमा औपचारिक कुराकानी हुनेछ ।’

.

साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को प्रमोशनमा व्यस्त नायक प्रदीप खड्का निर्माता सन्तोष सेनले दिएको पारिश्रमिकको जानकारी वास्तविक रहेको बताए । ‘प्रेमगीत’ हिट भएपछि ६ लाख पारिश्रमिक बढाएका प्रदीपले ‘प्रेमगीत २’ हिट भएपछि अझ कति बढाउनेछन् सायद त्यसले निर्माताको होस नउड्ला भन्न सकिन्न ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u911Jg
via IFTTT

अरबी युवती साउदीमा हुँदा प्रेम बसेको नेपाली युवक खोज्दै काठमाडौँमा !

विदेशबाट फेसबुकमा मायाप्रेम बस्यो बिहे गर्न नेपाल नेपाल आएका युवक जब तिनै युवती संग भेटे त छाँगाबाट खसे जस्तो भयो

सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ ।

प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।

कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइ पाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुकर फोनबाट श्रीमानको पहिलेकी प्रेमीकासँग झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ ।

धादिङका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुका चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक बर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह गनेृ वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केहि अघि मात्र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरेको थाहा पाए । काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन् । उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा पुगिन् ।

प्रहरीमो महिला सेलमा आजकल अधिकांश महिलामाथि श्रीमान वैदेशिक रोजगारीमा गएपछि अर्को सम्बन्ध बनाएको यजुरी पर्ने गरेको छ ।

केही घटनामा भने सामाजिक सञ्जालमार्फत भएको मित्रतालाई शंका गरेर प्रहरीअगाडि पुग्ने दम्पती पनि छन् ।

कालिमाटी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक सुरक्षा केसीले भनिन् ‘दिनहुँ पतिपत्निबीचको झगडा १० भन्दा बढी आउँछन्, जसमा हिजो आज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ । यस्ता घटनामध्ये धेरैलाई घरायसी झगडासम्म मात्र सीमित हुन्छ भने केही घरेलु हिंसासम्म निम्त्याउँछ ।’

यस्ता सम्बन्ध बनाउनेमा महिला र पुरुष दुवैको संख्या उत्तिकै रहेपनि सम्पत्ति लिएर महिला गएपछि मात्र पुरुषहरु प्रहरीअगाडि आउने गर्छन् ।

सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ ।

प्रहरीअगाडि आउने घर झगडा र घरेलु हिंसाका घटनाको पछाडि कतै न कतै सामाजिक सञ्जाल र विवाहेतर सम्बन्ध रहेको उनीहरुको भनाइ छ । आजको कान्तिपुरमा खबर छ ।

कालिमाटीस्थित महिला सेलमा एक महिलाले पतिसँग बस्न नसकिने भएकाले छोराछोरीलाई स्याहारसुसार गर्न आवश्यक रकम पतिबाट तिराइ पाउन केही दिनअघि उजुरी दिएकी थिइन् । कारण बुझ्दै जाँदा फेसबुकर फोनबाट श्रीमानको पहिलेकी प्रेमीकासँग झाँगिएको सम्बन्धले दुवैबीचको दूरी बढाएको रहेछ ।

धादिङका एक पुरुष विदेश गए । नेपालकै एक महिलासँग फेसबुका चिनजान भयो, अन्तरंग कुराकानी भयो, भिडियो च्याटसमेत हुन थाल्यो । एक बर्षपछि उनी नेपाल फर्किए । ती युवतीसँग विवाह गनेृ वाचा गरेका ती पुरुष छाँगाबाट खसेझैं भए जब ती युवतीले केहि अघि मात्र आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गरेको थाहा पाए । काठमाडौं आएपछि उनको अन्य पुरुषसँग सम्बन्धका कारण श्रीमानसँग सम्बन्धविच्छेद भएको थाहा पाएपछि उनले विवाह गर्न मानेनन् । उनले विवाह गर्न नमान्दा उक्त महिला उजुरीसहित क्षतिपूर्तिको माग गर्दै प्रहरीमा पुगिन् ।

प्रहरीमो महिला सेलमा आजकल अधिकांश महिलामाथि श्रीमान वैदेशिक रोजगारीमा गएपछि अर्को सम्बन्ध बनाएको यजुरी पर्ने गरेको छ ।

केही घटनामा भने सामाजिक सञ्जालमार्फत भएको मित्रतालाई शंका गरेर प्रहरीअगाडि पुग्ने दम्पती पनि छन् ।

कालिमाटी महिला सेल इन्चार्ज प्रहरी निरीक्षक सुरक्षा केसीले भनिन् ‘दिनहुँ पतिपत्निबीचको झगडा १० भन्दा बढी आउँछन्, जसमा हिजो आज प्रमुख कारण विवाहपछिको सम्बन्ध नै हुने गरेको छ । यस्ता घटनामध्ये धेरैलाई घरायसी झगडासम्म मात्र सीमित हुन्छ भने केही घरेलु हिंसासम्म निम्त्याउँछ ।’

यस्ता सम्बन्ध बनाउनेमा महिला र पुरुष दुवैको संख्या उत्तिकै रहेपनि सम्पत्ति लिएर महिला गएपछि मात्र पुरुषहरु प्रहरीअगाडि आउने गर्छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vb0ISv
via IFTTT