Monday, May 30, 2016

एलन पुलिडोको सकुशल उद्दार

जेस्ठ १९।  मेक्सिकोका अन्तर्राष्ट्रिय फुटबल खेलाडी एलन पुलिडोलाई दुई दिनको सफल अपरेसनपछि अपहरणमसक्त गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मेक्सिको प्रहरीले उद्धार गरेपछि सार्वजिनक गरिएका २५ बर्षीय स्ट्राइकर पुलिडोको हातमा सेतो पट्टि बाँधिएको देखिन्थ्यो भने पत्रकारहरुसँग उनले आफु ठीक रहेको बताएको बिबिसीले जनाएको छ ।
शनिबार राति अपहरणमा परेका उनलाई रिहा गर्न मेक्सिको प्रहरीले आइतबार रातिदेखि रेस्क्यु अपरेसन सुरु गरेको थियो । अधिकारीहरुले अपरेसनबारे केहि सार्वजनिक गरेका छैनन् ।
ग्रीसको ओलम्पियाकोसबाट व्यवसायिक फुटबल खेल्दै आएका पुलिडोले मेक्सिकोको राष्ट्रिय टोलीबाटपनि थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन् । ब्राजिल विश्वकप खेलेका उनी आसन्न कोपा अमेरिकाका लागि भने टोलीमा समावेश छैनन् ।
गत जुलाईमा ग्रीसको ओलम्पियाकोसमा आवद्ध भएका पुलिडोले यस सिजनमा खेलेका १५ खेलका ६ गोल गरेका छन् ।
पुलिडो गत शनिबार साँझ तमाउलिपास राज्यको सिउडाड भिक्टोरिया शहरमा एउटा नाइट फार्टीबाट फर्कँर्द गर्दा अपहरणमा परेका थिए ।
स्थानीय मिडियाका अनुसार शनिबार राति अवेर पार्टीबाट प्रेमिकासँग बाहिरिएपछि उनको कारलाई केहि ट्रकले पिच्छा गरेका थिए । केहिबेरपछि नकाव लगाएका छ जनाको समूहले उनको कार नियन्त्रणमा लिएर उनको अपहरण गरेका थिए । उनकी प्रेमिका र गाडीलाई भने अपरहणकारीले केहि गरेनन् ।
सोमबार बिहान प्रहरी कार्यालयबाट पत्रकारहरुसँग कुरा गर्नै पुलिडोले भनेका छन् कि ‘म ठीक छु, भगवानलाई धन्यबाद’ । तमाउलिपासका गभर्नर एगिडियो कान्टुले भनेका छन्,’सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि उनी यहाँ छन्, हामीसँग छन् ।’ तमाउलिपास मेक्सिकोको सबैभन्दा बढि हिंसा हुने राज्य हो ।
मेक्सिको विश्वमा धेरै अपहरण हुने मुलुकहरुमध्ये अग्रस्थानमा आउँछ , यहाँ प्रत्येक बर्ष १ हजारभन्दा बढि अपहरणका घटना हुने गरेको छ ।


from ARENA http://ift.tt/1UeGmZD
via IFTTT

न्यू लिरा च्याम्पियन

 जेस्ठ १९।  काठमाडौंस्थित राष्ट्रिय खेलकुद परिषद्मा दुई दिनसम्म सञ्चालन भएको २१ औँ अन्तर्राष्ट्रिय हाईस्कुल कराँते च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीले पदकतालिमा वचश्र्व जमाएका छन् ।
चार राष्ट्रका झन्डै ५ सय खेलाडी प्रतियोगितामा नेपालले पहिलो स्थान हालिस गर्यो भने भारत दोस्रो भयो । नेपालका लागि न्यू लिराका खेलाडीहरुले सर्वाधिक पदक दिलाए ।
प्रतियोगितामा न्यु लिराले १२ स्वर्णका साथ प्रथम स्थान हासिल गर्यो । त्यस्तै युथ स्पोर्टस् कराँते भारतले दोस्रो स्थान हासिल गर्यो । प्रतियोगितामा जुनियर ब्वाईज व्यक्तिगत कातातर्फ न्यु लिराका सुजन चेपाङले स्वर्ण जिते । त्यस्तै सिनियर ब्वाईज व्यक्तिगत कातातर्फ डेमोसका सञ्जय श्रेष्ठले स्वर्ण हात पारे ।
गर्ल्स जूनियर ४० केजीतर्फ न्यू लिराकी मन्दिरा थापाले स्वर्ण जितिन् भने गर्ल्स जुनियर ४५ केजीतर्फ रेखा प्रजापतिले स्वर्ण हात पारिन् । जुनियर गल्र्स ५० केजीतर्फ नेपाल क्वानमुकानकी अन्जु विस्ट प्रथम भइन् ।
गर्ल्स सिनियर व्यक्तिगत कातातर्फ स्नो एपेक्सकी श्रेया रन्जितकारले स्वर्ण जित्दा गल्र्स सिनियर टिम कातातर्फ मन्दिरा थापामगर, सर्मिला श्रेष्ठ र विनिता श्रेष्ठको जोडीले न्यु लिरालाई स्वर्ण दिलायो । पुरुषमा भारतका साइ गिरिश तथा महिलामा नेपालकी एलिशा लामा उत्कृष्ट खेलाडी चुनिए ।
त्यस्तै ब्वाईज चिल्ड्रेन इन्डिभिजूयल कातातर्फ नारायण जानका प्रनिल मानन्धर तथा ब्वाई क्याडेट व्यक्तिगत कातातर्फ सोनिम मानन्धरले स्वर्ण जिते ।


from ARENA http://ift.tt/1UeGvMJ
via IFTTT

प्रारम्भीक तहमै खेलकुद शिक्षाः नेपाल

जेस्ठ १८।  नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले खेल क्षेत्रको सम्मुन्नत विकासका लागि सरकारले व्यवसायिक र व्यवस्थित कार्ययोजना ल्याउनुपर्ने बताएका छन् ।
 व्यवसायीक खेलाडी उत्पादनका लागि प्रारम्भीक तहमा नै खेलकुद शिक्षा समावेश गर्नुपर्नेमा उनले जोड दिए ।
प्रथम अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको सोमबार राजधानीमा उदघाटन गर्दै नेता नेपालले खेलको सम्मुन्नत विकासका लागि बजेटका साथै कार्ययोजना महत्वपूर्ण हुने बताए ।
सुस्त कार्यशैलीका कारण आफूले २०६६ सालमा शिलान्यास गरेको हेटौंडाको राष्ट्रिय खेलकुद प्रतिष्ठान अझैसम्म पनि सम्पन्न गर्न नसकिएको उनले उल्लेख गरे ।
प्रथम अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिता मंगलबारसम्म चल्ने छ ।


from ARENA http://ift.tt/27ZPJa0
via IFTTT

Sunday, May 29, 2016

एलान पुलिडो अपहरित

जेठ १७ । मेक्सिकोका फुटबल खेलाडी एलान पुलिडो अपहरणमा परेका छन् । उत्तरी राज्य  तमौलिपास राज्यबाट फुटबलर पुलिडो अपहरणमा परेको जनाइएको छ ।
गत शनिवार राती आफ्नै गृहनगर सिउडाडमा एउटा पार्टी सकाएर घर फर्कीने क्रममा उनलाई हतियारसहितका नकाबधारीहरुले अपहरण गरेको बताइएको छ ।
मेक्सिकोको उक्त राज्य विश्वमै अपरहण दर उच्च भएको ठाँउ मानिन्छ । फुटबलर पुलिडोको अपरहण्को कारण खुल्न सकेको छैन ।
ग्रिसको फुटबल क्लव ओलम्पियाकोसबाट व्यावसायिक फुटबल खेल्दै आएका पुलिडोले मेक्सिकोको राष्ट्रिय टोलीबाट समेत केही खेल खेलिसकेका छन् ।
गत सिजनमा ओलम्पियाकोसबाट १५ खेल खेलेका स्ट्राईकर पुलिडोले ६ गोल गरेका थिए । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।


from ARENA http://ift.tt/1UnBSTA
via IFTTT

मुख्यसचिवको टिमद्वारा 'प्रधानमन्त्री–११' पराजित

जेठ १७  । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री– ११ र मुख्यसचिव– ११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिम विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले पराजित गरेको हो ।
निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ तथा लोकसेवा आयोगका सचिव माधव रेग्मीले १ गोल गरे ।
प्रधानमन्त्रीको टोलीबाट कानूनमन्त्री अग्नि खरेल र श्रम तथा रोजगार मन्त्री दीपक बोहराले १–१ गोल गरे ।
प्रधानमन्त्री ११ टोलीमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्रीद्वय भीमबहादुर रावल, टोपबहादुर रायमाझी, मन्त्री शक्तिबहादुर बस्नेत, एकनाथ ढकाल, सत्यनारायण मण्डल, सोमप्रसाद पाण्डेय, शेरधन राई, गणेशमान पुनलगायत थिए ।
त्यसैगरी मुख्यसचिव ११ टोलीमा मुख्यसचिव डा सोमलाल सुवेदीसहित, सचिवहरु चन्द्रकुमार घिमिरे, टङ्कमणि शर्मा, सूर्यप्रसाद सिलवाल, नारायणगोपाल मलेगो, लक्ष्मणप्रसाद मैनाली, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ लगायत थिए ।
झन्डै पूरै समय मैदानमा बिताएका प्रधानमन्त्री ओलीले मैत्रीपूर्ण भएकाले हारजितले महत्व नराखेको बताए । ‘खेल रमाइलो भयो, यसले नेतृत्व गर्न सिकायो, स्वस्थ रहन सिकायो, मुख्य कुरा गणतन्त्र दिवस मनाइयो,’ उनले भने ।


from ARENA http://ift.tt/1X78cy8
via IFTTT

आइपिएल च्याम्पियन बन्यो हैदरावाद


जेठ १७ । इन्डियन प्रिमियर लिगको नवौं संस्करणको विजेता सनराइजर्स हैदरावाद बनेको छ । आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ रनले पराजित गर्दै हैदरावादले उपाधि हासिल गरेको हो ।
पहिले ब्याटिङ गर्दै हैदरावादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०८ रन बनाएको थियो । जितका लागि २०९ रनको विशाल लक्ष्य पाएको बेंग्लोरले सात विकेट कै क्षतिमा २०० रनमात्र बनाउन सक्यो ।
हैदरावादका लागि कप्तान डेविड वार्नरले सर्वाधिक ६९ रन बनाए । तर मध्यक्रममा आएर बेन कटिङ्गले विस्फोट ब्याटिङ गर्दै १५ बलमा ३९ रन बनाएपछि हैदरावादले स्कोर बोर्डमा २०० रन पार गर्न सफल भएको हो । युवराज सिंहले ३८ र शिखर धवनले २८ रनको योगदान गरेका थिए ।
बेंग्लोरले गतिलो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि क्रिस गेल र कप्तान विराट कोहलीबीच ११४ रनको साझेदारी भएको थियो । ३८ बलमा ७६ रन बनाएका गेललाई बेन कटिङ्गले नै आफ्नो शिकार बनाए । कप्तान कोहली पनि ५४ रन बनाएर बाहिरिए । अर्का विस्फोट ब्याट्सम्यान एबी डे भिलियर्स पनि ५ रन बनाएर बाहिरिएपछि बेंग्लोर संकटमा परेको थियो ।
सनराइजर्स हैदरावादको यो पहिलो उपाधि हो । सन् २००९ मा भने हैदरावादकै डेक्कन चार्जर्सले उपाधि हासिल गरेको थियो ।
रोमाञ्चक बनेको फाइनल प्रतिश्पर्धामा हैदरावादका बलर सामू बेंग्लोरका मध्यक्रमका ब्याट्सम्यान टिक्न सकेनन् ।


from ARENA http://ift.tt/25ssmUs
via IFTTT

Saturday, May 28, 2016

नेपाल र लाओस मैत्रिपूर्ण फुटबल खेल्ने आज

जेठ १६ । नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्दैछ । लाओस विरुद्धको खेल लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आज साँझ सवा ५ बजे सुरु हुनेछ ।
जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी समालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो ।
आजको खेलमा नेपाली टोलीको कप्तानी अनिल गुरुङले गर्दैछन् । यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रिपूर्ण खेललाई प्राथमिकता दिएको हो ।
विश्वकप छनोट र एसियन कप छनोटबाट बाहिरीसकेको नेपालले खेल्ने अर्को औपचारिक फुटबल प्रतियोगिता अर्को वर्ष बंगलादेशका हुने साफ च्याम्पियनसिप हो ।


from ARENA http://ift.tt/1NVxnAl
via IFTTT

सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड बजेट विनियोजन

जेस्ठ १६।  सनिबार गते जारी गरेको आउदो आर्थिक बर्सको बजेटमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि सरकारले २० करोड रुपैयाँमात्र विनियोजन गरेको छ ।

सुदूरपश्चिमाञ्चलमा चार वर्षअघि भएको छैटौं राष्ट्रिय खेलकुदपछि अर्को संस्करण गत वर्ष पूर्वाञ्चलमा हुने भनिए पनि हुन सकेको छैन ।

२०६५ सालमा भएको पाँचौ राष्ट्रिय प्रतियोगितामा झन्डै १७ करोड रुपैयाँ खर्च भएको थियो ।

सरकारले यही वर्ष नै सातौं राष्ट्रिय प्रतियोगिता गर्ने शनिबार बजेट भाषणमार्फत् सार्वजनिक गर्दै बजेटसमेत विनियोजन गरेको हो ।

त्यस्तै, सन् २०१८ मा नेपालमा हुँदै गरेको १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लागि पूर्वाधार निर्माण गर्न बजेट विनियोजनसमेत गरिएको छ ।

बजेटमा तीन वर्षभित्र मूलपानी, धनगढी र भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, झापा र काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको काम थाल्ने, हरेक निर्वाचन क्षेत्रमा एउटा रंगशाला, सबै जिल्लामा प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने, मुस्ताङ र सोलुखुम्बुमा हाइ अल्टिच्यूट स्पोर्टस्का लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेटमा उल्लेख छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडीहरुलाई उत्साह थप्न पुरस्कार रकममा बृद्धिसमेत गरिएको छ ।


from ARENA http://ift.tt/27XhH6p
via IFTTT

मड्रिडले चुम्यो युरोपियन लिगको उपाधि

जेठ १६ । स्पेसिन क्लव रियाल मड्रिडले कीर्तिमानी ११ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार राति इटालीको मिलानमा भएको फाइनलमा आफ्नै शहरको प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई टाईब्रेकरमा पराजित गर्दै रियाल मड्रिडले उपाधि सुरक्षित गरेको हो ।
यो सँगै फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले पहिलो सिजनमै रियाल मड्रिडलाई युरोपियन च्याम्पियन बनाएका छन् । साथै जिदानले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्ने कीर्तिमान समेत राखेका छन् ।
गत जनवरीमा राफा बेनीटेजलाइ क्लवले बर्खास्त गरेपछि रियाल मड्रिडको प्रशिक्षक बनेका जिदानले सन् २००२ मा खेलाडीको रुपमा यो सफलता हात पारेका थिए ।
शनिबार राति भएको खेलको १५ औं मिनेटमा सर्जीयो रामोसले गोल गर्दै रियाललाई अग्रता दिए । दोस्रो हाफमा यानिक कारास्कोले एक गोल फर्काउँदै एथ्लेटिकोलाई बराबरीसम्म ल्याए ।
निर्धारित ९० मिनेटको खेल एक–एक गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि गोल हुन सकेन र खेल टाई ब्रेकरमा पुग्यो ।
टाई ब्रेकरमा रियाल मड्रिड ५-३ ले विजयी भयो । दुबै टोलीले सुरुवाती तीन प्रहारलाई गोलमा बदलेका थिए । चौथो प्रहारमा रियालका रामोसले गोल गर्दा एथ्लेटिकोका हुँवानफ्रानले भने गोल गर्न सकेनन् ।
यसपछि रियालका क्रिश्चियानो रोनाल्डोले अन्तिम प्रहार लिँदै टोलीलाई जिताउने जिम्मेवारी पुरा गरे ।
दुई हप्ता अघि वार्सिलोनाभन्दा एक अंकले तल रहँदै ला लिगाको उपाधि जित्नबाट वञ्चित भएको रियाल मड्रिडले च्याम्पियन्स लिगको उपाधिसँगै सिजनको सुखद विदाइ गरेको छ ।


from ARENA http://ift.tt/1XFHICa
via IFTTT

Thursday, May 26, 2016

मौरिन्हो अब म्यान्चेस्टर युनाईटेडको प्रशिक्षक बन्ने !

जेठ १४ । इङ्लिस फुटबल क्लब म्यान्चेस्टर युनाईटेडले प्रशिक्षक जोजे मौरिन्होलाई क्लवमा भित्र्याउन आवश्यक सहमति जुटेको दाबी गरेको छ ।
म्यान्चेस्टर युनाईटेडका उच्च अधिकारीहरुले मौरिन्होका एजेन्टसँग पछिल्लो तीन दिन लगातार छलफल गरेपछि सहमतिमा पुगेको दाबी गरिएको छ । यद्यपी मौरिन्हो र म्यान्चेस्टर युनाइटेडबीच औपचारिक सहमति हुन भने बाँकी छ ।
सम्झौतापत्रमा हस्ताक्षर भएपछि शनिबार बिहानसम्ममा मौरिन्होलाई प्रशिक्षकको रुपमा औपचारिक घोषणा गर्ने तयारी क्लवको छ ।
चेल्सीका पूर्वप्रशिक्षक मौरिन्होलाई जिम्मेवारी दिने विषयमा दुई हप्ता अघि नै सैद्धान्तिक सहमति जुटे पनि सम्झौताको खाका तयार हुन सकेको थिएन । ५३ वर्षीय पोर्चुगिज प्रशिक्षक मौरिन्होलाई गत सिजनको बीचमै चेल्सीले बर्खास्त गरेपछि उनी हाल कुनै पनि क्लवसँग आबद्ध छैनन् । चेल्सी, ईन्टर मिलान, रियाल मड्रिड, एफसी पोर्टो लगायतका क्लवलाई घरेलु तथा युरोपियन उपाधि जिताईसकेका मौरिन्होको आगमनले म्यान्चेस्टर युनाईटेड फेरि युरोपको फुटबल पावर हाउस बन्ने धेरैको अनुमान छ ।


from ARENA http://ift.tt/1TI2jDl
via IFTTT

पेले भन्छन : मेस्सी नै उत्कृष्ट खेलाडी

जेस्ठ १४।  ब्राजिलियन फुटबल लेजेन्ड पेलेले लिओनल मेस्सी अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले क्रिाष्टियानो रोनाल्डो मात्र होइन, डिएयो म्याराडोनाभन्दा पनि मेस्सीको नाम अगाडि राखेका छन् ।

पेले आफ्नो जिवनीमा बनेको फिल्म ‘पेले’को प्रमोसनका क्राममा मिलान पुगेका छन् । र, ला गजेटा डेला स्पोटर्ससँग उनले आफ्ना मन पर्ने फुटबलहरुबारे कुरानकाी गरेका छन् ।

समय अनुसार धेरै खेलाडीलाई आफूसँग तुलाना गरिएको भन्दै उनले अहिले मेस्सी भएको बताएका छन् । ‘मेस्सी मेरो मन पर्ने खेलाडी हुन्’ उनले भने, ‘रोनाल्डो र नेयमार पनि राम्रा छन् । उनीहरुको आफ्नै शैली छ ।’

पेलेले विश्वकपमा ब्राजिलको प्रदर्शनबारे पनि बोलेका छन् । विश्वकपमा ब्राजिलको प्रदर्शन खराब भएको भन्दै ७५ वर्षे पेलेले भनेका छन्, ‘हार्नु स्वभाविक हो । तर, हामीले सात गोल खायौं । यो अति भयो ।’

१९५० को विश्वकप फाइनलमा ब्राजिल उरुग्वेसँग हार्दा आफू बुबा रोएको आफूले देखेको भन्दै उनले अघि भने, ‘दुई वर्ष जब हामीले जर्मनीसँग ७-१ ले पराजित भयौं । मेरो छोराले म रोएको देख्यो ।’

ब्राजिलले घरेलु मैदानमा भएको दुई विश्वकप गुमाएको भन्दै उनले भने, ‘अब हामीसँग नेयमार मात्र छन् र यो निकै कम हुनेछ ।’



from SHYANE http://ift.tt/1Z4xha4
via IFTTT

क्यामरावाला टुथब्रस, अब आफै देख्नुस् मुखभित्रको हालत

धेरै प्रयोगमा आइरहने ससाना चिजवस्तुहरु जस्तै कलम, चाबी, झोला, हेयरब्याण्ड आदिमा सानो आकारको भिडियो क्यामरा जडान गर्ने चलन तिव्र रुपमा बढिरहेको छ । यहीँ मेलोमा एक अमेरिकी कम्पनीले भिडियो क्यामरा जडित दाँत माझ्ने ब्रसको आविष्कार गरेको छ ।
अमेरिकाको सिएटलमा रहेको एक कम्पनीले अतिसुक्ष्म भिडियो क्यामरा भएको टुथब्रस ल्याएको हो । यो ब्रसले दाँत माझिरहेको बेला आफ्नो मुखभित्रको सबे दृश्य क्यामराले खिचेर देखाइदिन्छ ।
प्रोफिक्स नामक यो टुथब्रसलाई विल्मेट अमेरिकाका दन्त चिकित्सक क्रेज कोहलरले बनाएका हुन् । सन् २०१७ सम्ममा यसलाई बजारमा पठाइनेछ र यसको मूल्य ३९९ डलर तोकिएको छ ।
यो टुथब्रसले दाँत माझिरहँदा मुखभित्र खिचेका भिडियोलाई ब्लुटुथ मार्फत स्मार्टफोनमा पठाउनेछ । यसअर्थमा यो टुथब्रसमार्फत मुखभित्रको सफाइको दृश्यलाई लाइभ हेर्न सकिनेछ । स्मार्टफोनमा आफ्नो मुखभित्रका सबै दृश्य हेर्न र मुखको स्वास्थ्यमा सचेत रहन यसले मद्धत गर्नेछ ।


from SHYANE http://ift.tt/1P1PIw0
via IFTTT

गर्भावस्था मा के के खाने ?


क्यालोरी : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
प्रोटिन : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
फोलेट : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । (खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।)
आइरन : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी (खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।)


from SHYANE http://ift.tt/25lbO0w
via IFTTT

महिलामा उत्तेजना जगाउने जी स्पट भनेको के हो ?


‘जी स्पट’ जर्मन गाइनाकोलोजिस्ट अन्स्र्ट ग्राफेनबर्गका नामबाट राखिएको हो । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भनिन्छ । यो महिलाको योनीको दुई इन्च भित्र हुन्छ । क्लिटोरिसको पछाडितिर योनीको अगाडिको भित्तातिर हुन्छ । यो सिमी आकारको हुन्छ ।
सिमी आकारको र स्पन्जजस्तो हुन्छ यो । सम्भोगको बेला ‘जी स्पट’ उत्तेजित हुनेगर्छ । ‘जी स्पट’ रगतका नसा र स्नायुहरुको जालोले बनेको हुन्छ । यो अति नै संवेदनशील हुन्छ ।
सम्भोगको बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुन्छ र महिलालाले चरम सुख पाउने गर्छन् ।
-डा. एन्जल मगर


from SHYANE http://ift.tt/1XVCEKs
via IFTTT

सहबास कला

 प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पुर्याउनु  पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ ।


from SHYANE http://ift.tt/1Z4tHwS
via IFTTT

फाइनलमा पुग्न गुजरात र हैदरावाद आज भिड्दै

जेठ १४ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) अन्तर्गत बुधबार भएको प्ले अफ खेलमा सनराईजर्स हैदरावाद विजयी भएको छ ।
कोलकाता नाईट राईडर्स विरुद्धको खेलमा २२ रनले विजयी भएपछि हैदरावाद फाइनल नजिक पुगेको छ भने कोलकाता प्रतियोगिताबाटै बाहिरिएको छ ।
दिल्लीको फिरोज शाह कोटला रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो । हैदरावादको लागि युवराज सिंहले ४४ रन जोडे । बलिङतर्फ कोलकाताका कुलदिप यादवले ३ विकेट लिए ।
जवाफमा १६३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो । कोलकाताका लागि मनिष पाण्डेले ३६ रन तथा गौतम गम्भिरले २८ रनको योगदान दिए ।
कोलकातालाई सस्तैमा समेट्न हैदरावादका भुवनेश्वर कुमारले ३ तथा मोईसेस हेन्रीक्सले २ विकेट लिए ।
फाईनल प्रवेशका लागि हैदरावादले अब गुजरात लायन्ससँग खेल्नेछ ।
यसअघि भएको पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै बैंग्लोर भने प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ ।


from ARENA http://ift.tt/1U9MNgz
via IFTTT

पेले भन्छन : मेस्सी नै उत्क्रिस्ठ खेलाडि

जेस्ठ १४।  ब्राजिलियन फुटबल लेजेन्ड पेलेले लिओनल मेस्सी अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । उनले क्रिाष्टियानो रोनाल्डो मात्र होइन, डिएयो म्याराडोनाभन्दा पनि मेस्सीको नाम अगाडि राखेका छन् ।

पेले आफ्नो जिवनीमा बनेको फिल्म ‘पेले’को प्रमोसनका क्राममा मिलान पुगेका छन् । र, ला गजेटा डेला स्पोटर्ससँग उनले आफ्ना मन पर्ने फुटबलहरुबारे कुरानकाी गरेका छन् ।

समय अनुसार धेरै खेलाडीलाई आफूसँग तुलाना गरिएको भन्दै उनले अहिले मेस्सी भएको बताएका छन् । ‘मेस्सी मेरो मन पर्ने खेलाडी हुन्’ उनले भने, ‘रोनाल्डो र नेयमार पनि राम्रा छन् । उनीहरुको आफ्नै शैली छ ।’

पेलेले विश्वकपमा ब्राजिलको प्रदर्शनबारे पनि बोलेका छन् । विश्वकपमा ब्राजिलको प्रदर्शन खराब भएको भन्दै ७५ वर्षे पेलेले भनेका छन्, ‘हार्नु स्वभाविक हो । तर, हामीले सात गोल खायौं । यो अति भयो ।’

१९५० को विश्वकप फाइनलमा ब्राजिल उरुग्वेसँग हार्दा आफू बुबा रोएको आफूले देखेको भन्दै उनले अघि भने, ‘दुई वर्ष जब हामीले जर्मनीसँग ७-१ ले पराजित भयौं । मेरो छोराले म रोएको देख्यो ।’

ब्राजिलले घरेलु मैदानमा भएको दुई विश्वकप गुमाएको भन्दै उनले भने, ‘अब हामीसँग नेयमार मात्र छन् र यो निकै कम हुनेछ ।’  



from ARENA http://ift.tt/20Ik1IY
via IFTTT

Wednesday, May 25, 2016

फाइनलमा पुग्न गुजरात र हैदरावाद भिड्ने

जेठ १३ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) अन्तर्गत गएराति भएको प्ले अफ खेलमा सनराईजर्स हैदरावाद विजयी भएको छ ।
कोलकाता नाईट राईडर्स विरुद्धको खेलमा २२ रनले विजयी भएपछि हैदरावाद फाइनल नजिक पुगेको छ भने कोलकाता प्रतियोगिताबाटै बाहिरिएको छ ।
दिल्लीको फिरोज शाह कोटला रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो । हैदरावादको लागि युवराज सिंहले ४४ रन जोडे । बलिङतर्फ कोलकाताका कुलदिप यादवले ३ विकेट लिए ।
जवाफमा १६३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो । कोलकाताका लागि मनिष पाण्डेले ३६ रन तथा गौतम गम्भिरले २८ रनको योगदान दिए ।
कोलकातालाई सस्तैमा समेट्न हैदरावादका भुवनेश्वर कुमारले ३ तथा मोईसेस हेन्रीक्सले २ विकेट लिए ।
फाईनल प्रवेशका लागि हैदरावादले अब गुजरात लायन्ससँग खेल्नेछ ।
यसअघि भएको पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै बैंग्लोर भने प्रतियोगिताको फाईनलमा प्रवेश गरिसकेको छ ।


from ARENA http://ift.tt/1qKwgIH
via IFTTT

अर्जेन्टिना फर्कन चाहन्छुः मेस्सी

जेस्ठ १२।  लिओनल मेस्सीले आफ्नो जीवनको अधिकांश समय स्पेनमा विताए । तर, पाँच पटकका विश्व वर्ष खेलाडी अन्नत आफ्नो देश अर्जेन्टिना फर्कन चाहन्छन् ।
मेस्सीलाई रोसारियोबाट स्पेन लैजाँदा उनी मात्र १३ वर्षको मात्र थिए । बार्सिलोनामै हुर्किएका उनले एकपछि अर्को सफलता चुने । आफ्ना नाममा अनेकौं कीर्तिमान समेत बनाएका छन् ।
‘बार्सिलोनाले मलाई सबै थोक दिएको छ । तर, म अर्जेन्टिना फर्कनुपर्छ, स्पोर्टस इलस्ट्रेटेडलाई दिएको अन्तर्वार्तामा मेस्सीले भनेका छन् ।
उनले अघि भने, म यहाँ -बार्सिलोनामा हुर्किएँँ र मैले मेरो जीनवको आनन्द लिएँ । तर, एक दिन म (अर्जेन्टिना) पर्कनुपर्छ ।’
बार्सिलोनामा मेस्सीले जति सफलता पाए, अर्जेन्टिनाबाट सकेनन् । उने भनेका छन्, यो राम्रो हो कि म बार्सिलोनाबाट खेल्दैछु । तर, अर्कोतिर आफ्नो घर छाड्नु कठिन छ ।’
अर्जेन्टिना अहिले कोपा अमेरिका खेल्ने तयारीमा छन् । २८ वर्षे मेस्सीको लक्ष्य भने राष्ट्रिय स्तरको उपाधि जित्नुछ ।
हामी यो अवसरलाई सदपुयोग गर्न प्रयास गर्छौं । हामी ठूलो प्रातियोगिताको च्याम्पियन हुन योग्य छौं, उनले भने ।
२०१५ मा अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पेनाल्टीमा चुकेको थियो । उसो त २०१४ मा अर्जेन्टिना विश्वकपमा पनि फाइनलमा जर्मनीसँग पराजित भएको थियो


from ARENA http://ift.tt/1OO65Xr
via IFTTT

फाइनलमा पुग्यो बेंग्लोर

जेठ १२ । गुजरात लायन्सलाई पराजित गर्दैै रोयल च्यालेन्जर्स बेंग्लोर आईपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बेंग्लोरको चिनास्वामी रंगशालामा गएराति भएको क्वालिफायरमा बेंग्लोरलाई ४ विकेटको जित दिलाउन एबी डेभिलियर्सले अविजित ७९ रनको योगदान दिए । कुनै समय ६३ रन जोड्दा ६ विकेट गुमाईसकेको बेंग्लोरले डेभिलियर्सको शानदार ईनिङसँगै १५९ रनको चुनौतीलाई खेलमा ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो । उनले ४७ बलमा ५ चौका र ५ छक्काको मद्दतले अविजित ७९ रन जोडेपछि विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोर फाईनलमा पुगेको हो ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातलाई १ सय ५८ रनको योगफलसम्म पुर्‍याउने क्रममा ड्वेन स्मिथले ७३ रन जोडेका थिए ।
सुरेश रैनाको कप्तानीमा रहेको पराजित टोली गुजरातले भने फाईनल प्रवेशका लागि अर्को एक खेल खेल्ने अवसर पाउनेछ ।
आईपिएल क्रिकेटमा आज सनराईजर्स हैदरावाद र कोलकाता नाईट राईडर्स भिड्नेछन् । उक्त खेलको विजेताले फाइनल प्रवेशका लागि गुजरात लायन्ससँग खेल्नेछ ।


from ARENA http://ift.tt/25mOIKv
via IFTTT

Tuesday, May 24, 2016

डिभिलियर्सले बैंग्लारलाई जिताए

जेस्ठ १२।  विराट कोहली र क्रिस गेल चलेनन् । तर, एबी डिभिलियर्सले इकबाल अब्दुल्लासँग मिलेर रोयल्स च्यालेन्सर्ज बैंग्लोरलाई आईपीएलको फाइनलमा पुर्‍याएका छन् ।
डिभिलियर्सको अविजित ७९ रनको मदतमा बैंग्लोरले गुजरात लायन्सलाई ४ विकेटले पराजित गरेको छ ।
१५९ रनको लक्ष्य पछ्याएको बैंग्लोरको सुरुवात खराव रहृयो । कप्तान कोहली शुन्यमै आउट भए भने क्रिस गेलले पनि ६ रन भन्दा बनाउन सकेनन् । लोकेश राहुल शुन्यमै आउट भए भने शेन वाट्सन पनि एक रन जोड्दै पभेलियन फर्किए ।
सचिन वेवी पनि शुन्यमै आउट भएपछि बैंग्लोरले २९ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो ।  तर, भिडिलियर्स टिकिरहे । स्टुआर्ड बिन्नीले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरे ।
दशौं ओभरको चौथो बलमा बिन्नी २१ रन बनाएर आउट भए । तर, नयाँ ब्याट्सम्यानका रुपमा आएका अब्दुल्लाले डिभिलियर्सलाई साथ दिँदै टिमलाई जित दिलाए ।
डिभिलियर्स र अबदुल्लाले सातौं विकेटका लागि अविजित ९१ रनको साझेदारी गर्दै बैंग्लोरलाई फाइनलमा पुर्याए । डिभिलियर्स ७९ रनमा अविजित रहे भने अब्दुल्ला ३३ रनमा अनआउट रहे ।  धवल कुलकर्नीले ४ र रविन्द्र जडेजाले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निकै खराब सुरुवात गरेको थियो । एरोन फिन्च ४, ब्रेन्डन म्याकलम १ र सुरेश रैना १ रनमा आउट भएपछि उसले ९ रन जोड्दा तीन विकेट गुमाएको थियो ।
तर, डवेन स्मिथले पारी सम्हाले । उनको ७३ को मदतमा गुजरातले २० ओभरमा सबै विकेट गुमाएर १५८ रन बनाएको थियो । इकबाल अब्दुल्लाले २ तथा शेन वाट्सनले ४ विकेट लिए ।


from ARENA http://ift.tt/1XTkrgw
via IFTTT

फाइनलअघि रोनाल्डो घाइते, रियललाइ लिगको चिन्ता

जेस्ठ १२।  रियल म्याड्रिडको उपाधिको आशा गरेको युरोपियन च्याम्पियन्स लिगको फाइनल आउन चार दिन बाँकी छँदा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो घाइते भएका छन् । स्टार खेलाडी प्रशिक्षणमा उपस्थित हुन नसकेपछि रियलका खेलाडी र अफिसियलमा चिन्ता बढेको छ ।
टेन एसाइड प्रणालीमा खेलाइएको प्रशिक्षण खेलका दौरान बल नियन्त्रणमा लिने क्रममा रोनाल्डो टोलीका ‘रिजर्भ’ गोलकिपर काइक क्यासिलासँग ठोक्किएर भुईंमा लड्न पुगेका थिए ।
लगत्तै ट्रेनिङ सेसनमा उपस्थित रियलको मेडिकल टोलीले उनको उपचार गरेको थियो । त्यसबीचमा करिब १० मिनेट खेल स्थगित भएको थियो । उपचारपछि पनि उनी मैदानमा फर्केनन् ।
Ronaldo1
इन्ज्यूरी त्यति खतरनाक नभएको बताइएपनि मैदानबाट बाहिरिदै गर्दा निक्कै निराश र रिसाएका जस्ता देखिने रोनाल्डोले पानीका बोत्तलमा खुट्टाले प्रहार गरेका गर्दै ड्रेसिङ रुमतर्फ लागेका थिए ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि रोनाल्डो फिट नरहेको स्वीकार गर्दै भनेका छन् कि आगामी शनिबारसम्म उनी पूर्ण फिट भइसक्नेछन् ।
रियलले आगामी शनिबार राति युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागी शहरी प्रतिद्धन्दी एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । रियलले यो सिजन उपाधिको आशा गर्को प्रतियोगिता यही हो । यसअघि ला लिगा र कोपा डेल रेको उपाधि रियलले गुमाइसकेको छ । दुवै प्रतियोगिताको उपाधि बार्सिलोनाले रक्षा गर्न सफल भयो ।


from ARENA http://ift.tt/1OV4GUv
via IFTTT

निशा रावल वाइल्ड कार्डबाट रियो ओलम्पिकमा छनौट

१२ जेस्ठ। तेक्वान्दो खेलाडी निशा रावल ब्राजिलको रियो दि जेनेरियो शहरमा हुने ३१ औं ग्रिष्मकालिन ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनौट भएकी छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मंगलबार सार्वजनिक गरेको नामावलीमा तेक्वान्दोकी निशाले वाइल्ड कार्ड मार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन् । उनी नेपालबाट रियो ओलम्पिकमा छनौट हुने पहिलो खेलाडीसमेत बनेकी छन् ।
तेक्वान्दो खेलका लागि रहेका चारवटा कोाटामध्ये एउटा नेपालकी खेलाडीले पाउन सफल भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अनलाइनखवरलाई जानकारी दिए ।
ओलम्पिकमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने निशा सन् २०१५ जनवरीदेखि आइओसीले प्रदान गर्ने छात्रबृति ओलम्पिक सोलिडारिटी प्रोग्राम अन्तरगत प्रशिक्षण गर्दै आएकी थिइन । ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठका अनुसार उनलाई ओलम्पिकका लागि छनौट हुन त्यही कोर्षले सहयोग पुगेको हो ।
ललितपूरको इमाडोल निवासी २० बर्षीया निशाले यसअघि सन् २०१४ को इन्चोन एशियाडमा सहभागी भएकी थिइन् । त्यस्तै उनले हङकङ एशियन सिटी गेम र काठमाडौंमै भएको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेकी थिइन । जेन्जु इन्टरनेशनल ओपनमा च्याम्पियनसीपमा भने उनले रजत जितेकी थिइन् ।
नेपाली तेक्वान्दोले आशा गरेको खेलाडीको रुपमा रहेकी निशा केहि समयअघि भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा उनको तौल समूह समावेश नगरिएका कारण सहभागी हुन सकेकी थिइनन् । घरेलु प्रतियोगितामा उनी ७३ केजी माथि तौलसमूहमा खेल्दै आएकी छन् ।
रियो ओलम्पिकमा छनौट भएपछि उनी निक्कै उत्साही देखिएकी छन् । अनलाइनखवरलाई प्रतिक्रिया दिँदै उनले प्रतियोगितामा आफुले उत्कृष्ट प्रदर्शन गर्ने बताइन् ।
नेपालले एथ्लेटिक्स र स्वीमिङबाहेक ६ वटा खेलमा वाइल्ड कार्डका लागि आवेदन दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । जसमा सुटिङ, ब्याटमिन्टन, आर्चरी, जुडो, बक्सिङ, तेक्वान्दो थिए । तेक्वान्दोबाट १ जनालाई छनौट गरिएको छ भने अन्य खेलहरुको पनि खेलाडी वाइल्ड कार्डमार्फत छनौट हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । अन्य खेलहरुको छनौट प्रक्रिया भइरहेको छ ।


from ARENA http://ift.tt/1TVd4zz
via IFTTT

नेपाल क्रिकेट संघको विवाद अध्ययन गर्न टोली नेपाल आउने

जेठ १२  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन लम्ब्याउने संकेत गरेको छ ।
क्रिकेट संघको निर्वाचित कार्यसमितिका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी राष्ट्रिय खेलकुद परिषदलाई सोमबार पत्र पठाउँदै आइसीसीले यस्तो संकेत गरेको हो ।
आइसीसीको पत्र अनुसार क्यानको हालको निलम्बन कम्तिमा पनि आगामी अक्टोबरसम्म जारी रहनेछ । क्यानलाई निलम्बित गर्नुभन्दा अगाडिको विवादबारे विस्तृत अध्ययन गर्न आईसीसीले एउटा टोली नेपाल पठाउने भएको छ ।
उक्त टोलीले दिएको सुझाव प्रतिवेदनको आधारमा मात्रै नेपाली क्रिकेटको भविष्यबारे निर्णय लिने आईसीसीको तयारी छ । कुनै पनि राष्ट्रको क्रिकेट नेतृत्वलाई लिएर विवाद हुँदा आइसीसीले आफ्नै स्वतन्त्र समिति बनाएर छानविन गर्दै आएको छ ।
त्यही समितिको सिफारिश वमोजिम निलम्बन फुकुवा गर्ने वा शर्तहरु थपी अझ कडा बनाउने भन्ने निर्णयमा आईसीसी पुग्दछ । यसका लागि निकै लामो समयसम्म लाग्ने गरेको अन्य देशहरुको घटनाले देखाएका छन् ।
आईसीसीले सरकारी हस्तक्षेप भएको तथा स्वतन्त्र तथा निष्पक्ष निर्वाचन हुन नसकेको कारण देखाउँदै गत बैशाख १२ गते नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको थियो ।


from ARENA http://ift.tt/1TVcHVF
via IFTTT

Monday, May 23, 2016

‘सी’ डिभिजन लिग फुटबल सुरु

जेठ १ । रेडबुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको उद्घाटन खेलमा मनहरा युनाइटेडले वीरगन्ज युथ एकेडेमीलाई ४–२ ले पराजित ग¥यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगितामा सहभागी १३ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ ।

लिग विजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

from ARENA http://ift.tt/1qFMRgD
via IFTTT

सुनीलले कराँतेमा स्वर्णपदक जिते

जेठ १ । अमेरिकामा प्रशिक्षणकाक्रममा रहेका ११औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता सुनील लामाले ‘२२औं ट्रेडिसनल कराँते डो आमन्त्रण च्याम्पियनसिप’मा स्वर्ण जितेका छन् ।

सोतोजुकु कराँते डोजोको आयोजनामा न्यूयोर्कमा भएको प्रतियोगिताको ६७ केजी तौल समूहको फाइनलमा विल टोरेसलाई १–० ले पराजित गर्दै सुनील स्वर्ण हात पार्न सफल भएका हुन् ।

पहिलो चरणमा ‘बाइ’ पाउँदै सेमिफाइनल पुगेका सुनीलले अमेरिकी खेलाडी जोय कास्ट्रोलाई ७–३ ले पराजित गर्दै फाइनलमा ठाउँ बनाएका थिए ।

सो प्रतियोगितामा १३औं बैंकक एसियाडमा कास्यपदक जितेका सम्बरबहादुर गोलेले निर्णायकको भूमिका खेलेको कराँतेका राष्ट्रिय प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् ।

अमेरिकाको न्यूयोर्कस्थित गोसिन रियो कराँते एकेडेमीमा प्रशिक्षणरत् सुनीलले यसअघि पनि न्यूयोर्कमा गत महिना आयोजित २१औं एन्युएल हेराल्डोज काइ सोबुकान कराँते च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

सुनील प्रशिक्षणका लागि झन्डै तीन महिना अमेरिकामा रहनेछन् । 

from ARENA http://ift.tt/1WOt90G
via IFTTT

Sunday, May 22, 2016

बार्सीलोनाले चुम्यो किङ्स कप


जेठ १० । स्पेनिस किङ्स कप फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । कोपा डेल रे समेत भनिने यो प्रतियोगिताको फाइनलमा सेभियालाई हराउँदै बार्सीलोनाले कीर्तिमानी २८ औं पटक उपाधि पक्का गरेको हो ।
आइतबार राति भएको खेलमा बार्सीलोना २-० ले विजयी भयो । खेलको ३६ औं मिनेटमा हेभियर मास्केरानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सा १० जनामा समेटियो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा भने नाटकीय परिणाम आयो ।
सेभियाका एभर बानेगाले रातो कार्ड खाएपछि टोली १० जनामा समेटियो । यसैको फाईदा उठाउँदै बार्सीलोनाका योर्डी अल्बाले पहिलो गोल गरे ।
अतिरिक्त समयको अन्तिम मिनेटमा सेभियाका क्यारीको मार्टीन्सले पनि रातो कार्ड खाएपछि टोली ९ जनामा समेटियो ।
खेलमा केही सेकेण्ड मात्रै बाँकी छँदा बार्सीलोनाका नेयमारले एक गोल गरेपछि टोली २-० ले विजयी भएको हो ।
जितसँगै बार्सिलोनाले यो सिजन पनि ला लिगा र किङ्स कप गरी दुई वटा उपाधि जितेको छ । युरोपा लिग च्याम्पियन सेभियाको भने घरेलु उपाधि जित्ने सपना अधुरै रह्यो ।


from ARENA http://ift.tt/22leRnJ
via IFTTT

प्लेअफको समीकरण पुरा, दिल्ली बाहिरियो

जेठ १० । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ ।
दिल्लीले दिएको १३९ रनको लक्ष्य बैंग्लोरले ११ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो । बैंग्लोरको जितमा कप्तान विराट कोहलीको अविजित ५४ रन महत्वपुर्ण रह्यो । त्यसअतिरिक्त लोकेश राहुलले ३८ रनको योगदान गरे ।
दिल्लीका लागि क्विन्टन डिककले सर्वाधिक ६० रन बनाएका थिए भने क्रिस मोरिसले अविजित २७ रन बनाए । त्यसबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन फितलो रह्यो ।
गएरातिको खेलपछि आइपिएल क्रिकेटका लिग चरणका खेलहरु सकिएका छन् । १४ खेलबाट १८ अंक जोडेको गुजरात लायन्स शीर्ष स्थानमा रहँदा १६/१६ अंक जोडेको बैंग्लोर, हैदरावाद र कोलकाता क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहँदै प्ले अफमा छानिएका छन् । प्ले अफका खेलहरु भोलिदेखि हुनेछन् ।


from ARENA http://ift.tt/1XLLuKL
via IFTTT

सुरक्षा माग्दै संसदीय समितिलाई खेलाडी संघको ज्ञापन पत्र

९ जेठ l खेलाडीहरुले सामाजिक सुरक्षाको माग गर्दै संसदीय समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा खेलकुद समितिलाई ज्ञापन पत्र बुझाएको हो । खेलाडीहरुले पाँचबुँदे माग तथा सुझाव पेश गरेका छन्, जसमा खेलाडी तथा पूर्व खेलाडीहरुलाई समाजिक सुरक्षा -शिक्षा, स्वास्थ्य, विमा, यातायात, भक्ताको व्यवस्था गर्न माग गरेका छन् ।
खेलाडीहरुलाई उनीहरुले जितेको पदक अनुसार कति भक्ता दिने भन्ने नीति नै बनाउन संघले माग गरेको छ ।
‘सामाजिक रुपमा खेलाडीहरुको प्रतिष्ठा कायम गर्न सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्छ’ ज्ञापन पत्रमा भनिएको छ, स्थानीय स्तरको खेलाडीदेखि अन्तराष्ट्रिय खेलाडीको पहिचान खुल्ने परिचय पत्र र त्यसका आधारमा निश्चित सहुलियत दिने व्यवस्थाका लागि पहल गर्नुपर्छ ।’


from ARENA http://ift.tt/27P5dh4
via IFTTT

जित्यो एफए कप म्यानचेष्टर युनाइटेडले

जेठ ९ । इङ्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिता एफ.ए कपको उपाधी म्यानचेष्टर युनाइटेडले जितेको छ ।
शनिबार राती वेम्बले रंगशालामा भएको खेलमा क्रिष्टल प्यालेसलाई अतिरिक्त समयमा हराँउदै म्यान्चेस्टर युनाईटेडले १२ औं पटक एफ.ए कपको उपाधि जितेको हो ।
खेलको ७८ औं मिनेटमा जेसन पन्चियोनले गोल गर्दै क्रिष्टल प्यालेसलाई अग्रता दिए । यसको तीन मिनेट पछि म्यान्चेस्टर युनाईटेडका हुँवा माटाले एक गोल फर्काउदै खेल बराबरीसम्म ल्याए ।
निर्धारित ९० मिनेटको खेल १÷१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा म्यान्चेस्टर युनाइटेडका क्रिश स्मलीङले रातो कार्ड खाएपछि टोली १० जनामा समेटियो ।
तर १० जनामा समेटिएको म्यान्चेस्टर युनाईटेडका जेसी लिङ्गार्डले एक गोल गर्दै टोलीलाई प्रतिष्ठित उपाधि जिताएका हुन् ।
सन् २०१३ मा तत्कालिन प्रशिक्षक सर अलेक्स फर्गुसनले क्लव छाडे यता म्यान्चेस्टर युनाईटेडको यो पहिलो उपाधि हो ।


from ARENA http://ift.tt/1U80Rdr
via IFTTT

लाओसविरुद्ध मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टिम घोषणा

जेठ ९ । लाओसविरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ ।
मूख्य प्रशिक्षक जापानका ग्योतोकु कोजीले चारदिने विशेष प्रशिक्षणमा रहेका ३३ खेलाडीबाट अन्तिम २० जनाको नाम घोषणा गरेका हुन् ।
अनिल गुरुङ्गको कप्तानीमा तयार भएको नेपाली टिममा गोलकिपरमा किरण चेम्जोङ्ग र विकेश कुथु, डिफेन्डरमा रविन श्रेष्ठ, अनन्त तामाङ्ग, आदित्य चौधरी, देवेन्द्र तामाङ्ग, कमल श्रेष्ठ र विराज महर्जन छन् ।
त्यस्तै मिडफिल्डरमा प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ्ग, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अञ्जन विष्ट र रञ्जित श्रेष्ठ छन् ।
फरवार्डमा अनिलसँगै भरत खवास, नवयुग श्रेष्ठ र सुनील बल छानिएका छन् ।
नेपाल र लाओसबीचको खेल अर्को आइतबार लाओसमै हुनेछ । लाओस फिफा वरियतामा १७६ औं स्थानमा छ भने नेपाल १८० औं स्थानमा छ ।
नेपालले दुई वर्षसम्म औपचारिक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने कार्यक्रम नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रिपूर्ण खेलमा जोड दिएको हो ।


from ARENA http://ift.tt/27P33Ow
via IFTTT

हैदरावादलाई पराजित गर्दै कोलकाता ‘प्ले अफ’मा

जेठ ९ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गर्दै ‘प्ले–अफ’ मा स्थान सुरक्षित गरेको छ ।
हैदरावाद यसअघि नै प्ले–अफमा पुगिसकेको थियो ।
पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । कोलकाताका लागि युसुफ पठानले सर्वाधिक ५२ रन बनाए । त्यसैगरी मनिष पाण्डेले ४८, रोविन उथप्पाले २५ र गौतम गम्भीरले १६ रन बनाए ।
१७२ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १४९ रनमात्र बनाउन सक्यो । हैदरावादका लागि शिखर धवनले ५१ रन बनाए भने अन्य ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् ।


from ARENA http://ift.tt/1NFL7ze
via IFTTT

Sunday, May 8, 2016

युरिक एसिड हुनेले के खाने, के नखाने ?

क) खान नहुने
– रातो मासु (खसी, राँगो), भित्री मासु (कलेजो, मुटु, मिर्गौला, गिदी)
– माछाहरु, प्राउन, लोवस्टर
– जाँड, रक्सी

ख) कम मात्रामा खान हुने
– दूध र दूधबाट बनेका परिकारहरु
–  सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु)
–  दाल तथा गेडागुडीहरु
–  कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ
–  अण्डा
–  काजु, ओखर, पेस्ता, बदाम

ग)    प्रशस्त मात्रामा खान हुने
– चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी
–  हरियो सागपात (सिमी, बोडी बाहेक)
–   फलफूलहरु
–  गाजर, काक्रो


from SHYANE http://ift.tt/1rIcgXQ
via IFTTT

बारम्बार वीर्य फाल्नेलाई प्रोटेस्ट क्यान्सर संभावना कम

बारम्बार वीर्य फाल्ने पुरुषलाई प्रोटेस्ट क्यान्सरको सम्भावना न्यून  हुने  एक अमेरिकी अध्यनले देखाएको छ । बढी वीर्य नाश गर्दा स्वास्थ्यमा कस्तो अशर गर्छ भन्ने विषयमा सर्वत्र बहस चलिरहेकै बेला अनुसन्धानकर्ताले यो निस्कर्ष निकालेका हुन् ।
१८ वर्ष लामो यस अध्ययनमा ३२ हजार पुरुषलाई सहभागी गराइएको थियो । सन् १९८२ देखि २०१० को अवधिमा करिब ४ हजार पुरुषको प्रोस्टेट क्यान्सरको उपचार गरिएको थियो ।
अध्ययन अनुसार महिनामा कम्तिमा पनि २१ पटक वीर्य निस्काशन गर्ने २० वर्ष पुगेका पुरुषलाई महिनामा ७ पटक मात्र वीर्य फाल्ने पुरुषको तुलनामा प्रोस्टेट क्यान्सरको न्यून सम्भावना रहेको थियो । ४० वर्षको उमेरमा बारम्बार वीर्य फाल्ने मध्ये २२ प्रतिशतलाई सो क्यान्सरको सम्भावना थोरै देखिएको थियो ।
‘वीर्य निस्काशन गर्ने आवृत्ति धेरै हदसम्म पुरुषको स्वास्थ्यसँग जोडिएको छ । किनकी सबैभन्दा थोरै पटक वीर्य पतन गर्ने (० देखि ३ पटक प्रति महिना) पुरुषमा स्वास्थ्यसम्बन्धी गम्भीर समस्या र विशेष गरी प्रोस्टेट क्यान्सरबाट मर्ने गरेको पाइयो,’ अध्ययन टोलीका नेता जेनिफर रिडर भन्छन् ।
‘वयस्क अवस्थामा सुरक्षित यौन गतिविधि र वीर्य निस्काशनले प्रोटेस्ट क्यान्सरको खतरा घटाउछ,’, रिडर भन्छन् । १५ प्रतिशत नयाँ क्यान्सर हुनुमा प्रोटेस्ट क्यान्सरका मुख्य कारक रहेको युरोपियन युरोलोजीमा प्रकाशित सो अध्ययनमा उल्लेख छ । जीवन शैलीमा ल्याउने परिवर्तनले यो क्यान्सर घटाउने वैज्ञानिकहरुको भनाई छ ।
वीर्य निस्काशनको आवृत्ति र क्यान्सरबीचको सम्बन्ध पहिचान गर्न रिडर र उनका सहकर्मीले सहभागीलाई उनीहरुको यौन स्वास्थ्य, मेडिकल रेकर्ड तथा ल्याब परीक्षणबारे विभिन्न प्रश्नको जबाफ दिन लगाएका थिए । अध्ययन अनुसार महिनामा तीन पटकसम्म वीर्य फाल्ने पुरुषमध्ये १ सय ९२ लाई सो क्यान्सर भएको पाइएको थियो । सहभागीमध्ये १ हजार ४२ ले महिनामा ४ देखि ७ पटक वीर्य फाल्ने र १५ सय ९ जनाले ८ देखि १२ दिन फाल्ने बताएका थिए । त्यस्तै ८०७ जनाले  १३ देखि २० पटक फाल्ने बताएका थिए ।


from SHYANE http://ift.tt/1SXpeLT
via IFTTT

गमलामा रोपेको रुखले मोबाइल चार्ज हुने

अब तपाइँले घरमा गमलामा रोपेको सानो बिरुवालेनै तपाइँको मोबाइलको ब्याट्री चार्ज गरिदिनेछ ।
स्पेनका तिनजना युवा वैज्ञानिकहरुले एउटा यस्तो ब्याट्रीको निर्माण गरेका छन् जसलाई गमलामा रोपेको रुखले नै चार्ज गर्न सकिन्छ ।
बायो नाम दिइएको उक्त ब्याट्रीले बिरुवाले प्रकाश संश्लेषण क्रियाका दौरान पैदा गरेको उर्जालाई विद्युत उर्जामा बदल्न सक्दछ । जसबाट पूर्ण नविकरणीय तथा स्वच्छ उर्जा प्राप्त गर्न सकिन्छ ।
यो प्रविधिबाट ३ देखि ४० वाटसम्म विजुली उत्पादन गर्न सकिने र विजुलीको क्षमता रुखको प्रकार तथा आकार निर्भर हुने बताइएको छ ।
वैज्ञानिकहरु पाब्लो म्यानुएल, राफेल रेबोलो र शावेर रोडि्रजको टोलीले आफ्नो यो अनौठो ग्याजेटलाई व्यवसायिक उत्पादन मार्फत बजारमा ल्याउने तयारी गर्दैछ । अहिलेसम्म आफुले यो ग्याजेटको प्रोटोटाइपबाटै आफ्नो फोन चार्ज गरिरहेको पाब्लो बताउँछन् ।
शोधकर्ताहरुका अनुसार बिरुवाबाट उत्पादन गर्न सकिने विजुलीले केवल मोबाइल चार्ज गर्न सकिने मात्र होइन एउटा वगैँचाबाट पूरै घरलाई चाहिने बिजुली उत्पादन गर्न सकिन्छ ।


from SHYANE http://ift.tt/1SXnZw0
via IFTTT

स्पोर्टस् अवार्डमा पाँच विधामा पुरस्कार

वैशाख २७ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा पोखरामा पहिलो पटक पोखरा स्पोर्टस् अवार्ड हुन लागेको छ ।
पोखरामा आज पत्रकार सम्मेलन गरी मञ्चले ५ विधामा उत्कृष्ट १–१ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको हो ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् ।
जुरी कमिटीको सिफारिस र मञ्चको कार्यसमिति बैठकले पारित गरेअनुसार लाइफटाइम एचिभमेन्ट अवार्डबाट थापालाई सम्मान गर्न लागिएको हो । अन्य ४ विधाका ३/३ जना मनोनयनमा परेका छन् ।
उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ फुटबलका हेमन्त गुरुङ, शारीरिक सुसगठनमा सुरेश गुरुङ र आर्चरीमा अशिम शेरचन परेका छन् । त्यस्तै महिलातर्फ झरना गुरुङ (उसु), मन्जु गुरुङ (भलिबल) र अरुणा शाही (भलिबल) रहेका छन् ।
उदीयमान खेलाडीतर्फ अभिषेक बास्तोला (टेनिस), शशी चौधरी (एथलेटिक्स) र ममता डगौरा (एथलेटिक्स) पनि मनोनयनमा परेका छन् ।
उत्कृष्ट प्रशिक्षकमा भने शम्भु केसी (फुटबल), कौशिला खत्री (भलिबल) र सुरेन्द्र गुरुङ (कराते) मनोनयनमा परेका छन् ।
छनौटका लागि ५ सदस्यीय छनौट समिति गठन गरिएको छ । वर्ष खेलाडीलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरिने छ ।
आगामी जेठ १ गते अवार्ड वितरण गरिने छ ।


from ARENA http://ift.tt/1Ty0w0n
via IFTTT