Photo of Milford Sound in New Zealand

काठमाडौं, १८ फागुन – सोमबार मात्रै अर्थमन्त्रीको रुपमा काम थालेका डा. युवराज खतिवडाको एउटै निर्देशनले एकै दिनमा भन्सार बिन्दुबाट १ अर्व २२ करोड रुपैयाँ राजस्व संकलन भयो । शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती कामचलाउ सरकारले रित्याएको ढुकुटीमा राजस्व संकलनले उच्च विन्दुको पहिल्याएको हो ।

खतिवडाले अर्थमन्त्रीको कार्यभार लिनासाथ राजस्व सचिव र भन्सार विभागमार्फत सम्पूर्ण भन्सार कार्यालयलाई सन्न्दर्भ मुल्यसूची ९रिफरेन्स भ्यालु० भन्दा कम हुनेगरी भन्सार मुल्य निर्धारण नगर्न निर्देशन दिएका थिए । अर्थमन्त्री खतिवडाको सो निर्देशन मंगरबार सम्पूर्ण कार्यालयमा सर्कुलेट भयो ।

खतिवडाको निर्देशनको प्रभाव २४ घन्टाभित्रै देखापर्यो । बुधबार देशभरका भन्सार विन्दूबाट कूल १ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भयो । भन्सार विन्दूहरुबाट एकै दिनमा संकलन भएको यो परिमाणको राजस्व अहिलेसम्मकै उच्च भएको भन्सार विभागका अधिकारीहरुले बताएका छन् ।

The post देउवाले रित्याएको ढुकुटी भर्दै अर्थमन्त्री खतिवडा, एउटै निर्णयले १ अर्व २२ करोड रुपैया राजस्व संकलन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FiMtQP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top