Photo of Milford Sound in New Zealand

असार २७। आज बिहान सम्पन्न युरो कपको अन्तिम खेलमा पोर्चुगलले फ्रन्सलाई १-० ले पराजित गरेको छ र पहिलो अन्तराष्ट्रिय उपाधि जितेको छ ।
पोर्चुगल दुई पटक विश्वकपको सेमिफाइनलमा पुगेको थियो भने युरो २००४ को फाइनलमा हारेको थियो । तर, अब १३ औं अन्तराष्ट्रिय प्रतियोगितामा पोर्चुगल सफल भएको छ ।
मेस्सीको अर्जेन्टिना, जसको फुटबल इतिहास गर्बिलो छ । दुई पटक विश्वकप र १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । तर, १९९३ देखि उपाधिविहीन छ र मेस्सी र उनको टिम पछिल्लो पाँच मध्ये चार पटक कोपा अमेरिकाको उपविजेतामा सिमित रहृयो भने २०१४ को विश्वकपको फाइनलमा पनि पराजित भयो ।
पछिल्लो कोपा अमेरिकाको फाइनलमा व्यहोरेको हारपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरिसककेका छन् । र, अन्तराष्ट्रिय फुटबलको उपाधि जित्ने अबसर गुमाएका छन् ।
सात महत्वपूर्ण प्रतियोगिता खेलेको रोनाल्डो भने अहिले आएर सफल भएका छन् र, पोर्चुगललाई पहिलो उपाधि दिलाएका छन् ।
भलै चोटका कारण रोनाल्डोले २५ औं मिनेटमा मैदान छाडे, यहाासम्मको यात्रामा उनको कप्तानी र प्रेरणादायी भूमिका रहेको छ ।


from ARENA http://ift.tt/2a0BPMk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top