Photo of Milford Sound in New Zealand

असार २२ । नेपालका दुई क्रिकेट खेलाडीहरु सुशन भारी र नरेशबहादुर बुढाऐर व्यवसायिक खेल खेल्न विदेश जाने भएका छन् ।
लेफ्ट आर्म स्पिन बलर सुशन इंग्ल्यान्डको कर्नवालमा रहेको फलमाउथ क्रिकेट क्लबबाट खेल्न जाँदैछन् ।
नेपाल क्रिकेट खेलाडी संघको सहयोगमा जाँदै गरेका सुशनले सो क्लबसँग खेल्दा बस्ने, खाने र फर्कने हवाई टिकट उपलब्ध हुने संघले जनाएको छ ।
उनी असोज दोस्रो सातासम्म इंग्ल्यान्डमा बस्ने पनि संघले जनाएको छ ।
त्यस्तै, नरेश क्यानडाको टोरन्टोमा रहेको ब्लुमफिल्ड क्रिकेट एकेडेमीमा रहेर कात्तिक दोस्रो सातासम्म खेल्नेछन् ।
उनलाई त्यहाँ खान बस्न र फर्कने टिकटको व्यवस्था भएको खेलाडी संघले जनाएको छ ।
दुबै खेलाडी बुधबार त्यसतर्फ जाँदैछन् ।


from ARENA http://ift.tt/29MGjGA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top