Monday, March 27, 2017

पुर्बेली गायक रक्षक राईको "रातकी रानी" एक कार्यक्रम गर्दै सार्बजनिक

चैत्र १४,(सुवास संकल्प), इटहरी,
केहि समय अगाडि सम्म बिशेष गरि काठमाण्डौलाई मात्र मनोरन्जनको मुख्य थलोको रुपमा लिइन्थ्यो तर अब त्यो सोचलाई चिर्दै आफ्नै ठाउबाट पनि केहि गर्न सकिन्छ भनेर लागि पर्नेहरुको लहर नै चलेको छ, यसै क्रममा पुर्वको इटहरीमा आज एक कार्यक्रमको बीच म्युजिक भिडियो सार्बजनिक गरिएको छ l 
ग्लोरी मिडिया प्रालि इटहरीले आफुले उत्पादन गरेको "रातकी रानी" बोलको म्युजिक भिडियोलाई इटहरीस्थित प्रिमियर होटलको सभाहलमा पत्रकार सम्मेलन गर्दै भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियो इटहरीको जल्दो बल्दो पत्रकार अर्थात पूर्वी बजार पत्रिकाका संचालक प्रेम बास्तोलाको हातबाट सार्बजनिक गरिएको थियो l युवा गायक रक्षक राईको आवाजमा रहेको सो गीतलाई रुद्र श्रेष्ठले लेखेका हुन भने श्रेष्ठकै संगित पनि रहेको छ l  त्यस्तै गीतलाई रिकेश बज्राचार्यले एरेन्ज गरेका छन् भने र्‍यापको भाग पनि उनैले गाएका छन् । 
Monetize your website traffic with yX Media
इटहरीमा अवस्थित पुर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो बाट रेकर्डिङ्ग गरिएको सो गीतको भिडियोलाई बसन्त राईले निर्माण गरेका छन् भने शिर कुमार राईको निर्देशन गरेका छन् l गितको भिडियोमा सबिना श्रेष्ठ, सुरेन प्यासी, सबिना याक्खा र बसन्त राईको अभिनय देख्न सकिन्छ। मोरङ्गको गोकुलम रिसोर्ट र इटहरीको ताल तलैयामा छायांकन गरिएको म्युजिक भिडियो उत्कृष्ट बनेको कार्यक्रममा सहभागीहरुले बताएका छन् l भिडियोलाई छिटै टेलिभिजन तथा युटुब मार्फत बाट पनि सार्बजनिक गरिने छ l



via IFTTT

from SHYANE http://ift.tt/2n9ypw5
via IFTTT

"ए मेरो हजुर-२" को गीत २४ घन्टामा ४ लाख ४४ हजार बढी पटक हेरियो : ट्रेण्डिङ्गको तेस्रो स्थानमा (भिडियो सहित)

चैत्र १४,(सुवास संकल्प), इटहरी,
नेपालि सिने जगतमा सन् २००२ मा सार्वजनिक भएको र झरना थापालाई फिल्मलाईनमा चिनाएको फिल्म हो 'ए मेरो हजुर' l यहि फिल्ममा झरना संगै अभिनय गर्ने नायक हुन् सबैको प्रिय बनेका र देश र दर्शकलाई रुवाउदै धर्ति छोडेका स्व नायक श्री कृष्ण श्रेष्ठ l हाल यहि फिल्म मार्फत रजतपटमा उदाएकी र सदाबहार नायिकाको उपाधि पाएकी झरनाले आफुलाई रजतपटमा डेब्यु निर्देशकको भूमिका खेल्दै "ए मेरो हजुर-२" दर्शक माझ ल्याउदै छिन l
केहि दिन अगाडि मात्रै "ए मेरो हजुर-२" को एक झलक सार्बजनिक भएको थियो भने अहिले फिल्मको टाईटल गीत "कशम हो" सार्बजनिक गरिएको छ भने युटुबमा आएको एक दिनमै अर्थात यो समाचार तयार पार्दा सम्म गीतलाई ४ लाख ४४ हजार भन्दा बढि पटक हेरिएको छ l आइतबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत युटुब ट्रेन्डिङको ३ नम्बरमा रहेको छ । यो फिल्मको निर्देशक रहेकी नायिका झरना थापाको जन्मदिनको उपलक्ष्यमा सार्बजनिक उक्त गीतको सुरुमै झारनाले "ए मेरो हजुर" का नायक स्व श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीलाई सम्झनाका सब्दहरुले श्रद्दाञ्जली दिएकी छिन् ।
Monetize your website traffic with yX Media
रेनेशा राईले निर्देशन गरेको गीतको भिडियोमा कृष्णहरी बरालको शब्द रहेको छ भने गायक सुगम पोखरेलले स्वर दिएका छन् । गीतमा कल्याण सिंहको संगीत रहेको छ । अब फिल्म "ए मेरो हजुर-२" को यो टाइटल गीतले पनि फिल्मलाई राम्रो प्रोमोशन गरेको र दर्शकले रुचाउने संकेत बुझ्न सकिन्छ । सुहाना इन्टरटेन्मेण्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेको यो फिल्म 'ए मेरो हजुर' को सिक्व्येल नभएपनि नाम भने पुरानै फिल्मबाट सापटी लिइएको हो । सस्पेन्स लभ स्टोरी ड्रामामा साम्राज्ञी राज्यलक्ष्मी र सालिनमान बानियाँको मुख्य अभिनय रहेको छ । त्यस्तै सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, विलशन बिक्रम राई, सुमन पौडेल आदीको पनि अभिनय रहेको छ।
हेर्नुस "ए मेरो हजुर-२" को टाईटल गीत :
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2o1yiaK
via IFTTT

Sunday, March 26, 2017

तपाई संग प्रतिबन्धित भारु नोट छ ? अब नेपालमा सटही हुदैछ : हेर्नुस यस्तो छ सटही प्राबधान

चैत्र १३,(आशिक शाह), लाहान,
नेपालमा रहेको भारु साट्न भारत सहमत भएको छ । तर भारतले बैधानिक रुपमा प्रति ब्यक्ति ४५ सय सम्म मात्र साट्ने छ । नेपालले २५ हजार सम्म साट्न प्रस्ताब राखेको थियो । रिजर्व बैंक अफ इंडियाकि कार्यकारी अधिकृत दिपाली पन्त जोशी नेतृत्वको टोलिले आज नेपाल राष्ट्र बैंकका अधिकारीहरु संग छलफल गरे पछि ४५ सय सम्म भारु साट्न सकिने सहमति जनाएको हो ।
स्रोतको अनुसार राष्ट्र बैंकका अधिकारीले २५ हजार सम्म साटीदिन पुनःआग्रह गरेको थियो । तर भारतिय पक्षले ४५ सय भन्दा बढी साट्न नसकिने बताएका थिए । गत नोभेम्बर देखि भारतले त्यहा को ५०० र १००० दरका नोट प्रतिबन्ध लगाएका थिए त्यसपछि नेपाली संग भएका नोट साट्ने बारे अन्योल भएको थियो । आरबिआई का कार्यकारी निर्देसक पन्त सहितको टोलिले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, बिदेशी विनिमय बिभाग प्रमुख भिष्म राज ढुंगानाक साथै आर्थ र पररास्ट्र मन्त्रयालाका प्रमुख संग छलफल गरेका थिए ।
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2n76u0n
via IFTTT

फ्रान्सले लक्जेम्बर्गलाई हरायो

चैत १३ । विश्वकप छनौट फुटबलमा फ्रान्सको अपराजित यात्रा कायमै छ । शनिबार राती भएको खेलमा फ्रान्सले लक्जेम्बर्गलाई ३-१ ले हरायो ।

समुह ए कै अर्को खेलमा स्विडेनले बेलारुसलाई ४-० ले हराउँदा नेदरल्याण्ड्स भने फेरी पराजित भएको हो । नेदरल्याण्ड्सलाई बुल्गेरियाले २-० ले हराएको हो ।
समुह बी को खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराउँदा स्विट्जरल्याण्डले लात्भियामाथि १-० को कठिन जित निकाल्यो ।
समुह एच को खेलमा बेल्जियम र ग्रिसले १-१ गोलको बराबरी खेल्दा बोस्नीयाले जिब्रल्टारलाई ५-० ले पाखा लगायो । विश्वकप फुटबल छनौटमा युरोपेली समुहका बाँकी खेल आज राती हुनेछन् ।


from ARENA http://ift.tt/2oj5F4P
via IFTTT

नेपाली फुटबल टोली फिलिपिन्स तिर

चैत १३ । एसिया कप फुटबलमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली शनिबार राती फिलिपिन्स प्रस्थान गरेको छ ।

नेपालले यही चैत १५ गते मंगलबार फिलिपिन्सविरुद्ध छनौट खेल खेल्दैछ । उक्त खेलको लागि विराज महर्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली राति हङकङ हुँदै मनिला पुगेको हो ।
जापानी प्रशिक्षक ग्योतोकु कोजुको प्रशिक्षणमा रहेको नेपाली टोलीमा अनिल गुरुङ समेटिएका छैनन् । होम एण्ड अवेको आधारमा हुने छनौटअन्तर्गत नेपालको यो पहिलो खेल हो ।
एशिया कप छनौटबाट सुरुमै बाहिरिएको नेपालले एएफसी सोलीडारीटी कप जितेपछि एशियाली फुटबल महासंघले नेपाललाई फेरी प्रतियोगितामा सामेल गराएको हो ।
नेपालले समुहमा फिलिपिन्ससँगै ताजकिस्तान र यमनसँग खेल्नेछ । समुहबाट छानिएका टोलीले सन् २०१९ मा संयुक्त अरब ईमाईरेट्स युएईमा हुने एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।
एशियन कपका लागि हालसम्म १२ टोली छनौट भईसकेकका छन् भने बाँकी १२ टोलीका लागि २४ टोलीले छनौट खेल खेल्दैछन् ।


from ARENA http://ift.tt/2nSzlZZ
via IFTTT

Saturday, March 25, 2017

क्रिकेट खेल्न नेपाली टिम बंगलादेशतिर, पाकिस्तान सँग पहिलो भिडन्त

चैत १३  । बंगलादेशमा हुने एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली क्रिकेट टिम शनिबार बंगलादेश गएको छ ।

बंगलादेश जानुअघि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले शनिबार शुभकामनासहित टिमको बिदाइ गरे ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानको २३ वर्षमुनिको टिमसँग खेल्नेछ ।
त्यस्तै, मंगलबार बंगलादेशको टिमसँग र बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
एसियाका चार टेस्ट मान्यता प्राप्त र चार एसोसिएट राष्ट्रलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सन्चालन हुँदैछ ।
एसोसिएटका राष्ट्रिय र टेस्ट मान्यता प्राप्त राष्ट्रका २३ वर्षमुनिका टिम खेल्नेछन् ।


from ARENA http://ift.tt/2no5nfs
via IFTTT

चर्चित मोडेल रश्मि तामाङ्गको दारु पार्टी सार्बजनिक : एउटा रहर पुरा (भिडियो सहित)

चैत्र १२,(सुवास संकल्प), इटहरी,
चर्चित मोडेल रश्मि तामाङ्ग ले दारु पार्टी सार्बजनिक गरेकी छिन l यो दारु पार्टी कुनै बिशेष समारोह तथा बिशेष खुशीको लागि नभएर रश्मिले आफ्नो गीत गाउने पहिलो प्रयास भनेकी छिन l अर्थात उनको आवाजमा "दारु पार्टी" बोलको पहिलो गीत सार्बजनिक भएको हो l
पछिल्लो समय नेपालि लोक दोहोरीको क्षेत्रमा एकछत्र राज गरेकी चर्चित मोडेल रश्मि तामाङ्ग अधिकांश निर्देशक तथा निर्माताहरुको रोजाईमा पर्ने गरेकी छिन l आफ्नो कला र मेहनतले देशकै प्रतिष्ठित अवार्डहरु समेत हासिल गरिसकेकी रश्मि देश तथा बिदेशका सास्कृतिक कार्यक्रमहरुमा पनि निकै ब्यस्त हुने गरेकी छिन l नया कुराको अनुभब लिने र केहि सिक्ने रहर सबैमा हुन्छ, एउटा राम्रो गीत गाउने रहर रश्मिमा पनि थियो, यो कुराले रश्मिलाई पनि छोड्न सकेन l रक्षा म्युजिक प्रालिले सार्बजनिक गरेको उक्त गीतमा रश्मि संगै रोशन सिंह र बादल थापा को पनि आवाज सुन्न सकिन्छ l
छमछमी नाच्ने शैलीको गीतमा आधुनिक पाराको र्याप पनि समाबेश गरिएको छ भने गीतमा रोशन सिंहको सब्द तथा संगीत रहेको छ l अहिले स्टुडियो भर्सनमा सार्बजनिक भएको भिडियोको छिटै अफिसियल म्युजिक भिडियो सार्बजनिक हुदै छ l
हेर्नुस स्टुडियो भर्सनमा तयार परिएको भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2o3sfPM
via IFTTT

"मर्छु बरु बिष पिएर" को भिडियो चाडै सार्बजनिक गरिदै (लिरिकल भिडियो सहित)

चैत्र १२, काठमाण्डौ,
नेपालि लोक दोहोरि गीत पारखिहरुको मनमा बस्न सफल हुने सम्भाबना रहेको एक गीतको लिरिकल भिडियो प्रियशी म्युजिक प्रालिले सार्बजनिक गरेको छ l 
"हास्न सकिन पिडा सहेर, मर्छु बरु बिष पिएर" बोलको निकै नै मर्मस्पर्शी गीतमा भुपेन्द्र घर्ति मगर र ओमिता बिसी को स्वर रहेको छ l प्रियशी म्युजिक प्रालि को अडियो भिडियो व्यवस्थापन रहेको सो गीतको म्युजिक भिडियो पनि छिटै सार्बजनिक हुने भएको छ l गायिका ओमिताले नै संगीत गरेको उक्त गीतमा रोशन अलि घर्ति मगर को सब्द समाबेश छ भने प्रियशीकै युटुब च्यानल बाट यो लिरिकल भिडियोलाई सार्बजनिक गरिएको हो l  
लिरिकल भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

from SHYANE http://ift.tt/2n1TPec
via IFTTT

Friday, March 24, 2017

छुल्ठिमको "डायरी"मा "अचम्मको माया" : लिरिकल भिडियो सार्बजनिक (भिडियो सहित)

चैत्र ११,(सुवास संकल्प), इटहरी,
आउदो जेठ ५ गते आफ्नो रिलिज मिति तय गरेको चलचित्र "डायरी" मा समाबेश "माया माया" बोलको लिरिकल भिडियो सार्बजनिक भएको छ l 
नोभेम्बर रैन मा अभिनय गरे पश्चात दर्शकको माया संगै नेपालि सिने जगतमा पाईला चालेकी छुल्ठिम गुरुङ को मुख्य अभिनय संगै यो फिल्ममा छुल्ठिम लगानीकर्ता पनि बनेकी छिन l सार्बजनिक लिरिकल भिडियोमा मानस राज को कम्पोज तथा सब्द समाबेश रहेको छ भने अल्मोडा राना को एरेन्ज संगै गीतमा उनैको आवाज समाबेश गरिएको छ l 
एअर क्रिउ प्रोडक्सन र छुल्ठिम इन्टरटेन्मेण्टको प्रस्तुति रहेको फिल्म "डायरी" मा रेखा थापा, छुल्ठिमको अलवा सन्नी सिंह, दिनेश डिसी, राज कुमार उप्रेती, राजु लामा, कुशल बिस्ट, उमेश पाण्डे लगायतको अभिनय रहेको छ l छेतन गुरुङको कथा समाबेश फिल्म डायरीमा अनिल योञ्जनले निर्माताको रुपमा छुल्ठिमलाई सघाएका छन् भने अनिलले नै यो फिल्म निर्देशन पनि गरेका छन् l 
"माया माया" बोलको लिरिकल भिडियो :
फिल्म "डायरी" को टिजर :



via IFTTT

from SHYANE http://ift.tt/2nYoUkO
via IFTTT

Thursday, March 23, 2017

नया म्युजिक भिडियो सार्बजनिक संगै निर्देशनमा अब्बल देखिए विकल्प (भिडियो सहित)

चैत्र ११,(सुवास संकल्प), इटहरी,
नेपालि परिवेशमा नयापुस्ताका युवाहरुमा म्युजिक भिडियोको क्रेज निकै बढिरहेको छ भने विभिन्न तवरले नया सैलीको भिडियोहरु निर्माणको कार्यहरु पनि सांगीतिक क्षेत्रमा भई रहेको छ l यस्तै नया शैलीको भिडियो निर्माण गर्न र कलाकारलाई फरक ढंगले प्रस्तुत गर्न खप्पिस नव निर्देशक तथा मोडेल विकल्प श्रेष्ठले भर्खरै अर्को एक भिडियो सार्बजनिक गरेका छन् l 
निरन्तर मेहनत, प्रयास र आफ्नो कर्मलाई सम्मान गर्दै जान सके एक दिन सफलताको मार्ग भिटिने बिस्वास सहित नेपालि कलाप्रेमीहरुको मन जित्न नया-नया किसिमका भिडियोहरु निर्माण गर्न लागिपरेका छन l बहु प्रतिभाका धनि विकल्प आफुलाई मोडेलको रुपमा दर्शक माझ प्रस्तुत भईरहेकै बेला आफ्नो भोगाई र सिकाईलाई दर्शक माझ बाढ्नलाई निर्देशन तर्फ पनि होमिएका हुन् l उनले हाल सम्म दर्जन बढी म्युजिक भिडियोहरु निर्माण गरिसकेका छन् l बिसेष गरि नया तथा अगाडी बढ्न नसकिरहेका प्रतिभावान व्यक्तिहरुलाई अवसर दिदै काठ्माण्डौमा आफ्नै मातहतमा रहने गरि एस बि क्रिएटिभ मोडल एजेन्सी पनि श्रेष्टले संचालन गरिरहेका छन् l  
उनको निर्देशनमा पछिल्लो समय सार्बजनिक भएको "तिमि बिना" बोलको म्युजिक भिडियो एस बि क्रिएटिभ मोडल एजेन्सीको प्रस्तुति हो भने ओपास म्युजिक कम्पनिले बाजारमा ल्याएको गीतमा आवाज भने गायक दिपक समिप को रहेको छ l एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोमा अघिल्लो भिडियोहरु बाट राम्रै प्रतिक्रिया बटुलेका मोडल संकल्प श्रेष्ठलाई रोशिना राउतले अभिनयमा साथ् दिएकि छिन l 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :



via IFTTT

from SHYANE http://ift.tt/2nIhqoX
via IFTTT

सफल भबिस्य देख्ने गायक किन ओझेलमा ? "चल्नु भन्दा टिक्नु ठुलो कुरा"-गायक समीर बिक (भिडियो सहित)

चैत्र १०,(सुवास संकल्प), इटहरी,
नेपालि संगीत क्षेत्रमा चर्चित हुने सपना बुन्दै सफल बन्नलाई आउनेहरुको लर्को पछिल्लो समय निकै बढिरहेको छ l यसै प्रसंगमा कतिपयले यो क्षेत्रमा अहिले नया युवापुस्ता पैशाको भरमा प्रबेश गरिरहेका छन् भन्ने आरोप पनि लगाई रहेका छन् l 
संगीत क्षेत्रमै आफ्नो सफल र टिकाउ भबिष्य देख्दै आफ्नो अथक मेहनत सहित २०६८ साल देखि सांगीतिक क्षेत्रमा औपचारिक प्रवेश गरेका गायक समीर बिक अहिलेको यो अवस्थालाई खासै ठुलो समस्या मान्दैनन् l "पैशाको तागतमा यो क्षेत्र प्रवेश गर्नेहरु आफै फिल्टर हुदै जान्छन, र सहि के हो दर्शकले आफै छुट्याउनु हुनेछ"-समीर भन्छन l 
६८ सालमा आफ्नो पहिलो एल्बम "मोनालिशा" मा समाबेश गीत "प्रिय तिम्ले माया मार्यौ नि" ले सांगीतिक क्षेत्रमा चर्चित "ईमेज अवार्ड" नै हात पारे पछि समीर यो क्षेत्रमा झनै हौसिदै मेहनत गर्न थाले l त्यस पछि विभिन्न स्टेज कार्यक्रमहरु देखि लिएर कलेक्सन एल्बम हरुमा समेत उनले आफ्नो आवाजलाई भर्न थाले l पहिलो एल्बम "मोनालिशा"को सफलता संगै "मोनालिशा २" पनि सार्बजनिक गरिसकेका गायक समीर बिक पछिल्लो समय किन ओझेलमा छन् ? 
हेर्नुस यो कुराको जवाफ सहित उनि संग गरिएको रमाईलो कुराकानीको यो भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2o8vt3F
via IFTTT

Wednesday, March 22, 2017

गायिका मेरि राइको "ओ मेरो राजा" सार्बजनिक (भिडियो सहित )

चैत्र ९,(प्रदिप पंगेनी), मलेसिया,
गायिका मेरि राइको "ओ मेरो राजा" को भिडियो सार्बजनिक भएको छ । मलेसियामा छायकन गरिएको सो गीतको भिडियो मा निम्बुटी शेर्पा र सन्तोस परियारले अभिनय गरेका छन । 
गायिका राई कै शब्द र संगित रहेको सो गीतको म्युजिक भिडियोको निर्देशन राघब आचार्यले गरेका हुन । गीतको छायाकन भने पत्रकार अर्जुन काफ्लेले गरेका छन । सुजन शाहिको सम्पादनमा रहेको भिडियो दर्शकले मन पराउने भिडियो निर्माण समूह हाम्रो प्रतिभाका आतिप राइले बताए ।  
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

from SHYANE http://ift.tt/2nBMh6u
via IFTTT

"आईकम बि कम" जति पढेनि काम लागेन गायक डेबिट संकरलाई (भिडियो सहित)

चैत्र ९,(सुवास संकल्प), इटहरी,
नेपालि सुगम संगीतका गायक डेविड शंकरले आफ्नो दोस्रो एकल एल्बममा समाबेश गरिएको एक गीतको म्युजिक भिडियो आफ्नो दर्शक स्रोता माझ सार्बजनिक छन् । "आईकम बि कम" बोल रहेको उक्त गीतमा गायकको आफ्नै शब्द, संगीत समाबेश गरिएको छ l गोपाल रसाईलिको संगीत संयोजन रहेको सो गीतको भिडियोलाई फराज अर्पणले छायांकन, निर्देशन र सम्पादन गरेका छन् भने नेपाली युवाको वर्तमान अवस्थालाई चित्रण गर्न खोजिएको भिडियोमा गायक डेबिट आफै देखिएका छन् l 
आफ्नो पहिलो एल्बम "माई ड्रिम्स" को सफलता संगै दोस्रो एल्बम नया बर्षको अवसरमा सार्वजनिक गर्ने तयारीमा रहेका उनि पछिल्लो समय नेपालि फिल्मको पार्स्व गायनमा पनि ब्यस्त छन् भने हालसम्म तीन दर्जन चलचित्रमा पार्स्व गायन दिइसकेका छन् l २०६२ सालमा मोफसलबाट संचालनमा आएको गायन प्रतियोगिता "पाचथर आइडल" को उपाधि हासिल गरे पश्चात निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय गायक शंकरले ०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि पनि हात पर्न सफल भईसकेका छन् । फार अवे इन्टरटेन्मेन्टले निर्माण गरेको उनको यो भिडियोलाई हाइलाइट्स नेपालले यूट्युव मार्फत विश्वब्यापी रिलिज गरेको हो ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

from SHYANE http://ift.tt/2nByYCW
via IFTTT

सांगीतिक बजारमा दीप श्रेष्ठ फेरी एक उत्कृष्ट "प्रस्ताब" सहित उदाए (भिडियो सहित)

चैत्र ९,(सुवास संकल्प), इटहरी,
बादलहरु हो, म त दूर देखि, बितेका कुराले जस्ता कालजयी गीत गाएर नेपालि जन-मनमा बस्न सफल गायक तथा संगीतकार दीप श्रेष्ठ फेरी पनि नेपालि सांगीतिक बजारमा आफ्नो एक अर्को "प्रस्ताब" सहित उदाएका छन् l 
दीप श्रेष्ठको सुमधुर आवाजमा रहेको "प्रस्ताब" बोलको उक्त गीतमा शिशिर बाराकोटिको सब्द रहेको छ भने आनन्द राईको संगीत रहेको छ l प्रेम भित्र भएका अन्योलताले सम्बन्धमा ल्याउने चिसोपाना जस्ता कुराहरुलाई प्रतिनिधि गर्ने गहकिलो सब्दहरु समाबेश रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् l सम्बन्ध सुखद चलिरहदा आफ्नो प्रेमिकाको एक अर्को व्यक्तिले अपत्यारिलो कुरा सुनाए पछि संका उब्जिए संगै सम्बन्धले बिश्राम लिनु पर्ने सम्मको कुरालाई भिडियोमा समाबेश गरिएको छ l तर अन्तिममा भिडियो को कन्सेप्टले अर्कै मोड लिन्छ l 
भिडियोमा अहिलेका चर्चित मोडेल तथा चलचित्र "दर्पण छाया २" बाट नेपालि फिल्ममा डेब्यु गरेका पुष्पल खड्का को साथमा धेरै म्युजिक भिडियोहरुबाट लोकप्रियता कमाउदै केहि फिल्महरुबाट पनि राम्रै प्रतिक्रिया पाएकी मोडेल वर्षा सिवाकोटीलाई देख्न सकिन्छ l त्यस्तै अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् l   
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

from SHYANE http://ift.tt/2nBgFO7
via IFTTT

नेपाल ओलम्पिक कमिटीको ताला खुल्यो

चैत ८ । गत माघ ११ गतेदेखि लागेको ताला खोल्दै ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालय रुक्मशमशेर राणापक्षले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालतले जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटीलाई वैधानिकता दिएसँगै गत माघ ११ गतेदेखि लगाइएको ओलम्पिक कमिटीको कार्यालयको ताला खोलेर राणापक्षले कार्यालय नियन्त्रणमा लिएका हुन् ।
सर्वोच्चको निर्णय कार्यान्वयनका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले ओलम्पिक कमिटीको कार्यालयमा तालाबन्दी गरेको थियो ।
मंगलबार प्रहरीको सहयोगमा राणापक्षका कार्यबाहक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा गएको नारायणदेव राणा, दावा गुरुङ, लालकुमार लामा, कमल चित्रकार, विजय हमाललगायतको टोली ताला खोलेर कार्यालय प्रवेश गरेको हो ।
नेपाली खेलकुदमा लामो समयदेखि रुक्मशमशेर राणा नेतृत्वको ओलम्पिक कमिटी र ध्रुवबहादुर प्रधान तथा जीवनराम श्रेष्ठपक्षको ओलम्पिक कमिटीबीच विवाद रहँदै आएको थियो ।
सर्वोच्चले अघिल्लो महिना अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको मान्यता प्राप्त जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अवैधानिक ठहर गर्दै राणाको कमिटी वैधानिक भएको फैसला गरेको थियो ।


from ARENA http://ift.tt/2n624rm
via IFTTT

Tuesday, March 21, 2017

कृतिमा आधारित फिल्म "समर लभ" बन्ने पक्का : मुख्य पात्र अतित-आशिष पिया र साया-रेवती क्षेत्री छनौट

फागुन ८,(सुवास संकल्प), इटहरी,
युवापुस्ता देखि लिएर हरेक वर्गमा लोकप्रिय बनेको सुविन सुबिन भट्टराईको चर्चित उपन्यास "समर लभ" मा करिब २ बर्ष अगाडी देखि नै फिल्म बन्ने निश्चित भए पनि मुख्य कलाकार नपाईएको साथै बिसेष प्राबिधिक कारणबस अगाडि बढ्न सकेको थिएन l 
अब भने यो फिल्म बन्नको लागि एउटा निश्चित बाटो भेटिएको छ अर्थात यो फिल्मका लागी झन्डै एक वर्ष लगाएर कथाका मुख्य पात्रहरु अतित र साया भेटिएको छ l एक कार्यक्रमको आयोजना गर्दै समर लभ टीमले कथाको मुख्य पात्र अतितमा आशिष पिया र अर्का मुख्य पात्र सायामा रेवती क्षेत्रीलाई कलाकारको रुपमा सार्बजनिक गरेको हो l यसअघि नायिकाका लागि साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने खबर पनि सार्वजनिक भएको थियो l पछि फिल्मको लागि अष्टेलियामा भएको प्रतिभालाई अवसर दिईने भनिएको थियो तर अहिले आएर नेपालका अमित र नेपाल मुलकी भारतीय रेवतीलाई छनौट गरिएको छ l 
भारतको गुहावटी घर भएकी रेवतीले विभिन्न ब्युटी पेजेन्टहरु जितिसकेकी छिन । उनी सन् २०१६ को मिस एसिया युनिभर्सिटीकी विजेता र मिस इन्टरनेसनल भारतकी उपविजेता पनि हुन् । भारतीय फिल्म ग्याङ्ग्स अफ नर्थवेस्टमा अभिनय गरिसकेकी रेवतीको हिन्दि फिल्म खातुन आगामी प्रदर्शनमा आउने फिल्म हो । अतीत बनेका आशिष पनि मोडलिङ पृष्ठभूमिबाटै फिल्ममा प्रवेश गर्न लागेका हुन् ।
मुस्कान ढकालले निर्देशन गर्न लागेको समर लभ फिल्मलाई नाइटेङ्गल प्रालिबाट निर्माण गरिने छ । मुस्कानले यसअघि निर्देशन गरेको ‘नाइ नभन्नु ल ३ सफल भएको थियो भने फिल्मको कथालाई सामीप्यराज तिमल्सिनले पटकथामा ढालेका छन् । यो फिल्म काठमाडौं, पोखरा र धनगडीमा आगामी बैसाखदेखि छायाङ्कन सुरु गरिने छ भने फिल्मका केही दृश्यहरु विदेशमा समेत सुटिङ गरिने छ l 



via IFTTT

from SHYANE http://ift.tt/2mLj6JD
via IFTTT

घानाका रेफ्रीमाथि आजीवन प्रतिबन्ध

चैत ८ । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अफ्रिकी मुलुक घानाका रेफ्री जोसेफ लाम्पटेमाथि आजीवन प्रतिबन्ध लगाएको छ ।


रेफ्री लाम्पटेले विश्वकप फुटबल छनौट अन्तर्गत गत नोभेम्बरमा भएको दक्षिण अफ्रिका र सेनेगलबीचको खेलमा गल्तीपूर्ण निर्णय गरेको फिफाको ठहर छ । सेनेगलमाथि २–१ को जित दर्ता गराउँदा दक्षिण अफ्रिकालाई रेफ्री लाम्पटेले नियतबस पेनाल्टी हान्ने अवसर दिएको भेटिएपछि उनी कारवाहीमा परेका हुन् ।
फिफाले यसलाई खेल भावना विपरितको कार्य बताएको छ । रियो ओलम्पिकमा समेत रेफ्रीको भुमिका निर्वाह गरेका लाम्पटेले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
फिफाले आफुमाथि लगाएको आजीवन प्रतिबन्धविरुद्ध लाम्पटेले अब फिफामै वा खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय अदालत कासमा अपिल गर्न पाउनेछन् । लाम्पटेले नियतपूर्वक आफुहरुलाई हराएको भन्दै सेनेगलले फिफामा उजुरी दिएपछि फिफाले छानविन अघि बढाएको थियो ।


from ARENA http://ift.tt/2nh1yJc
via IFTTT

Monday, March 20, 2017

नेपाल गोल्डेन आईडलको उत्कृष्ट ५ मा सुमिना श्रेष्ठ , बिजेताको लागि भोट गर्न आग्रह (भिडियो सहित)

फागुन ७,(सुवास संकल्प), इटहरी,
नेपालको परिवेसमा हेर्ने हो भने छेमेकी मुलुक भारतलाई पछ्याउदै केन्द्र अर्थात काठमाण्डौ भन्दा बाहिर पनि सुन्दरी प्रतियोगिता देखि गायन, नृत्य तथा अभिनयलाई बिसेष महत्त्व दिएर निकै रियालिटी शो हरु हुने गरेको छ l कति सुरुवात देखि अन्त्य सम्म निष्पक्ष हुन्छन भने कति बिबादै बिबादले समापन हुन्छ l यस्तै पोखराबाट गायन र नृत्य लाई महत्त्व दिएर संचालनमा आएको गोल्डेन आईडलले सुरुवाती देखि तेश्रो सस्करण सम्म आईपुग्दा निष्पक्ष निर्णय गर्दै सहि प्रतिभालाई चिनाईसकेको छ भने हाल देशव्यापी रुपमा संचालन भएको चौथो सस्करणको उत्कृष्ट ५ प्रतियोगी पनि छनौट गरिसकेको छ l 
यहि प्रतियोगिताको उत्कृष्ट ५ अर्थात नृत्य तर्फ फाईनलमा पुग्न सफल नाम हो इटहरीको सुमिना श्रेष्ठ l इटहरीको हाम्रो बोर्डिङ्ग स्कुलमा ७ कक्षामा अध्यनरत सुमिना सानै देखि नाच्न खुबै तम्सिने गर्थिन भने उनि पढाईमा पनि निकै अब्बल छिन l गीत गाउन पनि रुचि राख्ने उनले नृत्य गरेर सबैको मन जित्दै आएकी छिन भने उनको सपना पछि गएर डाक्टर बन्ने रहेको छ l उनि यो प्रतियोगिता भन्दा पहिले पुर्वाञ्चलबाट संचालन भएको इन्टर स्कुल एकल नृत्य प्रतियोगितामा भाग लिएर आफुलाई नृत्यमा अब्बल साबित गर्दै बिजेता बन्न सफल भईसकेकी छिन भने इटहरीबाट संचालन भएको "नाच नाच-२" मा पनि फाईनल सम्म पुग्न सफल भई सकेकी छिन l 
आफ्नो परिवारबाट पुरा साथ पाएकी सुमिनाले आफुलाई यहा सम्म आउनलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै अब अझै प्रतिष्पर्धी समय भएकोले अझै सहयोग र साथको आवस्यकता रहेको भन्दै फेरी पनि निरन्तर भोट गरेर बिजेता बन्नलाई सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन l देशभरिका हजारौ प्रतिष्पर्धिलाई आफ्नो नृत्यकलाले पछि पार्दै फाईनलमा पुगेकी सुमिनालाई भोट गर्नको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर NGI<speace>30 लेखि 33264 मा म्यासेज पठाउन सकिने छ भने एक दिनमा एउटा नम्बरबाट १० पटक सम्म भोट गर्न सकिने छ l सुमिना श्रेष्ठलाई हाम्रो तर्फबाट पनि बिजेता बन्न हार्दिक सुभकामना अर्पण गर्दछौ l 
सुमिना आफैले भोट माग्दैछिन, हेर्नुस यो भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2mHTTj7
via IFTTT

नेपाल गोल्डेन आईडलको उत्कृष्ट १० मा सुमिना, बिजेताको लागि भोट गर्न आग्रह (भिडियो सहित)

फागुन ७,(सुवास संकल्प), इटहरी,
नेपालको परिवेसमा हेर्ने हो भने छेमेकी मुलुक भारतलाई पछ्याउदै केन्द्र अर्थात काठमाण्डौ भन्दा बाहिर पनि सुन्दरी प्रतियोगिता देखि गायन, नृत्य तथा अभिनयलाई बिसेष महत्त्व दिएर निकै रियालिटी शो हरु हुने गरेको छ l कति सुरुवात देखि अन्त्य सम्म निष्पक्ष हुन्छन भने कति बिबादै बिबादले समापन हुन्छ l यस्तै पोखराबाट गायन र नृत्य लाई महत्त्व दिएर संचालनमा आएको गोल्डेन आईडलले सुरुवाती देखि तेश्रो सस्करण सम्म आईपुग्दा निष्पक्ष निर्णय गर्दै सहि प्रतिभालाई चिनाईसकेको छ भने हाल देशव्यापी रुपमा संचालन भएको चौथो सस्करणको उत्कृष्ट १० प्रतियोगी पनि छनौट गरिसकेको छ l 
यहि प्रतियोगिताको उत्कृष्ट १० अर्थात नृत्य तर्फ फाईनलमा पुग्न सफल नाम हो इटहरीको सुमिना श्रेष्ठ l इटहरीको हाम्रो बोर्डिङ्ग स्कुलमा ७ कक्षामा अध्यनरत सुमिना सानै देखि नाच्न खुबै तम्सिने गर्थिन भने उनि पढाईमा पनि निकै अब्बल छिन l गीत गाउन पनि रुचि राख्ने उनले नृत्य गरेर सबैको मन जित्दै आएकी छिन भने उनको सपना पछि गएर डाक्टर बन्ने रहेको छ l उनि यो प्रतियोगिता भन्दा पहिले पुर्वाञ्चलबाट संचालन भएको इन्टर स्कुल एकल नृत्य प्रतियोगितामा भाग लिएर आफुलाई नृत्यमा अब्बल साबित गर्दै बिजेता बन्न सफल भईसकेकी छिन भने इटहरीबाट संचालन भएको "नाच नाच-२" मा पनि फाईनल सम्म पुग्न सफल भई सकेकी छिन l
आफ्नो परिवारबाट पुरा साथ पाएकी सुमिनाले आफुलाई यहा सम्म आउनलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै अब अझै प्रतिष्पर्धी समय भएकोले अझै सहयोग र साथको आवस्यकता रहेको भन्दै फेरी पनि निरन्तर भोट गरेर बिजेता बन्नलाई सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन l देशभरिका हजारौ प्रतिष्पर्धिलाई आफ्नो नृत्यकलाले पछि पार्दै फाईनलमा पुगेकी सुमिनालाई भोट गर्नको लागि आफ्नो मोबाईलको म्यासेज बक्समा गएर NGI<speace>30 लेखि 33264 मा म्यासेज पठाउन सकिने छ भने एक दिनमा एउटा नम्बरबाट १० पटक सम्म भोट गर्न सकिने छ l सुमिना श्रेष्ठलाई हाम्रो तर्फबाट पनि बिजेता बन्न हार्दिक सुभकामना अर्पण गर्दछौ l 
सुमिना आफैले भोट माग्दैछिन, हेर्नुस यो भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2ndAXgg
via IFTTT

भ्यालेन्सियालाई पराजित गर्यो बार्सिलोनाले

 चैत ७ । स्पेनिस लिग फुटबलमा बार्सिलोना र एथ्लेटिको मड्रिडले सहज जित हात पारेका छन् ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ ले हरायो । बार्साका लागि लियोनल मेस्सीले दुई गोल गर्दा लुईस सुवारेज र आन्द्रे गोमेजले एक–एक गोल गरे । भ्यालेन्सियाका मांगाला र मुनिर अल हदादीले दुई गोल फर्काए ।
ला–लिगाअन्तर्गतको अर्को खेलमा एथ्लेटिको मड्रिडले सेभियालाई ३-१ ले हराएको छ । एथ्लेटिको मड्रिडलाई विजयी गराउन डिएगो गोडिन, एन्टोनियो ग्रेजम्यान र कोकेले एक–एक गोल गरे ।
गएरातिका अन्य खेलमा स्पोर्टिङ गियोनले ग्रानाडालई ३-१ ले हराउँदा सेल्टा भिगोले डेपोर्टीभो लाकोरुनालाई १÷० ले हराएको छ ।
गएरातिका खेलपछि ला–लिगाको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको बार्सिलोना ६३ अंकको साथ दोस्रो तथा सेभिया ५७ अंकसहित तेस्रो स्थानमा छन् ।


from ARENA http://ift.tt/2mL8z1K
via IFTTT

Sunday, March 19, 2017

"सानो-सानो घर" बनाउने कुरा गर्दै छिन चर्चित मोडल पार्वती राई (भिडियो सहित)

चैत्र ६.(सुवास संकल्प), इटहरी,
देशमा भन्दा पनि बिशेष गरि बिदेशमा रहेका नेपालिहरुले बढि रुचाउने लोक दोहोरी गीतमा उनीहरुले आफ्नोपनको आभाष पाउने गर्छन l एक पछि अर्को गर्दै नेपालि सांगीतिक बजारमा उत्कृष्ट गीत तथा भिडियोहरुको प्रस्तुति दिदै आएको प्रियशी म्युजिक प्रालि ले भर्खरै एक अर्को लोक दोहोरी म्युजिक भिडियो सार्बजनिक गरेको छ l 
छमछमी नाच्ने शैलीको गीतमा तयार भएको "बनाउ हाम्रो दिलमा सानो सानो घर" बोलको यो म्युजिक भिडियोले पनि नेपाल तथा बिदेशमा रहेका नेपालीहरुले रुचाउने पक्का देखिन्छ l प्रियशी म्युजिकले उत्पादन गरेको यो गीत तथा भिडियोमा राम सरु मगर र सिर्जना बर्देवा को स्वर रहेको छ l त्यस्तै भरत कुमार मगरको सब्द रहेको छ भने उनैले गीतमा संगीत पनि भरेका छन् l त्यस्तै सागर गौतमले छायांकन गरेको भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् l 
नेपालि मोडलिङ्ग क्षेत्रमा चलेका मोडलहरुको गन्ति गर्ने हो भने अग्र स्थानमा आउने नाम हो पार्वती राई, यस भिडियोमा उनैलाई छमछमी नाच्न साथ् दिएका छन् अघिल्लो भिडियोहरुमा पनि राम्रो चर्चा बटुल्दै आएका ओम श्रेष्ठ ले l प्रियशी म्युजिक कै युटुब च्यानल बाट सार्बजनिक गरिएको भिडियोलाई अविनाश डिशि ले सम्पादन गरेका छन l 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

from SHYANE http://ift.tt/2n3WhnG
via IFTTT

५ अंकको अग्रता बनायो रियल मड्रिडले

चैत ६ । स्पेनिस लिग फुटबलमा शीर्ष स्थानको रियाल मड्रिडले बार्सिलोनासँग ५ अंकको अग्रता बनाएको छ ।

गएराति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदै रियाल मड्रिडले उपाधि यात्रा बलियो पारेको हो । खेलमा रियाल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र क्यासेमिरोले एक–एक गोल गरे ।

ला लिगा अन्तर्गतको अर्को खेलमा रियाल बेटीसले ओसासुनालाई २–० ले हराउँदा आलाभेजले रियाल सोसिडाडलाई १–० ले पराजित गर्‍यो ।
गएरातिका खेलपछि स्पेसिन ला लिगाको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको सेभियाको ५७ अंक छ । बार्सिलोनाले आज राति हुने खेलमा भ्यालेन्सियासँग खेल्नेछ ।


from ARENA http://ift.tt/2mWyzbG
via IFTTT

बनायो चेल्सीले १३ अंकको अग्रता

चैत ६ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले १३ अंकको अग्रता बनाएको छ ।गएराति भएको खेलमा स्टोक सिटीमाथि २–१ को संघर्षपूर्ण जित हात पार्दै चेल्सीले तालिकामा फराकिलो अग्रता बनाएको हो । स्टोक सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन विलियन र ग्यारी केहीलले एक–एक गोल गरे । स्टोक सिटीका जोनाथन वाल्टर्सले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनललाई वेष्ट ब्रोमले ३–१ ले हराएको छ । वेष्ट ब्रोमलाई विजयी गराउन क्रेग डसनले दुई गोल गरे भने रोब्सन कानुले एक गोल गरे । आर्सनलका अलेक्सिस सान्चेजले एक गोल फर्काएका थिए ।
गएराति भएका अन्य खेलमा लेष्टर सिटीले वेष्ट ह्याम युनाईटेडलाई ३–२ ले हराउँदा एभर्टनले हल सिटीलाई ४–० ले, बर्नमाउथले स्वान्सी सिटीलाई २–० ले तथा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई १–० ले हराएका छन् । सण्डरल्याण्ड र बर्नलेबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा गएरातिका खेलपछि २८ खेलबाट ६९ अंक जोड्दै चेल्सी शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेका टोटनह्याम हट्सपर र म्यानचेस्टर सिटी ५६/५६ अंकका साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।
लिगमा टोटनह्यामले आज साउथह्याम्पटनसँग खेल्दा म्यानचेस्टर युनाईटेड र मिडिल्सब्रो भिड्नेछन् । यसैगरी आज हुने चर्चित खेलमा म्यानचेस्टर सिटी र लिभरपुल भिड्नेछन् ।


from ARENA http://ift.tt/2mgnViV
via IFTTT

Saturday, March 18, 2017

चलचित्र "विर बिक्रम" युटुब रिलिजको २ दिन पुग्ने लाग्दा ३ लाख ६० हजार बढि पटक हेरियो (पुरा फिल्म सहित)

फागुन ५,(सुवास संकल्प), इटहरी,
चाम्स ईण्टरटेन्मेण्ट प्रालि को प्रस्तुति रहेको फिल्म "वीर बिक्रम" युटुब रिलिज संगै यो समाचार तयार पर्दा सम्म १ दिनको अबधिमा ३ लाख ६० हजार भन्दा बढी पटक हेरिएको छ भने युटुब ट्रेण्डिङ्गको नेपालमा तेस्रो स्थानमा रहेको छ l  
सिने दर्शकका लागि पछिल्लो समय रोजाईमा परेका दयाहांग राई, अर्पण थापा, अनुप बिक्रम शाही, दिया पुन, नाजिर हुसेन, शिशिर राना, बसन्त भट्ट लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ भने मिलन चाम्स यस फिल्मका निर्माता तथा निर्देशक रहेका छन् l ओएसआर डिजिटल को युटुब च्यानल बाट फिल्म "विर बिक्रम" लाई मार्च १७ मा सार्बजनिक गरिएको हो l 
पुरा फिल्म हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला : 



via IFTTT

from SHYANE http://ift.tt/2nCxx4l
via IFTTT

धनगढी प्रिमियर लिगको सह-प्रायोजक गोल्डस्टार हुने

चैत ५। चैत अन्तिम सातादेखि कैलालीको धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिगको सहायक प्रयोजकका रुपमा किरण शु म्यानिफ्याक्चरको उत्पादन गोल्डस्टार जुत्तासँग सम्झौता भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही तथा किरण शु म्यानिफेक्चरका निर्देशक बिधुशी राणाबीच शुक्रबार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भयो ।
सम्झौता अनुसार सह-प्रयोजकका रुपमा कम्पनीले आयोजक धनगढी क्रिकेट एकेडेमीलाई ५ लाख बराबरको प्रायोजन गर्नेछ । कार्यक्रममा किरण शु कि निर्देशक राणाले राष्ट्रिय एकता र सामाजिक सदभावलाई जोगाउन सहयोग गर्ने क्रिकेट खेलसँग जोडिन पाउँदा कम्पनीले गर्व महशुस गरेको बताइन् ।
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग आगामी चैत्र २७ देखि बैशाख ९ गतेसम्म धनगढीमा आयोजना हुदैछ । प्रतियोगितामा देशभरका विभिन्न ६ वटा टिमहरुलेे सहभागिता जनाउँदैछन् ।


from ARENA http://ift.tt/2mTnSXi
via IFTTT

फिलिपिन्सविरुद्ध नेपाली राष्ट्रिय टोलीको घोषणा

चैत ५ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी एसिया कप २०१९ को छनोट प्रतियोगिताअन्तर्गत् फिलिपिन्सविरुद्ध खेल्नका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

यही चैत १५ गते फिलिपिन्सको मनिलामा हुने खेलका लागि जापानी मुख्य प्रशिक्षक ग्योतुकी कोजीले शुक्रबार तीन गोलरक्षक, सात डिफेन्डर, ६ मिडफिल्डर र चार स्ट्राइकर गरी २० जनाको टोली बनाएका हुन् ।
छानिएका गोलरक्षकमा विकेश कुथु, किरण लिम्बू र विशाल श्रेष्ठ तथा डिफेन्डरमा रबिन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल र जितेन्द्र कार्की रहेका छन् ।
त्यस्तै, मिडफिल्डरमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट र सुजल श्रेष्ठ रहेका छन् ।
त्यस्तै, स्ट्राइकरमा बिमल घर्तीमगर, रन्जन विष्ट, भरत खवास र कर्ण लिम्बू रहेका छन् ।
चोटका कारण टिममा नअटेका नवयुग श्रेष्ठको ठाउँमा कर्ण लिम्बूलाई समावेश गरिएको हो ।
बन्द प्रशिक्षणमा रहेका २७ खेलाडीमध्ये अनिल गुरुङ, सुशन लामा, देवेन्द्र तामाङ, एलन न्यौपाने, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत टिममा अट्न सकेनन् ।


from ARENA http://ift.tt/2mdooCk
via IFTTT

Friday, March 17, 2017

क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड


चैत ४ । इंग्लिश फुटबल क्लव म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ ।

गएराति भएको प्रि–क्वाटरफाईनल दोस्रो लेगको खेलमा रुसको एफसी रोस्तोभलाई १–० ले हराउँदै म्यानचेस्टर युनाईटेड क्वाटरफाईनलमा पुगेको हो ।
गएरातिको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटाले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि रुसमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
युरोपा लिग अन्तर्गत गएराति भएका अन्य खेलमा विजयी हुँदै नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम, स्पेनको सेल्टा भिगो, फ्रान्सको लियों, जर्मनीको शाल्का, टर्कीको बेसीक्टास र बेल्जीयमका एन्डरलेच्त र गेन्ट पनि क्वाटरफाईनलमा पुगेका छन् ।
- See more at: http://ift.tt/2mAXPTQ


from ARENA http://ift.tt/2m8w3So
via IFTTT

सुपर एट्स’ क्रिकेट हुँदै

चैत ४  । खुकुरी इन्टरटेन्मेन्ट र देबिबास इभेन्ट्सको संयुक्त आयोजनामा राजधानीमा ‘सुपर एट्स’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।


आगामी चैत १५ गतेदेखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना हुनेछ ।
करिब २० टोली सहभागी हुने प्रतियोगितामा ७–७ ओभरको खेल हुने आयोजकको भनाइ छ ।
प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः २० हजार र १० हजार प्राप्त गर्नेछन् ।
पहिलोपटक फरक संरचनामा आयोजना गर्न लागिएको प्रतियोगिताले सफलता पाउने आयोजकको विश्वास छ ।


from ARENA http://ift.tt/2m8BW1Z
via IFTTT

Wednesday, March 15, 2017

नेपाली टोलीको घोषणा

चैत २ । यही चैत १२ गतेदेखि बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

         चैत २२ गतेसम्म हुने प्रतियोगिताको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनोट भएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि वंैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनोट समितिले बुधबार अन्तिम टोलीको टुंगो लगाएको हो ।
स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि यो प्रतियोगितामा पनि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले समाल्ने भएका छन् ।
टोलीमा शरद भेषावकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अविनाश कर्ण, सुनील धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।
शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित एसियाका टेस्ट मान्यताप्राप्त टोलीहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


from ARENA http://ift.tt/2muOhtp
via IFTTT

हट मोडल ज्योति मगरको "ताला चाबी" सार्बजनिक (भिडियो सहित)

फागुन २,(प्रदिप पंगेनी), मलेशिया,
हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ । पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको 'ताला चावी झैँ' गीतको भिडियो सार्वजनिक गरिएको हो ।
एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् । सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन् । राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोला :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2msBB5s
via IFTTT

च्याम्पियन्स लिगको अन्तिम आठमा लेष्टर सिटी

चैत २ । इंग्लिश फुटबल क्लव लेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रि–क्वाटरफाईनल दोस्रो लेगको खेलमा लेष्टरले स्पेनिस क्लव सेभियालाई २–० ले हरायो । लेष्टरको जितमा वेस मोर्गान र मार्क अल्ब्राईटनले एक–एक गोल गरे ।
दोस्रो लेगमा हात पारेको २–० को जितपछि लेष्टस सिटी समग्रमा ३–२ ले विजयी हुँदै क्वाटरफाईनलमा पुगेको हो । पहिलो लेगको खेलमा सेभिया २–१ ले विजयी भएको थियो ।
पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको लेष्टर सिटी पहिलो सहभगितामै अन्तिम आठमा पुगेको हो ।
च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ईटालीको युभेन्टसले पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो डिबालाले निर्णायक गोल गरे ।
पहिलो लेगमा २–० ले विजयी भएको युभेन्टस गएरातिको खेलपछि समग्रमा ३–० को परिणाम निकाल्दै अन्तिम आठमा पुगेको हो ।
च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज स्पेनको एथ्लेटिको मड्रिड र जर्मनीको बायर लिभरकुजेन भिड्दा फ्रान्सको मोनाकोले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।


from ARENA http://ift.tt/2mrnYDr
via IFTTT

Tuesday, March 14, 2017

छोटो-छोटो पहिरन भन्दै छमछमी नाच्दै छिन मोडेल पार्वती राई (भिडियो सहित)

चैत्र १,(सुवास संकल्प), इटहरी,
नेपालि लोक कला सस्कृतिले पछिल्लो समय छुट्टै स्थान बनाएर आफ्नो बेग्लै परिचय बनाईरहेको छ l हरेक दिन दर्जन बढी म्युजिक भिडियोहरु सांगीतिक बजारमा रिलिज हुने गरेको छ l यहि क्रममा एक अर्को छमछमी नचाउने गीत भर्खरै सार्बजनिक भएको छ l आधुनिक युगमा नेपालि युवायुवती माझ भित्रिएको पहिरनको बारेमा कुरा गर्दै "नक्कली नानीको छोटो छोटो पहिरन" बोलको गीत सार्बजनिक भएको हो l 
लोकगीतको बजारमा उत्कृष्ट गीत तथा भिडियो निर्माण गर्दै आएको प्रियशी म्युजिक प्रा लि को प्रस्तुति रहेको उक्त गीतमा चर्चित गायिका टिका पुन र गायक भिम ज्वलन्त योगीको युगल आवाज सुन्न सकिन्छ l छमछमी नाच्ने सैलीको उक्त गीतमा ललित मगरको संगीत रहेको छ भने गायक योगी संगै ललितकै सब्द समाबेश रहेको छ l त्यस्तै मोडलिङ्गमा आफ्नो छुट्टै पहिचान बनाएर चर्चित भएकी मोडेल पार्वती राई संगै ओम श्रेष्ठले छमछमी नाचेका छन् भने अनिश लामाले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका छन् l प्रियशी म्युजिक कम्पनिले आफ्नै युटुब च्यानल बाट सार्बजनिक गरेको सो गीतलाई अविनाश डि शि ले सम्पादन गरेका छन् l 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2mW2X7N
via IFTTT