Photo of Milford Sound in New Zealand

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । युवकयुवतीले राजधानी काठमाडौंको ठाउँठाउँमा समूह बनाएर फागुको मजा लिइरहेका छन् । 
बिहीबार बिहानैदेखि पर्यटकीय गन्तव्य बसन्तपुरमा पनि स्वतस्फूर्त रुपमा होली मनाइँदै छ । विशेष गरेर बसन्तपुरमा विदेशी पर्यटकहरु होलीको रंगमा रमाइरहेका देखिएको छ ।

तीन वर्षसम्म रंग विनाको होली इन्जोय गर्दै आइरहेकी अभिनेत्री श्वेता खड्का यसपटक भने रंगहरुसँग मज्जैले रमाइएकी छिन् ।

विवाहको एक महिना पनि नवित्दै श्रीमान तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएपछि उनी रंगको सामुन्ने कहिल्यै परिनन् । तर, विस्तारै उनी अहिले सामान्य जीवनमा फर्किएकी छिन् ।

झण्डै डेढ वर्षसम्म श्रीमानको निधनको शोकमा डुबेकी श्वेताले पुनः फिल्म निर्माण र अभिनयलाई पनि अगाडि बढाएकी छिन् । शोकलाई शक्तिमा बदल्दै उनले निर्माण र अभिनय गरेको फिल्म ‘कान्छी’ हाल प्रदर्शनरत छ ।

दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण पनि हुन सक्छ यस वर्षको होली श्वेताका लागि झन विशेष बनेको छ ।

बिहानी मिटिङमा सहभागी भएर फर्किएकी उनी अहिले घरमा आफन्तहरुसँग होली मनाइहेकी छिन् । विभिन्न ठाउँबाट होली मनाउनका लागि निम्तो आए पनि उनी बाहिर भने निस्किएकी छैनन् ।

घरमा आएका आफन्त र साथीहरुलाई रंग दलेर उनी होलीको खुसी साटासाट गरिरहेकी छिन् ।

The post तीन वर्षपछि रंगमा रंगिइन् श्वेता ! (फोटोसहित) appeared first on Taja nepali news.

http://ift.tt/2owLHpW

from SHYANE http://ift.tt/2GQIJmL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top