Photo of Milford Sound in New Zealand

ललितपुरको इमाडोलमा २०१४ असार १५ मा जन्मिएका हास्यकलाकार किरण केसी अहिले बुढेसकालले छुन लागेको बेलामा पनि होली भनेपछि असाध्यै रमाउछन। उनी इमाडोल गाबिसका स्थायी बासिन्दा हुन्। रंगहरुको पर्व अर्थात फागु पूर्णिमाको दिन उनी दिनभर रंगहरुसँग खेलेरै बिताउँछन् ।

तन्नेरी उरन्ठेउला उमेरमा उनले लुकेर केटीहरुलाई पानी छ्याप्नेदेखि जबरजस्ती र छक्क्याएर अबिर दलेर भाग्ने काम पटक–पटक गरे । अहिले सम्झदासमेत मन निकै आनन्दित हुने र केही लज्जाभाव पनि आउने भन्दै उनले आफ्नो विगतका कुरा कोट्याउन थाले।

केसीले भने, ‘ त्यसरी होली खेल्दाको अनुभव निकै रमाईलो हुन्थ्यो ।’ त्यसरी नै रमाईलो गर्ने क्रममा उनले एउटी युवतीको दह्रो झापड भेटेका थिए। उक्त घटना उनले अहिलेसम्म पनि बिर्सेका छैनन्। ‘हरेक वर्ष आउने होलीको दिनले झन् उक्त घटनालाई ताजा बनाउने गर्छ, कसरी बिर्सन सक्छु र त्यो घटना म, उनले भने। अझ थप्दै उनले भने ‘ त्यस्तो कुरोलाई मैले कहाँ सजिलै बिर्सन सक्छु र , अहिले पनि घटना सम्झँदा गाला रनन भएर आउँछ ‘

यो घटना आज भन्दा करिब २७ वर्ष अगाडीको हो। तत्कालीन इमाडोल गाबिस वडा नं. २२ निवासी एउटी केटी निकै राम्री थिइन् । कहिले होली आउला र उनलाई रङ दलुँला भनेर उनी कल्पनाको सागरमा डुब्ने गर्थे। होली पनि आयो। होलीको दिन मौकाको फाइदा उठाउदै केटीलाई समातेर अनुहारभारी रङ दलिदिए, केसीले।उनले सोचेका थिए, केटीले पनि उनको गालामा पनि उसैगरी दलिदेली भनेर। तर, वास्तविकतामा त्यस्तो भएन। केटीले उनको गालामा रङ दल्नुको सट्टा कसेर चड्कन हानेर गई।

‘त्यो चड्कन खाएर चेतेपछि मैले थाहा पाएँ कि कसैलाई पनि जबरजस्ती रङ दल्न हुँदो रहेनछ ।’ त्यस घटना पछि आजसम्म कसैमाथि इच्छा विपरित रंग दलेको , लोला र पानी हानेको छैनन्। र उनले सबैलाई विनम्र अनुरोध गर्दै भने, ‘ यो खुसीको पर्व हो, इच्छा विपरीत कसैलाई पनि कहीँ नगरौँ र अवाञ्छित गतिविधिहरु पनि नगरौँ।

The post होली खेल्दै गर्दा किरण केसी (राता मकै)लाई युवतीले दह्रो झापड हानिन् ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CQP0fZ
via IFTTT
01 Mar 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top