Photo of Milford Sound in New Zealand

काठमाडौँ !! नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले भोली आइतबार देशैभरीका शैक्षिक संस्था बन्द गर्ने भएको छ । उक्त संगठनका महासचिव दिपेन्द्र चलाउनेसहित देशभर पक्राउ गरिएका नेता कार्यकर्तालाई रिहाइ नगरेको भन्दै विरोधस्वरुप हड्तालको घोषणा गरेको हो ।

सरकारले गिरफ्तार नेताहरुको रिहाइको गर्नुको साटो देशभरबाट थप गिरफ्तार गरिरहेको छ । त्यसैले पूर्व घोषित शैक्षिक हड्ताल जारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारीले फागुन १६ गते देशव्यापी विरोध प्रदर्शन, फागुन १७, १८ प्रचारप्रसार, फागुन १९ अन्तरक्रियासहित २० गते आम शैक्षिक हड्ताल घोषणा गरेको थियो । भोलि शैक्षिक संस्था बन्द गरेर आफ्नो आन्दोलनलाई सहयोग गर्न अखिल क्रान्तिकारीले सबैमा आग्रह गरेको छ ।

The post नेपालिलाइ कहिलै पनि सुख नदिने भो । भोलि फेरि बन्दको घोषणा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FjxWo0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top