Photo of Milford Sound in New Zealand

एजेन्सी । राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा । तपाईको राशिले निर्धारण गर्छ कस्तो साथी पाउनुहुन्छ ।

कर्कट राशि
जुन मानिसको राशि कर्कट हो उनको लागि कर्कट, वृश्चिक या मीन राशिको साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध उत्तम मानिन्छ । कर्कट राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य हुन्छन् ।

यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशिका मानिससँग कर्कट राशिको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मेष, सिंह या धनु राशि हुनेहरु त्यति राम्रो मानिदैन । यिनीहरुको प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ ।

सिंह राशि
सिंह राशिका मानिसका लागि मेष, सिंह या धनु राशिका साथी उत्तम हुन्छ । यिनका बीचको प्रेम सम्बन्ध सफल हुन्छ । यदि कुनै व्यक्तिको राशि सिंह हो र उ मिथुन,तुला या कुम्भ राशिका साथीसँग मित्रता राख्न चाहन्छ भने यो जोडी सामान्य रहने छ ।

जनु मानिसको राशि सिंह हो, उसको लागि वृष, कन्या या मकर राशि के व्यक्तिका साथ प्रेम सम्बन्ध हुने सम्भावना ५०–५० हुन्छ । सिंह राशिका लागि कर्कट, वृश्चिक या मीन राशिसंगको जोडी त्यती राम्रो हुँदैन ।

The post कर्कट र सिंह राशि हुनेले नछुटाइ पढ्नुहोस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GOHF3W
via IFTTT

0 comments:

Post a Comment

add

 
Top