Photo of Milford Sound in New Zealand

हैटको उपनामले चर्चित कलाकार बुद्धि तामाङ ३६ वर्षमा प्रवेश गरेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको तिमालमा जन्मिएका बुद्धिले हालसम्म ३० बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनलाई थुप्रै कलाकर्मी सामाजिक सञ्जाल फेसबुकमा जन्मदिनको शुभेच्छा व्यक्त गरिरहेका छन् ।

फिल्ममा व्यस्त भैरहेका बुद्धिले अहिलेसम्म पनि विवाह गरेका छैनन् । किन त ? ‘खै लगन नै जुरेका छैन’, ‘जय भोले को छायाँकनमा रहेका बुद्धि भन्छन्, ‘अब अर्को साल गर्नु पर्ला ।’

उसो विगत पाँच वर्षदेखि उनले आफ्नो विवाह अर्को साल गर्ने बताउँदै आइरहेका छन् । भनेपछि तपाईं कसैको माया प्रेममा हुनुहुन्छ ? प्रेम त भैहाल्छ नि, बुद्धि हाँस्दै भन्छन् । उनले आफ्नो प्रेमिकाको विषयमा भने थप बताउँन चाहेनन् ।

‘कबड्ड’, ‘कबड्डी कबड्डी’ र ‘छक्का पञ्जा’ को सिरिज जस्ता सुपरहिट फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका कलाकार तामांगलाई जन्मदिनको धेरै धेरै शुभकामना !

The post बुद्धि तामाङ (हैट)को आज जन्मदिन ! ३६ वर्षमा प्रवेश गरे (ह्याप्पी वर्थ डे) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2oE20kJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top