Photo of Milford Sound in New Zealand

कार्तिक १६, इटहरी,
नेपालि संगीत क्षेत्रका प्रखर, प्रतिभाशाली तथा चर्चित गायक प्रमोद खरेलको नया म्युजिक भिडियोको सुटिङ्ग सम्पन्न भएको छ l 
देश भन्दा बाहिर प्रबासमा रहेर पनि संगीतलाई माया गर्दै पछि सम्म यहि क्षेत्रमा लागेर राम्रो गीतकारको सुची मा नाम लेखाउने सपना बोकेका गीतकार रोहित घिमिरेले यो गीतमा सब्द भरेका छन् l 
 मायामा धोका पछिको पिडा भाब झल्किने यस गीतको सब्दहरु रोहितको आफ्नै जीवन घटना हो भने भिडियोमा उनि आफैले पनि जिवन्त अभिनय गरेका छन् l  
 पछिल्लो समय सबैको रोजाईमा पर्दै गएको पुर्व क्षेत्रलाई सुटिङ्ग स्थल रोज्दै भेडेटार, धरान र इटहरीमा पूर्वकै टीम संग मिलेर भिडियो सुटिङ्ग गरिएको हो l "संगै जिउने मर्ने कसम" बोलको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ भने सब्द रोहित घिमिरे र रमेश श्रेष्ठ को संगीतमा देबेन्द्र नेवाले एरेन्ज गरेका छन् l 
 उक्त गीतको भिडियोलाई डि थ्री प्रोडक्सन नेपाल, इटहरीले निर्माण गरेको हो भने भिडियोमा कन्सेप्ट तथा निर्देशन सुवास संकल्पको रहेको छ l 
त्यस्तै रोहित घिमिरे, एलिशा बास्तोला, दिपक श्रेष्ठ र अनु राईको अभिनय, निक बिष्टको छायांकन रहेको छ भने सोम मग्रातिले मेकअप गरेका छन् l केहि सातामै भिडियो बजारमा ल्याउने तयारि भईरहेको छ l



via IFTTT

from SHYANE http://ift.tt/2e0FpLY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top