Photo of Milford Sound in New Zealand

कार्तिक २४, इटहरी,
दर्जनौ म्युजिक  भिडियोमा छायाँकारका  रुपमा काम गरिसकेका र भिडियो सम्पादनमा पनि राम्रो दख्खल भएका पासाङ शेर्पाले अब गायन क्षेत्रमा पनि पाइला टेकेका छन । 
तपाईं त छायांकन अनि सम्पादनमा पनि राम्रो दख्खल भएको मान्छे कसरी गायन क्षेत्रमा रुचि जाग्यो भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नू हुन्छ " गायन मेरो रुचि होइन , रुचि त छायांकनमा हो तर गीत संगीत मेरो जीवन हो , जसलाई  म जिउछु ।" उनले  यो गीतलाई चलि  आएको शैली भन्दा अलि फरक शैलिमा  प्रस्तुत  गरेका छन । उनका अनुसार यो गीत करिब चार बर्ष अघि नै रचना गरिएको हो । 
यति समय किन लाग्यो भन्ने हाम्रो प्रश्नमा उहाँ भन्नू हुन्छ "सबै कुराको समय आउनु पर्दो रहेछ ।"  सबिन लिम्बुको अरेन्ज  रहेको यो गित पप आधुनिक शैलिको  छ । यो गितलाइ सबै बर्ग उमेरकाले रुचाउने गायक पासाङको बिस्वास छ । उनको यो पहिलो गित भएपनी सुन्दा तेस्तो लाग्दैन । निक्कैनै मीठो तरिकाले गाएका छन । हाललाई एउटा गीत मात्र बजारमा ल्याए पनि चाडै नै अल्बम नै रिलिज गर्ने गायक पासाङ जानकारी दिन्छन । 
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://www.shyane.com.np/2016/11/blog-post_9.html
via IFTTT

0 comments:

Post a Comment

add

 
Top