Photo of Milford Sound in New Zealand

कार्तिक २३, (प्रकाश साक्य) कतार,
ओखलढुङ्गा मुलखर्क–१ का ब्लड क्यान्सर बिरामी अनिका तामाङलाई ओखलढुङ्गा सेवा समाज, दोह कतारले उपचारको लागि आर्थिक सहयोग गरेको छ । ओखलढुङ्गा सेवा समाज कतारलाई सहयोगका लागि अनुरोध पत्र प्राप्त भए लगतै गत अक्टोबर १४ देखि नोभेम्बर ४ सम्म तीन हाप्त सहयोग संकलन अभियानमा संकलन भएको एक लाख दुई हजार पाँचसय बयानब्बे रुपैयाँ (१,०२,५९२) हस्तान्तरण गरेको हो । हाल बिदाको समयमा नेपामा रहेका ओखलढुङ्गा सेवा समाज कतारका प्रथम उपाध्यक्ष भिम तामाङ मार्फत सोमबार उक्त रकम स्वयं बिरामी अनिकालाई प्रदान गरेको थियो । 
हस्तान्तरणको क्रममा ओखलढुङ्गा सेवा समाज नेपालका अध्यक्ष नवराज श्रेष्ठ, उपाध्यक्ष पदम पाख्रिन, सचिव इश्वर दाहाल, सदस्य राम थापा, अशोक गोले, ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाका अध्यक्ष प्रेम सुन्दर तामाङ, ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्च एमालेका अध्यक्ष चन्द्रशेर राई, युवा व्यवसायी लील तामाङ, गीतकार तथा गायक जिबन बम्जन, बिरामीका मामा गणेश बहादुर तामाङ लगायतका उपस्थितिमा सहयोग हस्तान्तरण गरेका थियौं । उक्त रकम संस्थाको कोष, समाजका सदस्यहरु, कतारमा रहेका प्रवासी संघ संस्था तथा व्यक्तित्व, नेपाल तामाङ कलाकार संघको बनभोज कार्यक्रममा डोनेशन बक्समा संकलन, म्हेन्दोमाया परिवार कतारबाट संकलित भएको थियो । 
छुटाछुट्टै भएको बनभोज कार्यक्रममा संकलित रकम दुई हजार छ सय नब्बे कतारी (२,५९०) रियाल काभ्रेकी मञ्जु तामाङको स्वस्थ्य उपचारको लागि निमा योञ्जन र एक हजार तीन सय पैतालीस कतारी रियाल (१,३४५) अनिका तामाङका लागि ओखलढुङ्गा सेवा समाज कतारका अध्यक्ष अशोक सिङ्दन तामाङले बुझिलिइएको सिङ्दनले जानकारी दिनुभयो । अनिका विगत २ महिनादेखि शिक्षण अस्पताल महांराजगंजको बेडमा मृत्युलाई लडिरहेकी छिन् । ओखलढुङ्गा मुलखर्क गाविस–१ का दल बहादुर तामाङ र खिम माया तामाङकी २० बर्षीय एक छोरी हुन् ।  घरको आर्थिक अवस्था कमजोरका कारण र उनकी स्वस्थ्य उपचारमा लगभग बीस देखि तीस लाख लाग्ने हुँदा उपचारको लागि आम समुदायसँग सहयोगको अभियान चलाएको बिरामीका मामा गणेश बहादुर तामाङले बताउनुभयो ।



via IFTTT

from SHYANE http://ift.tt/2eIEWwC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top