Wednesday, May 31, 2017

Sunny Leone ESCAPES From Major Plane CRASH

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rd3YKl
via IFTTT

गिट्टि कुटेको पैसा माग्दा कुटपिट

जाजरकोट / गिट्टि कुटेको पैसा माग्दा एक महिला माथि कुटपिट भएको छ । घर बनाउँने प्रयोजनको लागी गिट्टि कुटेकाे परिश्रमको पैसा माग्दा कुटपिट गरिएको छ । त्रिवेणी नगरपालिका ३ कि पुतला वुढा दिनहुँ मजदुरी गरेर खाने गरेकि पुतलाले जिल्ला सदरमुकाम खलंगाकोभेरी नगरपालिका ३ ठाटी स्थित न्यु मलालक्ष्मी कपडा को साहुनी मायादेवी शाहि द्वारा पसलभित्र नै भेरी नगरपालिका ३ ठाटी स्थित कपड़ा पसलभित्र नै वुढाले मजदुरी गरेको पैसा माग्दा कुटपिट गरिएको स्थानियहरूले जनकारी गराएका छन् ।
पैसा माग्दा कुटपिट गर्दा पुतलाको टाउकोमा गम्भीर चोट लागेको छ र पुतलाको अहिले नेपालगन्ज हस्पिटल मा उपचार भईरहेको छ । purbelinews

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rGwbLf
via IFTTT

सरकारको नयाँ प्रावधानले अब मोटरसाइकल चलाउन नसकिने !

काठमाडौं, १६ जेठ । दुई पांग्रे सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ । सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३–२०७४ मा बढाइएको थियो ।

२५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो ।

त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ ।

१५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ । त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ ।

तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ ।

कुन मोटरसाइकलको सडक कर कति पुग्यो?

१२५ सिसिसम्मको मोटरसाइकल- १० हजार
१२६देखि २५० सम्म-१२ हजार
२५१देखि ४०० सम्म-१५ हजार
४०१देखि माथि सबै-२० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो?

१२५सिसि सम्म-२५ सय
१२६-२५० सम्म- ४ हजार
२५१देखि ४०० सम्म- ८ हजार
४०१देखि माथिका सबै- १५ हजार

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rmjUZl
via IFTTT

चाइनिज गाई नेपाल ल्याउने तयारी

जेठ १८, काठमाडौं – दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ ।

भारतबाट उन्नत जातका गाई ल्याउने प्रउास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो । आजको नागरिकमा यो खबर छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नश्लका गाईसहित नयाँ परियोजना ल्याउन सुरु गरेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qCFzzi
via IFTTT

हरियो खुर्सानी मा भेटियो क्यान्सर को उपचार

तपाईलाई झट्ट सुन्दा पनि अचम्म लाग्न सक्छ । हरियो खुर्सानीको प्रयोगले क्यान्सरबाट बचाउँछ भनेको सुन्दा । तर वास्तविकता हो यो, नियमित हरियो खुर्सानीको प्रयोगले प्राणघातक रोग क्यान्सरबाट बचाउन सक्छ ।हुन त प्रायजसो हामी घरमा खाना बनाउने समयमा पिरो चिजहरुलाई खासै प्रयोगमा ल्याउँदैनौ । तर धेरैजसो मानिसहरुलाई पिरो अमिलो मन पर्छ नै ।

तर जसले आफ्नो खानामा दुई वटा हरियो खुर्सानी नियमित सेवन गर्दछन्, ऊ क्यान्सर जस्तो प्राणघातक रोगबाट बच्न सक्छ भन्ने कुरा पछिल्लो अध्ययनले देखाएको छ । हरियो खुर्सानी प्राकृतिक रुपले नै रोग प्रतिरोधक क्षमता बढाउँछ । जसले क्यान्सर जस्तो रोगबाट बचाउन सक्छ । हरियो खुर्सानीका अन्य फाईदाहरु पनि छन् । मोटोपना कम गर्छ । यदी तपाई खानाको विषमा धेरै सोच्नुहुन्छ र सधैँ क्यालोरी खाना खानुहुन्छ भने हरियो खुर्सानी तपाइको लागि राम्रो विकल्प बन्न सक्छ । हरियो खुर्सानीमा क्यालोरी हुँदैन ।

त्यसैले यदी तपाई आफ्नो शरीरको वजन कम गर्न चाहानुहुन्छ भने हरियो खुर्सानी लाभदायक हुन्छ । त्यस्तै क्यान्सर, पुरुषहरुमा प्रोस्टेट क्यान्सर हुने सम्भावना बढी हुन्छ । एक अनुसन्धानका अनुसार हरीयो खुर्सानीको सेवनले प्रोस्टेट क्यान्सरबाट बचाउँछ । हरीयो खुर्सानीमा एक यस्तो पाईन्छ जसले क्यान्सरको जोखिम कम गर्छ । तन्दरुस्त बनाईराख्न यसले मदत गर्छ । हरियो खुर्सानीमा भिटामिन ई पनि भरपुर मात्रामा हुन्छ । हरियो खुर्सानीमा प्राकृतिक तेल हुन्छ जसले छालालाई नरम बनाई राख्छ । यसले तपाईलाई तन्दरुस्त र जवान देखाउँछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qCyrPu
via IFTTT

हतारको निर्णयले ६ अर्बको भार

जेठ १८, काठमाडौं – स्थानीय तह निर्वाचन सुरक्षाका लागि हतारमा म्यादी प्रहरी भर्ना गर्दा राज्य कोषको करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ ।

सुरक्षा योजना अनुसार दुई चरणमा निर्वाचन गर्द सुरक्षा संगठनकै जनशक्तिले पुग्थ्यो, म्यादी प्रहरी भर्ना गर्नुपर्दैनथ्यो ।

एकै चरणमा निर्वाचन गराउने योजनाअनुसार म्यादी प्रहरी भर्ना गरिए पनि त्यस्तो हुन सकेन । आजको नागरिकमा खबर छ ।

जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयअनुसार गृहले म्यादी प्रहरीको सेवा अवधि ५५ दिनबाट ७५ दिन पुर्याएको थियो ।

असार १४ गते निर्वाचन सार्दा म्यादी प्रहरीको फेरी १५ दिन म्याद बढ्न सक्छ । थप १५ दिन बढ्दा तलब, भत्ताबापत मात्रै करिब ३ अर्ब रुपैयाँ खर्च बढ्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rWtOUa
via IFTTT

कैलाशको शोकमा डुब्यो भोजपुर

काठमाडौं, १७ जेठ । सुर्खेतबाट सेनाको रासन बोकेर हुम्लाको सिमीकोट पुगेको एनए ४८ कल साइनको सैनिक हवाईजहाज त्यहाँको मौसम खराब भएकाले मंगलबार दिउँसो साढे १२ बजेतिर बाजुराको कोल्टीमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भयो ।

दुर्घटनामा हवाईजहाजचालक महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भयो । कैलाशको मृत्यु भएको दुःखद समाचार सञ्चारमाध्यममा आएसँगै कैलाशका बालसखा आत्मीय साथी हरि राई स्तब्ध भए।

सामाजिक सञ्जालमार्फत अचानक यो खबर थाहा पाउँदा उनले बालापन सम्झिए। ‘आज मैले मेरो असल र प्यारो साथी गुमाएको छु’, भावुकतामा डुब्दै उनले भने, ‘लेखान्तले कहाँ पुर्‍याउँदो रहेछ, सपनाजस्तै लागिरहेको छ, उसले उडाएको जहाज क्र्यास भएको ।’ हरि अहिले एमाले केन्द्रीय सदस्य हुन्। उनी यो दुःखद समाचार थाहा पाउँदा स्थानीय तहको चुनाव प्रचारप्रसारमा व्यस्त थिए।

भोजपुरको पश्चिमी ट्याम्के मैयुम गाउँपालिका-२, छिनामखुको घोडेनागी नौलेगाउँमा जन्मिएका कैलाश सानैदेखि मिहिनेती थिए। साथीभाइसँग मीठो बोल्ने उनी नराम्रा प्रवृत्तिबाट सधैं टाढा रहे। २०२७ सालमा भूपू ब्रिटिस गोर्खा आर्मी नरबहादुर गुरुङको माइलो सन्तानको रुपमा जन्मिएका कैलाशका एक दाजु, दुई भाइ र चार दिदीबहिनी छन् ।

कैलाशलाई पनि बाबुजस्तै आर्मी हुने रहर थियो उनी सानैदेखि मिहिनेती र पढाइमा तेज रहेको उनका साथीभाइहरू भन्छन्। उनले धनकुटा-हिले हुँदै चतराबाट नुनको भारी पनि बोकेका थिए।

घरबाट किताब-कापी च्यापेर, सामान्य सर्ट कट्टु र बकुला छाप फित्ते चप्पल लगाएर २/३ घन्टा लामो बाटो हिँडेर विद्यालय धाउने गरेको हरि सम्झिन्छन्। ‘हामीसँगै एउटै कक्षामा पढ्दा उनले कहिल्यै कसैलाई बिझ्ने केही भनेनन्, न त झैझगडा नै गरे । साथीभाइसँग साह्रै मिल्थे’, हरिले सम्झिए, ‘उनी अन्नपूर्ण माविबाटै ०४३ सालमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौं गए ।

त्यहाँ उनले प्राविधिक शिक्षा अध्ययन र उत्तीर्ण गरी सेनामा भर्ती भए।’ प्रतिभाशाली कैलाशको गीत/संगीतमा पनि गहिरो लगाव थियो । उनले धेरै गीतमा संगीत भरेका छन् भने गीत पनि लेखेका छन्। एकान्त मन पराउने उनी गीत गुनगुनाइरहने हरिले बताए।

करिब १० वर्षअघि भोजपुर जिल्लामा पहिलो पटक सेनाको हेलिकोप्टरबाट ल्यान्डरोभर गाडी लगिएको थियो । सुवास नेम्वाङ सभामुख भएका बेला तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको समन्वयमा क्याप्टेन कैलाशले नै गाडी हेलिकोप्टरबाट भोजपुर लगेका थिए। उनी आफ्नो जिल्लामा पहिलोपटक कच्ची सडकमा गाडी ल्याएर भोजपुरे जनतालाई यातायातको सुविधा अनुभूति गराउने पहिलो व्यक्ति हुन्। त्यसबेला उनी नेपाली सेनाको मेजर थिए।

कैलाशको परिवार करिब १९ वर्षअघि नै गाउँको घरजग्गा बेचेर काठमाडौं बसाइ सरेका थिए। एकै सातामा दुई सपुत गुमाउँदा सिंगो भोजपुरे यतिबेला शोकमा छन् ।सफल, कर्तव्यनिष्ठ व्यक्तित्व गुमाएकोमा भोजपुर जिल्ला शोकसन्तप्त भएको स्थानीय भोला राईले बताए।

‘यो साता भोजपुरले शनिबार साङपाङमा जन्मिएका वरिष्ठ क्याप्टेन पारसकुमार राई र मंगलबार छिनामखुमा जन्मिएका सेनाका महासेनानी क्याप्टेन कैलाश गुरुङजस्ता व्यक्तित्व गुमाएकोमा हामी सम्पूर्ण भोजपुरवासी शोकमा छौँ’, उनले गहिरो वेदनायुक्त शब्दमा भने। अन्नपूर्ण पोष्टमा समाचार छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rFdXtt
via IFTTT

अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या

खोटाङ । अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो ।

घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्किदै गरेकी विश्वकर्माको हलेसी–दिक्तेल सडकखण्डको घुम्तीबाट इलाका स्वास्थ्यचौकी हलेसी जाने बाटोमा पर्ने पात्ले टोलमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

विश्वकर्माको हत्यामा सलग्नको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति मुचुल्का, शव जाँच मुचुल्कालगायत प्रारम्भीक अनुसन्धानपछि विश्वकर्माको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

हत्यापछि विश्वकर्माले कानमा लगाएको सुनको रिङ, फुली र सौभाग्य लुटेको पाइएको प्रनाउ प्रधानले जानकारी दिनुभयो । रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rUz3E4
via IFTTT

विद्यालयमा आगजनीपछि विद्यार्थी रुदै घर फर्किए

खोटाङ, १७ जेठ । आगलागीमा परी विद्यालय ध्वस्त भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविको पठनपाठन बन्द गरिएको छ ।

स्थानीयवासी सुतिसकेपछि अज्ञात समूहले सोमबार राति विद्यालयमा आगजनी गरेपछि अर्को विकल्प नभएसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

जिल्लाको नमुना मानिएको ज्योति माविमा अहिले २६१ विद्यार्थी अध्ययनरत छन् । अज्ञात समूहले विद्यालयमा आगजनी गरेपछि मङ्गलबार बिहान विद्यालय आएका विद्यार्थी रुदै घर फर्किएका प्रधानाध्यापक टीकाबहादुर श्रेष्ठले बताउनुभयो ।

अज्ञात समूहले गरेको आगजानीबाट विद्यालयको दुई कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित नौंवटा कोठा ध्वस्त बनेको छ । राति करिब १२ बजे सुरु भएको आगोले विद्यालयको प्रशासन कक्षमा राखिएको १० थान दराज, टेबल, कुर्सी, विद्यालयसँग सम्बन्धित कागजात, शैक्षिक सामग्रीलगायत जल्दा करिब रु साँढे दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

२०४६ सालमा स्थापना भएको विद्यालयको आगलागीका कारण खुल्न सकेको छैन ।

विद्यालयको चारैतिरबाट एकैपटक आगो लाग्न सुरु भएका कारण नियोजितरुपमा कसैले आगो लगाइएको अभिभावकले दाबी गरेका छन् ।

जिल्लामा निजी विद्यालयमा मात्र अङ्ग्रेजी माध्यमबाट पठन–पाठन हुने समयमा ज्योति माविले २०६५ सालदेखि अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको थियो । सो विद्यायलले जिल्लामा नमुना विद्यालयका रुपमा पहिचान बनाएको छ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qGtogh
via IFTTT

वीर अस्पताल हिँडेकी आइतीमाया जब बग्गीखाना पुगिन्

आइतीमाया तामाङलाई सडकपारिको वीर अस्पतालमा गएर डाक्टर देखाउन ढिलो भइसकेको थियो। लामो समयदेखि त्यहाँ क्यान्सरको उपचार गराइरहेकी यी ३० वर्षीया ग्रामीणलाई बुधबार दिउँसो चाहिँ अनौठो आइलाग्यो।

‘अरू दिन सडक काटेर पारि जाने हुलै हुन्थ्यो, म पनि उनीहरू सँगसँगै मिसिन्थेँ,’ उनी भन्दै थिइन्, ‘आज चाहिँ एकछिनसम्मै सडकमा पर्खुन्जेल पनि बाटो काट्ने कोही नदेखेपछि गाडी नआएको मौका पारेर एक्लै फुत्त पारि जान खोजेकी थिएँ।’

ठ्याक्कै त्यतिबेलै ड्युटीमा रहेका ट्राफिकले आइतीमायालाई बोलाइहाले। नुवाकोटकी यी लजालु युवती रातोपिरो अनुहार लगाउँदै बोलाएको ठाउँतिर लागिन्। ट्राफिकले दुई सय रुपैयाँ जरिवाना मागे।

‘मसँग सय रुपैयाँ मात्रै थियो,’ उनले थपिन्, ‘त्यतिले पुग्दैन भन्नुभयो।’

त्यसपछि आइतीमायालाई ट्राफिक प्रहरीले बग्गीखाना पुर्याए। त्यहाँ मापसे गरेर कारबाहीमा परेकाहरूको ठूलै हुल थियो। त्यसैमा मिसिएर उनले कक्षा लिन सुरु गरिन्।

दुई वर्षदेखि क्यान्सरले पिरोलेपछि राजधानीका धेरै अस्पताल चहारेर भएका पैसा पनि सबै सकिएको आइतीमायाले सुनाइन्। ‘त्यो परको पुलबाट बाटो काट्नुपर्छ भनेर मलाई आजसम्म कसैले बताएनन्,’ उनी बिलौना गरिरहेकी थिइन्, ‘अरू दिन बाटो काट्नेहरु यस्तो कुराको जानकार भएकैले चनाखो भइहाले। म चाहिँ फसेँ।’

महानगरिय ट्राफिक प्रहरी महाशाखाले सूचना जारी गर्दै पैदलयात्रीमाथि कारबाहीको घोषणा गरेको दोश्रो दिन यसरी सजायको भागी भएकी थिइन् आइतीमाया। जथाभाबी बाटो काट्ने पैदलयात्रीलाई कारबाहीस्वरुप दुई सय रुपैयाँ जरिवाना गर्ने र पैसा नतिर्नेको हकमा तीन घन्टा नियन्त्रणमा लिने चेतावनीअनुसारै उनी प्रहरी हिरासतमा परेकी थिइन्। त्यो हिरासतको अवधिमै उनलाई बग्गीखाना लगेर तालिम दिइएको थियो।

ट्राफिक प्रहरीले यसरी जथाभाबी बाटो काटेको भन्दै मंगलबार ३ हजार ३ सय ४८ जनालाई कारबाही गरेको थियो। तीमध्ये ८ सय ४० जना आइतीमायाजस्तै निमुखा थिए, जोसँग ट्राफिक प्रहरीलाई जरिवाना तिर्न खल्तीमा दुई सय रुपैयाँ पनि थिएन।

‘काठमाडौंको सडक नै पैदलयात्रीलाई सबैभन्दा हेपेर केवल इन्जिनगाडीको हित हुन ेगरी विस्तार भएका छन्,’ सहरी योजनाविद् सूर्यराज आचार्य भन्छन्, ‘यसरी अपहेलना झेल्दै आएका पैदलयात्रीलाई कुनै कारबाही सुरु गर्नुअघि कम्तीमा छ महिनादेखि एक वर्ष लगाएर सडक हिँड्नेहरूका लागि अनुकूल बनाउने र व्यापक जनचेतना चलाउनुपथ्र्यो।’

आचार्यका अनुसार लिच्छविकालमा विकास भएका उपत्यकाका सबै सहर केवल पैदलयात्रीको हिसाबले उभ्याइएको थियो।

‘यस्तो सहर विस्तार हुँदैजाँदा अहिले पैदल हिँड्नेका लागि कुनै सोचाइ नै राख्ने गरिएको छैन,’ उनी भन्छन्, ‘नीति बनाउने र कार्यान्वयन गर्ने सरकारको मात्र के कुरा, फुटपाथमा हिँड्नेहरू अरु निकायबाट पनि अनुसन्धानै नगरिने वर्गमा पर्छन्।’

आइतीमाया र सूर्यराज आचार्यका भनाइ सुनिसकेर यो कारबाहीको प्रारम्भ गर्ने ट्राफिक प्रहरीका हाकिमसम्म पुग्दा चाहिँ उनले आफ्नै तर्क दिए।

‘सडकमा सबैभन्दा बढी मृत्यु पैदलयात्री र उनीहरूले सिर्जना गरेको दुर्घटनाबाटै भइरहेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले सेतोपाटीसँग भने, ‘यसलाई तत्काल नियन्त्रण नथाल्ने हो भने दिनप्रतिदिन बढ्दो दुर्घटनाको क्रमलाई हामी कसैले रोक्न सक्दैनौं।’

सोलुखुम्बुका मिङमार सोझा र एकोहोरा देखिन्थे। उनले दुर्घटनाको तथ्यांक नै मगाएर टेबुलमा फैलाए। यो वर्ष मात्रै काठमाडौंको सडकमा १ सय ४८ जनाको मृत्यु भएकामा त्यसमध्ये ६३ जना अर्थात् ४२ प्रतिशत पैदलयात्री रहेछन्। पछिल्लो पाँच वर्षको तथ्यांकका आधारमा सडकमा कूल मृत्युको ४१ प्रतिशत पैदलयात्री थिए।

‘पैदलयात्रीकै कारणले मृत्यु हुने सवारीचालक वा यात्रीको संख्या जोड्ने हो भने त्यो फेरि सडकमा कूल मृतक संख्याको आधाभन्दा बढी हुन्छ,’ डिआइजी लामा थप्छन्, ‘यो संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ।’

सडकमा हिँड्ने पैदलयात्रीहरू पनि सचेत र अनुशासित हुनुपर्छ भन्नेमा विज्ञ आचार्यको पनि दुईमत छैन। तर, सडकमा प्रस्टै हेपिएका देखिने पैदलयात्रीहरूलाई मात्र नियमको भारी लगाउने र सरकारले चाहिँ तिनका निम्ति आवश्यक पूर्वाधारको कुनै बन्दोबस्त नगर्ने काम आफैंमा अन्याय भएको उनी दाबी गर्छन्।

काठमाडौं उपत्यकाभर कुल १५ सय ९४ दशमलव ६७ किलोमिटर सडक छ। यति लामो सडकमा यहाँ ३ सय स्थानमा मात्र जेब्राक्रसिङ छन्। अर्थात्, औसत झन्डै साढे पाँच किलोमिटर यात्रा गरेपछि मात्र यहाँका पदयात्रीले बाटो काट्न एउटा जेब्राक्रसिङ भेट्छन्। त्यसैगरी यहाँ जम्मा २२ वटा आकाशे पुल छन्। निकै अघि रत्नपार्कमा सडक काट्न बनाइएको एक मात्र सब वे पनि दुर्गन्धित भएकाले राम्ररी चलनमा आउन सकेको छैन।

सबैभन्दा पहिले त काठमाडौंमा कुल क्षेत्रफलको साढे सात प्रतिशत भाग मात्रै सडकले ओगट्नु नै आश्चर्य रहेको आचार्य बताउँछन्। यति थोरै सडकमा यहाँ ९ लाख ६३ हजार ५ सय ८ वटा सवारीसाधन चलिरहेका छन्। यसरी सवारीसाधनलाई नै ध्यानमा राखेर बनाइएका सडक पनि साँघुरा र उकुसमुकुस भइरहेको बेला पैदलयात्रीको त झनै बेहाल भइरहेको उनी सुनाउँछन्।

‘युरोपका विकसित सहरमा कुल क्षेत्रफलको २५ प्रतिशतसम्म भूभाग सडकले ओगटेको हुन्छ,’ उनी भन्छन्, ‘हामीकहाँ कम्तीमा अहिलेभन्दा दोब्बर अर्थात् १५ प्रतिशत हुनैपथ्र्यो।’

यसरी सवारीसाधनकै निम्ति पनि कोच्चिएका सडकमा पैदलयात्री त पूरै हेपिएर बाँचिरहेको आचार्य बताउँछन्।

‘राजधानीजस्तो ठाउँमा औसत पाँच किलोमिटरमा एउटा जेब्राक्रसिङ हुनुले नै पैदलयात्रीका निम्ति यहाँ कति कम सोचिएको छ भन्ने स्पष्ट हुन्छ,’ आचार्य भन्छन्, ‘विकसित सहरमा सकेसम्म हरेक सय मिटरमा एउटा जेब्राक्रसिङ भइदिए सर्वोत्तम हुन्थ्यो। नभइदिए पनि बढीमा दुई–तीन सय मिटरभन्दा बढी बाटो काट्न चाहने पैदलयात्रीलाई हिँडाउन मिल्दैन।’

त्यसमाथि सदैव सवारीधनीले प्राथमिकता पाउँदै आएको काठमाडौंका जेब्राक्रसिङहरू आफैंमा आतंकपूर्ण रहेको आचार्य बताउँछन्।

‘विकसित सहरमा पैदलयात्रीले जेब्राक्रसिङको सेतो धर्कोमा खुट्टा राखेको देख्नेबित्तिकै परैबाट मोटरहरू रोकिन्छन्,’ जापानबाट पूर्वाधार विकासमा विद्यावारिधि गरेका आचार्य भन्छन्, ‘यहाँ हामीकहाँ जेब्राक्रसिङबाट हिँडिरहेका पैदलयात्रीले ज्यान हत्केलामा राखेका हुन्छन्।’

अन्त अचम्म मानिने यस्ता दृश्यहरु नेपालमा जतासुकै देखिने आचार्य सुनाउँछन्।

‘काठमाडौंको सबैभन्दा व्यवस्थित मानिने माइतीघर–तीनकुने सडकमै इन्जिनगाडीको निम्ति कस्तो र पैदलयात्रीको निम्ति कस्तो व्यवस्था गरिएको छ भनेर हेरौं न,’ उनी भन्छन्, ‘बाँकी कुरा भनिरहनै पर्दैन।’

आचार्यका अनुसार यस्ता प्रत्येक जेब्राक्रसिङमा ट्राफिक बत्तीको व्यवस्था हुनुपथ्र्यो। त्यो गर्न नसक्ने हो भने पनि जेब्राक्रसिङमा नियाल्ने र कारबाही गर्ने ट्राफिक हुनैपर्ने थियो।

‘अरू ठाउँको त झन कुरै नगरौं,’ आचार्य भन्छन्, ‘सहरको बीचमै बनिरहेको आठ लेनको चक्रपथ त कुनै सहरी सडक होइन, हाइवे जस्तो गरेर पैदलयात्रीलाई न हिँड्ने, न त बाटो काट्ने ठाउँ बनाएर तयार पारिँदैछ।’

यसरी पूर्वाधारको कुरा उठ्दा भने स्वयं डिआइजी लामा पनि कमजोरी स्वीकार गर्छन्।

‘तपाईंलाई थाहा छ?’ उनले सोधे, ‘कोटेश्वरबाट सूर्यविनायक जाने बाटोमा रहेको तीनवटा ट्राफिक लाइटबाहेक यतिबेला सिँगो उपत्यकामा एउटा पनि बत्तीले काम गरिरहेको छैन।’

यस्तो अवस्थामा सबैतिर ट्राफिक जनशक्ति नै परिचालन गरेर हात उठाएर रोक्ने र सुचारु गराउने काम भइरहेको छ।

‘सरोकारवाला यातायात विभागलाई मैले काठमाडौंका ट्राफिक लाइटहरू बल्ने मात्र बनाइदिनुस्, त्यसमा स्विच अन–अफ गरेर रातो, पहेँलो र हरियो बत्ती बाल्ने काम पनि हामी नै गरिदिन्छौं भनेको थिएँ,’ उनले थपे, ‘हुन्छ भनेको दुई महिना बितिसक्दा पनि त्यति मागधरि पूरा भएन।’

त्यसो त काठमाडौंका सडकमा लगाइएका ट्राफिक बत्ती फेरि सुचारु गराउने पहल नभएको होइन। एसियाली विकास बैंकले यी बत्ती बनाउन दुईपटक टेन्डर निकालेकोमा दुवैपटक रद्द भइसकेको छ।

‘एडिबीले जति पैसा तोकेर टेन्डर आह्वान गर्छ, त्योभन्दा सात प्रतिशत बढी रकम न्यूनटम टेन्डर भर्नेले नै माग गरिदिएको रहेछ,’ लामाले अचम्म मानेर हाँस्दै सुनाए, ‘अब काठमाडौंको ट्राफिक लाइट कहिले बन्छ भन्ने भगवानै जानून्।’

यस्तो अवस्थामा यहाँ पैदल यात्रीका निम्ति पर्याप्त पूर्वाधार नरहेको स्वीकार गर्दागर्दै पनि दुर्घटना रोक्न आफुले यो कठोर कदम चालेको लामा बताउँछन्।

‘भएका पूर्वाधार पनि प्रयोग नगर्नेहरूलाई सचेत नगराउने हो भने अवस्था भयावह हुँदै जान्छ,’ उनले भने, ‘जेब्राक्रसिङ र आकासे पुल भएको ठाउँमा त्यसलाई प्रयोग नगर्ने पैदलयात्रीमाथि मात्र कारबाही भइरहेको छ।’

ट्राफिकले बिनाकुनै पूर्वयोजना यसरी पैदलयात्रीमाथि कारबाही थालेको आरोपलाई लामा अस्वीकार गर्छन्।

उनका अनुसार गत वैशाख २८ गतेदेखि ट्राफिक महाशाखाले सडकपेटी ओगटेर बसेकाहरूलाई हटाउन सुरु गरेको थियो। महानगरीय प्रहरी, ट्राफिक र जनसेवा प्रहरी गरेर हालसम्म ७ हजार ३ सय २८ स्थानमा सडकपेटी ‘क्लियर’ पारेको उनले जनाए। रत्नपार्क, सुन्धारा, गौशाला, माछापोखरी लगायत ठाउँमा फुटपाथमै सडक थापेर बसेकाहरुलाई हटाउँदा आफूले धेरैतिरबाट गाली सुन्नुपरेको पनि उनले दुःखेसो पोखे।

लामाका अनुसार मेलम्ची आयोजनाका कारण धेरै ठाउँमा बाटै अलपत्र भएकाले चाहेर पनि केही गर्न सकिएन। तैपनि, यसबीच १० लाख रुपैयाँ लगाएर सम्भव भएसम्मका स्थानमा जेब्राक्रसिङ ‘रिपेन्ट’ गर्न लगाएको जानकारी पनि उनले दिए। त्यसैगरी वैशाखदेखि नै जनचेतनाको कार्यक्रम पनि तीब्र गतिमा अघि बढाइएको दाबी उनको छ।

‘यति गरिसकेपछि कम्तीमा पेटीबाटै हिँड्नुस् भन्न र बाटो काट्ने सुविधा भएको ठाउँमा अन्यत्रबाट नकाट्नुस् भन्न सक्छु नि!’ उनले हाँस्दै सोधे, ‘नत्र भने त सडक जतिसुकै व्यस्त भए पनि मजाले मोबाइलमा कुरा गर्दै जथाभाबी हिँड्नेहरूको पारा कसले र कहिले रोक्ने?’

यतिबेला काठमाडौंका २२ वटा स्थानमा ट्राफिक प्रहरीहरूले नियम मिच्ने पैदलयात्रीमाथि कारबाही चलाइरहेका छन्। जनसेवा, दरवारमार्ग, ठमेल, सोह्रखुट्टे, कमलपोखरी, सिंहदरबार, थापाथली, कालिमाटी, कीर्तिपुर पाँगादोबाटो, कलंकी, नागढुंगा, स्वयम्भु, नयाँ बसपार्क, महाराजगन्ज, बुढानिलकण्ठ, सुकेधारा, बौद्ध, गौशाला, एयरपोर्ट, कोटेश्वर, भक्तपुर (सूर्यविनायक, सल्लाघारी, ठिमी) र जावलाखेलमा पैदलयात्री चेकजाँचमा परिरहेका छन्।

ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार ३ हजार ३ सय ४८ जना पैदलयात्री कारबाहीमा परेका थिए। उनीहरूमध्ये २ हजार १ सय २२ जनाले जनही दुई सय रुपैयाँ तिरेर छुटेका थिए भने ८ सय ४० जनाले तीनघन्टे हिरासत स्वरुप सचेतना तालिम लिएका थिए। त्यसैगरी, बुधबार दिउँसो २ बजेसम्म २ हजार २ सय १२ जना कारबाहीमा परिसकेको महाशाखाले जनाएको छ।

यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ अनुसार यो कारबाही चलाउने अधिकार यातायात विभागले ट्राफिकलाई दिएपछि बढ्दो दुर्घटना नियन्त्रणका निम्ति आफैंले यो कदम चालेको डिआइजी लामाले स्पष्ट पारे।

‘भर्खर मात्रै एक जना पूर्व सचिव र एक जना बहालवाला उपसचिवको पैदल हिँडेकै बेला सडकमै निधन भएको छ,’ उनी भनिरहेका थिए, ‘पैदल यात्रीका निम्ति यहाँ पूर्वाधार छैन भनेर चुप लागेर बस्नुभन्दा पूर्वाधार भएका ठाउँमा नियम पालना गर्न नलगाउने हो भने अराजकता झनै बढेर जान्छ।’

लामाले यति सुनाइसकेपछि एकैछिन दुर्गमबाट आएर काठमाडौंमा यहाँसम्म पुग्दाको संघर्षगाथा पनि बताए। त्यतिञ्जेल नुवाकोटबाट आएकी अर्की चेली आइतीमायाको जनचेतना कक्षा सुरु भइसकेको थियो।

‘के गर्नुपर्ने हो र कतिबेर लाग्ने हो थाहै छैन,’ उनले अनुहार रातो बनाउँदै सेतोपाटीसँग भनिन्, ‘उता वीर अस्पतालमा डाक्टर गइसक्ने होला…’ source:setopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qG9UIm
via IFTTT

‘प्रेमगीत’का प्रदीप बन्दैछन्, दीपेन्द्र सरकार

चलचित्र ‘प्रेमगीत’बाट चर्चा र लोकप्रियता कमाएका नायक प्रदीप खड्का दीपेन्द्र सरकार बन्ने भएका छन् । सन्तोष सेनको लगानीमा निर्माण हुन लागेको चलचित्रमा प्रदीप, स्वर्गिय दीपेन्द्र विर विक्रम शाहदेवको भूमिकामा देखिन लागेका हुन् ।

दरबार हत्याकाण्ड भएको १६ वर्ष पुग्न दुई दिन बाँकी रहँदा चलचित्र ‘दीपेन्द्र सरकार’को निर्माण घोषणा गरिएको हो । दीपेन्द्रको प्रेम जीवनलाई चलचित्रमा समावेश गरिने निर्माता सन्तोष सेनले बताएका छन् । विवेक कुमार शाहद्धारा लिखित पुस्तक मैले देखेको दरबारमा आधारित रहेर चलचित्र दीपेन्द्र सरकार निर्माण हुनेछ ।

२०७५ साल जेठ १९ गते प्रर्दशनमा ल्याउने लक्ष्यका साथ चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । साढे ५ करोड अनुमानित लागतमा निर्माण गर्न लागिएको यस चलचित्रको छायांकन भव्य सेट खडा गरेर गर्ने योजना छ ।

चलचित्र महोत्सवका लागि डेढ घण्टाको चलचित्र निर्माण गरिनेछ भने व्यवसायिक प्रर्दशनका लागि २ घण्टा लामो चलचित्र निर्माण गरिनेछ । चलचित्रको नेपालसँगै बेलायत र अमेरिकामा पनि छायांकन गर्ने तयारी छ । नायक प्रदीप खड्काले चलचित्रमा दीपेन्द्रको भूमिका निर्वाह गर्न तौल बढाउनेदेखि लिएर पात्रलाई न्याय गर्न अनुसन्धानमा लाग्ने जानकारी दिएका छन् ।

प्रदीप अभिनित चलचित्र प्रेमगीत २ साउन १३ गतेदेखि प्रर्दशन हुने तयारीमा छ । प्रेमगीत २ प्रर्दशन हुनुपूर्व नै सन्तोष सेनले प्रदीपलाई दीपेन्द्र सरकारमा अनुबन्ध गरेका हुन् । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2smLXao
via IFTTT

शाहरुख खान चलचित्र छायांकनका क्रममा छतबाट लडेर घाइते, तत्काल अस्पताल भर्ना गरियो

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खान चलचित्र छायांकनका क्रममा छतबाट लडेर घाइते भएका छन्। चलचित्र छायांकनका क्रममा छतको एक भाग भत्किएर शाहरुखसँगै अन्य दुई जना पनि छतबाट तल खसेपछि तत्काल उपचारका लागी अस्पताल भर्ना गरिएको छ ।

आनन्द एल रायको चलचित्र छायांकनका क्रममा उनीहरु घाइते भएका हुन् । कटरिना कैफ र अनुष्का शर्माको पनि अभिनय रहने भनिएको चलचित्रमा चर्चित नायिकाद्धय भने अनुपस्थित भएको भारतीय अनलाइन अमर उज्यालाले जनाएको छ । दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी छ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qAGm3R
via IFTTT

नेपाली सेलिब्रेटीको नलुकेको प्रेम, कोही स्वीकार्छन् कोही हल्ला भन्छन्

अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अफेयरले यतिबेला नेपाली सिने नगरी गर्माएको छ । आधिकारिक रुपमा प्रियङ्काले प्रेममा भएको स्विकार नगरेको भए पनि आयुस्मानले घुमाउरो तरिकाले प्रेममा रहेको स्विकार गरेका छन् । हाल सिनेमा ‘छक्का पञ्जा २’ को छायाकंनमा व्यस्त दुईले सेटमा पनि एकअर्काको लागि समय मिलाउँछन् । उनीहरुको प्रेम यतिसम्म झांगिएको छ कि सामाजिक सञ्जालमा उनीहरुले खोलेका खाताहरु पनि एकअर्काका तस्वीरहरुले भरेका छन् भने मोवाइलको वालमा फोटो अठाएको छ । दुवै जना निरन्तर एकअर्काका तस्वीरहरु सेयर गरिरहन्छन् । पछिल्लो समय उनीहरु सामाजिक सञ्जालमा सबैभन्दा धेरै ट्रोल हुने सेलिब्रेटी जोडी पनि बनेका छन् । प्रियंका र आयुष्मानको प्रेम प्रसंगमा हामीले तयार पारेको यो सामाग्रीमा अहिले प्रेममा रमाईरहेका सेलिब्रेटी जोडीलाई समेटिएको छ ।

पल शाह र आँचल शर्मा
पछिल्लो समय पल शाह र आँचल शर्माको प्रेम मात्रै हैन विवाहको हल्लाले पनि सिने नगरी गर्माएको छ । सिनेमा ‘नाई नभन्नु ल ४’ बाट एक साथ डेब्यु गरेका यी दुई पहिलो सिनेमामै काम गर्ने क्रममा एकअर्काको नजिक भएको बुझिन्छ । तर उनीहरुले अफेयरको कुरालाई घुमाउरो पारामा भनेपछि सोझै स्वीकार गरिसकेका भने छैनन् । यी दुई अभिनित सिनेमा ‘जोनी जेन्टलम्यान’ रिलिजको क्रममा छ ।

सृष्टी श्रेष्ठ र सौगात मल्ल
अहिले चर्चामा रहेको सेलिब्रेटी जोडीमा सौगात र सृष्टी पनि पर्छन् । केही समय यता सौगात सृष्टी एकअर्कालाई डेट गरिरहेका छन् । केही महिना अघि सृष्टीले एस लभ एस लेखेको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि उनीहरुको प्रेम रहेको कुरा सार्वजनिक भएको थियो । त्यसपछि फेरि एउटै कारमा उनीहरु सिनेमा हलमा पुगे र मिडियालाई गसीप बनाउने मौका दिए । उनीहरुले आधिकारिक रुपमा अफेयरको कुरा नगरे पनि घुमाउरो पारामा मिडियासँग प्रेममा रहेको भने स्वीकारी सकेका छन् ।
सृष्टी र सौगात पछिल्लो समय प्रायः समय साथमा बिताउँछन् । केही दिन अघि मात्रै सृष्टीले आफ्नै घरमा सौगातलाई बोलाएर डिनर गरेको तस्विर सेयर गरेकी थिईन् ।

वर्षा राउत र संजोग कोईराला
अभिनेत्री वर्षा राउतले गत वर्ष प्रेमी सार्वजनिक गर्दै आफू पाँच वर्षा यता प्रेममा रहेको आधिकारिक घोषणा गरिन् । वर्षा अभिनेता संजोग कोईरालाको प्रेममा छिन् । पाँच वर्ष अघि एक सिनेमाको अडिसनमा भेट भएका यी दुई पनि अहिले प्रेममा रमाउने सेलिब्रेटी जोडीको सूचिमा छन् । खुलेआम प्रेम गर्ने सेलिब्रेटीको रुपमा पनि उनीहरुलाई लिईन्छ । संजोग हाल ‘कथा काठमाण्डु’मा काम गरिहेका छन् भने वर्षा ‘छक्का पञ्जा २’ को छायाकंनमा व्यस्त छिन् ।
केही समय अघि हामीसँग कुराकानी गर्ने क्रममा वर्षाले प्रेमी सार्वजनिक गरेपछि धेरैले आफूलाई ध्यान दिएको भन्दै खुशी व्यक्त गरेकी थिईन् । सिनेमाको कामबाट समय पाउनसाथ संजोग र वर्षा पनि एकसाथ समय बिताउँछन् ।

शिल्पा पोखरेल र छवि ओझा
सिनेमा ‘लज्जा’बाट डेब्यु गरेकी अभिनेत्री शिल्पा पोखरेलको नाम पहिलो सिनेमाबाटै निर्माता छविराज ओझासँग जोडिएको छ । यो सिनेमापछि यी दुई लिभ ईन रिलेसनसिपमा भएका खबरहरु पनि आएका थिए । त्यसबखत देखि नै शिल्पा र छवि एकअर्काको प्रेममा भएको र विवाह गर्ने हल्लाले पटक पटक सिने नगरीलाई तताईरहेको छ । गत वर्ष सिनेमा ‘किस्मत २’ रिलिज पछि छविले ज्योतिषिको सुझाव अनुसार शिल्पासँग अर्को वर्ष विवाह गर्ने कुरा गरेका थिए । शिल्पा र छविले निर्माण गरेको सिनेमा ‘मंगलम’ दशैँ तिहारको छेकोमा रिलिज हुँदैछ ।

भुवन केसी र जिया केसी
अभिनेता भुवन केसी दुईवटी श्रीमतीको साथ छाडेर अहिले अभिनेत्री जिया केसीको साथमा रमाईरहेका छन् । यो जोडी पनि अहिले प्रेममा हुने सेलिब्रेटी जोडी हो । यी दुई लामो समय लिभ ईन रिलेसनसिपमा पनि थिए । सिनेमामा बोल्ड सिन दिएका कारण चर्चामा आएकी जियाको सिने करिअर शुन्य छ । तर भुवन भने छोराको करिअर बनाउन व्यस्त छन् ।

सलोन बस्नेत र करिष्मा श्रेष्ठ
अभिनेता सलोन बस्नेत र करिष्मा श्रेष्ठपनि एकअर्काको प्रेममा रमाईरहेका सेलिब्रेटी जोडी हुन् । सिनेमा ‘लभ सब्’को समयमा उनीहरुको प्रेमले चर्चा पाएको थियो । हुन त अहिले पनि यो जोडी एकअर्काको प्रेममा छ । तर साथमा सिनेमा नआएका कारण हुनसक्छ यि प्रेम जोडिको प्रेमको खासै चर्चा भएको पाईँदैन ।
यसबाहेक निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल विच पनि प्रेम सम्बन्ध रहेको र उनीहरु विवाह गर्न लागेको हल्ला पनि बेलाबेलामा आउने गरेको छ ।

आश्मा डि सी र संयम पूरी
अभिनेता संयम पूरी र अभिनेत्री आश्मा डि सी पनि एकअर्काको प्रेममा छन् । केही वर्ष अघि आधिकारिक रुपमै प्रेम सार्वजनिक गरेको यो जोडीको भेट टि भि फिल्मीको कार्यक्रमा ‘वान डे’को छायाकंनको क्रममा भएको थियो जसको प्रस्तोता थिईन् आश्मा । खुल्लम खुल्ला प्रेम गर्ने सेलिब्रेटीको सूचिमा संयम र आश्माको नाम पनि आउँछ । प्रेम सार्वजनिक गरेपछि संयमले आफूहरुले सहि समय आएपछि विवाह गर्ने पनि बताएका थिए । तर उनीहरुको प्रेमको चर्चा अहिले भने खासै सुन्न पाईएको छैन । संयम र आश्माले ‘नाई नभन्नु ल ३’, ‘आभास’ लगायतका सिनेमामा काम गरेका छन् ।
source:forseenetwork

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sdqqBL
via IFTTT

उदितका छोराले पहिलो पटक गाए नेपाली गीत

गायक उदित नारायण झाका छोरा आदित्य नारायण झाले पहिलो पटक नेपाली आधुनिक गीत गाएका छन् । बलिवुड गीत संगीत र रियालिटी शोहरुमा व्यस्त आदित्यले मोनी शर्माका शब्दमा आवाज दिएका हुन् । ‘फूल जस्तै’ बोलको यस गीतको अडियो युट्युबमा सार्वजनिक गरिएको छ । यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ ।

आदित्यले यस अघि पनि नेपाली गीतमा आवाज दिएका छन् । तर आधुनिक गीतमा भने उनको यो पहिलो अनुभव हो । यस अघि उनले कुसुमे रुमालको शीर्ष गीतमा आवाज दिएका थिए । आदित्य हाल जि टि भिकोे रियालिटी शो सारेगम लिटिल च्याम्समा प्रस्तोताको रुपमा काम गरिरहेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rDLIeK
via IFTTT

खुशी हुन पाएनन् धुर्मुस सुन्तली

हास्य कलाकारबाट समाजसेवीको परिचय बनाएका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) नमूना नेपालको तयारीमा छन् । भूकम्पपछि तीनवटा एकिकृत बस्ती निर्माण गरेर ह्याट्रिक गरेका उनीहरु नेपाललाई विश्वमाझ चिनाउने कस्सिएका हुन् ।

हास्य कलाकारिताबाट पाएको लोकप्रियताको सदुपयोग गर्दै सामाजिक काममा होमीएका उनीहरु सामाजिक कामका कारण अहिले श्रद्धाका पात्र बनेका छन् । देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई संगाल्दै सामाजिक काममा सक्रियता जनाईरहेका धुर्मुस सुन्तली, भूकम्पपछि टेलिभिजनमा हप्तैपिच्छे देखिन छाडे । चर्चित बनाउने हास्य टेलिश्रृंखला मेरी बास्यै भन्दा सामाजिक कामले नै उनीहरुको जीवनमा महत्व पायो । किनकी भूकम्पपछि मनोरञ्जनभन्दा मानिसहरुलाई ओतको आवश्यकता थियो ।

त्यसैले भूकम्प पितितलाई सकेजति सहयोग गरे । त्योसँगै मनवता र सद्भावका लागि भन्दै मधेसको अति पिछडिएको मुसहर समूदायका लागि एकिकृत बस्ती बनाए । अब उनीहरु देशभरका अधिकाँस जातजातिका अति विपन्न परिवारलाई एक ठाउँमा राखेर नमूना नेपाल बनाउने सपना देख्दैछन् ।

यति ठूलो सोचका साथ सामाजिक काममा अघि बढेका उनीहरुलाई वि.सं २०७३ सालको गणतन्त्र दिवसको अवसरमा सरकारले प्रवल जनसेवा श्री मानपदवी दिने घोषणा गर्यो । उनीहरु सो समय गिरान्चौर एकिकृत बस्ती निर्माणको क्रममा थिए । जब सरकारले गरेको यो निर्णय सुने तब सामाजिक सञ्जाल फेसबुकमा खुशी व्यक्त गर्दै लामो स्टाटस लेखे । उक्त पदकले आफुहरुलाई हौसला मिलेको भन्दै सम्पूर्ण र्दशक, शुभचिन्तक र सहयोगी मनप्रति आभार व्यक्त गरे । यस्तो छ, धुर्मुस सुन्तलीले त्यो समयमा पोस्ट गरेको स्टाटस ।

यो पदक धुर्मुस सुन्तलीका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो पदक थियो । त्यसैले पनि उनीहरु सरकारले गरेको निर्णयप्रति निकै खुशी थिए । नेपाली पोशाकमा ठाँटिएर सम्माननीय राष्ट्रपतिको हातबाट पदक ग्रहण गर्ने उनीहरुको इच्छा थियो । जुन इच्छा उक्त घोषणाको करिब एक वर्षपछि पुरा हुनेवाला थियो ।

गणतन्त्र दिवसको दुई दिन अघि उनीहरुलाई १४ गतेका लागि निम्तो आयो । सोचे पदक लिनकै लागि निम्तो आएको हुनुपर्छ । तर, फेसबुकका भित्ताहरुमा पदक ग्रहण गरेका तस्विरहरु जेठ १२ गते नै देखिइसकेका थिए । धुर्मुसले सोचे आफुहरुलाई १४ गते पदक प्रदान गर्नेहोला भन्ने सोचे । पछि मात्र उनले थाहा पाए, पदक वितरण कार्यक्रम त जेठ १२ गते नै सक्कीसकेको रहेछ । उनीहरुलाई चियापानका लागि पो बोलाइएको रहेछ ।

धुर्मुस सुन्तलीको नाममा पदक त आयो तर राष्ट्रपतिको हातबाट ग्रहण गर्न नपाउँदा उनीहरुलाई उत्तिकै खल्लो लाग्यो । पदक वितरण गरिएपपनि अहिलेसम्म उक्त पदक उनीहरुको हातमा पुगेको छैन । ‘न कसैले बोलायो न त अहिलेसम्म हाम्रो हातमा त्यो पदक नै परेको छ । हामीलाई आम दर्शक र सहयोगी मनले दिएको सम्मान नै त्यो भन्दा ठूलो पदक हो । सबैको माया पाएमा यसगरी अघि बढीरहेने छौँ,’ धुर्मुसले भने । gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qAtmqF
via IFTTT

लगातार तीन पाइलटको दुर्घटनामा मृत्यु भएपछि आत्तिए क्याप्टेन विजय लामा

काठमाडौं, १७ जेठ । चार दिनभित्र दुईवटा प्लेन दुर्घटना भएर तीन पाइलटको मृत्यु भएपछि क्याप्टेन विजय लामा आत्तिएका छन् । चार दिनअघि सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरलाइन्सको विमान दुर्घटना हुँदा चालक पारसकुमार राई र श्रीजन मानन्धरको मृत्यु भएको थियो ।

मंगलबार बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा नेपाली सेनाको स्काईट्रक विमान दुर्घटना हुँदा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ । दुई दुर्घटनाबाट होनाहार तीन क्पाप्टेनको गुमाउनुपर्दा नेपाली चलचित्रका नायक तथा वरिष्ठ क्याप्टेन विजय लामा चिन्तित भएका हुन् ।

उनले बुधबार बिहान फेसबुकमा स्टाटस राख्दै एक पछि अर्को दुर्घटनाले आफू रातभर सुत्न नसकेको उल्लेख गरेका छन् । लामाले लगातारको दुर्घटनाले आफूलाई निकै चिन्तित बनाए र पीडादायी घटना भएको बताएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rjkJ5a
via IFTTT

कक्षा ११ को परीक्षा फेरि सर्‍यो

काठमाडौं,जेठ १७ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनका कारण पटकपटक स्थगित हुँदै आएको कक्षा ११ को परीक्षा निर्वाचनको मिति सरेसँगै पुनः सरेको हो। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले असार १ गतेदेखि १० गतेसम्म परीक्षा गर्ने निर्णय गरेको छ। यसअघि असार ८ गतेदेखि परीक्षा संचालन गर्ने तय गरिएको थियो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति असार १४ गते सरेपछि परीक्षाको मिति अघि सारिएको हो । यसअघि वैशाख २३ मा तोकिएको परीक्षा वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका सरेको थियो। सरकारले मधेसीवादी दलका माग सम्बोधन गरेर मात्र दोस्रो चरणको निर्वाचन गर्ने भन्दै चुनावको मिति पटकपटक सारेपछि कक्षा ११ को परीक्षा सरेको थियो।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2slwd7D
via IFTTT

रञ्जु साडीमा सजिएर गइन् विद्यासुन्दरको सपथमा

काठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो बढी मत ल्याएकी रञ्जु दर्शना बुधबार पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन्। यो नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उनका टिमको सपथग्रहण समारोहको दृश्य हो।

राष्ट्रिय सभागृहमा आयोजित उक्त समारोहमा सुनौलो बुट्टेदार नीलो रङको साडी र नीलै रङको ब्लाउजमा उपस्थित रञ्जु निकै खुलेकी थिइन्। उनको निधारमा नीलै रङको मसिनो टीका पनि थियो।

घाँटीमा चाँदी रङको मसिनो सिक्री लगाएकी रञ्जु आफ्नो चिरपरिचत छोटो कपालमा थिइन्। उनले काँधमा नेपाली ढाकाको झोला भिरेकी थिइन् भने हातमा मोबाइल थियो।

विवेकशील नेपाली दलबाट २१ वर्षकै उमेरमा काठमाडौं मेयरमा उम्मेदवारी दिएकी रञ्जु यस्तो औपचारिक पोसाक लगाएर सार्वजनिक समारोहमा पहिले कहिल्यै देखिएकी थिइनन्।

विगतमा जतिबेला उनी डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भ्रष्टाचारविरुद्ध सडकमा नारा लगाउँथिन्, उनले प्रायः कालो वा सेतो टिसर्ट र कालो वा नीलो रङको जिन्स प्यान्ट लगाएकी हुन्थिन्। त्यतिबेला त अझ उनको कपाल अहिलेको भन्दा छोटो थियो। अनौपचारिक ढंगमा सडकमा ओर्लेर सयौं प्रदर्शनकारीलाई नेतृत्व गरेकी रञ्जु त्यही घटनाबाट चर्चामा आएकी हुन्।

काठमाडौं मेयरको उम्मेदवारी घोषणापछि भने उनको लवाइ हल्का परिवर्तन भयो। उनले टिसर्ट र प्यान्ट लगाएर सार्वजनिक कार्यक्रममा उपस्थित हुन बन्द गरिन्। चुनावी सभामा सम्बोधन गर्न जाँदा होस् वा घरदैलोमा हिँड्दा, उनी आफ्नो परिचित अनौपचारिक पहिरनबाट कुर्ता सुरुवालमा देखा पर्न थालिन्। यतिबेलासम्म उनले आफ्नो कपाल पनि हल्का बढाइसकेकी थिइन्।

मेयरको मतगणना क्रममा लगातार तेस्रो स्थानमा रहेर धेरैलाई छक्क पारेकी रञ्जुले आफू पराजित भए पनि एमालेका निर्वाचित मेयर शाक्यलाई सार्वजनिक रूपमै बधाइ दिएर सौहार्दता देखाएकी थिइन्। यति कम उमेरमै यति ठूलो स्तरको निर्वाचनमा होमिएकी उनको लवाइ सँगसँगै प्रस्तुति र शैली पनि परिपक्व हुँदै गएको भान हुन्छ।

काठमाडौं मेयर निर्वाचनमा रञ्जुले २२५४९ मत ल्याएकी थिइन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजुराज जोशीको मत ४८१९८ थियो भने एमालेका शाक्य ६८९६१ मत ल्याएर विजयी भएका हुन्। source:setopati.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rDDMua
via IFTTT

गाउँपालिका प्रमुखको पहिलो निर्णयः जमिन बाँझो राखे जरिवाना

काठमाडौं । कास्कीको मादी गाउँपालिकाले जमिन बाँझो राख्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष वेदबहादुर गुरुङ, उपाध्यक्ष विष्णुमाया पौडेलसहित वडाध्यक्षहरुको पहिलो बैठकले मंगलबार यस्तो निर्णय गरेको हो ।

‘गाउँमा कृषि क्रान्ति गर्नुपर्छ, जमिन बाँझो राख्नु हुँदैन भनेर यस्तो निर्णय गरेका हौं,’ अध्यक्ष वेदबहादुर गुरुङले भने ।
सिँचाइ सुविधा पुगेका जमिन बाँझो राखे दण्ड जरिवाना गर्ने निर्णय भएको उनले बताए ।

आफूहरुको कार्यकालभित्र प्रत्येक गाउँटोलसम्म मोटरबाटो पुर्याउने, प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने, प्रत्येक वडामा बिजुली पुर्याउने र १२ वटै वडामा वाइम्याक्स इन्टरनेट जोडेर सेवाग्राहीका सेवा चुस्त पार्ने, अनलाइन सेवा दिने निर्णय पनि जनप्रतिनिधिले गरेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sd6lLO
via IFTTT

एक दिनमा ३३ सय यात्रु कारबाहीमा : कति उठ्यो राजश्व ?

जेठ १७, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रु सुरक्षा अभियान लागू गरेको छ । करिब डेढ महिना जनचेतनाका कार्यक्रम सञ्चालन गरेर नियम लागू गरिएको पहिलो दिनमै साढे ३३ हजार पैदल यात्रु कारबाहीमा परेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि पैदल यात्रु सुरक्षा अभियानको नियम लागू गरेको डिआइजी मिङमार लामाले बताए । उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा जथाभावी सडक पार गर्ने ३३ सय ४८ पैदल यात्रु कारबाहीमा परेका छन् ।

एकदिनमा ४२ हजार राजश्व संकलन
पैदल यात्रु सुरक्षा अभियान नियम लागू भएको पहिलो दिनमै कारबाहीबाट ४२ हजार चार सय बढी राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए । महाशाखाका अनुसार जेब्रा क्रसिङबाहेक जथाभावी सडक पार गर्ने २ हजार एक सय २० पैदल यात्रुबाट जनही २ सयका दरले राजश्व असुल गरिएको छ । जरिवाना तिर्न नसकेका एक हजार २ सय २८ पैदल यात्रुलाई सडक सुरक्षा कक्षा लिएपछि छाडिएको डिआइजी लामाले बताए ।

उपत्यकामा सबै भन्दा बढी काठमाडौंमा पैदल यात्रु कारबाहीमा परेका छन् । काठमाडौंको दरबारमार्गमा दुई सय ४० र नयाँ बसपार्क क्षेत्रमा २ सय २१ जना कारबाहीमा परेका छन् ।

पैदल यात्रुमा धेरै लापरवाही
जनचेतनापछि पनि पैदल यात्रु सचेत नभएको डिआइजी मिङमार लामाले बताए । ‘करीब डेढ महिना जनचेतना अभियान चलाउदा पनि पैदल यात्रुमा धेरै लापरवाही देखिएको छ’, डिआइजी लामाले भने, ‘त्यतिधेरै सचेत पार्दा पनि एकै दिनमा धेरै संख्यामा कारबाहीमा पर्नुले पैदलयात्रुको लापरवाही पुष्टि गर्छ ।’

महानगरीय ट्राफिक प्रहरीले उपत्यकालाई हर्न नषिेधित क्षेत्र बनाउन सफल भएपछि पैदल यात्रु सुरक्षा अभियानको नियम कार्यान्वयन गरेको हो । १ बैशाखदेखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यसको १५ दिनपछि पैदल यात्रु सुरक्षा अभियान लागू गर्न सचेतना अभियान थालिएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2riT04q
via IFTTT

कावुल बम बिस्फोटमा नेपाली परे–नपरेको अन्योल कायमै, परराष्ट्र भन्छ–बुझ्दैछौँ

जेठ १७, काठमाडौं–अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति भवन र विदेशी दूतावासहरु रहेको क्षेत्रमा ठूलो विस्फोट भएको छ । घटनामा कम्तिमा ८० जना मारिएको अलजजिराले जनाएको छ । ३ सयभन्दा बढी घाइते रहेका छन् ।

यो घटनामा कोही नेपाली परे नपरेको स्पष्ट भएको छैन । अफगानिस्तामा कुटनीनितक निकायहरुमा सुरक्षा गार्डमा धेरै नेपाली कार्यरत छन् ।
परराष्ट्र मन्त्रालयका प्रवत्ता भरतराज पौडेलले आफुहरुले कावुल घटनामा नेपाली परे–नपरेको बारे बुझिरहेको बताए । ‘हामी बुझ्ने प्रयासमा छौँ । दिल्ली र इस्लामावादमा रहेका दूतावास मार्फत बुझ्ने कोशिषमा छौँ ।’

गत असारमा कावुलस्थित नेपाली सुरक्षा गार्ड चढेको गाडीमा आक्रमण भएको थियो । घटनामा १३ नेपाली मारिएका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qyXyH0
via IFTTT

६ हजार यूवतीलाई रिजेक्ट गरेका ‘बाहुबली’ गर्छन दीपिकालाई प्रेम

‘बाहुबली’ को सानदार सफलतापछि प्रभास अब ग्लोबल स्टार बनेका छन् । यस्तैमा जो कोहीँ जान्न चाहन्छन् कि प्रभासको पर्सनल लाइफ कस्तो छ र अब उनी विवाह कहिँले गर्दैछन् । ६ हजार विवाहको प्रस्ताव अस्वीकार गरेका प्रभासको दिल बलीउड अभिनेत्री दीपिका पादुकोणमा अड्किएको छ ।

‘बाहुबली २’ मा निर्वाहा गरेको भूमिकाका कारण लाखौं यूवतीहरुको ‘दिलको राजा’ बनिसकेका प्रभासलाई भने बलीउड अभिनेत्री दीपिका पादुकोण निकै मनपर्छ । यसको खुलासा ‘बाहुबली’ उर्फ प्रभास आफैले गरेका हुन् । प्रभासले एक अन्तर्वार्ताको क्रममा भने, ‘मलाई दीपिका पादुकोण निकै मनपर्छ र एक फिल्म उनीसँग गर्न मन छ ।’

‘बाहुबली’ फिल्मको कारण अहिलेसम्म प्रभासले विवाह गरेका छैनन् । उनले अहिलेसम्म ६ हजार यूवतीको विवाहको प्रस्ताव अस्वीकार गरिसकेका छन् । प्रभास र ‘बाहुबली’ का डायरेक्टर एस.एस. राजामौलीको यो तेस्रो फिल्म हो । २००५ मा प्रभासलाई लिएर राजामौलीले ‘छत्रपति‍’ बनाएका थिए तर यो फिल्म ‘बाहुबली’ जस्तो सानदार हिट बन्न सकेन । ‘बाहुबली’ सिरिजमा लगभग पाँच बर्षसम्म व्यस्त रहेपछि एक्टर प्रभासले अब ब्रेक लिएका छन् । ३७ बर्षका प्रभास अहिले यूएसमा आफ्ना साथीहरुसँग होलिडेमा छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2riDqpF
via IFTTT

गम्भीर रोगका ८ संकेत हरु

लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ । यद्यपि सधैं यस्तो भने हुँदैंन । विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जनामा एकजनामा मिर्गौलाको पत्थरी हुन्छ ।

सुख्खा नङ

स्वस्थ नङका लागि हड्डी पनि स्वस्थ हुनु आवश्यक हुन्छ । यदि शरीरमा क्याल्सियम वा म्याग्नेसियमको कमी छ भने नङ पनि सुख्खा हुन्छ । त्यसकारण नङ सुख्खा भएको छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ ।
पिसाबमा रगत आउनु

पिसाबमा यदि रगत देखिन्छ भने गम्भीर बिरामीको संकेतका रुपमा लिनुपर्छ । पिसाबमा रगत आउनु प्रोस्टेट क्यान्सर या प्रोस्टेट वृद्धिको संकेत हुन सक्छ । यसका अलावा मूत्राशय वा मिर्गौलाको क्यान्सर या पत्थरीका कारण पनि यस्तो हुन सक्छ । मिर्गौलाको रोग या कुनै चोटका कारण पनि पिसाबबाट रगत आउन सक्छ ।
लगातार कम्मर दुखाई

लगातार कम्मर दुखाई मिर्गौलाको रोग या खराबीको कारण हुन सक्छ । यद्यपि सधैं यस्तो भने हुँदैंन । विशेषज्ञका अनुसार कम्मर दुख्ने व्यक्तिहरुमा १० जनामा एकजनामा मिर्गौलाको पत्थरी हुन्छ ।
धेरै पसीना आउनु या शरीर सुन्निनु
धेरै पसीना आउनु या शरीर सुन्निनु थाइराइडको संकेत हुन सक्छ । अक्सर शरीरमा मेटाबोलिजमको दर धेरै बढ्यो भने कि धेरै पसीना आउछ या कि पसीना नै आउन बन्द हुन्छ । कतिपय अवस्थामा पसीनाका साथै बेचैनी पनि बढ्छ । यसका अलावा शरीरका केही भाग जस्तै, अनुहार, आँखा, औंला आदि सुन्निन्छ भने थाइराइडको संकेत हुन सक्छ ।

बंगारा दुख्नु
कहिलेकाही लामो समयसम्म चुइङगम चपाउनाले बंगारामा दुखाई हुन्छ । तर, कहिलेकाही यो हृदयाघातको संकेत पनि हुन सक्छ । यद्यपि यस्तो संकेत देखिनेबित्तिकै डाक्टरसंग सल्लाह लिने समय पाइन्छ ।

मुख गन्हाउनु
ब्रस गरेपछि पनि मुख गन्हाउन छाडेन भने फोक्सोको समस्याको कारण हुन सक्छ । फोक्सोको रोग, दम, सिस्टिक फाइब्रोसिस आदि समस्यामा उच्च अम्लीय गन्हाउने समस्या हुन्छ । गन्ध जति अम्लीय हुन्छ, उति गम्भीर बिरामीको समस्या हुन्छ ।

पेट दुख्नु

पेट दुख्नु झन् गम्भीर रोगका संकेत हुन सक्छन् । कलेजोमा खराबी, मिर्गौला, कोलाइटिस अल्सर हुन सक्छ । यदि पेट फुल्यो भने अल्सर फुट्ने संकेत हुन सक्छ ।

जिब्रो लर्बराउनु

यदि शरीर कमजोर हुनुका साथै जिब्रो पनि लर्बराउँछ भने प्यारालाइसिसको लक्षण हुन सक्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qyJIUY
via IFTTT

‘ब्रेकअप’ : १५ लाखमा आशिरमान अनुवन्धित ?

काठमाडौँ । नेपाली फिल्मका हिरोले कति पारिश्रमिक पाउँछन् ? १ २ वा ३ लाख ? कुनै समय थियो नेपाली हिरोले १ २ लाखमा काम गर्ने । तर अहिले समय फेरिएको छ । नेपाली चलचित्रका नायकहरुले पनि चर्को पारिश्रमिक लिएर चलचित्रमा अभिनय गर्न थालेका छन् ।

अनमोल केसीले कृमा २० लाख लिएको खबर सेलाउन नपाउँदै अभिनेता आशिरमान देशराज जोशीले ‘ब्रेकअप’को निर्माण टिमले चलचित्रमा अनुबन्धित गरेको छ । आशिरमानलाई फिल्ममा १५ लाख पारिश्रमिक दिएर अनुवन्धित गरिएको निर्माता रोहित अधिकारीले बताए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rjrlk8
via IFTTT

एसएलसी पास नगरेको पार्टीको सामान्य झोले मन्त्री हुदाँ कसरी सलाम गर्ने : रुक्माङ्गद कटवाल

चालीसौ बर्ष सेनामा रहेर देशको सेवा गरेको,संसार घुमेर थुप्रै कुरामा अध्ययन ,अनुसन्धान र संघर्ष गरेर अनुभब बटुल्दै जर्नेल भएको मान्छेले एउटा एसएलसी पनि पास नगरेको र समानुपातिकमा परेर सांसद भएको मान्छे मन्त्री हुँदा उसँग कस्तो खालको योजना र कार्यक्रम होला ? कसरी उसलाई सलाम गर्ने ? यो भनाई हो पुर्बप्रधानसेनापती रुक्माङ्गद कटवाल को ।

माउन्टेन टिभिको कार्यक्रममा बोल्दै कटवालले यस्तो बताएका हुन्।

कटवालले देश बुझेका, दुँनिया जानेका बिज्ञ मानिसहरु मात्रै मन्त्री हुनुपर्छ भने।

हेरौं भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sd2fn9
via IFTTT

दुई लाखको जागिर गुमाएर वडाध्यक्ष जित

काठमाडौं, जेठ १६- ‘अर्जुन दाइ….हाई हाई । यो जित कसको ? जनताको …..’

तनहुँको भानु नगरपालिकाको बाहिर यस्तै नारा जुलुस घन्किन थाल्यो । जेठ दुई गते रातको ९ बजेको थियो । भातगाउँले टोपी र स्टकोटमा ठाँटिएका अर्जुनलाई अबिर जात्रा र माला पहिर्‍याउनेको भीड लाग्यो । कोही उहाँलाई उचाल्न थाले । मोवाइलमा फोटो खिच्नेको भीड लाग्याे । अर्जुनको खुशीको सिमै थिएन । त्यो खुशी फोटो खिच्नका लागि बनावटि पनि थिएन । भानु नगरपालिका–२ को वडाध्यक्षमा निर्वाचित हुँदाको विजयको खुशी । उहाँसँगै खुशी थिए गाउँलेहरु पनि । जसले अर्जुनलाई भोट हालेर अध्यक्ष बनाएका थिए ।

गएको वैसाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको चुनावबाट अर्जुन खड्का वडा अध्यक्षमा निर्वाचित हुनुभयो । विपक्षिलाई १ सय २५ मतले मात्रै पछि पारेका अर्जुनलाई आफ्ना सबै असफलता पछि परेको भान भैरहेको थियो ।

कतारको फाइभ स्टार होटलमा मासिक दुई लाख रुपैयाँ भन्दा बढि तलब पाउँदा पनि अर्जुनलाई यस्तो खुसी मिलेको थिएन । १५ वर्ष कतार बस्दा आफूलाई पुग्दो पैसा कमाउनु भएको थियो । घरको अवस्था राम्रो थियो । तर आफू हराएँ भन्ने कुराले पछुतो लागिरहन्थ्यो । पैसा त भयो, तर के गर्नु नाम छैन ।

‘गाउँमा चिया पसल खोलेको भएपनि खड्का दाइको चिया पसल भन्थे, सबैले चिन्थे । तर महिनाको दुई लाख कमाउने अर्जुन गुम्नाम थियो’ नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित अर्जुनले सुनाउँनुभयो ।

पैसा कमाए पनि नाम नकमाएकोमा उहाँलाई पछुतो लागिरहेको थियो । २०६८ सालमा कतारको होटलका म्यानेजर अर्जुन जागिर छाडेर घर फर्किनु भएको थियो । कतारबाट ल्याएको पैसाले एउटा ट्याक्टर किन्नुभयो । ट्«याक्टरमा ड्राइभरले रोजगारी मात्रै पाएनन् अर्जुनलाई नेपालमै केहि गर्ने बाटोको सुरुवात पनि भयो ।

आफू संघसंस्थामा काम गर्न थाल्नुभयो । ब्राइट फ्यूचर युवा क्लबको अध्यक्ष भएर सामाजिक क्षेत्रका काम थाल्नुभयो । उहाँ संलग्न संस्थाले थालेको सामाजिक अभियानमा अरुले पनि साथ दिन थाले ।

जसले चुनावका बेला पनि साथ दिए । चुनावमा टिकट दिने बेलामा तीनजनाको नाम चर्चामा आयो । तर अर्जुन उठे जित्ने गाउँले र पार्टीका कार्यकर्ताको बहुमत भयो । देश विदेश घुमेको छ देखेको छ यसले केही गर्छ भन्न थाले । त्यसैलाई आधार मानेर पार्टीले उहाँलाई नै टिकट दियो ।

यसरी सुरुभयो राजनीतिक यात्रा

२०४६ सालमा भानु माविमा कक्षा ८ पढ्दै गर्दा उहाँ नेपाल विद्यार्थी संघमा आवद्ध हुनुभयो । १७ वर्षका अर्जुनको राजनीति एउटा विद्यालयमा नेविसंघको कोषाध्यक्ष भएर सुरु भयो । तर २०४९ सालमा एसएलसी दिएपछि विद्यालय छाड्नुभयो । विद्यालयसँगै छुट्यो नेविसंघको पद पनि ।

ठूलो वुवाको छोरा इन्डियन आर्मि थिए । आफू पनि लाहुरे हुन पाइन्छकी भन्ने आशले अर्जुन पनि भारत जानुभयो । २०५१ सालमा लाहुरे हुने आशमा भारत हिँडेका अर्जुन दुई वर्षपछि निराश भएर फर्किनु पर्‍यो । भर्ती लाग्न सक्नु भएन । अनि रोजगारिका लागि कतारको बाटो समात्नुभयो ।

यस्तो भयो १५ वर्षे कतार बसाई

२०५३ सालको मंसिरमा अर्जुन होटलको काममा कतार पुग्नु भएको थियो । कतार बसाईको सुरुवात होटलका भाँडा माझ्ने कामबाट भयो । केही महिना भाँडा माझ्दा उहाँले अरु काम पनि जान्न थाल्नुभयो । तलव २० हजार रुपैयाँ (७ सय रियाल) थियो । कूकको काम जानेपछि काम फेरियो भने तलब पनि बढ्यो । कहिलेकहिँ १८ घण्टा काम गर्ने अर्जुन थोरै भनेको १२ घण्ट खट्नु पथ्र्यो ।

गाउँका अरुपनि अर्जुनको काम र कमाई सुनेपछि जान रहर गर्न थाले । अर्जुनले आफन्त पनि त्यो कम्पनीमा लानु भएको थियो । विदेशबाट छुट्टिमा घर फर्किएका अर्जुनले २०५७ सालमा तनहुँकै भलायोटारकी उत्तरा केसीसँग विवाह गर्नुभयो । अहिले तीन सन्तान छन् । २०६८ सालमा घर फर्किने बेला अर्जुन होटलको म्यानेजर हुनुहुन्थ्यो भने तलव दुई लाख रुपैयाँ भन्दा बढी थियो । तर अर्जुनलाई आफ्नै देशमा केही गर्न मन थियो । पैसा कमाएपनि लामो समयको विदेश बसाई पट्यार लाग्न थालेको थियो ।

यस्तो थियो विदेश जाने बाध्यता

तीनभाइ दाजुभाइ मध्ये जेठा दाई अपांगता भएका थिए । हातका औंला नभएका कारण उहाँलाई काम गर्न समस्या थियो । आमाको नाकको फुली बाहेकका सबै गहना बन्दगी राखेर ऋण लिइएको थियो ।

गरिब परिवारका माइलो सन्तान अर्जुन नै परिवारको तत्काल केही गर्नु परे उहाँ नै हुनुहुन्थ्यो । गाउँलेले हेर्थे बरु आफन्तले खासै सहयोग गर्दैनथे । ऋणमा ऋण थपेर अर्जुन विदेश जानु भएको थियो ।

विदेश जाने सबैले कमाउँछन् भन्ने निश्चित हुँदैन । तर अर्जुनले कमाउनुभयो । परिवारलाई लागेको सबै ऋण तिर्नुभयो । जग्गा जमिन जोडिसकेपछि हाकिम चोकमा दाइको लागि एउटा पसल खोल्नुभयो । खड्का फ्यान्सि पसल अहिले अपांगता भएका दाइले चलाउनुहुन्छ । उहाँलाई पनि भाइ अर्जुनकै कारण जीवन यापनमा सहज भएको छ ।

अबको योजना

चुनावका दौरान अर्जुनले खासै ठूला बाचा गर्नु भएको छैन । शिक्षालाई गुणस्तरीय बनाउने, बाटो पुल पुलेसाहरु बनाउने, बिजुली विस्तार गर्ने, भूकम्प पीडितलाई सहयोग गर्ने छुटेकालाई समेट्ने ।

शान्तीपूर्ण समाजको निर्माण गर्ने, खानेपानी, स्वास्थ्यचौकी सुविधासम्पन्न बनाउने योजना सुनाउनु भएको थियो ।

यीनै योजनाका कारण अर्जुनले चुनाव जित्नुभयो । चुनाव जितेपछि काम गर्न सक्छु भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । अबको योजना सुनाउनुभयो, ‘सबै दलका प्रतिनिधिसँग सल्लाह गरेर अगाडि बढ्छु, अग्रजलाई राख्छु र योजनाको प्राथमिकता छुट्याउँछु, पक्षपात नगरी अब देशकै लागि काम गर्छु ।’
source:sajhapage.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rDmxJ5
via IFTTT

रञ्जुको फेसबुक खर्च २ लाख, चुनावमा विवेकशीललाई २९ लाख नाफा

१७ जेठ, काठमाडौं । रञ्जु दर्शनाको चुनावी अभियानमा विवेकशील पार्टीले पैसाको खोलो बगाएको चर्चा चलिरहेका बेला हामीले विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापालाई सोध्यौं– रञ्जु दर्शनाको चुनाव खर्च कति भयो ।

थापाले चित्त दुखाएर भने, ‘हामी आफ्नो आम्दानी र खर्चको एक–एक हिसाब वेवसाइटमा राख्छौं, तैपनि हामीमाथि नै यस्तो आशंका गरिन्छ ।’

विवेकशील नेपालीको वेवसाइट लीडनेपाल डटकममा गएर हेर्दा यस पार्टीले पहिलो चरणको स्थानीय चुनावमा ३१ लाख ९९ हजार ५ सय ७१ रुपैयाँ खर्च गरेको रेकर्ड भेटियो । यस्तै पार्टीको चुनावी कोषमा ६१ लाख ६ हजार ९ सय तीस रुपैयाँ २७ पैसा जम्मा भएको वेवसाइटमा उल्लेख छ । यो २०७३ पौष ६ गतेदेखि ३ जेठ, २०७४ सम्ममा विभिन्न दाताहरुबाट प्राप्त भएको सहयोग रकम हो ।

पार्टीलाई पहिलो चरणको स्थानीय चुनावमा २९ लाख ७ हजार ३ सय ५९ रुपैयाँ २७ पैसा वचत भएको देखिएको छ । यो रकम उसले दोस्रो चरणको चुनावमा प्रयोग गर्ने छ । सो पार्टीले झापा, मोरङ, बारा, कन्चनपुरलगायतका जिल्लाहरुमा उम्मेदवारी दिने तयारी गरिरहेको छ ।

रञ्जु दर्शनाको खर्च

विवेकशीलले आफ्नो चुनावी अभियान मेयरकी उम्मेदवार रञ्जु दर्शनामा केन्द्रित गरेको थियो । रञ्जुको मात्र चुनावी खर्च ५ लाख ८८ हजार रुपैयाँ पुगेको विवेकशीलका स्रोत व्यवस्थापन अधिकृत शरण कार्कीले जानकारी दिए । निर्वाचन आयोगले एउटा मेयर उम्मेदवारका लागि तोकेको खर्च सीमा ७ लाख हो ।

‘कतिपयले शंका गरेजस्तो हामीले अस्वभाविक खर्च गरेका छैनौं, निर्वाचन आयोगको सिमाभित्रै छौं,’ कार्कीले भने ।

सामाजिक सञ्जालमा कति ?

चुनावी अभियानका क्रममा विवेकशीलले सामाजिक सञ्जाल फेसबुकको अत्यधिक उपयोग गरेको थियो । पार्टीका एजेन्डाहरु, उम्मेदवारका चुनाव चिन्हहरु र रन्जु दर्शनाका भाषण तथा अन्तरवार्ता ‘प्रमोट’ गरेर भाइरल बनाइएका थिए ।

कार्कीले फेसबुक प्रमोसनका लागि करिब २३ सय डलर (करिब २ लाख ३० हजार) खर्च गरिएको बताए ।

विवेकशील नेपालीका मुख्य दाता यसका सदस्यहरु नै भएको कार्की बताउँछन् । यसका अनलाइन सदस्य १५ हजारभन्दा बढी छन् भने प्रतिवद्ध सदस्य २५ सय छन् । उनीहरुलाई वार्षिक ३ सय ६५ रुपैयाँ लेवी तोकिएको छ । यसबाट उठ्ने रकम नियमित पार्टी सञ्चालनमा उपयोग गर्ने गरिएको छ ।

यो बाहेक आवश्यकताका आधारमा विभिन्न अवसरमा सहयोग संकलन गरिन्छ । विशेषगरी विदेशमा रहेका सदस्य तथा शुभेच्छुकहरुले सो पार्टीलाई ठूलो भरथेग गर्दै आएका छन् ।

चुनावका लागि गरिएको रकम संकलनमा एकै व्यक्तिले १२ लाख रुपैयाँसम्म दिएका छन् । बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले चारपटक गरेर १२ लाख रुपैयाँ दिएका हुन् ।

अन्य उम्मेदवारको कन्तबिजोग

विवेकशीलले काठमाडौंको मेयर र ४ वडाध्यक्षसहित जम्मा नौ जना उम्मेदवार उठाएको थियो । तर रञ्जुको अनुपातमा अरु उम्मेदवारले उल्लेख्य भोट ल्याउन सकेनन् ।

विवेकशीलले वडा नं. ६, ७, ३० र ३२ मा वडाध्यक्ष उठाएको थियो । तर कसैले पनि उल्लेखनीय भोट पाएनन् ।

वडा नम्बर ६ का उम्मेदवार सागर लुइटेलले २ सय ६ भोट पाए । वडा नम्बर ७ का उम्मेदवार दीपकुमार विष्टले ८२ भोट मात्र ल्याए । वडा नम्बर ३० का उम्मेदवार अमृतराज वैद्यले सबैभन्दा बढि ३ सय ३८ भोट पाए । यसैगरी वडा नम्बर ३२ का उम्मेदवार सुवास पराजुलीले ९२ भोट पाए । source:onlinekhabar.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rDsIwY
via IFTTT

Tuesday, May 30, 2017

शिशु जन्माएर फाल्ने अविवाहित युवती यसरी परिन् पक्राउ

सोलुखुम्बु । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् ।

सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु (छोरी)लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

करिब २ः३० बजे महिलाले प्लास्टिकको पोका फालेको केटाकेटीले देखेपछि नजिकै गएर हेर्दाहेर्दै शिशु चलेर बाहिर निस्केपछि चिच्याउँदै अभिभावकलाई खबर गरेका थिए । प्रत्यक्षदर्शीले दिएको हुलियाअनुसार प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र बनाएको थियो ।

कक्षा ११ मा अध्ययन गरी सल्लेरीमा डेरा गरी बस्दै आएकी राईलाई मङ्गलबार साँझ डेराबाटै पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानमा घटनामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । शिशु कस्को हो र किन यस्तो घटना घट्न पुग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले बताउनुभयो ।

यस्तै, २०७२ मङ्सिर २८ र २९ गते पनि सदरमुकाममै दुई शिशुको शव भेटिएको थियो । डेढ वर्ष बितिसक्दा पनि उक्त घटनामा संलग्न दोषी पत्ता लगाउन नसकेको प्रहरीले मङ्गलबारको घटनामा संलग्नलाई भने २४ घन्टा नबित्दै नियन्त्रणमा लिन सफल भएको छ । रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qEJPt8
via IFTTT

पीएचडी अध्ययनरत छात्राले गरिन पंखामा झुण्डिएर आत्महत्या ..

जेठ १७ । भारतको नयाँ दिल्लीमा आइआइटी अध्ययनरत पीएचडीकी एक छात्राले मंगलबार सांझ क्याम्पसको छात्रावासमा आत्महत्या गरेकी छन् ।

मंगलबार सांझ होस्टलको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनको हत्या हो कि आत्महत्या हो भन्ने कुरा प्रहरी अनुसन्धान गरिरहेको छ । उनको परिवार आएपछि आज पोष्टमार्टम गर्ने प्रहरीले जनाएको छ ।

भोपालकी विवहित २७ वर्षिय मंजुला आइआइटी क्याम्पसको छात्राबासमा रहेकी थिइन । उनका पति रितेश विरहा परिवारका साथ भोपालमा नै बस्थे । प्रहरीले उक्त छात्रावासका अन्य विद्यार्थीहरुलाई पनि सोधपुछ गरिरहेको छ । source:nepalaaja.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2skwaIZ
via IFTTT

गोमा एयर दुर्घटनामा घाइते एयर होस्टेस प्रज्ञाको स्वास्थ्यमा सामान्य सुधार, पाँच वटा अप्रेशन गर्नुपर्ने

काठमाडौं । गोमा एयरको कार्गो विमान दुर्घटनामा घाइते एयर होस्टेस प्रज्ञा महर्जनको स्वास्थ्यमा सामान्य सुधार हुँदै गएको छ । शनिबार सोलुखुम्बुको लुक्ला बिमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएपछि थप उपचारका लागी काठमाडौँको ग्राण्डी अस्पतालमा आकस्मिक उपचार थालिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको ढाड, खुट्टा, औला, दुवै हात र हातका औला गरेर पाँच ठाउँमा अप्रेशन गर्नुपर्ने देखिएको छ ।

उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डेका अनुसार प्रज्ञालाई ठिक हुन अझै दुई महिना बढी समय अस्पतालमै राख्नुपर्छ । शनिबार भएको गोमा एयरको विमान दुर्घटनामा पाइलट पारसकुमार राई र कोपाइलट सृजन मानन्धरको निधन भइसकेको छ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rmtSfb
via IFTTT

नेपाली पतिले छाडेपछि इन्डोनेसियाकी महिला अलपत्र

जनकपुरधाम : मायाप्रेमको बन्धनमा बाँधिएपछि देशसमेत छाडेर ८ वर्ष पहिले नेपाल आइपुगेकी इन्डोनेसियाकी एक महिला अहिले श्रीमान्बाट धोखा पाएपछि विचल्लीमा परेकी छन् ।इन्डोनेसियाको आर टी ०४ आर डब्लु-३० त्रिध्यांगो गाम्पिङ सलेमान योगयकर्ता निवासी तितिक इस्तियानी आठ वर्ष पहिले सप्तरीको हरिहरपुर निवासी सञ्जीवकुमार चौधरीसँग प्रेम सम्बन्ध गाँसेर नेपाल आएकी थिइन् । २००६ मा तितिया वैदेशिक रोजगारीका लागि इन्डोनेसियाबाट मलेसियाको चकलेट फ्याक्ट्रीमा पुगेकी थिइन् । त्यही बेला उनको भेट सञ्जीवसँग भएको थियो । सञ्जीव उनीभन्दा १० वर्ष कम उमेरका भए पनि तितिया उनको प्रेममा परिन् ।

मलेसियामै एक वर्षको प्रेम सम्बन्धपछि उनीहरू विवाह गर्ने निर्णयमा पुगे । तितियाले सञ्जीवलाई आफ्नो देशमा गएर बुबाआमासँग आफ्नो हात माग्न अनुरोध गरिन् । २००७ मा दुवैजना इन्डोनेसिया पुगे र सञ्जीवले मुस्लिम धर्म अपनाई विवाह गरे । सञ्जीव तितियासँगै दुई महिना इन्डोनेसिया बसे । त्यसपछि सञ्जीव पुनः मलेसिया फर्के । तितियाले माइतीमै छोरी जन्माइन् ।

छोरी जहरा चार महिनाको भएपछि तितिया श्रीमान् भेट्न मलेसिया पुगिन् । त्यहाँ सञ्जीवले उनलाई नेपालको जनकपुरमा आफ्ना बुबाआमाको घर जान प्रस्ताव राखे । तितियाले सञ्जीवको प्रस्ताव मानेर २००९ मा तीन महिनाको भिसा लिएर छोरीसँगै जनकपुर आइपुगिन् । नेपाल आइपुगेपछि नेपाल सरकारका कर्मचारीसमेत रहेका ससुरा नकुल चौधरीले उनलाई बुहारी भनेर माया गरे पनि सासू सरस्वतीले मुस्लिम भएको भन्दै हेलाँ गरिन् ।

तितियाले भनिन्, ‘मेरो नाम फेरेर सन्जना चौधरी राखियो । यहाँको नागरिकता दिलाइयो र सप्तरीबाट विवाह दर्तासमेत गराइयो ।’ त्यसपछि आफ्नो माइती बिर्सेर सासूससुरासँग जनकपुरमै बस्न थालेकी तितियाले मिथिलाको सभ्यता पनि सिकिन् । साडी चोलो लगाएर मैथिली र नेपाली भाषासमेत सिकेर राम्री बुहारी र श्रीमती बन्न सक्दो प्रयास गरिन् ।

२०१४ मा तितियालाई घरमा छाडेर सञ्जीव अमिनको तालिम लिन भन्दै काठमाडौं गए । यस क्रममा सञ्जीवले अन्य महिलासँग अनैतिक सम्बन्ध राखे । सञ्जीवले धनुषाकै कुर्था गाउँकी एक विवाहित र दुई छोराछोरीकी आमालाई भगाएर एक वर्षसम्म सँगै राखेका थिए । ती महिलाका श्रीमान् विदेशबाट फर्केपछि प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि सञ्जीव र ती महिलालाई प्रहरीले पक्राउ गरेर दुवै परिवारको जिम्मा लगाएको थियो ।

यो विषयको प्रतिवाद गर्दा तितियालाई घरबाट निकालियो । ९ र ७ वर्षीया दुई छोरीलाई समेत सासूससुराले जबरजस्ती आफूसँगै राखेर तितियालाई घरबाट निकाले । घरबाट निकालिएपछि सिरहाको लहानमा प्रदीप गिरीद्वारा सञ्चालित आ श्रममा केही दिन काम गरेर बसेकी तितिया छोरी भेट्न पाउने आसमा पुनः जनकपुर फर्किन् । जनकपुरमा थुप्रै घरमा खाना पकाउने, घरेलु कामकाज गरेर जसोतसो गुजारा गर्दै आएकी छन् । प्रहरी, प्रशासन र मानवअधिकारकर्मीसँग न्याय माग्दै हिँडेकी तितियाले छोरीहरू आफूले पाल्न पाउनुपर्ने माग गरेकी छन् । annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rD493p
via IFTTT

एकाधिकार तोड्दै भारतलाई टक्कर, नेपालमा चीनले पनि पायो ठूलो जिम्मेवारी

काठमाडौं, १७ जेठ । नेपाल सरकारले हालसम्म एकलौटी र स्वतन्त्र रूपमा भारतीय दूतावासलाई दिँदै आएको सीमावर्ती क्षेत्रका विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने अधिकार अब चीन सरकारलाई समेत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न गरिबी निवारण कोष सञ्चालक बोर्ड बैठकले नेपालको हिमाली भाग र तिब्बतसँग सिमाना जोडिएका १७ वटा जिल्लामा विकास निर्माणका लागि चीन सरकारलाई सामेल गराउने निर्णय गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

जडीबुटी संरक्षण र उपयोग, निर्माण, लघुऊर्जा विकासलगायत क्षेत्रमा चीन सरकारलाई स्वागत गर्ने निर्णय सरकारले गरेको हो । कोषका कार्यकारी प्रमुख नकुल केसीका अनुसार पाँच अर्ब रुपैयाँसम्मको लगानीका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकार तथा एसियन इन्भेस्टमेन्ट तथा इन्फ्रास्ट्रक्चर बैंक (एआईआईबी) सँग पत्राचार गर्दै औपचारिकता दिन आग्रह गरिनेछ । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग गरेको परामर्शका आधारमा कोषले मंगलबार यस्तो निर्णय गरेको हो ।

पौड्यालले सीमावर्ती जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न चिनियाँ सहयोग जुटाउन आफूले पहल गर्ने बताउनुभएपछि कोषले यस्तो निर्णय गरेको हो । तिब्बतसँग सीमा जोडिएका सोलुखुम्बु, रसुवा, सिन्धुपाल्चोक, धादिङ, दोलखा, गोरखा, ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, संखुवासभा, मुगु, दार्चुला, बझाङसहित १७ जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।

कोष सञ्चालक समितिको मंगलबार सिंहदरबारमा बसेको ६६ औं र ६७ औं बैठकले नेपालका हिमाली तथा नेपाल-तिब्बत सीमा क्षेत्रका जिल्लामा कार्यक्रम सञ्चालन गर्न चीन तथा एसियाली पूर्वाधार लगानी बैंकसँग परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्र घिमिरेले भन्नुभयो, ‘हामी परराष्ट्र मन्त्रालयमार्फत प्रोजेक्टवाइज रूपमा गरिबी निवारणका कार्यक्रम चिनियाँ सहयोगमा सञ्चालन गर्न चाँडै प्रस्ताव पठाउँदै छौं ।’

काठमाडौं : नेपाल सरकारले हालसम्म एकलौटी र स्वतन्त्र रूपमा भारतीय दूतावासलाई दिँदै आएको सीमावर्ती क्षेत्रका विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने अधिकार अब चीन सरकारलाई समेत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न गरिबी निवारण कोष सञ्चालक बोर्ड बैठकले नेपालको हिमाली भाग र तिब्बतसँग सिमाना जोडिएका १७ वटा जिल्लामा विकास निर्माणका लागि चीन सरकारलाई सामेल गराउने निर्णय गरेको छ ।

जडीबुटी संरक्षण र उपयोग, निर्माण, लघुऊर्जा विकासलगायत क्षेत्रमा चीन सरकारलाई स्वागत गर्ने निर्णय सरकारले गरेको हो । कोषका कार्यकारी प्रमुख नकुल केसीका अनुसार पाँच अर्ब रुपैयाँसम्मको लगानीका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकार तथा एसियन इन्भेस्टमेन्ट तथा इन्फ्रास्ट्रक्चर बैंक (एआईआईबी) सँग पत्राचार गर्दै औपचारिकता दिन आग्रह गरिनेछ । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग गरेको परामर्शका आधारमा कोषले मंगलबार यस्तो निर्णय गरेको हो ।

पौड्यालले सीमावर्ती जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न चिनियाँ सहयोग जुटाउन आफूले पहल गर्ने बताउनुभएपछि कोषले यस्तो निर्णय गरेको हो । तिब्बतसँग सीमा जोडिएका सोलुखुम्बु, रसुवा, सिन्धुपाल्चोक, धादिङ, दोलखा, गोरखा, ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, संखुवासभा, मुगु, दार्चुला, बझाङसहित १७ जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ ।

कोष सञ्चालक समितिको मंगलबार सिंहदरबारमा बसेको ६६ औं र ६७ औं बैठकले नेपालका हिमाली तथा नेपाल-तिब्बत सीमा क्षेत्रका जिल्लामा कार्यक्रम सञ्चालन गर्न चीन तथा एसियाली पूर्वाधार लगानी बैंकसँग परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्र घिमिरेले भन्नुभयो, ‘हामी परराष्ट्र मन्त्रालयमार्फत प्रोजेक्टवाइज रूपमा गरिबी निवारणका कार्यक्रम चिनियाँ सहयोगमा सञ्चालन गर्न चाँडै प्रस्ताव पठाउँदै छौं ।’

ती जिल्लाको गरिबीको अवस्था र उनीहरूको जीवनस्तर सुधार्न जीविकोपार्जन, आयआर्जनसँग सम्बन्धित परियोजना बनाएर प्रस्ताव पठाउने योजना रहेको घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार हिमाली र तिब्बतसँग सीमा जोडिएका जिल्लामा कार्यक्रम सञ्चालनका लागि चिनियाँ पक्षसँग प्रारम्भिक कुराकानी भएको छ । ‘उहाँहरू इच्छुक देखिएकाले नै हामीले निर्णय गरेका हौं’, घिमिरेले भन्नुभयो । चीनले आफ्नो सीमावर्ती क्षेत्रको विकासमा यसअघि पनि चासो व्यक्त गर्दै आएको थियो । तर, ती जिल्लामा के-कस्ता कार्यक्रम सञ्चालन गर्ने प्रस्ट जवाफ सरकारले दिन सकेको थिएन।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qzFW9P
via IFTTT

‘बाहुबली’ले बिजनेम्यानको नातिनीसँग बिवाह गर्ने

बाहुबली फिल्ममार्फत धेरै दर्शकहरुमाझ चिनिएका नायक नायिका हुन् प्रभास र अनुष्का । उसो त उनीहरुले अरु फिल्ममा गरेको कामले पनि उनीहरुलाई मानिषहरुले चिन्थे तर बाहुबली ले उनीहरुलाइ अझ धेरै दर्शकहरुमाझ चर्चित बनाईदियो । उनै कलाकार द्धय अनुष्का शेट्टी र प्रभासको बिवाहको खबरले भारतीय मिडियामा मात्र होइन नेपाली फिल्म नगरी पनि चर्चा पाएको थियो । स्मरण रहोस्, ‘बाहुबली’ फिल्मको सुटिङको क्रममा प्रभासलाई ६ हजार केटीबाट बिहेको लागी प्रस्ताब आएको थियो ।

प्रभास र अनुष्काको बिहेको चर्चा सेलाउन नपाउँदै अब यस्तो खबर आएको छ कि प्रभास कुनै केटीसँग बिवाह गर्दैछन् । एक भारतीय वेबसाईटका अनुसार रासी सिमेन्टको अध्यक्ष भुपति राजुले आफ्नो नातिनीको बिहेको लागी प्रभासको परिवारसँग कुराकानी गरेका थिए । जबकी यस बिषयमा उनको परिवारको तर्फबाट कुनैपनि प्रतिक्रिया आएको छैन । स्मरण रहोस्, प्रभास अहिले अमेरिकामा छन् र उनी त्यहाँबाट फर्कनेवाला छन् ।

यो भन्दा पहिला अुनष्का र प्रभासको अफेयर र बिहेको बारेमा मिडियामा एकदमै धेरै समाचारहरु आएका थिए । भारतीय मिडियाका अनुसार अनुष्का दुई बर्ष पहिले नै बिहे गर्नेवाला थिइन् तर प्रभासले ‘बाहुबली’ फिल्मको सुटिङको लागी उनको बिवाह रोकिदिएका थिए । यहाँसम्मकी उनले आफ्ना बिहे पनि पाँच बर्षको लागि पछि सारेका थिए । source:gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rCP163
via IFTTT

अामा छाेरा नै म्यादी प्रहरीमा भर्ना भएपछि….

मोरङ । उमेरले ३६ वर्ष बसन्त पार गर्दैहुनुहुन्छ मिना मरासिनी । उहाँलाई नेपाल प्रहरीमा जागिर खाने ठूलो सपना थियो । तर बाध्यताबस ९ कक्षामा पढ्दा–पढ्दै उहाँको विवाह भयो र प्रहरीको जागिरखाने सपना त्यसै तुहियो । उहाँको समुदायमा विवाह गञरेर आईसके पछि घरकै काम गर्नु पर्छ भन्ने मान्यता रहेकाले विवाह पछि जागिर खाने त के अब पढ्नु पर्छ भन्ने वातावरण पनि थिएन ।

त्यस बेला उहाँले नेपाल पुलिसमा जागिर खाएर राम्रो पैसा कमाउने रहर हुदा हुदै पनि त्यो सपना भने अधुरै रह्यो । तर पनि अहिले आएर त्यो हिनताबोध भने छैन उहाँमा किनकी उहाँ अहिले अस्थाई रुपमा भए पनि नेपाल प्रहरीको जागिर खाईरहेकी छिन् । कम्तीमा दुई महिना भए भए पनि म्यादि प्रहरीको जागिरमा छिन उहाँ । म्यादी प्रहरीमा उहाँ एक्लो मात्र हैन आफ्नै छोरा सँग म्यादि प्रहरीमा जागिर खाईरहेकी छिन् ।

उहाँको खास घर अर्घाखाँची हो । मिना यतिबेला आफ्नै छोरासँग म्यादी प्रहरीको जागिर खादैछिन् विराटनगरमा । मिना भन्नुहुन्छ – ‘नेपाल प्रहरीमा जागिर खानका लागि उमेरले डाडो काटिहाल्यो अब त यहि म्यादीबाट भएपनि रहर पुरा गर्नुछ !’ हाल विराटनगर १२ कोशी प्रोजेक्टममा बस्दै आएउनु भएकी मिनालाई उहाँका पति विष्णु मरासिनीले नै गोर्खापत्र दैनिकमा आएको विज्ञापन देखाउदै म्यादी प्रहरीमा जागिर खुलेको जानकारी दिएको बताउनु भयो ।

विज्ञापन ल्याए कै दिन आमा र छोरा सागर मरासिनि दुबैले जिल्ला प्रहरी कार्यलय मोरङ गएर फारम पनि भर्नुभयो । ४ हजार भन्दा बढी आवेदकहरु मध्ये आमा छोराको नाम निस्कीयो । आमा छोराले म्यादीको लागी लिखित र मौखिक दुवैमा नाम पनि निकाल्न सफल हुनुभयो । उनीहरु म्यादी प्रहरीको लागी छनौट भई रानी ईलाका प्रहरी कार्यलयबाट तालिम पनि लिनुभयो ।

उहाँहरुको नेपाल प्रहरीमा जागिर खाने रहर केही समयका लागी भए पनि पुरा भएको छ । म्यादी प्रहरीको जागिरे भएपछि आमा छोरा विहान ५ बजे नै उठछन् । आमाले खाना बनाउनु हुन्छ । आमा छोरा एउटै साईकलमा बसेर ड्युटी जानुहुन्छ । यतिखेर आमाको ड्युटी ईलाका प्रहरी कार्यालय परिसर भित्रै छ । छोरालाइ रानी सिमा क्षेत्रमा म्यादी प्रहरीको पोशाकमा बेतको लौरोको सहारामा डिउटी गरिरहेको भेटिने गर्नु हुन्छ ।purbeli news

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rBzXFv
via IFTTT

दुर्घटनामा मृत्यु भएका पाइलट गुरुङ को हुन् ?

काठमाडौ, १७ जेठ । नेपाली सेनाका पाइलट महासेनानी कैलाश गुरुङ भोजपुरको छिनामखु २ मा जन्मिएका हुन् । गुरुङले विद्यालय शिक्षा भोजपुरकै तत्कालिन अन्नपूर्ण माध्यामिक विद्यालयबाट हासिल गरेका थिए ।

उनले अन्नपूर्ण माविबाटै २०४३ सालमा एसएलसी उत्र्तिण गरे अनि प्राविधिक शिक्षा आर्जन गर्दै नेपाली सेनामा प्रवेश गरेका थिए । महासेनानी कैलाशले भूकम्पका बेला र भईपरि आउने प्रकोपका समयमा जोखिमपुर्ण उडान भरि मानव उद्दारमा खटिन सधै अग्र स्थानमा थिए ।

महासेनानी गुरुङले नेपाली सेनाका बहादुरी र गाथा समेटिएका थुप्रै गीत समेत लेखेका थिए । यतिमात्र होइन, पाइलट कैलास गुरुङ भोजपुरमा पहिलो पटक गाडी पु¥याउने व्यक्ति पुन हुन् । उनले भोजपुर जिल्लामा पहिलो पटक हेलीकप्टरबाट गाडी पु¥याएका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2siIhWX
via IFTTT

यी नेपाली जसको जिम्मामा छन बेलायती राजपरिवार

लण्डन । ब्रिटिश आर्मीमा गोर्खा भर्ति शुरु भएको दुई सय वर्ष नाघिसकेको छ । यो अवधिमा गोर्खाहरुले देखाएको साहस, इमान्दारीता र वीरताको प्रशंसा दुनियाँभर हुँदै आएको छ, झन बेलायतमा नहुने त कुरै भएन । गोर्खाहरुकै कारण बेलायत नेपाल सम्बन्ध सुदृढ भएको दुवै देशका अधिकारीहरुले बताउँदै आएका छन् ।

अर्को तथ्य यो पनि हो कि, गोर्खाहरु बेलायती राजदरबारको सबैभन्दा विश्वासिला सैनिक मानिन्छन् । बेलायती महारानीदेखि राजकुमारहरुले विभिन्न समारोहमा यो तथ्य उजागर गर्दै आएका छन् ।

उनीहरु आफूलाई गोर्खा सैनिकसँग रहँदा सुरक्षित महसुस हुने बताउँदै आएका छन् । गोर्खाहरुले विगत दुई सय वर्षदेखि ब्रिटिश फोर्समा संलग्न रहेर विभिन्न देशका प्रमुख द्वन्द्वमा सहभागी भइ बहादुरी र इमान्दारी देखाएका कारण राजपरिवारको नजरमा गोर्खा सैनिक सधैं प्रशंशाका पात्र बने
महारानीकाे सुरक्षामा गोर्खा
अहिले बेलायती महारानीको सुरक्षामा दुई गोर्खा खटिएका छन् । ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी एलिजावेथ द्वितीयका विश्वासिला सैनिक हुन् क्याप्टेन ललित गुरुङ (एमभिओ) र क्याप्टेन गणेश तामाङ (एमभिओ) ।
यतिखेर उनीहरु बेलायती महारानीको सुरक्षामा खटिएका छन् दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्सका रुपमा । बकिङहम प्यालेस होस् वा विभिन्न शहरमा रानी सवारी हुने समारोह, ललित र गणेशलाई रानीको गार्डिङ गर्ने जिम्मेवारी छ ।सभा समारोह र पार्टीमा महारानीसँगै हिँडेर सुरक्षा दिने, रानीको रेखदेख र काम पर्दा अगाडि उपस्थित हुने उनीहरुको जिम्मेवारी हो ।
ललित भन्छन्, ‘रानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ । रोचक के भने समारोहमा रानीसँग हिँड्दा हामी बाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।’

उनीहरु विगत ९ महिनादेखि यो जिम्मेवारीमा छन् र अब अगष्टसम्म रहन्छ यस्तो जिम्मेवारीमा । हालसम्म उनीहरु रानीको ३५ वटा औपचारिक कार्यक्रमसहित दरबारमा भएका गार्डेन पार्टी र प्यालेसबाहिर कयौं कार्यक्रममा सरिक भइसके ।

हाम्रा बाबु बाजेको विश्वासले गर्दा यस्तो जिम्मेवारी पाएका छौं, गर्व लाग्छ’, क्याप्टेनद्वय भन्छन्, ‘यस्तो जिम्मेवारी पाउनु चानचुने कुरा होइन । गोर्खा बटालियन अफिसरबाट वर्षेनी उत्कृष्ट दुई जना छान्ने क्रममा हामी परेका हौं ।’

रानी आफ्नो मात्र होइन, समस्त ब्रिगेड अफ गोर्खाजको आमा सरह भएको बताउँछन् ललित । ललितका बाजे इन्डियन आर्मीमा थिए । बाबा रिटायर्ड क्याप्टेन (क्यूजिओ) सूर्ज बहादुर गुरुङले पनि रानीलाई गार्डिङ गरेका थिए । ‘हाम्रो पुस्ताले पनि यस्तो मौका पाउँदा गर्व लाग्छ’, उनले सुनाए ।
ललितका दाई पनि ब्रिटिश आर्मीमै थिए, कलर सार्जन्टबाट अवकास लिए ।सन् १८७६ बाट दरबारले वर्षेनी दुई जना गोर्खालाई दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्स नियुक्त गर्ने प्रचलन शुरु भएको हो । पहिलो र दोश्रो विश्वयुद्धले बीचमा यो रोकिए पनि क्वीन भिक्टोरियाले सन् १९५४, ११ मार्चदेखि फेरि शुरु गरेको इतिहास छ ।
कास्कीको वारचोक गाउँबाट अहिले पोखरा माटेपानी बसाइ सरेको छ उनको परिवार । सन् १९९२ मा ब्रिटिस आर्मीमा भर्ती भएपछि ललित कोसोभो, बोस्निया, सेरालिओन र अफगास्तिान खटिइसके । अफगास्तिान युद्धमामात्र तीनपटक खटिएको उनले बताए ।

वानआरजिआरका क्याप्टेन ललितले रानीको कोहीप्रति चासो लिएर सोधखोज र ख्याल गर्ने बानी भएको बताए । गत मार्चमा रानीले दरबारमा ललितलाई मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर (एमभिओ) पदक दिने बेला सर्भिसका लागि धन्यवाद दिँदै सोधेकी थिइन्, ‘नेपालमा कस्तो छ अहिले ? स्थानीय चुनाव के हुँदैछ ?
अहिले ब्रुनाइमा रहेको वानआरजिआर यूके कहिले आउँछ ?’

‘मेरो धेरै अगाडिदेखि गोर्खासँग भावनात्मक सम्बन्ध छ । मेरो विश्वासिलो र उत्कृष्ट रोजाइको आर्मी गोर्खा हुन्’, रानीको भनाइ उद्धृत गर्दै ललितले भने ।रानी ९१ वर्ष उमेरको भएपनि ‘फिट एण्ड फाइन’ भएको बताउँछन् उनी । ‘दरबारभित्र कुनै समारोह हुँदा उहाँ झण्डै डेढ दुई घण्टासम्म लगातार उभिएर गफ गर्न सक्नुहुन्छ’,
उनले सुनाए, ‘रानी भन्दैमा घुम्ने, खाने बस्ने, सुत्ने मात्र बानी उहाँको छैन् । बिहान साढे ६ बजेतिर उठेर ब्रेकफास्ट खाएपछि निजी चिकित्सक, नर्सले स्वास्थ्य जाँच गरेपछि अफिस बसेर नियमित काम गर्नुहुन्छ महारानी ।’

रानीले बकिङहम प्यालेसभन्दा वीन्जर क्यासलमा बस्न मन पराउने उनले सुनाए । रानीको समारोह नभएका बेला ब्रिगेड अफ गोर्खाज हेडक्वाटर स्यान्डस्र्टमा कार्यरत हुन्छन् उनी ।

राजपरिवारकै प्रिय छन् गोर्खामहारानीमात्र होइन, प्रिन्स हयारी पनि गोर्खा र नेपाल अनि नेपालीसँग प्रभावित छन् । गत मार्चमा लन्डनस्थित नेपाली दूतावासमा बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष समापन समारोहमा प्रमुख आतिथ्य ग्रहण गर्दै बेलायती राजकुमार हयारीले नेपालको खुबै प्रशंसा गरे ।

गत वर्ष मार्चमा नेपाल भ्रमण गर्दा स्मृतिमा कैद भएका रोमाञ्चकारी र अविष्मरणीय क्षण साटिरहँदा उनीप्रति नेपाल र नेपालीको माया प्रष्टै झल्किएको थियो । गोर्खा सैनिकको प्रशंशा गर्न पनि छुटाएनन् उनले । नेपाल भ्रमणका क्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै ह्यारीले गोर्खा सैनिकहरुको दृढ
चरित्र कसरी बन्छ भन्ने कुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरेका थिए ।

आफ्ना पिता चाल्सको जस्तै ब्रिगेड अफ गोर्खाजसँग ४० वर्ष लामो सम्बन्ध नभए पनि आफूले गोर्खा सैनिकहरुसँगको सम्बन्धबाट खुशी र गर्व महसुस गर्ने गरेको हयारी बताउँछन् । राजकुमार ह्यारीले त्यतिबेला गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरेका थिए । ह्यारीले अफगानिस्तानमा गोर्खाहरुसँगै बसेर
पिरो खसीको मासु खाएको क्षण होस् वा संगै अफगानिस्तानमा लडेको क्षण,
समारोहमा यो प्रसंग दोहोर्याइरन्छन् उनी । हयारी आफू मात्र गोर्खा सैनिकसँग प्रभावित नभइ बेलायती रानी र नागरिकहरुले समेत सम्मान गर्ने गरेको प्रसंङ्ग पनि उठान गर्छन् ।

हयारीको मानसपटलबाट नेपालको अन्नपूर्ण हिमश्रृङ्खला तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै मेटिने छैन् । नेपाल जाँदा राजकुमार ह्यारीले उत्तरी गोर्खाको लापु गाउँ विकास समितिस्थित प्रभात किरण निम्न माध्यामिक विद्यालयको पुनर्निर्माणमा सघाएका थिए ।

बेलायती महारानी एलिजावेथ द्वितीय र प्रिन्स फिलिपले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेका थिए । राजकुमारी डायना, प्रिन्स चाल्र्स पनि नेपाल पुगिसकेका छन् ।

उता, गोर्खा सैनिकहरुलाई हालै बेलायती राजदरबारमा विशेष पदक दिइएबाट पनि दरबारको गोर्खाप्रति विश्वास र माया कति छ स्पष्ट झल्कन्छ । ६८ वर्षीय प्रिन्स चाल्र्स र उनका छोरा ३२ वर्षीय प्रिन्स हयारीको बाहुलीबाट पदक ग्रहण गर्दा गोर्खाहरु निकै उत्साहित देखिन्थे र आफूलाई भाग्यमानी पनि ठान्दै थिए ।

गत वर्ष अफगानिस्तानको राजधानी काबुलमा शान्ति सुरक्षार्थ खटिएका रोयल गोर्खा राइफल्स सेकेन्ड बटालियन (टुआरजिआर) का करिब डेढ सय गोर्खा सैनिकलाई हयारी र चाल्र्सले विशेष सम्मान ‘अपरेशनल सर्भिस मेडल’ प्रदान गरेपछि गोर्खाहरु आफूलाई भाग्यमानी सम्झन्छन् ।
गत वर्ष गणपति लेफ्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएको दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भदेखि नै नेटो संगठनबाट त्यहाँ खटिएका विभिन्न प्रतिनिधिलाई सुरक्षा प्रदान गरेको थियो ।

आठ महिना लामो ‘अपरेसन टोरल’का लागि गोर्खा काबुल खटिएका थिए । ती गोर्खाहरुले नन कम्ब्याट रोलमा अफगान मन्त्री र वरिष्ठ अधिकारीहरुलाई सुरक्षा सल्लाह दिन र अफगान नेशनल आर्मी अफिसर्स एकेडेमीमा सुपरिवेक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । काबुल सुरक्षा बलका लागि बटालियनको भूमिका महत्वपूर्ण थियो ।

त्यतिबेला सम्बोधनका क्रममा राजकुमार चाल्र्सले गोर्खा सैनिकहरुले बेलायती राजमुकुटका लागि सेवा गरेको दुई सय वर्ष पुगेको स्मरण गर्दै अझै निरन्तर सेवा गरिरहन आग्रह गरेका थिए । उनले आफू धेरै वर्ष अघि नेपाल गएको बताउँदै हिमालको सम्झना आइरहेको समेत सम्झिए ।

गोर्खा सैनिकमा १५ वर्ष कर्तव्यनिष्ठ भई उदाहरणीय काम गरेकामा राजकुमार हयारीले धन्यवाद दिँदै भनेका थिए, ‘सैनिक लगनशिलता, मिहिनेत, अनुशासन, कर्तव्यपरायण सैनिक जीवन अति नै महत्वपूर्ण हुन्छ ।’

ब्रिगेड अफ गोर्खाजमा हाल करिब तीन हजार पाँच सय गोर्खा सैनिक छन् । सेवारत र भूपू गोर्खाहरु बेलायती जनताको मनमा बस्न सफल छन् ।

source :- nepalipatra

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r88UQW
via IFTTT

क्याप्टेन विजय लामा यसो भन्छन विमान दुर्घटना बारे…(हेर्नुस् भिडियो)

नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामा उड्यन क्षेत्रका एक सेलिब्रिटी हुन्। उनको चर्चा उडानमा मात्रै सिमित छैन। अभिनय कला, व्यक्तित्व र वाक पटुता पनि उस्तै लोभलाग्दो छ। राष्ट्रिय मुद्दाहरूमा उनी जुनसुकै स्टेजमा मन जित्ने शैलीमा प्रस्तुत हुन्छ।
क्याप्टेन लामाको ‘जय चन्द्र सुर्य’ नारा जस्तै बनेको छ, जुन राष्ट्रिय ध्वजावाहाक नेपाल एयरलाइन्सको जहाजको सम्मानमा उनी जहाँ पनि प्रयोगमा ल्याउँछन्। लामाले आफ्नो फेसबुकमा त्यही ‘जय चन्द्र सुर्य’ को नारा उल्लेख गर्दै गाैरवको क्षण शेयर गरेका छन्। क्यापटेन विजय लामा यसो भन्छन विमान दुर्घटना बारे…
हेर्नुस् भिडियो…

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qylHJs
via IFTTT

विश्वकै होचा व्यत्तिको रुपमा किर्तिमान राखेका खगेन्द्र आइसियुमा –

विश्वका होचा व्यत्तिको रुपमा विश्व किर्तिमान राखेका खगेन्द्र थापा मगरको स्वास्थ्यमा थप समस्या आएसंगै मंगलबार सघन उपचारकक्ष (आईसियु) मा भर्ना भएका छन । खगेन्द्रको स्वास्थ्यमा समस्या देखा परेकोले विगत एक हप्ता देखी उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भइ रहेकोमा मंगलबार विहान करिब ९ः४५ बजे खाना खादै गर्दा वेहोस भए पछि उनको थप उपचारको लागि आईसियुमा भर्ना गरिएको उनका बाबु रुप बहादुर थापा मगरले बताए ।

खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न चिकित्सक कमल कुमालले बताए। उनका अनुसार हाल खगेन्द्रको स्वास्थ्यमा क्रमिक सुधार आएको छ तर उनको व्लड प्रेसरमा समस्या देखिएको छ । सामान्य वोलचाल तथा दिशा पिसाव समेत गरेका खगेन्द्रको व्लड प्र्रेसर नसुनिएको कारणले गर्दा हाल त्यसको उपचारको लागि औषधि दिईएको डा. कुमालले बताए । बुधबारसम्म व्लड प्रेसरमा थप सुधार नभए काठमाण्डौं रिफर गर्नुपर्ने अबस्था समेत आउन सक्ने उनले बताए ।

खगेन्द्रको स्वासप्रश्सावमा समस्या, हेमो ग्लोविन कमी,सेतो रगत आवश्यक भन्दा बढी देखिएको लगायतको कारणले गर्दा एक हप्ता देखि अस्पतातमा उपचार भइ रहेको अबस्थामा मंगलबार एकाएक उनको स्वास्थ्यमा समस्या आए पछि आईसियुमा राखिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर राना मगरले बताए ।

आईरनको कमि तथा हावापानीको कारणले गर्दा खगेन्द्रको स्वास्थ्यमा समस्या आएको हुन सक्ने चिकित्सकहरु बताउछन । खगेन्द्र नेपालकै गौरव भएकोले उनको उपचारमा अस्पतालले सहयोग गरेको प्रतिष्ठानका अध्यक्ष राना मगरले बताए । खगेन्द्र परिवारकोे आर्थिक अबस्था कमजोर भएकोले प्रतिष्ठानले विभिन्न अस्पताल तथा संंघ संस्थाबाट एवं व्यक्तिको सहयोगले स्वास्थ्य उपचार गर्दै आएको छ । बाग्लुङ धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र हाल पोखराको सृजनाचोकमा बस्दै आएका छन । उनले विश्व कृतिमान कायम गरेको ८ महिनामै रेकर्ड भंग भएको थियो । उनलाई अझै पनि विश्वका विभिन्न देशले निमन्त्रणा गर्ने गरेका छन ।
source:karnalikhabar.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rBiAEQ
via IFTTT

आमा नहुँदा बुवाले छोरी गर्भवती बनाए ! गाउँलेले थाहा पाएपछि…

एजेन्सी । श्रीमतीको निधनपछि एक पुरुषले आफ्नै छोरीको यौन शोषणा गरी गर्भवती बनाएको सनसनीपूर्ण खबर बाहिर आएको छ ।घटना महाराष्ट्रको सताराको हो । जहाँ गाउँलेले थाहा पाएर यो घटनालाई गाउँ पञ्चायतसम्म पुर्याएका छन् ।

यो घटनामा त्यहाँको जाति पंचायतले छोरीको बलात्कार गरेको अभियोगमा बाबुका साथै पीडित छोरीलाई पनि सजाय सुनाएको छ । पंचायतको फैसलापछि बाबुछोरीमाथि १०-१० कोरा(लाठी) हानिएको थियो ।

समाचार अनुसार घटना सतारा जिल्लाको पाचवड गाउँको हो । त्यहाँका एक पुरुषले करिब ४ महिनासम्म आफ्नी नाबालिग छोरीको यौनशोषण गरे । यो कर्तुतको थाहा तब भयो जब पीडित युवती गर्भवती भइन् । जाति पंचायतले आफ्नो कानुनअनुसार गाउँलेको बीचमा बाबु र छोरीलाई सजाय दिएको हो ।

पीडित बालिकाकी आमाको केही वर्षअघि मृत्यु भइसकेको छ । जसका कारण बाबुले छोरीबाटै आफ्नो यौन प्यास मेटाउथे ।पंचायतले यौन शोषणमा परेकी बालिकालाई पनि सजाय दिएपनि गाउँले छक्क परेका छन् । बाबुलाई त बलात्कार आरोपमा सजा सुनाइयो तर, छोरीलाई किन सजाय दिइयो भन्ने प्रश्न उठ्यो ।

जसमा छोरीलाई सजाय दिनुको कारण अहिलेसम्म यस्तो अत्याचार सहनु रहेछ । पंचायतले पीडित बालिकाले चार चार महिनासम्म एकपटक पनि यस्तो कर्तुतको विरोध नगरेपछि उनलाई पनि दोषी ठहर गरेको हो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rkj0Pg
via IFTTT

विल्सन विक्रम राई ले बलिउड चलचित्रमा अभिनय गर्दै गर्दाको भिडियो सार्वजनिक..

विल्सन विक्रम राई (तक्मे बुढा)ले बलिउड चलचित्रमा अभिनय गर्दै गर्दाको भिडियो सार्वजनिक गरेका छन् । उनले केहि समय अघि अभिनय गरेको बलिउड चलचित्रको छाँयाकनका क्रममा खिचिएको भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा उनले बलिउड चलचित्र छाँयाकनका क्रममा भएका गतिविधि र कुराकानी समावेश छ ।

उक्त भिडियोमा उनले बलिउड नायिका आयशा टाकियालाई नेपालमा स्वागत गर्न आँतुर रहेको बताएका छन् । नेपालमा आयशाको धेरै फ्यान रहेको जानकारी गराउँदै उनी आयशासँग गफिएका छन् । चलचित्र छाँयाकनका क्रममा विल्सनले निकै रमाईलो गराएको आयशाले बताएकी छिन् । उनले विल्सनको लोकप्रिय बनेको गीत आई लभ यु शेन्तेरेम गीत विल्सनसँगै गाएकी पनि छिन् । हेर्नुहोस् भिडियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rBa5tD
via IFTTT

महिनाबारी पछि कुन दिनको सेक्स सबैभन्दा सुरक्षित ?

महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार नियोजनको एउटा विकल्प अर्थात ‘सेफ सेक्स पिरियड’ भनेर मानेका पनि छन् । आज हामीले त्यहि कुरामा चर्चा गर्दैछौँ, कुन दिनको सेक्स सुरक्षीत हुन्छ ?

१. महिनावारी भएको पहिलो सात दिन : महिनावारी भएको पहिलो सात दिन सुरक्षीत पिरियड हो तर यो बेला महिला शारीरिक र मानसिक रुपले पनि यौनसम्पर्क गर्नु राम्रो मानिदैन् । त्यसैले यो बेलामा यौनसम्पर्क नगरेको राम्रो ।

२. महिनावारी पछि आठौँ, नवौँ र दशौँ दिन : यी दिनमा साधनविना गरिने सेक्स तुलनात्मक रुपमा सुरक्षित मानिन्छ । नुसन्धानकर्ताहरुले यी दिनमा गरिने यौनसम्पर्कका बेला गर्भरहने सम्भावना कम अर्थात ४० देखि ६० प्रतिशत मात्रै रहने बताउने गरेका छन् ।

३. महिनावारी भएको ११ देखि १६ दिन : साधनविना गरिने यो बेलाको यौनसम्पर्कले गर्भरहने सम्भावना अत्यधिक हुन्छ । विज्ञहरुले डिम्व बाहिर आएर बस्ने भएकोले यो बेलामा हुने साधनबिनाको यौनसम्पर्कले गर्भरहने सम्भावना ८० प्रतिशत सम्म रहने बताउछन् ।

४. १७ देखि १९ दिन : साधनविना गरिने यौनसम्पर्कमा गर्भरहने सम्भावना कम त रहन्छ तर ढुक्कै चाहि हुँदैन । विज्ञहरुले यसबेला पनि गर्भरहने सम्भावना ४० देखि ६० प्रतिशत रहने बताउछन् ।

५ . २० देखी महिनावारी नहुँदासम्मको दिन : यसबेला साधनविना गरिने यौनसम्पर्कले अरु बेलाको तुलनामा सबैभन्दा सुरक्षित मानिन्छ । अर्थात विज्ञहरुले यतिवेला साधनविना गरिने यौनसम्पर्कले गर्भरहने सम्भावना सून्य देखि ५ प्रतिशत मात्रै रहन्छ ।

नोट : विभिन्न अनुसन्धानले सुरक्षित र असुरक्षित समय र दिन तोके पनि सबैमा यो लागू हुन्छ भन्ने छैन् । सून्य देखि ५ प्रतिशत सम्भावना जहिले पनि रहन्छ । त्यसैले परिवार नियोजनको भरपर्दो साधन अपनाउनु सबैभन्दा भरपर्दो हुन्छ । अर्कोकुरा सेफ सेक्स भनेको गर्भ नरहने समयलाई संकेत गरिएको हो । यसले एचआइभी एड्स तथा अन्य यौनरोगको सम्भावनालाई रोक्न सक्दैन् ।

एजेन्सीको सहयोगमा

http://ift.tt/2si3Rv5

from SHYANE http://ift.tt/2rk7Euu
via IFTTT

चलचित्र ‘२ रुपैँया’को ‘कुटुमा कुटु’ गीतले सलमान खानको ट्युबलाइट ट्रेलरलाई पछि पारयो ..

चलचित्र ‘२ रुपैँया’को ‘कुटुमा कुटु’ गीतले सलमान खानको ट्युबलाइट ट्रेलरलाई पछि पारेको छ । नेपालको दुई नम्बर ट्रेन्डीङमा रहेको उक्त ट्रेलरलाई ‘२ रुपैँया’को गीतले ४८ घण्टामा नै पछि पारेको हो ।

निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह र बुद्धि तामाङ अभिनित गीत दुई दिनमा करिब साढे ५ लाख पटक युट्युबमा हेरिएको छ । सेलिब्रेटी निर्देशक निश्चल बस्नेतले गायन र नृत्य रहेको काले दाई गीत पनि युट्युबमा उत्तिकै हिट छ । काले दाई गीतमा निश्चलको नृत्यले निकै प्रशंसा पाएको थियो ।

सुर्के थैली गीतका सर्जकले नै तयार गरेको यो गीतमा निश्चल र स्वस्तिमाको जोडी देखिएपछि दर्शकले भिडियो चाखपूर्वक हेरेका छन् । भदौ २३ गतेदेखि प्रर्दशनमा आउन लागेको ‘२ रुपैँया’लाई असिम शाहले निर्देशन गरेका हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2saoUjU
via IFTTT

जहाज दुर्घटनामा बाँचेकी प्रज्ञाको आफनो दुखाई चिकित्सकलाई बताउन सक्ने हुनु भएको छ

काठमाडौं : गोमा एयरको कार्गो विमान दुर्घटनामा घाइते हुनु भएकी परिचारिका प्रज्ञा महर्जन आफनो दुखाई चिकित्सकलाई बताउन सक्ने हुनु भएको छ।काठमाडौको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएकी प्रज्ञा बोल्न सक्ने भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनु भयो ।

चिकित्सकहरुले ‘प्रज्ञा तपाईलाई कस्तो छ’ भनेर सोध्दा उहाँले ‘ठीकै छ’भनी जवाफ दिने गर्नु हुन्छ।‘हामीले सोधेका प्रश्नको जवाफ दिनुहुन्छ’ उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डेले मंगलबार अन्नपूर्णसँग भन्नुभयो ‘हामीले हरेक दिन परिक्षण गरिरहेका छौ।उहाँलाई दुखाई छ।तर पनि उहाँ अव हाम्रो नियन्त्रणमा हुनुहुन्छ ।’

हाइकेयरमा राखेर उहाँको उपचार भइरहेको छ।उहाँको उपचारमा चिकित्सकहरु चक्रराज पाण्डे,विनोद बिजुक्छे र अर्जुन कार्की संलग्न हुनुहुन्छ ।

गोमा एयरमा आवद्ध भएको दुई बर्षको अवधिमा आफनो पेशामा रमाइरहेकी प्रज्ञाको दुर्घटनामा परेर तीन ठाउँमा ढाड भाँचिएको छ।ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनु भएका पाण्डेका अनुसार मंगलबार पनि ढाडको एमआरआइ गरेर हेरिएको छ।

‘स्वास्थ्यमा सुधार हुँदै गएपछि शल्यक्रिया गर्नु पर्नेछ’ पाण्डेले भन्नुभयो।उहाँका अनुसार प्रज्ञाको कम्तिमा पाँच वटा शल्यक्रिया गर्नु पर्ने हुन सक्छ।प्रज्ञाको ढाडमा मात्रै होइन, खुट्टाका औला जोडने हडडी र दुवै हातको औलामा समस्या छ।‘अहिलेसम्म उहाँको उपचार राम्रो हुँदै गएको छ’पाण्डेले भन्नुभयो ‘उहाँको पेटको समस्या स्थिर छ ।’ यस्तो दुर्घटनामा परेका विरामीको रगत जम्न सक्ने,श्वास प्रश्वासमा केहि समस्या आउन सक्ने पाण्डेले बताउनुभयो ।

०५२ सालमा काठमाडौको कीर्तिपुरमा जन्मनु भएकी प्रज्ञा सन २०१५ मा गोमा एयरमा परिचारिकाको रुपमा आवद्ध हुनु भएको हो ।

गोमा एयरको कार्गो जहाज गत शनिवार लुक्लामा दुर्घटना भएको थियो। सो दुर्घटनामा परेर चालक पारसकुमार रार्इ र सहचालक सृजन मानन्धरको निधन भइसकेको छ।

प्रतिकुल मौसमका कारण प्रज्ञालाई आइतबार मात्रै काठमाडौ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।प्रज्ञालाई शनिवार लुक्लास्थित अस्पतालमा सामान्य उपचार गराइएको थियो।उहाँलाई ग्राण्डीमा ल्याएपछि २४ घण्टासम्म बोल्न दिइएको थिएन ।

प्रज्ञाका लागि कम्तिमा दुई महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने पूर्वानुमान चिकित्सकले गरेका छन्। source:annapurnapost.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qCgcJ7
via IFTTT

सक्नेले २ सय जरिवाना तिरे, नसक्ने ३ घण्टा प्रहरी थानामा

१६ जेठ, काठमाडौं । जेब्रा क्रसिङ, आकाशे पुल, सब-वेको प्रयोग नगरी जथाभावी बाटो काट्नुहुन्छ ? कि फुटपाथ छाडेर सडकबाटै जथाभावी हिँड्नुहुन्छ ? आजबाट यो बानी त्यागिदिनुस्, नत्र तपाईंले ट्राफिक प्रहरीलाई २ सय रुपैयाँ जरिवाना तिर्नपर्नेछ । पैसा तिर्नु चाहनु भएन वा सक्नु भएन भने प्रहरी कार्यालयमा ३ घण्टा नियन्त्रणमा राखिनेछ ।आज मंगलबारबाट उपत्यकाभित्रका सडकमा जथाभावी बाटो काट्ने र पेटी छोडेर सडकमा हिँड्ने पैदल यात्रु २ सय रुपैयाँ तिर्नुपर्ने ब्यवस्था लागू भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले अनलाइनखबरलाई बताए प्रहरीले आज विहान ८ बजेबाट सुरु गरेको यो अभियानमा ४ घण्टाका बीचमा झण्डै १४ सय जना पैदलयात्रु कारवाहीमा परिसकेका छन् ।ट्राफिक प्रहरीले विभिन्न स्थानमा प्रहरीको सहयोग लिएर जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिइरहेको छ । ‘दुर्घटनामा पैदलयात्रु पर्ने क्रम बढ्दै गएपछि सचेतनाका लागि नै यो नियम ल्याइएको हो’ सिलवालले भने, ‘जरिवना भनेपछि धेरै मान्छे यसमा सचेत हुन्छन् । हामीले यातायात ब्यवस्था ऐनमा रहेको ब्यवस्थामा नै टेकेर यो ब्यवस्था लागू गरेका हौं ।’

हरेक वर्ष उपत्यकामा हुने दुर्घटनामा मृत्यु हुने मध्ये ४० प्रतिशत पैदल यात्रु रहने सिलवालले बताए ।यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि यो व्यवस्था लागू गर्दै पैदल यात्रुलाई जेब्रा क्रसिङबाटै बाटो काट्नुपर्ने नियम लागू गरेको सिलवालले बताए ।सडक दुर्घटनामा जथाभावी बाटो काट्ने प्रवृत्ति पनि प्रमुख कारक मान्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो नियमलाई कडाइका साथ लागू गर्न लागेको हो ।जथाभावी बाटो काट्दा तिर्न रकम नहुनेलाई तीन घण्टा प्रहरी नियन्त्रणमा राखिनेछ । त्यसका नियन्त्रणमा राख्दा ट्राफिक नियमबारे सचेतना कक्षा लिइनेछ ।प्रहरीले जेठ १ गतेदेखि यो ब्यवस्था लागू गर्ने भनेपनि स्थानीय तहको चुनावका कारण लागू गर्न सकेको थिएन । दुई महिनाभन्दा बढी जनचेतनाका लागि विभिन्न अभियान चलाएर यसलाई आजबाट लागू गरिएको हो । source:अनलाइनखबर

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rR4tuZ
via IFTTT

सलमानका कारण बन्द हुनबाट बच्यो कपिलको कार्यक्रम, आखिर कसरी गरे मद्दत ?

एजेन्सी

जेठ १५ – कपिल शर्मा कुनै न कुनै कारणले लगातार चर्चामा छाइरहन्छन् । खबरका अनुसार कपिल शर्माको कार्यक्रम बन्द हुने अवस्थामा पुगेको थियो तर सलमान खानले केही समयका लागि यस्तो हुनबाट रोकेका छन् । आखिर सलमान खानले कपिललाई कसरी सहयोग गरे ?

रोकियो सलमानको कार्यक्रमः
वास्तवमा, सलमान खानद्वारा संचालन र्गन लागिएको कार्यक्रम ‘दसका दम’ प्रसारण हुन लागेको थियो । तर आजकाल सलमान आफ्नो नयाँ फिल्म ‘ट्युबलाइट’ र ‘टाइगर जिन्दा’ मा निकै व्यस्त भएको उनको उक्त कार्यक्रम अर्को दुई महिनाका लागि सारिएको छ । त्यसकारण कपिलको कार्यक्रम अर्को दुई महिना प्रसारण गरिनेछ ।

सुनिलले कार्यक्रम छोडेपछि खस्कियो टिआरपीः

वास्तवमा कपिल शर्मा र सुनिल ग्रोवरको एक आपसमा झगडा भएपछि कार्यक्रमको लोकप्रियतामा निकै कमी आएको थियो जसका कारण कार्यक्रमको टिआरपीमा भारी असर पर्यो । कपिल–सुनिलको झगडापश्चात् अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कार्यक्रम छोडिदिए । यी सबैका कारण कपिलको कार्यक्रममा निकै ठूलो असर पर्यो ।

जनवरीसम्म चल्न सक्छ कपिलको कार्यक्रमः

मिड डेको खबर अनुसार सलमान खान आफ्नो फिल्म ‘टाइगर जिन्दा हे’ को सुटिङमा यति व्यस्त छन् कि उनको कार्यक्रम ‘दसका दम’ जनवरीमा प्रसारण हुनेछ । त्यसकारण त्यतिबेलासम्म कपिल शर्मालाई उनको कार्यक्रम चलाउने मौका दिइनेछ । यद्यपी, सुनिलले कार्यक्रम छोडेपछि कपिलले कार्यक्रममा नयाँ अनुहार ल्याए जसले कार्यक्रमको टिआरपीमा त्यति ठूलो असर पुर्याउन सकेनन् ।Ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qxnH4T
via IFTTT

एकाबिहानै ‘मेरो मृत्युको खबर’ मैले नै सुने ! (भिडियो अन्तर्वार्ता)

जेठ १५ । आइतबार राति १० बजे । काठमाडौैं झकाउन लागेको थियो । एक खबर सनसनीरुपमा सामाजिक सञ्जालहरुमा फैलियो । खबरले सुत्न लागेका जनताका कान ठाडा भए । खबर थियो–‘राष्ट्रकवि माधवप्रसाद घिमिरे अब रहनु भएन ।’

लैनचौरस्थित घिमिरेको निवासमा राति १० बजे ल्यान्डलाइन फोनमा पहिलो घन्टी बज्यो । त्यो लगातार साढे ११ बजेसम्म बजिरह्यो । सबैको एउटै प्रश्न थियो– ‘राष्ट्रकविज्यूजको स्वास्थ्य कस्तो छ ?’

त्यो बेला राष्ट्रकवि घिमिरे सुतिसकेका रहेछन् । घरमा छोरा बुहारीले उठाउन चाहेनन् । उनीहरुले सबै ठीकठाक रहेको जानकारी दिइरहे ।

सोमबार बिहान हामी घिमिरेको निवास पुग्दा घटनाबारे वर्णन गर्दै घिमिरेकी जेठी बुहारी विजयता घिमिरेले भनिन्, ‘कसरी एक्कासी यस्तो खबर फैलियो थाहा नै भएन । बुवालाई चाहीँ हामीले आज बिहान सुनायौं । ’

राष्ट्रकविज्यू, आफ्नो मृत्युको खबर एकाबिहानै आफन्तबाटै सुन्दा कस्तो लाग्यो ? भन्ने प्रश्नमा सय वर्ष पुग्न एक वर्ष भन्दा अलिकति मात्रै बढी समय बाँकी रहेका घिमिरेले भने, ‘बडो आश्चर्यजनक खबर लाग्यो मलाई । म शब्दले सय पुगे । समयमा अलिकति बाँकी छ । यो बेला मेरो मृत्युको खबर मैले नै सुने । आफू जीवीतै रहेको बेला आफ्नै मृत्युको खबर सुन्दा धेरै अनौठो र दूर्लभ घटना लाग्दो रहेछ । ’

राष्ट्रकवि घिमिरले मृत्यु बारेका हल्लाबारे कुराकानी गर्दै भने, ‘आजैमा राति के देखे सपना मै मरि गएको’ झन्डै झन्डै मेरो यो गीत जस्तै भयो घटना । राति मैले म मरेको सपना त देखिनँ तर त्यस्तै त्यस्तै अनुभव भयो । ’

सय वर्षका हाराहारीमा रहेका राष्ट्रकवि हिजो आज कान अलिकम सुन्न थालेका छन् । बाँकी स्वास्थ्य ठीक देखिन्थ्यो । आफ्नो स्वास्थ्यबारे घिमिरले भने, ‘अरु सबै ठीकै छ । धेरै हिँडडुल गर्दा अलि थाक्छु ।’

source:nepalaaja.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rg2Nsi
via IFTTT

ज्योतिषले असार ९ माओवादीलाई राम्रो छ भनेपछि प्रचण्डले चुनाव सारेः ओली

१६ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार ९ गते चुनाव सार्ने निर्णयमा आफ्नो सहमति नभएको बताएका छन् ।

चुनाव सार्न एमालेको समर्थन रहेको भनेर गलत प्रचार गरिएको भन्दै उनले भने, ‘म कराएर भन्न चाहन्छु यस्ता वाहियात काममा एमालेको समर्थन छैन ।’

काठमाडौं एमालेको विजयी सभालाई सम्बोधन गर्दै उनले मध्यवर्षामा चुनाव सारेको भन्दै असन्तुष्टि जनाए । मुस्लिम धर्मावलम्बीहरुको पर्व पर्नुका साथै वर्षाका कारण भोट हाल्न जान र मतपत्रको सुरक्षा गर्न पनि गाह्रो हुने उनले बताए ।

तर, सरकारमा बस्नेहरुलाई जनताको कुनै परवाह नभएको भन्दै ओलीले भने, ‘एउटा ज्योतिषले असार ९ गते माओवादीलाई राम्रो छ भनेको रहेछ त्यही भएर चुनाव सारेको हो ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qvEIAg
via IFTTT

हेलिकोप्टर चढेर स्कुल पढ्न जाने दुनियाँकै भाग्यमानी बच्चा

आफ्नो बच्चालाई स्कुल पुर्‍याउनका लागि कतिपय अभिभावकहरु पैदलै जालान् त हुनेले कार, बाइक जस्ता साधनको उपयोग गर्लान् । तर यहाँ एकजना व्यक्तिले आफ्ना छोरालाई स्कुल पुर्‍याउनका लागि हेलिकोप्टर नै उडाएका छन् ।

युक्रेनका पूर्व खेलमन्त्रीले आफ्नो छोरालाई हेलिकोप्टर चढाएर स्कुल पूराएका हुन् । पूर्व खेल राज्यमन्त्री एन्ड्रे पाल्चेभ्स्कीका छोरा दुनियाँका दुुर्लभ बालक होलान् जो हेलिकोप्टर चढेर स्कुल जान पाए ।

समाचार अनुसार पूर्व मन्त्रीका छोराको स्कुल घरबाट अलिक टाढा रहेछ । हालै एकदिन छोरा स्कुल जानका लागि घरबाट निस्किन केही ढिला भयो । सडकमार्ग हुँदै जाम छिचोलेर स्कुल जाँदा समयमा स्कुल पुुग्ने सम्भावना रहेन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ, ती पूर्व मन्त्रीले अन्ततः हेलिकोप्टर चढाएर छोरालाई समयमै स्कुल पूराए ।

जब राजधानी किभको लिप्सी जिल्लामा रहेको एक स्कुलको गेट नजिकै हेलिकोप्टर उत्रियो तब सबै अचम्ममा परे । अझ हेलिकोप्टरबाट एक विद्यार्थी निस्किएर सरासर स्कुलको गेटभित्र छिरेपछि त आश्चर्यको सीमा रहने कुरै भएन । हेलिकप्टर चढेर स्कुल जान पाउने ती बालकको नाम भने खुलाइएको छैन ।

छोरालाई हेलिकोप्टर चढाएर स्कुल पुर्‍याउने पूर्व मन्त्रीका विषयमा सोसल मिडियामा अनेक थरी प्रतिक्रिया आएका छन् । कतिपयले मन्त्रीले धनको रवाफ देखाएको गरीबलाई हेँपेको भनेका छन् भने कतिपयले छोराको शिक्षाका लागि पूर्वमन्त्रीले अपनाएको उपायको सह्राना गरेका छन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rAlOZn
via IFTTT

यसरी टुक्रा टुक्रा परेको थियो केही बेर अघि बाजुरामा दुर्घटनाग्रस्त नेपाली सेनाको विमान

काठमाडौं । ३ दिन अघि सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको बिमान दुर्घटना भएर दुई जनाले ज्यान गुमाएको खबर सेलाउन नपाउँदै फेरी बाजुरामा नेपाली सेनाको कार्गो विमान दुर्घटनाग्रस्त बनेको छ ।

बाजुराको कोल्टी विमानस्थलमा आकस्मिक अवतरणका क्रममा कल साइन एन ए ०४८ विमान चिप्लिएर भएको दुर्घटनामा परी पाइलट कैलाश गुरुङको मृत्यु भएको छ भने सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको उपचार जारी राखिएको छ । दुर्घटनाग्रस्त नेपाली सेनाको विमान

http://ift.tt/2rR7Vpg

from SHYANE http://ift.tt/2qBWrkT
via IFTTT

उमेर ढल्किँदै गएकी बलिवुडकी ब्युटी क्विन माधुरीको बाहिरियो एस्तो रहस्य

एजेन्सी । बलिवुड अभिनेत्री माधुरी दिक्षितको सुन्दरताको तारिफ गर्नेहरु धेरै छन् । उनी जति उमेर ढल्किँदै गयो त्यति नै सुन्दर हुँदै गएकी छिन् ।

बलिवुडमा डान्स बेबोको परिचय बनाएकी माधुरीको एउटा रहस्य अहिले भाईरल भएको छ ।

लगी आज सावनकी, ओ रब्बा कोई तो बताए, सपने मे मिलती है जस्ता चर्चित गीतका गायक सुरेश वाडकरले माधुरी दिक्षितको विवाह प्रस्तावलाई अस्वीकार गरेको कुरा अहिले चर्चामा आएको छ ।

माधुरीले सिनेमामा काम गरेको उनको परिवारलाई मन परेको थिएन । यहि कारण उनको परिवार उनको विवाहको लागि केटाको खोजीमा थियो । यहि क्रममा उनको विवाहको प्रस्ताव सुरेशकोमा पुग्यो ।

तर सुरेशले माधुरी दुब्ली, पातली भएको भन्दै विवाहको प्रस्तावलाई सोझै अस्वीकार गरे । त्यस पछि माधुरीको परिवार चिन्तामा पर्यो । उनीहरुलाई माधुरीले धेरै सिनेमामा काम गरेपछि उनीसँग कसैले विवाह नगर्ने चिन्ता थियो ।

पछि माधुरीको जीवनमा आए लण्डन बेस्ड डाक्टर श्री राम नेने । श्रीले माधुरीसँग सन् १९९९ मा विवाह गरेका हुन् । माधुरीका दुई छोरा १४ वर्षिय अरीन र १२ वर्षिय रायन छन् ।

सन् १९८४ को सिनेमा ‘अबोध’बाट बलिवुडमा डेब्यु गरेकी माधुरीले झण्डै ७० सिनेमामा काम गरेकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qBVoBw
via IFTTT

एक दिनको यति फि लिन्छन् कमेडियन ब्रम्हानंदम

चलचित्रमा कमेडियनको भुमिका एकदमै धेरै महत्व राख्ने गर्छ । यसकारण बलिउडदेखी साउथकोे फिल्म उद्योगसम्म बन्ने लगभग सबैजसो फिल्महरुमा कमेडियनहरुको आवश्यकता हुन्छ । बलिउडजस्तै साउथ इन्डियामा पनि धेरै प्रकारका कमेडियनहरु छन् । यसमध्ये ब्रम्हानंदम सबैभन्दा बढि परिचित छन् । उनले अहिलेसम्म लगभग एक हजारभन्दा बढि फिल्ममा काम गरिसकेका छन् ।

आफ्नो करिअरको सुरुवात एक सानो रोलबाट गर्ने ब्रम्हानंदम अहिले साउथको मात्र नभई बलिउडकै चर्चित कमेडियन हुन् । कलेजमा उनी प्राय केटीहरुको क्यारिकेचर गरे हसाउँथे । उनको परिवारको आर्थिक स्थिती एकदमै खराब थियो । आफ्नो परिवारमा यिनी एकमात्र यस्ता ब्यक्ति हुन् जसले एम.ए. सम्मको शिक्षा हाँसिल गरेको छ ।

चिरपरिचित तेलुगु फिल्मको डाइरेक्टर जन्धयालाले ब्रम्हानंदमलाई ‘मोद्दाबाई’ नामको नाटकमा अभिनय गरेको पहिलो पटक देखे । उनको अभिनयबाट जन्धायाला यति प्रभावित भए की उनले ‘चन्ताबाबाई’ नामको फिल्ममा ब्रम्हानंदम लाई एक सानो रोलको लागी अफर गरे र यहि फिल्मबाट ब्रम्हानंदमको फिल्मी करिअरको सुरुवात भयो । उनी अहिले एकदिनको ३ लाख भारतीय रुपैँया फिस लिने गर्छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2riR12p
via IFTTT

नेपाली फिल्म छाड्छु भनेकै हुँः निखिल उप्रेती

बिक्छ त केवल एक्सन । त्यसैले त उनको परिचय नै छ, ‘एक्सन हिरो’ । प्रसंग हो, अभिनेता निखिल उप्रेतीको । त्यसो त उनी बलिउडमै जम्न चाहन्थे । मुम्बई गएर वर्षौं संघर्ष पनि गरे । तर, बलिउडमा जे सिके फर्केर देखाए, नेपालमै । ‘पिँजडा’बाट नेपाली चलचित्रमा डेब्यु गरेका निखिल ०५८ यता निरन्तर एक्सन हिरोको परिचयमा छन् । महेश तिमल्सिनासँग निखिलले बताए फिल्मी जीवनका फरकफरक एक्सन :

ब्रुस्लीको फोटो हेर्दै बलवान् बन्ने रहर
सानै उमेरदेखि केही न केही सिर्जनात्मक काम गरौँ भन्ने लाग्थ्यो । खासगरी आर्टमा रुचि थियो । फुर्सद भयो कि आर्टमा समय खर्चिन्थँ । त्यो उमेरमा स्वभाव भने निकै लजालु थियो । सानोमा माछा–मासु पनि खान्नथेँ । त्यसैले घरमा बुबाआमाले कमजोर हुने भयो भनेर चिन्ता बोक्नुहुन्थ्यो । तर, ममा भने माछा–मासु नखाए पनि बलवान् बन्छु भन्ने धारणा जन्मियो ।

त्यसो त हाम्रो पालामा मोबाइल, टेलिभिजने थिएन । त्यतिखेर त नोटबुकमा किङ अफ मार्सल आर्ट भनेर चिनिने ब्रुस्लीको फोटो आउँथ्यो । हाम्रो सर्लाहीतिर पनि ब्रुस्लीको खुब चर्चा हुन्थ्यो । यही वेला आफूलाई बलवान् देखाउन ब्रुस्लीजस्तै बन्ने रहर बढ्न थाल्यो ।

ज्याकी च्यानको फ्यान विगतदेखि अहिलेसम्म
केही ठूलो भएपछि ज्याकी च्यानको फिल्म पनि हेर्न थालेँ । उनका फिल्म हेरेपछि म त खुबै प्रभावित भएँ । अहिले पनि ज्याकीको फ्यान हुँ । उनका फिल्म हेरेर धेरै कुरा सिकेँ भन्ने पनि लाग्छ । उनैबाट प्रभावित भएर तेक्वान्दो खेलेँ । तेक्वान्दोमा ब्ल्याक बेल्ट पाएँ । तर, यतिबाट मात्रै मन सन्तुष्ट भएन । मलाई ज्याकी च्यानजस्तै अलराउन्डर बन्नु थियो । त्यतिखेर मेरा थुप्रै साथी पनि ज्याकीका फ्यान थिए । साथीहरूले ‘तँ त ज्याकीजस्तै गर्न सक्छस्’ भनेर हौसाउ्ँथे । उनीजस्तै बन्ने नाममा मेरा शरीरका धेरै अंग भाँचिएका छन् ।

जब ०५० सालमा मुम्बईतिर लागेँ
०३७ सालको मेरो जन्म । ०५० मा जम्मा १३ वर्षको थिएँ । यहीवेला म चलचित्रसम्बन्धी अध्ययन गर्ने भनेर मुम्बईतिर लागेँ । त्यहाँ रहँदा चलचित्रको विषयमा अध्ययन गरेँ । मार्सल आर्ट पनि गरेकाले मुम्बईमा ‘महाराणा प्रताप’ भन्ने सिरियलमा फाइट डाइरेक्टरको असिस्टेन्टको रूपमा काम गर्ने मौका पाएँ । त्यसपछि पनि धेरै हिन्दी चलचित्रमा असिस्टेन्ट रहेर काम गरेँ । ०५१ देखि ०५८ सम्म यो क्रम चल्यो ।

पिँजडाको एक्सन आफ्नै डिजाइनमा
मुम्बईबाट काठमाडौं फर्किएपछि निर्देशक पवन मैनालीसँग भेट भयो । मैले आफ्नो क्षमता र विगतका कामबारे बताएँ । उहाँले भन्नुभयो, ‘कुनै फिल्म बनाएँ भने तिमीलाई लिन्छु ।’ त्यो भेटको झन्डै एक वर्षपछि उहाँले मलाई फोन गर्नुभयो । उहाँले भन्नुभएको थियो, ‘दिनेश भाइ, मैले एउटा फिल्म बनाउँदै छु, तिमीले अभिनय गर्नुपर्यो ।’ त्यो वेला मेरो नाम दिनेश थियो ।

मैले फिल्मको कथावस्तुबारे सोधपुछ गरेँ । उहाँले ‘पिँजडा’बारे स्पष्ट पार्नुभयो । मैले नै त्यो कथावस्तुअनुसार सात तलाबाट हामफाल्नेलगायत एक्सन सिनको डिजाइन गरेँ । मैले बनाएको डिजाइनमा पवन दाइ सहमत हुनुभयो । त्यसपछि पिँजडामा अभिनय गरेँ । पिँजडा रिलिज भएपछि चर्चा राम्रै गरी भयो । पिँजडाकै एक्सनका कारण यहाँसम्म आउन सफल भएँ ।

दिनेशबाट अनि भएँ निखिल
पिँजडा फिल्ममा काम गर्दै गर्दा नाम फेर्न मन लाग्यो । भान्जाहरूलाई एउटा नयाँ नाम जुराइदिन भनेँ । उहाँहरूले नै जुनाएको नाम ‘निखिल’ राखेँ । त्यही निखिल आजसम्म अभिनेताको हैसियतमा चिनिन पुगेको छ ।

पिँजडापछि निरन्तर एक्सन हिरो
पिँजडापछि फेरि मुम्बई गएँ । तर, दुई वर्षमै फर्किएँ । त्यसपछि ‘मायाको जाल’ र ‘शिवशक्ति’ चलचित्रमा अभिनय गरेँ । यी फिल्म पनि राम्रो चले । मप्रति दर्शकको माया बढ्दै गयो । चलचित्रमा मेरो माग पनि बढ्न थाल्यो । लामो समय नेपाली चलचित्रमा रमाएँ ।

जहाँ गएँ त्यहाँ माया पाएँ
आफूलाई भाग्यमानी नै ठान्छु । जहाँ गएँ, त्यहाँ माया पाएँ । बलिउडमा असिस्टेन्टको रूपमा काम गर्दा त्यहाँका कलाकारले कहिल्यै पनि नेपालको हो भनेर हेला गरेनन् । हुन त मेरो इन्डियन लुक्सले पनि हुन सक्छ । त्यहाँ नेपाली हुँ भन्दा पनि रमाइलो लाग्थ्यो । साथीहरूले चाहिँ ‘क्रस’ होलास् भनेर जिस्क्याउँथे । तर, मैले बढी माया त नेपाली दर्शककै पाएँ नि ! दर्शकको माया सम्झिँदा धन्य महसुस हुन्छ ।

हिरोइनसँग उस्तै सौहार्द सम्बन्ध
अभिनेत्रीहरूसँग पनि नराम्रो सम्बन्ध कहिल्यै भएन । नजिक रहेर काम गरेका करिश्मा मानन्धर, मौसमी मल्ल, रेखा थापा, निरुता सिंहलगायतसँग सौहार्द सम्बन्ध रह्यो । निरुता जीसँग पिँजडामा पहिलोपटक अभिनय गरेको थिएँ । सम्बन्ध राम्रो हुन आफ्नो स्वभाव पनि सही हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले कसैलाई हेप्ने, साइडमा बसेर लाइन मार्ने, जिस्क्याउने काम गरिनँ ।

जब फैलाइयो मविरुद्ध अफवाह
नेपाली चलचित्र खेलिरहँदा बीचबीचमा मुम्बईतिर नि गएँ । यही समयमा सञ्चितासँग बिहे भयो । यो वेला नानाथरी हल्ला चले । सञ्चितालाई बिहे गरेर निखिल मुम्बईतिरै भासियो, अब नेपाली चलचत्रिमा अभिनय गर्दैन भन्नेसम्मका कुरा आए । तर, यो गलत थियो ।

सञ्चितासँग बिहे गरेको वेला मुम्बई गएर बस्नु एउटा संयोग थियो । तर, त्यतिखेर मलाई नेपाली चलचित्रमा अभिनय गर्न दिक्क लागेकै भने हो । हुन्न भन्न नसक्ने बानीले गर्दा मैले धेरै दुःख पाएँ ।

धेरैजसोले थर्काउँथे, घुक्र्याउँथे, झगडा गर्न आउँथे । यो हदले सीमा नाघेपछि मैले मेरा नजिकका साथीहरूलाई ‘अब नेपाली फिल्म इन्ड्रस्ट्री छाड्दै छु’ भनेकै हो । किनभने मेरो जिन्दगीसँगको सरोकार थियो । सुपरस्टार बनेर मै हुँ भन्ने चाहना अहिले पनि ममा छैन । म यसलाई केही पनि मान्दिनँ । यो केबल मेरो काम हो । म सधैँ दर्शकको मन जित्ने कोसिस गर्छु । तर, जीवन अर्कै चिज हो । मैले पनि मेरो रोजाइअनुसारको जीवन जिउन पाउनुपर्छ । त्यो वेलाको चार वर्षमा मैले जे कुरा सिकेँ, जीवनभरका लागि सिकेँ ।

निखिल पत्तासाफ भयो पनि भने
केही समय नेपाली फिल्म उद्योग छाड्दा निखिल पत्तासाफ भयो भन्ने हल्ला पनि चल्यो । अहिले पनि कतिपय निर्देशक÷निर्मातालाई निखिल आउट भइदिए हुन्थ्यो भन्ने लागेको छ । निखिलको चलचित्र यहाँ चल्न दिनुहुँदैन भन्नेहरू पनि छन् । तर, उनीहरू सफल हुँदैनन् । म विश्वस्त छु ।

नेपाल फर्किएर ‘भैरव’ गरेपछि मेरो विश्वास थप बलियो भयो । मप्रति नेपाली दर्शकको माया धेरै छ भन्ने अझै महसुस भयो । आफ्नै निर्देशनमा निर्माण गरेको भैरवले ममा ऊर्जा पनि थप्यो । यसबाहेक ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’, ‘राधे’लगायतमा अभिनय गरेँ । अब फेरि आफ्नै निर्देशनमा दोस्रो फिल्म बनाउँदै छु, ‘कमिटमेन्ट सिक्स्टी आवर’ । मलाई पत्तासाफ भयो भन्नेहरू गफ गर्दै जान्छन्, म काम गर्दै जान्छु ।

साभारः नयाँपत्रिका दैनिक

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rAlolS
via IFTTT

पूर्व क्रिकेटरले लिक गरिदिए पूर्व प्रेमिकासँगको सेक्स भिडियो ? भइरहेछ भाइरल

एजेन्सी

जेठ १६ – श्रीलङ्काका पूर्व क्रिकेट खेलाडी सनथ जयसूर्या सेक्स भिडिया लिक गरेका कारण चर्चामा छन् । सोसल मिडियामा भाइरल भइरहेको यो भिडियोमा जयसूर्या आफ्नी पूर्व प्रेमिकासँग देखिएका छन् । मिडिया रिपोर्टका अनुसार जयसूर्या आफैंले उक्त भिडियो लिक गरेका हुन् । उनले पूर्व प्रेमिकासँग बदला लिन यस्तो गरिरहेको बताइएको छ । यद्यपी, यसबारे नेशनल साइबर सेक्युरिटि समूहले यसको अनुसन्धान गरिरहेको छ ।

भिडियोमा देखिएकी महिला मलिका सिरिसेना हुन् । उनी एयरहोस्टेज थिइन् र चर्चित नायिका पनि । मिडिया रिपोर्टका अनुसार मलिकाले जयसूर्यासँग तेस्रो विवाह गरेका थिए । उक्त विवाह सन् २०१४ मा भएको थियो । त्यसको केही समयपश्चात् मलिकाले जयसूर्यालाई छोडेर एक व्यापारीसँग विवाह गरिन् । मलिकाले पनि उक्त भिडियो जयसूर्याले नै लिक गरेको दाबी गरेकी छिन् ।

विवादमा रह्यो जयसूर्याको व्यक्तिगत जीवन, गरे तीन विवाह

जयसूर्याले तीनपटक विवाह गरे र तीन वटै असफल रहे । उनको पहिलो विवाह सन् १९९८ मा एयर श्रीलङ्काकी ग्राउन्ड होस्टेस सुमुदु करुणानायकसँग भयो जुन एक वर्षमा नै टुट्यो । दोस्रो विवाह पनि उनले एयर होस्टेस सन्द्रा डिसिल्वासँग गरे । उनीबाट जयसूर्याका तीन सन्तान छन् । यसै बिच सन् २०१२ मा उनी मलिकासँग नजिकिए । जसका कारण उनले दोस्रो श्रीमतीसँग सम्बन्धविच्छेद गरे । मिडिया रिपोर्टका अनुसार जयसूर्या–मलिकाले मन्दिरमा गोप्य रुपमा विवाह गरेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qvuyje
via IFTTT

विमान दुर्घटनामा ज्यान गुमाएका पाइलट गुरुङको लुकेको पाटो, उनले अभिनय गरेको गीतको भिडियो हेरौँ

काठमाडौं । हुम्लाका लागी उडेको नेपाली सेनाको स्काइ ट्रक विमान बाजुराको कोल्टीमा दुर्घटना भएपछि नेपाली सेनाका पाइलट कर्णेल कैलाश गुरुङको उपचारको क्रममा नेपालगञ्ज ल्याउँदै गर्दा निधन भएको हो।

उक्त जहाजमा नेपाली सेनाका मेजर अनिता आले र टेक्निसियन पूर्ण खड्का सवार थिए। उनीहरू दुबै घाइते छन्।

कोपाइलट आलेको अवस्था गम्भीर छ। नेपाली सेनाभित्र नाम चलेका साहित्यकार एवं गीतकारका रुपमा भिन्न छवी बनाएका कर्णेल गुरूङ बहुप्रतिभाशाली व्यक्ति थिए। उनले अभिनय गरेको गीतको भिडियो हेरौँ

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sh5WqQ
via IFTTT