Photo of Milford Sound in New Zealand

चैत २ । इंग्लिश फुटबल क्लव लेष्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रि–क्वाटरफाईनल दोस्रो लेगको खेलमा लेष्टरले स्पेनिस क्लव सेभियालाई २–० ले हरायो । लेष्टरको जितमा वेस मोर्गान र मार्क अल्ब्राईटनले एक–एक गोल गरे ।
दोस्रो लेगमा हात पारेको २–० को जितपछि लेष्टस सिटी समग्रमा ३–२ ले विजयी हुँदै क्वाटरफाईनलमा पुगेको हो । पहिलो लेगको खेलमा सेभिया २–१ ले विजयी भएको थियो ।
पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको लेष्टर सिटी पहिलो सहभगितामै अन्तिम आठमा पुगेको हो ।
च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ईटालीको युभेन्टसले पोर्चुगलको एफसी पोर्टोलाई १–० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो डिबालाले निर्णायक गोल गरे ।
पहिलो लेगमा २–० ले विजयी भएको युभेन्टस गएरातिको खेलपछि समग्रमा ३–० को परिणाम निकाल्दै अन्तिम आठमा पुगेको हो ।
च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज स्पेनको एथ्लेटिको मड्रिड र जर्मनीको बायर लिभरकुजेन भिड्दा फ्रान्सको मोनाकोले इंग्ल्याण्डको म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।


from ARENA http://ift.tt/2mrnYDr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top