Photo of Milford Sound in New Zealand

चैत २ । यही चैत १२ गतेदेखि बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

         चैत २२ गतेसम्म हुने प्रतियोगिताको लागि ४ वैकल्पिकसहित १९ जना खेलाडी छनोट भएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधि वंैकटपति राजु, प्रशिक्षक जगत टमाटा, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको छनोट समितिले बुधबार अन्तिम टोलीको टुंगो लगाएको हो ।
स्वास्थ्यका कारण पारस खड्का नखेल्ने भएपछि यो प्रतियोगितामा पनि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले समाल्ने भएका छन् ।
टोलीमा शरद भेषावकार, विनोद भण्डारी, सागर पुन, आरिफ शेख, मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अविनाश कर्ण, सुनील धमला, भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन् ।
वैकल्पिक खेलाडीमा कुशन भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी र सुशील कँडेल रहेका छन् ।
शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मीलाई आराम दिएर टोलीमा भुवन कार्की, सुशन भारी, दीपेश श्रेष्ठ र आसिफ शेखलाई स्थान दिइएको हो ।
इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित एसियाका टेस्ट मान्यताप्राप्त टोलीहरु भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका २३ वर्षमुनिका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


from ARENA http://ift.tt/2muOhtp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top