Photo of Milford Sound in New Zealand

फागुन २३ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार राति भएका खेलमा म्यानचेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

तालिकाको दोस्रो स्थानमा रहेको टोटनह्याह हट्सपरले एभर्टनलाई ३-२ ले हरायो । टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई तथा डेले अलीले एक गोल गरे ।
एभर्टनका रोमेलु लुकाकु र इनर भ्यालेन्सीयाले एक–एक गोल गरे । प्रिमियर लिगअन्तर्गत राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले सण्डरल्याण्डलाई २-० ले हरायो ।
म्यान सिटीको जीतमा सर्जीयो अगुएरो र लेरोए सानेले एक–एक गोल गरेका थिए । इङ्लिस प्रिमियर लिग फुटबलमा रातीका खेलपछि दोस्रो स्थानको टोटनह्यामले शीर्ष स्थानमा रहेको चेल्सीसँगको दुरी ७ अंकमा सिमित गरेको छ ।
२७ खेलबाट टोनह्यामको ५६ अंक भएको छ भने एक खेल कम खेलेको चेल्सी ६३ अंकको साथ शीर्ष स्थानमा छ । चेल्सीले सोमबार राती लण्डन प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाईटेडको सामना गर्नेछ ।


from ARENA http://ift.tt/2n4pVX9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top