Photo of Milford Sound in New Zealand

फागुन ८,(सुवास संकल्प), इटहरी,
युवापुस्ता देखि लिएर हरेक वर्गमा लोकप्रिय बनेको सुविन सुबिन भट्टराईको चर्चित उपन्यास "समर लभ" मा करिब २ बर्ष अगाडी देखि नै फिल्म बन्ने निश्चित भए पनि मुख्य कलाकार नपाईएको साथै बिसेष प्राबिधिक कारणबस अगाडि बढ्न सकेको थिएन l 
अब भने यो फिल्म बन्नको लागि एउटा निश्चित बाटो भेटिएको छ अर्थात यो फिल्मका लागी झन्डै एक वर्ष लगाएर कथाका मुख्य पात्रहरु अतित र साया भेटिएको छ l एक कार्यक्रमको आयोजना गर्दै समर लभ टीमले कथाको मुख्य पात्र अतितमा आशिष पिया र अर्का मुख्य पात्र सायामा रेवती क्षेत्रीलाई कलाकारको रुपमा सार्बजनिक गरेको हो l यसअघि नायिकाका लागि साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिने खबर पनि सार्वजनिक भएको थियो l पछि फिल्मको लागि अष्टेलियामा भएको प्रतिभालाई अवसर दिईने भनिएको थियो तर अहिले आएर नेपालका अमित र नेपाल मुलकी भारतीय रेवतीलाई छनौट गरिएको छ l 
भारतको गुहावटी घर भएकी रेवतीले विभिन्न ब्युटी पेजेन्टहरु जितिसकेकी छिन । उनी सन् २०१६ को मिस एसिया युनिभर्सिटीकी विजेता र मिस इन्टरनेसनल भारतकी उपविजेता पनि हुन् । भारतीय फिल्म ग्याङ्ग्स अफ नर्थवेस्टमा अभिनय गरिसकेकी रेवतीको हिन्दि फिल्म खातुन आगामी प्रदर्शनमा आउने फिल्म हो । अतीत बनेका आशिष पनि मोडलिङ पृष्ठभूमिबाटै फिल्ममा प्रवेश गर्न लागेका हुन् ।
मुस्कान ढकालले निर्देशन गर्न लागेको समर लभ फिल्मलाई नाइटेङ्गल प्रालिबाट निर्माण गरिने छ । मुस्कानले यसअघि निर्देशन गरेको ‘नाइ नभन्नु ल ३ सफल भएको थियो भने फिल्मको कथालाई सामीप्यराज तिमल्सिनले पटकथामा ढालेका छन् । यो फिल्म काठमाडौं, पोखरा र धनगडीमा आगामी बैसाखदेखि छायाङ्कन सुरु गरिने छ भने फिल्मका केही दृश्यहरु विदेशमा समेत सुटिङ गरिने छ l 



via IFTTT

from SHYANE http://ift.tt/2mLj6JD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top