Photo of Milford Sound in New Zealand

वैशाख ११ । पाँचौ मनकामना केबुलकार पोखराकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबलको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा मनाङले त्रिभुवन आर्मी क्लबमाथि ५–० को फराकिलो जित हासिल गरेको हो । योसँगै मनाङले पोखराकपमा ह्याट्रिकसमेत गरेको छ ।

मनाङलाई जिताउनेक्रममा अनिल गुरुङ र ओलावाले अफिजले समान २–२ गोल गर्दा सुजल श्रेष्ठले एक गोल थपे ।

मनाङले दुई गोल गरेपछि भएको झडपमा आर्मीका सन्तोष तामाङ र मनाङका हेमन गुरुङले रातोकार्ड खाएपछि दुबै टिम १० जनामा समेटिएका थिए ।

त्यसपछि मनाङ झनै आक्रामक बनेको थियो । मध्यान्तरअघि नै ४ गोल गरेको मनाङले मध्यान्तरपछि एक गोल थपेको थियो ।

उपाधिसँगै मनाङले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता आर्मीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।

मनाङका अनिल गुरुङले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मोटरसाइकल पाएका छन् ।

उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लोप्साङ पेम्बा गुरुङ, मनाङका किरण चेम्जोङ उत्कृष्ट किपर, मनाङकै कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर, आर्मीका बिमल राना उत्कृष्ट मिडफिल्डर घोषित भए ।

उत्कृष्टले जनही १५ हजार रुपैयाँ पाए । सर्वाधिक ५ गोल गरेका सशस्त्र प्रहरीका रञ्जन विष्ट र मनाङका ओलावालेले उपाधि बाँडे ।

from ARENA http://ift.tt/1XP4PZc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top