Photo of Milford Sound in New Zealand

१० वैशाख, एलेक्स सान्चेजको दुई गोलको मदतमा आर्सनलले वेष्टब्रोमलाई हराएको छ र प्रिमियर लिष्को शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ ।
बिहीबार राति भएको खेलमा आर्सनलले वेष्टब्रोमलाई २-० गोल अन्तरले पराजित गरेको हो । यसअघिका दुई खेल बराबरीमा आर्सनल बराबरीमा रोकिएको थियो । तर, बिहीबार सान्चेजले जित दिलाए ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा दुबै गोल सन्चेजले गरे । खेलको छैटौं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका उनले ३८ औं मिनेटमा अग्रता दोब्बर पारे ।
यो जितसँगै आर्सनल प्रिमियर लिगमा ५०० खेल जित्ने दोस्रो क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइटेडले मात्र यो आंकडा पार गरेको छ । उसले ५८४ खेल जितेको छ ।
साथै आर्सनल ३४ खेलबाट ६३ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानमा रहेको म्यानचेष्टर सिटीको ६१ र पाँचौं स्थानमा रहेको युनाइटेडको ५९ अंक छ ।


from ARENA http://ift.tt/1T2uCt2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top