Photo of Milford Sound in New Zealand

वैशाख १९ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको म्याचमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर बेंग्लोरलाई १५ रनले पराजित गरेको छ ।
जारी प्रतियोगितामा सात खेल खेलिसकेको हैदरावादको यो चौथो जित हो । यो जितसँगै अंक तालिकामा हैदरावाद चौथो नम्बरमा पुगेको छ । ६ खेल खेलिसकेको बेंग्लोर भने चार खेलमा पराजित हुँदै अंक तालिकाको सातौं नम्बरमा छ ।
टस जितेको बेंग्लोरले क्षेत्र रक्षण रोजेपछि ब्याटिङका लागि मैदानमा उत्रिएको हैदरावादले कप्तान डेविड वार्नरको विस्फोट ब्याटिङसँगै १९४ रनको विशाल योगफल तयार पारेको थियो । वार्नरले ५० बलमै ९२ रन बनाएका थिए । त्यसैगरी काने विलियम्सनले ५०, मोएसेस हेनरिक्सले अविजित ३१ रन बनाए ।
१९५ रनको विजयी लक्ष्य पाएको बेंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७९ रनमात्र बनाउन सक्यो । उसका लागि लोकेश राहुलले सर्वाधिक ५१ रन बनाए । त्यस्तै एबी डेभिलियर्सले ४७ र कप्तान विराट कोहलीले १४ रन बनाए ।


from ARENA http://ift.tt/24e4qH3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top