Photo of Milford Sound in New Zealand

मोबाइल रातभर चार्ज गर्दा ब्याट्री पडकिन्छ रे ! बिमानभित्र मोबाइल प्रयोग गर्‍यो भने बिमानले कता जाने भन्ने बाटो पत्ता लगाउन सक्दैन रे !
सम्भवत तपाइँले फेसबुकका पोष्टहरु, साथीका गफमा स्मार्टफोनबारे यस्ता केही मान्यताहरु सुन्नुभएको होला । धेरैले भनेको सुनेपछि तपाइँले यस्तै कुरामा बिश्वास पनि गर्नुहुन्छ होला र रातभर मोबाइल चार्ज गर्न पनि डराउनुभएको होला ।
तर, वास्तवमा स्मार्टफोनबारे निकै चर्चित केही मान्यताहरु केवल हल्लामात्र हुन् त्यसको कुनै बैज्ञानिक आधार छैन् ।
आज हामीले तपाइँलाई यस्तै सातवटा हल्लाबारे जानकारी दिँदै छौं जुन पूर्णत हल्ला हुन् तर तपाइँले हजारौंपटक सुनेका कारण सत्यझैं लाग्न सक्छ ।
mobile१. हामीले सुन्दै आएका छौं, हवाइजहाजमा मोवाइल फोनको प्रयोग गर्दा यसले नेभिगेसन र सञ्चार प्रणालीहरुमा नकारात्मक असर गर्छ । हवाई सुरक्षाका लागि खतरनाक मानिएकाले जहाजमा मोवाइलको प्रयोगमा प्रतिबन्ध लगाइन्छ ।
बास्तविकताः आधुनिक हवाइजहाजमा मार्गदर्शन र सञ्चार प्रणाली अविश्वसनीय रुपमा परिस्कृत भइरहेको छ । यतिसम्म कि मोवाइल फोनको प्रयोगले जहाजलाई कुनै असर गर्ने छैन ।
mobile6२. हामीले यो पनि सुनेका छौंः पेट्रोलपम्पमा मोवाइलफोनको प्रयोग गर्दा आगलागी हुन सक्छ ।
बास्तविकताः इन्धन प्रज्वलनशील पदार्थ हो । यसलाई सानो झिल्कोद्वारा प्रज्वलित गर्न सकिनेछ । तर आगोको झिल्को सलाई, लाइटर वा विजुली सर्ट भएर निस्कने कुरा हो, मोवाइलबाट त होइन नी ! यद्यपी कुनै बिग्रिएको फोनमा ब्याटि्र सर्ट भएर आगोको झिल्का निस्कन सक्छ । तर, अहिलेसम्म हामीले यस्तो कारणले पेट्रोलपम्पमा आगलागी भएको सुनेका छैनौं ।
mobile3३. हामीले अहिलेसम्म सुनेको कुरा हो कि, मोवाइललाई लामो समयसम्म चार्ज गर्नु हुँदैन । रातभर मोवाइल चर्ज गर्दा ब्याटि्र चाँडै बिग्रिन्छ र मोवाइललाई पनि ठूलो नोक्सान हुन्छ ।
बास्तविकताः रिचार्जेबल ब्याटि्रजडित सबै आधुनिक उपकरणहरुमा सुरक्षा सर्किट जडान गरिएको हुन्छ । जसले उपकरणलाई ड्यामेज हुनबाट जोगाउँछ । ब्याट्रि एकपटक फुल चार्ज भइसकेपछि पावर एडप्टरले स्वतः चार्ज बन्द गराउँछ ।
mobile2४. हामीले सामान्यतयः सुनिरहेका हुन्छौं जति ठूलो ब्याट्रि भयो त्यतिनै धेरै चार्ज टिक्छ ।
बास्तविकताः   कुनैपनि सेलफोन, ल्यापटप वा ब्याट्रिबाट सञ्चालित कुनैपनि डिभाइस होस्, ब्याटि्र कति टिक्ने भन्ने कुरा त्यस डिभाइसले खपत गर्ने विजुलीसँग सम्बन्धित हुन्छ । र त्यो ब्याट्रीको क्षमता अनुसार कति समय टिक्छ भन्ने निर्धारण हुन्छ । धेरै क्षमताका ब्याट्री ठूलो साइजकै हुनुपर्छ भन्ने छैन् ।
mobile5५. हामीले सुनेका छौं कि, सेलफोनको निजी ब्राउजिङ प्रयोग गर्दा तपाइँले हेरेका सवै चीज गोप्य रहन्छन् ।
बास्तविकताः धेरैजसो मोवाइल फोन ब्राउजरमा निजी तथा गुप्त मोडहरु हुन्छन । तर, यसले कुनैपनि किसिमको ट्रयाकिङ कुकिज अथवा इतिहासबाट सुरक्षा प्रदान गर्दैन । यसले तपाईंको पहिचान, सक्रियता र लोकेसनलाई लुकाउन सक्दैन । तपाईले प्रयोग गर्नुभएको इन्टरनेट सेवा प्रदायक कम्पनी (वाइफाई तथा जिएसएम) का अधिकारीहरु यसको पहुँचमा पुग्न सक्छन् ।
mobile1६. हामीले धेरै सुनिरहेको कुरा यो पनि हो कि, चार्ज गरिरहेको समयमा मोवाइलफोनको प्रयोग निक्कै हानिकारक हुनसक्छ । मोवाइल पड्किनसक्ने सम्भावना प्रवल हुन्छ ।
बास्तविकताः  कहिलेकाहीँ चार्ज गरिरहेका बेला मोवाइल वा ट्याव्लेट प्रयोग गर्दा यदाकदा पड्किएका घटनाहरु हामीले सुनेका हुन्छौं । यो सत्य हो । तर अर्को सत्य कुरा के हो भने मोवाइल पड्किनुमा पूरै सेटको कुनै दोष हुँदैन । केबल ब्याटि्रमा आएको समस्याका कारण यस्तो हुन सक्छ ।
आमरुपमा मोवाइल पड्किनुको कारण कमजोर ब्याट्रि, नक्कली चार्जर लगायत नै हो । यदी तपाईंले बास्तविक ब्याटि्र र सक्कली चार्जरको प्रयोग गर्नुभो भने यस्ता समस्या तपाईहरुलाई हुने छैन् ।
mobile4७. मोवाइल फोनले थुप्रै संख्यामा हानिकारक बिकिरण उत्पादन गर्छ । त्यसैले फोनलाई सेन्सेटिभ एरिया जस्तै ट्राउजर, जिन्स वा सर्टको गोजीमा राख्नु हुँदैन भन्नेकुरा हामीले धेरै सुनेका हौं ।
बास्तविकताः कुनैपनि आधिकारीक मोवाइल फोन उत्पादक कम्पनीले फोन उत्पादन गर्नुभन्दा पहिले नै SAR (Specific Absorption Rating) परिक्षण अनिवार्य पास गर्नुपर्ने हुन्छ ।
त्यस परिक्षणको सर्टिफिकेट दिने बेलामै कम्पनीले यो ग्यारेन्टी गरिसकेको हुन्छ कि मानव जीवनलाई असर गर्ने कुनै विकिरणहरु मोवाइलबाट उत्सर्जन हुने छैन । त्यसैले मोवाइलबाट निस्कने कथित बिकिरण र बिरामीको बीचमा हुनै सम्बन्ध हुँदैन ।


from SHYANE http://ift.tt/1T4JVS7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top