Photo of Milford Sound in New Zealand

बैशाख ११ । तेह्रथुमको लालीगुराँस नगरपालिका स्थित बसन्तपुर बजारमा आजबाट दोस्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
laliguras cupलालीगुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्धार बसन्तपुरमा यहाँको पर्यटन प्रवर्धन र पहाडी क्षेत्रको खेलकुद विकासकालागि सन्चालन हुन लागेको गोल्ड कपको यो संस्करणमा काठमाडौँ सहित पुर्वाञ्चलका आठ टिम सहभागी हुँदैछन् ।
प्रतियोगितामा आयोजक पाथीभरा सामुदायिक युवा क्लबसहित दोर्जे गियर प्रालि, काठमाडौँ, संखुवासभा जिल्ला फुटबल संघ, मोरङको बेलबारी फुटबल क्लब, धनकुटाको जनजागृति युवा क्लब, हिले र सिंहदेवी युवा क्लब, सिधुवा, मोरङकै टीडब्लुवाईसी विराटनगर र तेह्रथुमको म्याङ्गलुङ नगरपालिका सहभागी हुने क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेल आजै दिउँसो दुई २ बजेबाट  संखुवासभा जिल्ला फुटबल संघ र जनजागृति युवा क्लब हिले धनकुटाबीच हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अध्यक्ष मिलन थापाले जानकारी दिए । फाइनल खेल वैशाख १७ गते हुने छ ।
वि.स. २०५६ सालबाट सुरु भएपनि निरन्तर सन्चालन हुन नसकेको प्रतियोगिताको निरन्तरता स्वरुप स्थानीय युवाहरुको अगुवाईमा यसवर्षबाट पुनः लालीगुराँस गोल्डकप सन्चालन हुन लागेको हो ।
यसअघि लालीगुराँस संरक्षण व्यवस्थापन समितिले थालेको जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिताको यो संस्करणको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


from ARENA http://ift.tt/1ToFa8v
via IFTTT

0 comments:

Post a Comment

add

 
Top