जेठ ११ । अमेरिकामा प्रशिक्षणकाक्रममा रहेका ११औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता सुनील लामाले ‘२२औं ट्रेडिसनल कराँते डो आमन्त्रण च्याम्पियनसिप’मा स्वर्ण जितेका छन् ।
सोतोजुकु कराँते डोजोको आयोजनामा न्यूयोर्कमा भएको प्रतियोगिताको ६७ केजी तौल समूहको फाइनलमा विल टोरेसलाई १–० ले पराजित गर्दै सुनील स्वर्ण हात पार्न सफल भएका हुन् ।
पहिलो चरणमा ‘बाइ’ पाउँदै सेमिफाइनल पुगेका सुनीलले अमेरिकी खेलाडी जोय कास्ट्रोलाई ७–३ ले पराजित गर्दै फाइनलमा ठाउँ बनाएका थिए ।
सो प्रतियोगितामा १३औं बैंकक एसियाडमा कास्यपदक जितेका सम्बरबहादुर गोलेले निर्णायकको भूमिका खेलेको कराँतेका राष्ट्रिय प्रशिक्षक दीपक श्रेष्ठले जनाएका छन् ।
अमेरिकाको न्यूयोर्कस्थित गोसिन रियो कराँते एकेडेमीमा प्रशिक्षणरत् सुनीलले यसअघि पनि न्यूयोर्कमा गत महिना आयोजित २१औं एन्युएल हेराल्डोज काइ सोबुकान कराँते च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
सुनील प्रशिक्षणका लागि झन्डै तीन महिना अमेरिकामा रहनेछन् ।
from ARENA http://ift.tt/1WOt90G
via IFTTT
0 comments:
Post a Comment