Photo of Milford Sound in New Zealand


जेठ १७ । इन्डियन प्रिमियर लिगको नवौं संस्करणको विजेता सनराइजर्स हैदरावाद बनेको छ । आइतबार राति भएको फाइनलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ रनले पराजित गर्दै हैदरावादले उपाधि हासिल गरेको हो ।
पहिले ब्याटिङ गर्दै हैदरावादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०८ रन बनाएको थियो । जितका लागि २०९ रनको विशाल लक्ष्य पाएको बेंग्लोरले सात विकेट कै क्षतिमा २०० रनमात्र बनाउन सक्यो ।
हैदरावादका लागि कप्तान डेविड वार्नरले सर्वाधिक ६९ रन बनाए । तर मध्यक्रममा आएर बेन कटिङ्गले विस्फोट ब्याटिङ गर्दै १५ बलमा ३९ रन बनाएपछि हैदरावादले स्कोर बोर्डमा २०० रन पार गर्न सफल भएको हो । युवराज सिंहले ३८ र शिखर धवनले २८ रनको योगदान गरेका थिए ।
बेंग्लोरले गतिलो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि क्रिस गेल र कप्तान विराट कोहलीबीच ११४ रनको साझेदारी भएको थियो । ३८ बलमा ७६ रन बनाएका गेललाई बेन कटिङ्गले नै आफ्नो शिकार बनाए । कप्तान कोहली पनि ५४ रन बनाएर बाहिरिए । अर्का विस्फोट ब्याट्सम्यान एबी डे भिलियर्स पनि ५ रन बनाएर बाहिरिएपछि बेंग्लोर संकटमा परेको थियो ।
सनराइजर्स हैदरावादको यो पहिलो उपाधि हो । सन् २००९ मा भने हैदरावादकै डेक्कन चार्जर्सले उपाधि हासिल गरेको थियो ।
रोमाञ्चक बनेको फाइनल प्रतिश्पर्धामा हैदरावादका बलर सामू बेंग्लोरका मध्यक्रमका ब्याट्सम्यान टिक्न सकेनन् ।


from ARENA http://ift.tt/25ssmUs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top