Photo of Milford Sound in New Zealand


जेठ १० । स्पेनिस किङ्स कप फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । कोपा डेल रे समेत भनिने यो प्रतियोगिताको फाइनलमा सेभियालाई हराउँदै बार्सीलोनाले कीर्तिमानी २८ औं पटक उपाधि पक्का गरेको हो ।
आइतबार राति भएको खेलमा बार्सीलोना २-० ले विजयी भयो । खेलको ३६ औं मिनेटमा हेभियर मास्केरानो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सा १० जनामा समेटियो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा भने नाटकीय परिणाम आयो ।
सेभियाका एभर बानेगाले रातो कार्ड खाएपछि टोली १० जनामा समेटियो । यसैको फाईदा उठाउँदै बार्सीलोनाका योर्डी अल्बाले पहिलो गोल गरे ।
अतिरिक्त समयको अन्तिम मिनेटमा सेभियाका क्यारीको मार्टीन्सले पनि रातो कार्ड खाएपछि टोली ९ जनामा समेटियो ।
खेलमा केही सेकेण्ड मात्रै बाँकी छँदा बार्सीलोनाका नेयमारले एक गोल गरेपछि टोली २-० ले विजयी भएको हो ।
जितसँगै बार्सिलोनाले यो सिजन पनि ला लिगा र किङ्स कप गरी दुई वटा उपाधि जितेको छ । युरोपा लिग च्याम्पियन सेभियाको भने घरेलु उपाधि जित्ने सपना अधुरै रह्यो ।


from ARENA http://ift.tt/22leRnJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top