Photo of Milford Sound in New Zealand

जेठ १४ । इङ्लिस फुटबल क्लब म्यान्चेस्टर युनाईटेडले प्रशिक्षक जोजे मौरिन्होलाई क्लवमा भित्र्याउन आवश्यक सहमति जुटेको दाबी गरेको छ ।
म्यान्चेस्टर युनाईटेडका उच्च अधिकारीहरुले मौरिन्होका एजेन्टसँग पछिल्लो तीन दिन लगातार छलफल गरेपछि सहमतिमा पुगेको दाबी गरिएको छ । यद्यपी मौरिन्हो र म्यान्चेस्टर युनाइटेडबीच औपचारिक सहमति हुन भने बाँकी छ ।
सम्झौतापत्रमा हस्ताक्षर भएपछि शनिबार बिहानसम्ममा मौरिन्होलाई प्रशिक्षकको रुपमा औपचारिक घोषणा गर्ने तयारी क्लवको छ ।
चेल्सीका पूर्वप्रशिक्षक मौरिन्होलाई जिम्मेवारी दिने विषयमा दुई हप्ता अघि नै सैद्धान्तिक सहमति जुटे पनि सम्झौताको खाका तयार हुन सकेको थिएन । ५३ वर्षीय पोर्चुगिज प्रशिक्षक मौरिन्होलाई गत सिजनको बीचमै चेल्सीले बर्खास्त गरेपछि उनी हाल कुनै पनि क्लवसँग आबद्ध छैनन् । चेल्सी, ईन्टर मिलान, रियाल मड्रिड, एफसी पोर्टो लगायतका क्लवलाई घरेलु तथा युरोपियन उपाधि जिताईसकेका मौरिन्होको आगमनले म्यान्चेस्टर युनाईटेड फेरि युरोपको फुटबल पावर हाउस बन्ने धेरैको अनुमान छ ।


from ARENA http://ift.tt/1TI2jDl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top