Photo of Milford Sound in New Zealand

वैशाख २७ । भ्याली पब्लिक र ओडिसीले प्रथम बीएनए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।
भ्याली पब्लिकले आयोजक बसुन्धारा नेसनल एकेडेमी ‘बी’ लाई ३७–२७ ले पराजित गरेको हो । विजेताका सक्रिय अधिकारीले १२ अंक जोडे ।
ओडिसीले लालीगुराँसलाई ३५–२८ ले हरायो ।
जुनियर ब्वाइजकै अन्य खेलमा गोल्डेनपिकले अभियान पब्लिक स्कुललाई २५–२१, एचएचसीएले ज्ञानसिन्दुलाई २७–१९, ग्रिनल्यान्डले हिमालयनलाई १८–८ तथा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई २९–२१ ले पन्छाए ।
सिनियर गर्ल्समा भ्याली पब्लिक ‘बी’ ले भद्रकालीलाई २६–१६, हिमालयनले ओडिसीलाई ७–४, डेनेब एकेडेमीले भ्याली पब्लिक ‘ए’ लाई १९–५ तथा इडेन ब्रिजले ओडिसीलाई १६–९ ले निराश पारे ।


from ARENA http://ift.tt/1SZtdEn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top