Photo of Milford Sound in New Zealand

भदौ १४, इटहरी
युवापुस्ता मा निकै नै लोकप्रिय बन्दै गएको हिपहप सस्कृति ले मोफसल मा पनि निकै राम्रो स्थान पाउदै गएको छ l यहि क्रम मा गएको सनिबार अर्थात भदौ ११ गते Dare Death Crew को संयोजकत्व मा Revash Crew ले "B Boying Battle" सो को आयोजना गरेको छ l 
प्रतियोगितात्मक उक्त शो मा पुर्वाञ्चल भरि बाट ३० B-Boy हरु ले सहभागिता जनाएका थिए l सबै युवा वर्ग का सहभागी हरु मध्ये बाट पहिलो चरण मा टप १६ छनौट गरि उत्कृष्ट प्रतियोगी हरुलाई अन्य चरण मा प्रवेश गराउदै 1 On 1 Battle तर्फ B -Link Crew धरान बाट B-Boy "Dawa"  र 7 To Smoke Battle तर्फ धरान कै Siddartha Crew का B-Boy "Gozy" ले उपाधि हासिल गरेका छन् l 
इटहरी स्थित बरगाछी मा रहेको अभियान नेपालको भवनमा संचालित सो प्रतियोगिताको निर्णायक B-Link Crew धरान का B-Boy "Check" रहनु भएको थियो भने DJ मा DJ "Zossi" का साथ् MC अर्थात कार्यक्रम संचालन सरोज श्रेष्ठ ले गरेका थिए l 
अब को युवा जमात लाई पनि हिप हप को बारेमा सिकाउने उद्देश्य ले इटहरी मा स्थापना भएको Dare Death Crew ले सानो सानो भाई बैनी हरुलाई हिप हप को बारेमा सिकाउदै आईरहेको छ l 
हेर्नुस उक्त सो मा डी थ्री को क्यामेरा मा कैद भएका ३३ तस्बिर हरु :






via IFTTT

from SHYANE http://ift.tt/2c57GNi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top