Photo of Milford Sound in New Zealand

पुर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै मानिसहरु प्रत्यक्ष रुपमा भेटिने नेपालको एउटै सहर हो राजधानी काठमाण्डौ । सहरको क्षमता भन्दा धेरै मानिसहरु आफ्नो भाग्य परिक्षण गरिरहेका छन् यो सहरमा । भाग्य परिक्षणमा कति मानिसहरु सफल भएका छन् त कति असफल । यो केन्द्रमा केहि यस्ता व्यत्तिहरु पनि भेटिन्छन् जो भाग्य परिक्षण गर्दागर्दै बिच बाटोमै पलायन समेत भएका छन् । पलायन हुने व्यत्तिहरुमा प्राय कलाकारहरु रहेको पाइन्छ ।
नेपाली म्युजिक क्षेत्रमा दुईचार वटा गीतमा स्वर भर्नु भन्दा पनि निरन्तर रुपमा टिकीरहनु सबैभन्दा ठुलो चुनौती रहेको गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको भनाई छ । धेरै गायकहरुको भिडमा अनवरत रुपमा नेपाली म्युजिकमा लामो समयबाट सक्रिय रुपमा लागिरहेका गायकमध्ये एक हुन् भुवन सुप्तिहाङ राई । चलचित्र लगायत अढाई सय वटा भन्दा बढि गीतमा स्वर दिईसकेका राईले नेपाली म्युजिकमा धेरै उतारचढाव देखेको र प्रत्यक्ष रुपमा भोगेको उनी बताउछन् ।  
 उनी भन्छन्, एउटा गीत हिट हुने बित्तिकै मान्छेहरु बौलाईहाल्छन्, धरातल नै बिर्सिन्छन् । त्यसपछि कुन ग्रहमा हराउन् अत्तोपत्तो हुन्न । कुनै पनि क्षेत्रमा निरन्तर टिक्नु नै सफलता मान्छन् राई । सगरमाथाको चुचुरोमा पाईला टेके पनि साथीभाई ईष्टमित्र सबैलाई सम्झनुपर्ने र सहयोग गर्नुपर्ने मान्यता राख्छन् उनी । राई खुलेर भन्छन्, यहाँ सहयोग भन्दा पनि छुरा रोप्ने प्रवृत्ति ज्यादा छ । गायक भन्ने वित्तिकै कतिले छड्के आखाँले हेर्छन् ।
 भुवन यतिबेला पाँचौ एल्बम “सम्मान“ को तयारीमा जुटेका छन् ।वि. सं. २०५९ सालमा पहिलो एल्बम “तिम्रो माया” बाट औपचारिक रुपमा म्युजिकको ढोका खोलेका उनले त्यसपछि क्रमश सजेसन, मायाको फुल र बदनाम एल्बम सार्वजानिक गरे । 
 नेपाली म्युजिकलाई तपाईले धेरै राम्रा र चर्चित गीतहरु दिनुभएको छ, तर पनि कता—कता छायाँमा पर्नुभएको होकी भन्ने प्रश्नमा “उनी भन्छन्, यो कुरा सहि हो । म अलि बढि नै अभागी भए होला सायद, काम अनुसार जुन चर्चा र ठाउँ प्राप्त गर्नु पर्ने थियो त्यो भईरहेको छैन, सायद भाग्य मेरो पकडमा नभएर होला ।”
उदयपुरमा जन्मीएका यि पुर्वेली गायक विं सं. २०५४ साल बाट काठमाण्डौमा गुरुदेव कामत सँग पाँच बर्ष औपचारिक रुपमा संगीत सिके । पाँचौ एल्बम “सम्मान” को तयारीमा रहेका राईले सो एल्बममा समावेश गर्न लागेको एउटा गीतको अंश समेत सुनाए । “भाग्य सबैको एउटै कहाँ हुन्छ र, हिड्ने जति सबै लक्ष्यमा कहाँ पुग्छ र, म त हिडेको हिडै भए तर तिमीले बाजी जित्यौ रे ।“



via IFTTT

from SHYANE http://ift.tt/2aW2tqH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top