Photo of Milford Sound in New Zealand

सफ्टवेयरमा पाइएको गडबडीको कारणले गर्दा विश्वका करोडौँ स्मार्टफोनको डाटा ह्याकरहरुको हातमा पर्ने खतरा पैदा भएको छ ।
चेकप्वाइन्टका शोधकर्ताहरुले अमेरिकी कम्पनी क्वालकोमले बनाएका चिपसेटबाट चलिरहेका सफ्टवेयरको अनुसन्धान गर्ने क्रममा यस्तो बग फेला पारेका हुन् ।
विश्वमा चालु रहेका झण्डै ९० करोड फोनमा क्वालकोमको प्रोसेसरको प्रयोग भैरहेको छ ।
यद्यपि अहिलेसम्म ह्याकरहरुले यस्तो बगको फाइदा उठाइसकेको प्रमाण भने फेला परिसकेको छैन ।
तर आउँदो ३।४ महिनामा साइबर अपराधीहरुले क्वालकोम प्रोसेसरमा रहेको कमजोरीको फाइदा उठाउने चेकप्वाइन्का एक अधिकारी माइबल शाउलवले बताए ।
यस्तो बगबाट प्रभावित हुनसक्ने र ह्याकरको चपेटामा पर्नसक्ने मोबाइल फोनको सूचि यस्तो छः
ब्लाकबेरी प्रिभ तथा डिटेक ५०
ब्लाकफोन १ र ब्लाकफोन २
गुगल नेक्सस ५ एक्स, नेक्सस ६ तथा नेक्सस सिक्स पी
एचटीसी वान, एचटीसी एम ९ र एचटीसी १०
एलजी जी ४, एलजी जी  तथा एलजी वी १०
मोटोरोला न्यू मोटो एक्स
वनप्लस वन, वनप्लस २ तथा वनप्लस ३
सामसुंग ग्यालेक्सी एस सेभेन, एस सेभेन एज
सोनी एक्सपेरिया जेड अल्ट्रा
फोनको ग्राफिक्ससँग सम्बन्धित सफ्टवेयर तथा फोनभित्रकोे प्रक्रियाको बीचमा कम्युनिकेसन चलाउने कोडमा यस्तो बग फेला परेको बताइएको छ ।


from SHYANE http://ift.tt/2aUTSVj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top