Photo of Milford Sound in New Zealand

सुनसरीको इनरुवामा आज भब्य लाखे जात्रा गरीएको छ । हरेक बर्ष श्रावण शुक्ल पुर्णिमा अर्थात जनै पुर्णिमाको भोलि पल्ट उपत्यका लगायत मोफसलका नेवार समुदायले लाखे जात्रा मनाउने गर्दछन् । दिंवगत भएका आफ्न्तको सम्झना गर्दै मनाइने गाइजात्रा पर्वमा लाखेको बिषेश महत्व हुने गरेको छ । सोहि महत्वलाई साथ दिदै इनरुवामा महेश श्रेष्ठ घरबाट निकालिएको लाखेले नगर परीक्रमा गरेको थियो । गाइजात्राको दिन बिशेषत दिवंगत भएका परीवार सदस्यका लागि सम्झना गर्दै मनाइने लाखे नाचको बिशेष महत्व रहेको स्थानियको भनाइ छ । नेपाल भाषा सस्कृतिको जगेर्ना गरौ भन्ने नाराका साथ आयोजक नेवा उत्थान समाज इनरुवा र नेवा दे दबु समाज मधेशाको संयुक्त आयोजनामा सो कार्यक्रम मनाइएको हो । गाईजात्रा तथा लाखे जात्रा कार्यक्रम नामाकरण गरीएको उक्त कार्यक्रममा नेवारी समुदायको बाक्लो उपस्थिती रहेको थियो ।
हेर्नुस डि थ्री को क्यामेरा मा कैद भएका २२ तस्बिर हरु : 




via IFTTT

from SHYANE http://ift.tt/2biChZj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top