Photo of Milford Sound in New Zealand

कुनै बेलाको एकदमै चर्चित गीत न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई गीत लेखेर चर्चाको शिखरमा रहेको गीतकार विपीन किरण चाँडै नै आफ्नो ७ औँ एल्बम प्रत्युष लिएर श्रोता माझ आउँदैछन् । 
विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याउन लागेको उक्त एल्बममा ६ वटा गीत रहनेछन् । राजेश पायल राई, दुर्गा खरेल, युवराज चौलागाइ लगायतको स्वर रहने प्रत्युषमा संगीतकार महेश खड्का, लक्ष्मण शेष र अर्जुन पोखरेलको सङ्गीत रहेको छ । 
यो एल्बममा मायाप्रेमका गीतहरू नै समावेश गरिएको गीतकार विपिन किरणले बताए । करिब ८० वटा गीतहरू रेकर्ड गराइसकेका युवा गीतकार विपिन किरणका न बिर्सें तिमीलाई बाहेक बल गरेर त्यो मन यता, टुट्यो तारा लगायत गीतले सफलता हासिल गरेका थिए । आउँदो एल्बमका गीतहरुले पनि श्रोताको माया पाउने अपेक्षा रहेको किरणले बताए । 
राम्रा र कालजयी गीतहरू दिने आफूले संकल्प गरेका बताउँदै किरण भन्छन् गीत कुन् चल्छ भन्ने कुरा चाहिँ पहिल्यै थाह पाउँन सकिँदैन । गत महिना मात्र म्युजिक नेपालबाट विपिनले सुरभी नामक एल्बम बजारमा ल्याएका थिए ।                                                                                   
                                                                                                                         साभार : लोकान्तर अन्लाईन 



via IFTTT

from SHYANE http://ift.tt/2b8I4O4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top