Photo of Milford Sound in New Zealand

नेपाली चलचित्रकी सफल नायिका रेखा थापाले भदौ ५ गते अर्थात आज आफ्नो जन्मदिन मनाउँदै छिन् । आजबाट उनी ३३ बर्षमा लागेकी छिन् । छविराज ओझाले निर्माण गरेका चलचित्र ‘हिरो’ बाट नेपाली चलचित्रमा डेव्यू गरेकी रेखाले गएको बर्ष रिलिज भएको ‘रामप्यारी’ चलचित्रसम्म आइपुग्दा २ सय बढी चलचित्रमा काम गरिसकेकी छिन् । भन्ने गरिन्छ् ‘यदी नेपालमा कोही अभिनेत्रीको कारण चलचित्र चल्छ भने ति रेखा थापा हुन्’ । नामकै कारण पनि पछिल्ला केही बर्षमा रेखाले अभिनय गरेका चलचित्रहरु सुपरहिटको सूचीमा दर्ता छन् ।
सन् १९९९ मिस नेपालमा सहभागी भएर उत्कृष्ट १० मा परेकी रेखा चलचित्र निर्देशक, संगीतकार, निर्मात्री पनि हुन् । उनले हिम्मतवाली चलचित्र आफैले निर्माण र निर्देशन गरेकी थिइन भने गएको बर्ष प्रदर्शनमा आएको चलचित्र रामप्यारीको एक गीतमा उनले संगीत पनि दिएकी थिइन ।
रेखा अभिनित हिरो, मितिनी, धड्कन, हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत, किस्मत, हिफाजत, अन्दाज, रावण, कस्ले चोर्यो मेरो मन, मालतीको भट्टी, हिम्मतवाली, रामप्यारी जस्ता चलचित्रलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ । जुन चलचित्रले व्यवसायिक सफलता हासिल गरेका छन् । रेखाको जन्म पूर्वको सलकपुर, मोरङमा भएको हो । रेखाले दर्जनौ नेपाली फिल्म एवार्ड समेत पाइसकेकी छिन् ।
२००१ मा निर्माता छविराज ओझासँग विवाह गरेकी रेखाले करिब १० बर्ष छविराजको धर्मपत्नी भएर बसेकी थिइन । अहिले उनीहरुको सम्बन्ध विक्षेद भइसकेको छ । रेखालाई काली र नानु भनेर पनि बोलाउने गरिन्छ । गसिप र विवादबाट टाढा रहन नसक्ने रेखाको निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल, निर्देशक श्याम भट्टराई लगायतका केही चलचित्रकर्मीसँग बोलचाल समेत छैन् । उनको राजेश हमालसँग पनि सुमधुर सम्बन्ध नरहेको बताइन्छ । केही बर्ष अगाडी माओवादीले गरेको आम हडतालमा प्रचण्डसँगै लोकगीत गाएर नाचेकी रेखाले चलचित्र विकास बोर्डको अध्यक्ष पदको दाबी समेत गरेकी थिइन । 
उनी अहिले ‘हिरो रिटन्र्स’ नामक चलचित्रको छायाँकनमा व्यस्त छिन् भने उनले अभिनय गरेको नयाँ चलचित्र ‘पलाँस’ तिहारलाई लक्षित गरेर प्रदर्शनमा आउँदैछ । रेखा थापालाई डि थ्री ग्रुपको तर्फबाट पनि जन्मदिनको शुभकामना ।
                                                                                                                        - सिनेखबर बाट 
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2b7XSVe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top