Photo of Milford Sound in New Zealand

मंसीर ३ गतेबाट आउने चलचित्र ‘सायद २’को अफिसियल फष्टलुक सार्वजनिक भएको छ । निर्माण देखिनै चर्चामा रहेको ‘सायद २’लाई दुर्गिश फिल्मसको ब्यानरमा सुनिल रावलले निर्माण गरेका हुन् ।
फिल्मलाई पुष्पराज न्यौपानेको निर्देशन रहेको छ । पुष्पराज नेपाली फिल्मका लागि नयाँ निर्देशन हुन् । उनले बलिउडमा फिल्म ‘राज ३’, ‘डेन्जरस ईश्क’, ‘म्याक्सिमम’, ‘हेट स्टोरी ३’सहित थुप्रै भारतीय सिरियलमा सहायक निर्देशक भई काम गरिसकेका छन् ।
चलचित्रको सार्वजनिक पोष्टरमा फिल्मका प्रमुख कलाकारलाई विभिन्न पोजमा प्रस्तुत गरिएका छन् ।निर्माता सुनिल रावलले यसअघि ‘सायद’ , ‘होस्टल’ र ‘होस्टल रिर्टन्स’ जसत सुपर हिट चलचित्र निर्माण गरि सकेका छन् ।
यस चलचित्रमा सुशील श्रेष्ठ,सुशील सिटौला,निशा कार्की, कुशल पाण्डे, स्यारोन श्रेष्ठ, अमृत ढुगांना र रुविन श्रेष्ठको अभिनय रहने छ ।
                                                                                                                                 नमस्ते फिल्मी अनलाइन बाट 







via IFTTT

from SHYANE http://ift.tt/2aXgUiq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top