Photo of Milford Sound in New Zealand

मंगसिर १४।  इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ ।
आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले स्वान्सी सिटीलाई १-० ले हराएको हो । खेलमा लिभरपुललाई विजयी गराउन जेम्स मिल्नरले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
प्रिमियर लिग अन्तर्गतकाअन्य खेलहरुमा आर्सनल र नर्वीच सिटी तथा चेल्सी र टोटनह्याम हट्सपरले बराबरीमा चित्त बुझाएका छन् ।
नर्वीच सिटीको मैदानमा भएको खेलमा आर्सनलले १-१ गोलको बराबरी खेलेको हो । यसैगरी पछिल्लो समय खराब लयबाट गुज्रिरहेको चेल्सीले टोटनह्याम हट्सपरसँग उसैको मैदानमा गोलरहित बराबरी खेले ।
आइतबार राति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेड र वेष्ट ब्रोमले १-१ गोलको बराबरी खेलेका छन् । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट २९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।
समान खेलबाट २९ अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको २८ अंक छ । २७ अंक जोडेको आर्सनल भने चौथो स्थानमै समेटिएको छ ।


from ARENA http://ift.tt/21nZDPi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top