Photo of Milford Sound in New Zealand

मंगसिर १३।  बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज– २०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
डिसेम्बर १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष÷महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न २४ राष्ट्रको सहभागिता रहनेछ ।
पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कटुवाल रहेका छन् । महिलामा सरादेवी तामाङ, नंशलदेवी तामाङ, शिक्षा श्रेष्ठ र अमिता गिरी छन् ।
टोली नेतामा ब्याडमिन्टन संघका सचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, प्रशिक्षकमा जयन्त श्रेष्ठ तथा व्यवस्थापकमा लवभक्त श्रेष्ठ रहेका छन् ।गत वर्ष भएको प्रतियोगिताको विभिन्न ३ स्पर्धामा क्वार्टरफाइनल पुग्नु नेपाली खेलाडीले यो प्रतियोगितामा हासिल गरेको अहिलेसम्मकै ठूलो उपलब्धि हो । पुरुष सिंगल्समा रत्नजित, पुरुष डबल्समा रत्न र विकासको जोडी तथा मिक्स डबल्समा रत्न र सराको जोडी क्वार्टरफाइनलमा पुगेको थियो । टोलीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले एक कार्यक्रमबिच बिदाइ गरे ।


from ARENA http://ift.tt/1MMaif9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top