Photo of Milford Sound in New Zealand

मंगसिर १३। चोटमुक्त भएर मैदान फर्किएपछि लिओनल मेस्सीको पहिलो लिग गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ ।
शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल सोसिडाडलाई ४-० ले पराजित गरेको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलेनाले २२ औं मिनेटमा नेयमारको गोलबाट सुरुवाति अग्रता लिएको थियो । ४१ औं मिनेटमा लुइस स्वरेजले उत्कृष्ट भली गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २-० ले अगाडि रहृयो ।
दोस्रो हाफको ५३ औं मिनेटमा नै नेयमारले व्यक्तिगत दोस्रो गोल गरे । ला लिगाको १२ खेलमा उनको यो १४ ओं गोल हो ।
खेलको अन्तिममा नेयमारको पासमा मेस्सीले गोल गरे । चोटका कारण दुई महिना मैदान बाहिर रहेका मेस्सी रियल मड्रिडसँगको इएल क्लासिकोबाट मैदान फर्किएका थिए । चोटमुक्त भएर मैदान फर्किएपछि ला लिगामा मेस्सीको यो पहिलो गोल हो ।
जितसँगै बार्सिलोना १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।
२४ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ र उसले एक खेल कम खेलेको छ ।


from ARENA http://ift.tt/1OxkA3o
via IFTTT

0 comments:

Post a Comment

add

 
Top