Photo of Milford Sound in New Zealand

मंगसिर १३।  नेपाल स्पोर्टस म्यानेजमेन्टले भेलोसिटी एरिनामा नेपाल क्रिकेट स्कुल सञ्चालनमा ल्याएको छ । काठमाडौंको रातोपुलमा रहेको क्रिकेट स्कुल इन्डोर क्रिकेटको आधारमा सञ्चालनमा आएको हो । एरिनामा फुटसल मैदान पनि रहेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का र नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले शनिबार क्रिकेट स्कुलको संयुक्त उद्घाटन गरे । नेपालको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल सकेर दासानायकेशनिबार नै गृह नगर क्यानाडा फर्किएका छन् । ४ रोपनी ८ आनामा फैलिएको क्रिकेट स्कुलको इन्डोरमा ५ ओटा विकेट रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको आर्टिफिसियल टर्फ रहेको दाबी गरेको नेपाल स्र्पोट्स म्यानेजमेन्टले सेन्टर विकेटमा यूएईको दुबईमा रहेको आईसीसी ग्लोबल एकेडेमी बाला ब्याटिङ टर्फ रहेको जनाएको छ । दासानायकेले नेपाली क्रिकेटको स्तर विकास गर्न क्रिकेट स्कुलले ठुलो भुमिका खेल्न सक्ने जनाए । पारसले यो नेपालको सबैभन्दा ठुलो एकेडेमी भएकाले राष्ट्रिय टोलीका खेलाडीले आफ्नो हिसाबमा यहाँ आएर प्रशिक्षण गर्ने जनाए ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टले प्रशिक्षक दासानायकेलाई सम्मान गर्दै बिदाइ गरेको थियो । श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले नेपालको क्रिकेट स्थापनाका क्रममा पूर्वप्रशिक्षक रोय डायसले गरेको योगदान र अहिले दासानायकेले नेपाललाई विश्वकपमा पु¥याउन गरेको योगदानको प्रशंसा गर्दै नेपाली क्रिकेटको विकासमा सहयोग गर्न श्रीलंकाबाट सहयोगी भूमिका बनाउन प्रयास गर्ने जनाए ।
काठमाडौं क्षेत्रका पूर्व विकेटकिपर करण घिमिरे लगायतको स्वामित्वमा रहेको क्रिकेट स्कुलको प्रमुख निर्देशकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास र प्रमुख प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी कलाम अली छन् । राति खेल्न मिल्ने, बलिङ मेसिन, बलिङ गति नाप्न सक्ने स्पिड गन नेपाल क्रिकेट स्कुलमा रहेको अर्का सञ्चालक अकुर रिमालले जनाए ।

२ सयजनासम्म विधार्थी राखेर क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने क्रिकेट स्कुलले भविष्यमा यू–१४ र यू–१६ इन्डोर प्रतियोगिता पनि सञ्चालन गर्ने जनाएको छ । एरिनामा ब्याडमिन्टन र टेबुल टेनिस पनि थपिने अर्का सञ्चालक सन्देश कटुवालले बताए ।


from ARENA http://ift.tt/1NC4AAf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top