Photo of Milford Sound in New Zealand

मंगसिर १३।  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सको लिग १ फुटबलमा १६ अंकको अग्रता लिएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारमा रहेको ट्रोयसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
पीएसजीको पार्क डे पि्रन्सेसमा खेल सुरु हुनुअघि मैदानमा फ्रान्सको झण्डा प्रदर्शन गरिएको छ । साथै पेरिस आक्रमणमा ज्यान गुमाएकाहरुको सम्झौतामा मौनधारण समेत गरिएको थियो ।
खेलको २० औं मिनेटमा घरेलु टोलीका लागि काभानीले गोल गरे । पीएसजीले बाँकी तीन गोल भने दोस्रो हाफमा गरेको थियो ।
५८ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले पेनाल्टीमा गोल गरे भने ६७ औं मिनेटमा कुर्जावा र ८४ औै मिनेटमा अगस्टिनले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको अन्तिम मिनेटमा आयासारले सान्त्वना गोल गरे ।
जितपछि पीएसजी १५ खेलबाट ४१ अंकसहित शीष्र्न स्थानमा छ भने दोस्रो स्थानमा रहेको एंगर्सको २६ अंक छ ।


from ARENA http://ift.tt/1NVmnwm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top