Photo of Milford Sound in New Zealand

मंगसिर १५।  राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलकुदमा ‘लोभी–पापीहरुलाई कुनै ठाउँ नभएको’ स्पस्ट पारेका छन् ।

नेपाल आइस हक्की संघको काठमाडौंको शिवपुरीमा भएको प्रथम साधारणसभालाई सोमबार सम्बोधन गर्दै सदस्यसचिव विष्टले ‘विदेश भ्रमण गर्न र पैसाको चलखेल गर्न पाइन्छ भनेरसमेत खेलकुदमा लाग्नेहरुकोजमात रहेको’ भन्दै दुःखेसो गरे ।

सदस्यसचिव विष्टले केही खेलमा जतिसुकै रकम खर्च गरेपनि उपलब्धि नहुने भन्दै पदक हासिल गर्ने खेललाई विशेष प्रोत्साहन गर्ने बताए ।

आइस हक्की संघको साधारणसभाले लोकबहादुर शाहीलाई पुनः केन्द्रीय अध्यक्षमा चयन गर्दै निर्विरोध १७ सदस्यीय समिति चयन गरेको छ ।

त्यस्तै, नवनिर्वाचित कार्यसमितिले सोमबारै मनोनित १४ सदस्य थप्दै कार्यसमितिलाई ३१ सदस्यीय बनाएको छ ।


from ARENA http://ift.tt/21qymvC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top