Photo of Milford Sound in New Zealand

चैत ३० । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हासिल गरेका छन् ।

शतप्रतिशत नतिजा निकाल्नेक्रममा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देहीले बुधबार ज्ञानेन्द्र मल्लको सिवाइसी अत्तरियालाई ४२ रनले पराजित गरेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो ।
२४ रन जोड्दा ३ विकेट गुमाइसकेको रुपन्देहीका लागि राजेश पुलामीमगरले ३१ तथा प्रकाश केसीले २४ बलमा २९ रन जोेड्दै सम्मानजनक योगफल बनाए ।
प्रदीप ऐरी र विनोद लामाले २–२ विकेट लिए ।
जवाफमा अत्तरिया दुई बल खेल्न बाँकी छँदै ८७ रनमै समेटियो । ज्ञानेन्द्र मल्लले ३०, विनोद लामाले अविजित १८ तथा अभिनाश बोहराले १४ रन बनाएबाहेक अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
शहाब आलमले ८ रन खर्चेर ४ विकेट लिए ।
रुपन्देहीले पहिलो खेलमा चौराहा धनगढीलाई पराजित गरेको थियो ।
त्यसैगरी, काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हासिल गर्नेक्रममा विराटनगर किंग्सलाई ८६ रनले पराजित गर्‍यो ।
बुधबारै भएको दोस्रो खेलमा बसन्त रेग्मीको कप्तानीमा रहेको काठमाडौंले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा १७३ रन बनाएको थियो ।
जारी संस्करणको सबैभन्दा उच्च योगफल बनाउनेक्रममा सुमीत महर्जनले २७ बलमा अविजित रहँदै ४४, सोमपाल कामीले २० बलमा ३९ तथा कप्तान बसन्त रेग्मीले २४ बलमा ३० रन जोडे ।
जवाफमा शरद भेषावकरको कप्तानीमा रहेको विराटनगरले १८ ओभर ५ बल खेल्दा सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो ।
दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३१ रन बनाएको इनिङमा ८ खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।
कसिलो बलिङ गर्नेक्रममा सन्तोष भट्टले ३ तथा भुवन कार्की र बसन्त रेग्मीले २ विकेट लिए ।
सुमीत ‘म्यान अफ द म्याच’ भए । काठमाडौंको यो तीन खेलमा दोस्रो जित हो ।


from ARENA http://ift.tt/2p7Sd4V
via IFTTT

0 comments:

Post a Comment

add

 
Top