Photo of Milford Sound in New Zealand

वैशाख ७  । विराटनगर किंग्स धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


बुधबार पहिलो क्वालिफायर्स खेलमा विराटनगरले बुधबार रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।
आसिफ शेखले सर्वाधिक ३६ रन जोडे । यसैगरी, कप्तान शरद भेषावकरले २४ रनको योगदान दिए ।
रुपन्देहीका कप्तान शक्ति गौचनले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए ।
जवाफमा रुपन्देहीले ९९ रनमात्रै बनाउन सक्यो । पुष्प थापाले २२ रन जोडेको इनिङलाई सस्तैमा समेट्नेक्रममा ‘म्यान अफ द म्याच’ सुशील कँडेलले १५ रन खर्चेर ४ विकेट लिए ।
पहिलो चरणमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको पराजित रुपन्देहीले अब फाइनल प्रवेशका लागि फेरि दोस्रो क्वालिफायरमा बिहीबार पारस खड्का नेतृत्वको धनगढी टिम चौराहासँग खेल्नेछ ।
धनगढी क्वालिफायर्समा, काठमाडौं बाहिरियो
बुधबारै भएको इलिमिनेटर खेलमा बसन्त रेग्मी नेतृत्वको काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै धनगढीले क्वालिफायर खेल्ने अवसर पाएको हो ।
१२४ रनको चुनौती धनगढीले १८ ओभर २ बलमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
‘म्यान अफ द म्याच’ अनिल मण्डलले ४४ तथा आरिफ शेख र पृथु बास्कोटाले समान २२/२२ रन बनाए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले रोहितकुमार पौडेल र सुमीत महर्जनको समान ३१/३१ रनको मद्दतले ६ विकेटको क्षतिमा १२३ रन बनाएको थियो ।
अमर राउटेला र ललित राजवंशीले २/२ विकेट लिए । हारसँगै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ ।


from ARENA http://ift.tt/2phV6ni
via IFTTT

0 comments:

Post a Comment

add

 
Top