Photo of Milford Sound in New Zealand

वैशाख ६  । राष्ट्रले खेलाडीका लागि स्वास्थ्य–उपचारमा सहुलियत दिनुपर्ने माग खेलाडीले गरेका छन् ।

स्वास्थ्यमन्त्री गगनकुमार थापा र राज्यमन्त्री तारामान गुरुङलाई भेटी राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेल संयोजक रहेको खेलाडी सुविधा सुझाव कार्यदलले पाँचबुँदे मागसहितको पत्र बुझाएको छ ।
दक्षिण एसियाली खेलकुद (साग) र एसियन खेलकुदमा स्वर्ण पदक विजेतालाई स्वास्थ्य सेवामा शतप्रतिशत निःशुल्क गर्नुपर्ने, रजत पदक विजेता र ओलम्पिक खेलमा सहभागीलाई ८० प्रतिशत निःशुल्क तथा सागमा कास्य पदक विजेतालाई ७० प्रतिशत, राष्ट्रिय खेलाडीलाई ५० प्रतिशतसम्म निःशुल्क स्वास्थ्य सेवा दिनुपर्ने माग कार्यदलले राखेको छ ।
नेपालमा सागमा स्वर्ण जित्ने १०२, एसियन खेलकुदमा स्वर्ण जित्ने आठ र सागमा रजत पदक जित्ने ओलम्पिकमा सहभागीसमेत गरी २३१ खेलाडी र दक्षिण एसियाली खेलकुदमा कास्य पदक विजेता ४४२ जना खेलाडी छन् ।
विभिन्न खेलमा घाइते भएका खेलाडीको विशेष उपचार गर्न हालका अस्पतालमा सम्भव नभएकाले सरकारले खेलाडीको उपचार गर्न छुट्टै अस्पताल आवश्यक भएकाले त्यसको पहल गरिदिन पनि कार्यदलले स्वास्थ्य मन्त्रीसमक्ष आग्रह गरेको छ ।
मन्त्री थापाले राष्ट्रका निम्ति खेल्ने खेलाडीको स्वास्थ्य सेवामा दिनुपर्ने सेवा सुविधाका बारेमा पटकपटक खेलकुद मन्त्रीसँग पनि वार्ता गरिरहेकाले यसलाई पूरा गर्न तत्काल कदम चालिने बताए । उनले भने, ‘खेलाडीको विशेष उपचारका लागि छुट्टै अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता हामीले पनि महसुस गरेको विषय हो । यसबारे चाँडै टुंगो लगाउनेछौँ ।’
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कार्यदलका सदस्य दीपक विष्टले खेलका माध्यमबाट देशलाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण योगदान गर्ने खेलाडीलाई राज्यले औषधोपचारमा सहयोग नगर्दा खेलबाटै वञ्चित हुनुपर्ने वा खेलकुद छाडी अन्य पेसा रोज्नुपर्ने अवस्था आएको बताए ।


from ARENA http://ift.tt/2oM9UqW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top