Photo of Milford Sound in New Zealand

वैशाख ४ । कप्तान पारस खड्काको आक्रमक ब्याटिङको मद्दतले धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।

यसअघि, एक खेलमात्र जितेर पुछारमा रहेको धनगढीले सोमबार अपराजित रुपन्देही च्यालेन्जर्समाथि शानदार ६ विकेटको जित हासिल गर्दै अन्तिम चारमा ठाउँ बनाएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् २० ओभरमा ६ विकेट गुमाउँदै ९१ रन जोड्यो ।
प्रकाश केसीले ३४ बलमा अविजित रहँदै ४९ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा ललित राजवंशीले ४ ओभरमा २ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा रनरेटका आधारमा प्लेअफमा पुग्न १४ ओभर २ बलभित्र जित हासिल गर्नुपर्ने बाध्यता लिएर मैदानमा उत्रिएको धनगढीले ११ ओभरमै ४ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।
महत्वपूर्ण खेलमा फर्ममा फर्कनेक्रममा कप्तान पारस खड्काले २१ बलमा २ छक्का र ७ चौकाको मद्दतले ४२ रन जोडे । त्यस्तै, पृथु बास्कोटाले ९ बलमा अविजित रहँदै १५ रन बनाए ।
यो खेलसँगै डीपीएल क्रिकेटको प्लेअफ पुग्ने चारओटै टोलीको टुंगो लागेको छ ।
अंकतालिकाको शीर्ष स्थानमा रहँदै रुपन्देही, दोस्रो स्थानमा रहँदै विराटनगर किंग्स, तेस्रो स्थानमा रहँदै काठमाडौं गोल्डेन्स र चौथो स्थानमा रहँदै धनगढी प्लेअफमा पुगेका हुन् ।
६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा कन्चनपुर आइकोनिक र सीवाइसी अत्तरिया भने पहिलो चरणबाटै बाहिरिएका छन् ।
पहिलो क्वालिफायर खेलमा बुधबार रुपन्देही र विराटनगर भिड्नेछन् । सोही दिन इलिमिनेटर खेलमा काठमाडौं र धनगढी भिड्नेछन् ।


from ARENA http://ift.tt/2pbQjni
via IFTTT

0 comments:

Post a Comment

add

 
Top