Photo of Milford Sound in New Zealand

चैत २८ । भारतमा जारी आइपीएल क्रिकेट अन्तर्गत आइतबार भएका खेलहरुमा सनराईजर्स हैदरावाद र मुम्बई इन्डियन्स विजयी भएका छन् ।

आइतबारको पहिलो खेलमा सनराईजर्स हैदराबादले घरेलु मैदानमा गुजरात लायन्सलाई ९ विकेटले हरायो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको गुजरातले सामान्य प्रदर्शन गर्दै ७ विकेटको क्षतिमा एक सय ३५ रन बनायो ।
जवाफमा १ सय ३६ रनको चुनौती पछ्याएको हैदराबादले १५ ओभर ३ बलमा १ विकेटको क्षतिमा उक्त लक्ष्य पार गर्‍यो ।
हैदरावादका लागि कप्तान डेभिड वार्नरले अविजित रहँदै ७० तथा मोइसेस हेन्रीकेले अविजित रहँदै ५१ रन बनाए ।
आइतबार नै भएको दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाईट राईडर्सलाई ४ विकेटले हराएको छ । खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनायो ।
कोलकाताका लागि मनिष पाण्डेले अविजित ८१ रन बनाए । जवाफमा १ सय ७९ रनको चुनौती मुम्बई इन्डियन्सले खेलमा १ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो ।
मुम्बईलाई विजयी गराउन नितिस रानाले ५० रन जोडे । आईपिएल क्रिकेटमा सोमबार राती किङ्स ईलेभेन पञ्जाव र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने छन् ।


from ARENA http://ift.tt/2nSKxl7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top