Photo of Milford Sound in New Zealand

बैशाख २ । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको ११ औं खेलमा विराटनगर किंगस् विजयी भएको छ ।

विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले हरायो । पहिले ब्याटिङ्ग गरेको कञ्चनपुरले १७ ओभरमा सबै विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।

हसिम अन्सारीले २७, कुशल भुर्तेलले १९ तथा आशिष पोखरेलले १० रन बनाए बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

सुशील कर्णेलले ८ रन खर्चेर ४ तथा सन्दीप लामिछानेले २८ रन खर्चेर ४ विकेट लिए । जवाफमा विराटनगरले ९ ओभर १ बलमै ५ विकेट गुमाएर विजय हासिल गर्‍यो ।

कप्तान शरद भेषावकरले १५ बलमा २८ रन जोडे । सागर पुनले ५ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । सुशील म्यान अफ द म्याच भए ।

डिपिएल क्रिकेटको १२ औं खेलमा धनगढी टिम चौराहा विजयी भएको छ । पहिलो जित हासिल गर्ने क्रममा धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले हरायो ।

पहिले ब्याटिङ्ग गरेको धनगढीले ८ विकेटको क्षतिमा एक सय ३६ रन बनायो । कप्तान पारस खड्का लगातार दोस्रो पटक डकआउट भएको खेलमा आरिफ शेखले लिगकै सर्वाधिक ५८ रन जोडे ।

यसअघि योगेन्द्र सिंह कार्कीका नाममा ५७ रनको कीर्तिमान थियो । सोमपाल कामी र मञ्जित श्रेष्ठले ३/३ विकेट लिए ।

जवाफमा काठमाडौंले एक सय २५ रनमात्र बनाउन सक्यो । सन्दीप झोराले २८ तथा अलराउण्डर सोमपालले १८ बलमा २४ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।

अलराउण्डर आरिफ शेख र सौरभ खनालले ३/३ विकेट लिए । आरिफ म्यान अफ द म्याच भए ।

६ टिम सहभागी लिगमा अहिलेसम्म ३ खेलबाट सत्प्रतिशत नतिजाका साथ रुपन्देही च्यालेन्जर्स ६ अंकसहित शीर्ष स्थानमा छ ।

४ खेलबाट ६ अंकसहित विराटनगर दोस्रो स्थानमा पुगेको छ भने ४/४ अंकका काठमाडौं र सीवाइसी अत्तरिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । कञ्चनपुर र धनगढीको २/२ अंक भएको छ ।



from ARENA http://ift.tt/2oycyAB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top