Photo of Milford Sound in New Zealand

वैशाख १ । धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेटको नवौं खेलमा रुपन्देही च्यालेन्जर्स विजयी भएको छ ।

शुक्रबार भएको खेलमा रुपन्देहीले काठमाडौं गोल्डेन्सलाई १५ रनले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
नुरध्वज सेनले २२ बलमा ३७ तथा पुष्प थापाले ३३ बलमा ३६ रन जोडे । सोमपाल कामीले २१ रन खर्चेर ४ विकेट लिए ।
जवाफमा काठमाडौंले ९ विकेटको क्षतिमा १२० रनमात्र बनाउन सक्यो । सुमित महर्जनले सर्वाधिक २७ रन बनाएको इनिङलाई सस्तैमा समेट्नेक्रममा शक्ति गौचनले ३ तथा विक्रम सोब र कृष्ण कार्कीले २/२ विकेट लिए । एक विकेटसमेत लिएका पुष्प ‘म्यान अफ द म्याच’ घोषित भए ।
शुक्रबारै भएको लिगको दशौं खेलमा सीवाइसी अत्तरिया विजयी भएको छ । अत्तरियाले टिम चौराहा धनगढीलाई ४० रनले हरायो ।
धनगढीले १४३ रनको चुनौती पछ्याउनेक्रममा ९ विकेटको क्षतिमा १०२ रनमात्र बनाउन सक्यो ।
३९ रन बनाउँदा ८ विकेट गुमाइसकेको धनगढीका लागि रामनरेश गिरीले २० बलमा ३९ तथा सौरभ खनालले ३१ बलमा अविजित २३ रन बनाए ।
एपेन्डिक्सको शल्यक्रियापछि यसै लिगबाट पुनरागमन गरेका राष्ट्रिय टिमका कप्तान पारस खड्का भने फर्मविहीन भएका छन् । यो खेलमा पारस ‘डकआउट’ भए ।
अरु चार खेलाडी पनि रनविहीन भए । मेहबुब आलम र सुरेन्द्र चन्दले ३/३ तथा विनोद लामाले २ विकेट लिए ।
यसअघि अत्तरियाले पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
रोशन नेपालीले ४४ बलमा ३२ तथा योगेन्द्रसिंह कार्कीले ११ बलमा अविजित रहँदै २७ रन जोडे ।
त्यस्तै, पाँचौं विकेटका लागि योगेन्द्रसँग अविजित ४७ रनको साझेदारी गर्नेक्रममा करण केसीले १२ बलमा २५ रन पुरा गरे। 


from ARENA http://ift.tt/2oHmsSA
via IFTTT

0 comments:

Post a Comment

add

 
Top