Photo of Milford Sound in New Zealand

वैशाख ८  । बिहिबार सम्पन्न खेलमा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाइ ९२ रनको भारी अन्तरले पराजित गर्दै पारस खड्काको टिम चौराहा धनगढी डिपिएल क्रिकेटको फाइनलमा प्रबेश गरेको छ ।


सेती अञ्चल प्रहरी कार्यालयको मैदान धनगढीमा सम्पन्न खेलमा १ सय ७३ रनको बिजयी लक्ष्य पछ्याएको रुपन्देही १५ दशमलब २ ओभरमा ८० रनमै समेटिएपछि धनगढीले फाइनलमा स्थान बनाएको हो ।
रुपन्देहीका ब्याट्सम्यनहरु चल्न नसकेको खेलमा कृष्ण कार्की र राजेश पुलामी मगरले समान १४ तथा पुष्प थापाले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् ।
धनगढीकालागि शौरभ खनाल र ललित राजबंशीले समान ३–३ विकेट लिदा आरिफ शेखले २ तथा सुशान भारीले १ विकेट लिदै रुपन्देहीको इनिङ धरासायी पारे ।
खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो । धनगढीका लागि कप्तान पारस खड्काले प्रतियोगिताकै सर्वाधिक ६७ रन बनाए ।
४१ बल सामना गरेका पारसले ४ छक्का र ६ चौका प्रहार गरे । यसैगरी राजु रिजालले २५ रन तथा सौरभ खनालले २४ रनको योगदान दिए । बलिङ्गतर्फ रुपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच पारस खड्का घोषित भए ।
प्रतियोगिताको उपाधीका लागि शनिबार धनगढीले शरद भेषावकरको बिराटनगर किङ्ससँग खेल्ने छ । समुह चरणमा सुरुवाती ३ खेल हार्दै संकटमा परेको धनगढीले त्यसपछिका लगातार तीन खेल जित्दै फाइनल यात्रा तय गर्दा समुह चरणमा १ खेल मात्र हार्दै शीर्ष स्थानमा रहेको रुपन्देही भने पछिल्ला सबै तीन खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।


from ARENA http://ift.tt/2pJ1roG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top